दिपावली कि दिवाली?

Avatar आदर्श समाज सम्वाददाता
मंसिर १, २०७७

समय चाडपर्व सँगसँगै माहामारीको रहि रहेको छ । हिन्दूहरूको महान् चाडपर्वहरु दशैँ तथा तिहार हरेक नेपाली हिन्दुहरूको आँगन र बगैचाभरी फुलिरहेका छन्। असोज शुक्ल प्रतिपदा (घटस्थापना) बाट सुरु भई असोज शुक्ल दशमी (विजयादशमी) को दिन सकिने शुभ दशैं यस महामारीबाट पार भइसकेको छ भने कार्तिक कृष्ण त्रयोदशी (काग तिहार) देखि कार्तिक शुक्ल प्रतिपदा (भाईटिका)को दिनसम्म तिहार अहिले मनाइरहेका छौं।

दशै र भाईटिकाको सुरुवात कसरी भयो भन्ने धार्मिक कथा रदन्त्य कथा यहाँहरुलाई भनी राख्नुपर्ने आवश्यक छैन। धार्मिक कथा शास्त्रका कथाहरुबाट हिन्दु समुदायमा तिहारको छुट्टै मान्यता रहेको छ। दक्षिण एसिया लगायत विश्वका अन्य हिन्दु राष्ट्रहरुमा तिहार पर्वलाई काल माथिको विजयको रुपमा मानिन्छ र मनाइन्छ। तिहारलाई नेपालमा दिपावली र भारतमा दिवाली को उपमा दिइन्छ।

यस बर्षको रमझममा एउटा फिक्कापन बनिरह्यो काेभिड १९काे महामारीको । पहिलो चरण चैत देखि सुरु भएको लकडाउन र दोस्रो चरणको निषेधाज्ञा र अझै पनि मुलुकको ७५३ स्थानीय तहहरु मध्ये विभिन्न तहहरुमा निषेधाज्ञा जारी भइरहँदा नेपाली जनताहरु आफ्नो दैनिक क्रियाकलापबाट केहि आमसिक रूपमै भए पनि फुर्सदिला भएका छन्। र महामारी संगै र महामारी पछिको जीवनयापनको स्थिति बुझिरहेका पनि छन्।

निषेधाज्ञाको यी फुर्सदिला समयहरु सामाजिक सञ्जालले हाम्रा फुर्सदहरुलाई अत्यन्तै व्यस्त बनाइरह्यो। ह्याप्पी दुशेरा,जय भवानी, ह्याप्पी दिवाली जस्ता स्टाटस, कमेन्ट र फेसबुक, इन्स्टाग्राममा देखिने स्टिकरहरु उपलोड गर्न र पठाउन। तर के यस्ता आगन्तुक शब्दहरुलाई साँच्चै नै हामीले स्थान दिनु ठिक होला ?

दशै र दुशेरामा फरक के छ ?

भगवती र भवानी मा फरक के छ ?

दिपावली र दिवालीमा फरक के छ ?

तिहार र त्योहारमा फरक के छ ?

फरक भाषाको मात्र छ। संसारमा बोलिने लगभग ६,९०० भन्दा बढी भाषाहरुमा हरेक नाम, सर्वनामको छुट्टै उच्चारण हुन्छ। अहिले नेपाली समाजको परिप्रेक्षमा कुरा गर्नुपर्दा नेपाली समाजले हिन्दी भाषालाई अति नै प्राथमिकताका साथ सामाजिक सञ्जाल, र हाम्रो भौतिक समाजमा दिइरहेको देखिन्छ। जन्मदै देखि नेपाली भन्दा हिन्दी र अंग्रेजी भाषामा बोल्न सिकाउने परम्परा भारती च्यानलहरुले सिकाउदै आइरहेको र अहिले सामाजिक संजालहरुले सिकाइ रहेको छ। यसै सामाजिक सञ्जाल र भारतीय टि. भी. कार्यक्रममा प्रयोग हुने भाषाका लवजहरु हाम्रा बोलीका लवजहरुमा आइरहेका छन्।

नेपालमा हिन्दी भाषाको छाप शतब्दी औ अघि देखि रही आएको छ। यहाँ हिन्दी भाषाको बाहुल्यता बढ्नुमा अन्य धेरै तत्वहरु छन् तर हिन्दी भाषाको बाहुल्यता बलियो हुँदै जादा नेपाली भाषामा सामान्य देखि असजिला शब्दहरु पनि बढि नै सापट लिएर प्रयोगमा ल्याउन थलिएको छ। हुदाँ हुदाँ दशमीुलाई दशेरा र दिपवालीलाई दिवाली भन्न समेत भ्याएका छन्।

हुन त हिन्दी भाषा संस्कृतिको आगन्तुक हो अनि नेपाली भाषा हिन्दी र संस्कृतको।

जनिन्छ र बुझिन्छ भने भाषा जुन बोले पनि हुन्छ। भाषा राम्रो, नराम्रो, ठुलो, सानो भन्ने हुँदैन। नेल्सन मण्डेलाले भनेका छन्ः यदि तिमीले कुनै मानिससँग उसले बुझ्ने भाषामा बोल्यौ भने त्यसले उसको दिमागलाई छुन्छ तर तिमीले ऊ संग उसकै भाषामा बोल्यौ भने यसले उसको हृदयलाई छुन्छ। यो भनाइ जस्तै अहिले हामीले अरु नै भाषा प्रयोग गरी कसैको हृदय छुन कोसिस गरिरहेका त छैनौ ?

म कुनै भाषा विज्ञ होइन। न कुनै भाषा विरोधी, न कुनै सामाजिक अभियान्ता नै। तर मेरो प्राण के छ भने हामीले हाम्रा पुस्ताहरु लगायत मलाई, नेपाली र हिन्दी भाषाको फरक के हो भनिअवश्य बुझाउन सक्नुपर्छ। भनिन्छ ठूलो माछाले सानो माछालाई खान्छ। विश्वभर नेपाली भाषा लगभग ५ करोड जनसङ्ख्याले बोल्छन् भने हिन्दी ६२ करोडले बोल्छन्। हामीले यसरी नै भाषाको उत्पत्ति, बनावट र भाषाको क्षेत्रको फरक बुझ्न सकिएन भने कुनै समय नेपालमा नेपाली भाषा बोलिन्थ्यो भन्ने ईतिहास नबन्ला भन्न सकिँदैन।

त्यसैले अहिलेको यो समयमा हामीले दशैं लाई दशेरा अनि दिपावलीलाई बिर्सिएर पनि दिवाली भनेको राम्रो हुँदैन। किनकि हामी नेपाली हौं। भाषाको उत्पत्ति, बनावट र भाषाको क्षेत्रको फरक छुट्याउन सिकौं।

(लेखकः दिपेन्द्र अरूण, पाेखरा)

हाम्रो सुझाव