दानव को हो ?

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७२

संसारको सबैभन्दा उत्कृष्ट प्राणी हो मानव। बल, बुद्धि, सीप, जाँगर, अँाट र साहसले गर्दा मानवले संसारका जस्तोसुकै भीमकाय, विशाल र शक्तिशाली जनावरलाई आफ्नो बसमा पारेको छ। त्यसको अस्तित्वलाई निरीह तुल्याएको छ। कतिपय अवस्थामा आफ्नो विवेकको प्रयोग गरेर यस्ता विकट, अथाह शक्तिका स्ा्रोतहरूलाई दास समेत बनाएको छ, मानवले। अनि उसैको सहयोगले मानवले आफ्नो स्वार्थ लुटेको छ। मानवका यस्ता असीम र अनुपम चमत्कारपूर्ण सीपहरूको विशिष्टकरणले प्राणीमात्रको विजयसँगै उसको क्षेत्र सीमित नरहेर विश्व ब्रह्माण्डलाई कोट्याएर अत्यन्त महत्त्वपूर्ण वस्तुहरूको खोज र अनुसन्धान गरी मानवमात्रको कल्याणको लागि हरदम प्रयत्न गरिरहेको छ। अझै भनौं उसको यो खोज, अनुसन्धानको कठिन यात्रा पातालमा मात्र सीमित नरहेर गगनका एक-एक पिण्डहरूमा समेत प्रवेश गरिसकेको अवस्था छ। मानवका यी अनुपम र उदाहरणीय क्रियाकलाप कुनै जात, सीमा, भौगोलिक र प्रशासनिक निकायमामात्र सीमित नरहेर विश्वका सबै मानवको लागि समान किसिमले उपयोग भइरहेको छ। ती महामानव, ती महान व्यक्तित्व (जसको प्रतापले हामीलाई संसारको वास्तविकता बुझ्न निरन्तर सहयोग प्राप्त भइरहेको छ) ले कहिल्यै आफ्नो स्वार्थको लागि काम गरेनन्। समस्त मानव जगतको कल्याणको लागि आफ्नो अन्तिम श्वासतक लड्दै रहे।

उनीहरूकै महान योगदानको कदरस्वरुप हामीले उनीहरूलाई हाम्रा प्रत्येक निमेषका अक्षुण्ण आदरणीय साथी बनाएको छौं भने हाम्रा हरेक नयाँ सिर्जनामा उनीहरूकै नाम जपिरहेका छौं। समयले उनीहरूलाई महानमात्र बनाएन कि कालजयी समेत बनाएको छ। अटल सत्य र विश्वको लागि विष पिउन, आफ्नो अनुसन्धानको लागि कोर्राको यातना खप्न वा जेलमा कोचिन वा काटिन समेत ठूलो कुरा नमान्ने हाम्रा अविश्मरणीय अनुसन्धानकर्ताको मन कहिल्यै पनि विचलित हुन पुगेन। त्यतिमात्र होइन आफ्नो जीवनलाई अनुसन्धानकै दौरानमा उर्त्र्सग बनाएका उनीहरूले अर्थको लोभमा परेर विलासीपूर्ण जीवन जिउनका लागि लालयित पनि भएनन्। त्यतिमात्र होइन ब्रह्माण्डमा उद्घाटित हुने भावी सन्ततीहरूको लागिसमेत आफूसँग भएको सर्वश्व सुम्पेर शिखरमा गए।

वर्तमान परिप्रेक्ष्यमा हामी कसैको कुरा काट्न र अरुको नक्कल वा चियोचर्चो गर्नमा माहिर छौं। हाम्रो बाहुबलले कुनै काम गरेर देखाउनभन्दा पनि अरुलाई कसरी हुन्छ, पर्छार्न हामी सायद विश्वमै सिपालु छौं। हाम्रो शक्ति, सीप र योजना राष्ट्रको विकासको लागि भन्दा पनि व्यक्तिगत चरम स्वार्थमा लालयित छौं। हाम्रो मानवता, नेपालीपन, धार्मिक सहिष्णुता र भातृत्व सर्लक्कै समाप्त भएर गएको छ। हत्या, हिंसा, लाठी, मुहुरे, अपराधजस्ता असामाजिक तत्वहरूको विकास गर्नको लागि यहाँ बडाबडा पार्टीहरूको निर्माण गरिएजस्तो छ। आजको हाम्रो स्थिति यतिसम्म गिरेर पतन भइसक्यो कि अहिले हामी कलम, इमान र सच्याइमा विश्वास गर्दैनांै अपितु बाँसका भाटा र आगोको मुस्लोमा विश्वास गर्छ। एक अर्कोले पारस्परिक सहयोग गर्नभन्दा त्यसलाई निमोठ्न, मर्काउन र लछारपछार पार्नमा उद्यत छौं हामी। हाम्रो शिक्षा न त व्यवहारिक हुन सक्यो, न त नेता भनाउँदाहरूको योजना नै कामयावी। हामीहरू कहिल्यै सिर्जशील हुन जानिएन न त सरकार नै बरु मागेर जीवन निर्वाह गर्नमा हामी एक नम्बरमा आउने भयौं।

राजनीतिक पार्टीहरूको अकर्मण्यताले देशको अवस्था दिनप्रतिदिन जीर्ण भइरहेको परिप्रेक्ष्यमा २०७२ साल जेठ १२ गते (११:५६ बजे) आएको ७.६ म्यानिच्युडको भूकम्पले यो राष्ट्रको अवस्था झनै दर्दनाक र पीडापूर्ण बनायो। लाखौँका आँखामा आँसुका थोपा टिलपिलाए भने बालबच्चा मानसिक रूपले नै त्रसित बने। लाखौं मानव बस्ती एकाएका ध्वस्त हुन पुगे भने सबै प्रकारका मानिस पाल वा कपडाको सहाराले टुँडिखेललगायत खाली चउरमा कयौ भिजेका रातहरू बिताउन बाध्य भए। हजारौ मानिसले अनाहकमा जीवनको इहलीला समाप्त गर्नुपर्‍यो भने कयौं बालबालिका अंगभंग र टुहुरा हुन पुगे। रेडियोमा सुन्न नसकिने, टिभीमा हेर्न नसकिने पत्रिकामा पढ्न नसकिने खवरले हाम्रा मनहरू यतिसम्म विछिप्त बनायो कि हाम्रो आगामी दिनको भविष्य नै अन्योल हुन पुग्लाजस्तो भयो। पीडित पक्षहरूको बाँकी जीवन झनै कष्टकर र शून्य अवस्थामा गुजार्नुपर्ने स्थिति देखियो। कतिपय पीडितको शारीरिक अंगभंग भयो भने हाम्रा अथाह र अमूल्य राष्ट्रिय धरोहरहरू हाम्रै आँखा अगाडि खण्डहर बन्न पुगे। कतिपयले सिउँदोको सिन्दुर मात्र गुमाएन् अपितु जीवन साथीसँगै छोराछोरी पनि गुमाउनुपर्‍यो। थुप्रै कहालीलाग्दा र विरसिला घटनाको कारणले थिलोथिलो भएको हाम्रो मस्तिष्कको दर्दनाक घाउ कहिले सञ्चो हुने हो सायद कसैलाई थाहा छैन।

हाम्रो राष्ट्रमा आएको यस्तो स्तब्ध र अकल्पनीय प्रकारको त्रासदीपूर्ण अवस्थालाई केही भए पनि मलम लगाउनको लागि हाम्रा अभिन्न छिमेकी मुलुकका साथै सात समुन्द्र पारिका थुप्रै हिमायतीलाई दया लागी आ-आफ्नो राष्ट्र र जनताको तर्फबाट हरेक क्षेत्रमा सहयोगका हात अगाडि बढिरहेका छन्। कतिपय नेपालीको लगनशीलता, इमानदारिता र अनुशासनभित्रको बहादुरीले विश्वसामु चम्केको हाम्रो यशको सम्झनास्वरुप उठेका विश्वका मैत्रीपूर्ण हातहरूले दुःखेका मनका भोका पेट र भत्केका भौतिक संरचनाको नाउँमा प्रदान भएका थुप्रै पाल, कपडा, पानी, फलफूललगायत खाद्यान्नको अन्यायपूर्ण वितरणले सबैका आशातित मनहरू पुनः एकपटक चर्कन बाध्य बनाएको छ। त्यतिमात्र होइन यो दुःखद् घडीमा विभिन्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त भएको सहयोग सामग्रीमाथि कतिपय व्यापारीको गिद्धे नजर परेको भन्ने खवरले हामी स्वाभिमानी नेपालीका मनहरू वास्तवमै कुँडिन पुगेको छ। पूरै राष्ट्र नै शोकले विह्वल हुँदै छटपटाइरहेको यो घडीमा रु. १५ सय पर्ने पाललाई रु. ६ हजार, रु. १२ को नुडल्सलाई रु. ५०, रु. २० को एक किलो आलुलाई रु. ७५, रु. ३०० पर्ने पाललाई रु. १५००, रु. ३०० लाग्ने गाडी भाडालाई रु. १५०० सय, रु. ११ मात्र पर्ने पानीलाई रु. ४५,  अनि अझै ठूलो भूकम्प आउँदैछ भन्नी निराधार अफवाह फैलाएर चोरी गर्दै हिँड्ने गिरोह के नेपाली नै हुन् त – पीडा, भोक, शोक र मानसिक छटपटाहटले अत्तालिइरहेको ती दुःखित हृदयहरूबाट एउटा नेपालीले आफ्नै दाजुभाइलाई कसरी त्यो अकर्मण्य व्यवहार गर्न सक्छ, एउटा अचम्मको विषय हो कि होइन  –

न कुनै धर्म, न कुनै सिद्धान्त, न कुनै विचार, न कुनै जाति न कुनै लि· र कहीँ कतै नभएको यस्तो अधर्मी भावनाबाट कसरी मानिसहरू अभ्रि्रेरित भइरहेका छन्, पक्कै पनि यो एउटा सोचनीय र गम्भीर विषय हो। हामीलाई स्पष्ट छ एउटा अपराधीको अपराधपूर्ण व्यवहारले उसको बालबच्चामा पनि त्यो सर्न सक्छ। अतः यस प्रकारका मानिसहरूको श्रोत राज्यबाट प्रदत्त शिक्षा कि राजनीतिक पार्टीहरूले प्रदान गराएको सीप – कि आफ्नै विकृतिपूर्ण मनस्थितिबाट उब्जेको अपराधपूर्ण भावना – यो कुरा सत्य हो कि अरुलाई ठगेर थुपारेको धनले उसलाई न त शान्ति मिल्छ न त ऊ कहिल्यै स्र्वर्गमा पुग्न सक्छ। मन्दिर, मस्िजदहरूको सहरमा बसेर अधर्म गर्नेहरूको परिणामले सिर्जना गरेको यो कलुषित र अन्यायपूर्ण व्यवहारको अन्त्य स्वयं नै हो। कसैबाट लादिएको कानुन व्यक्तिको भित्री भावनासम्म नपुग्न सक्छ तर आफ्नै अन्तष्करणबाट उब्जेको बिउ कति फलदायी हुन्छ। एउटा मानवले अर्काको आँसु ढाक्न सक्दैन भने त्यो मानवको सामाजिक व्यवहार समाजभन्दा कति पर हुन्छ सजिलै अनुमान लगाउन सकिन्छ। त्यसैले समाजको सदस्य बनेर आफ्नै समाजलाई  ठग्ने र शोषण गर्ने चरम घृणित व्यवहारका विरुद्ध १९९० सालको महाबिनासकारी भूकम्पमा श्री ३ जुद्ध सम्सेरले के घोषणा गरेका थिए त्यही गर्नुपर्ने अवस्था सिर्जना आउन सक्छ।      राष्ट्र शोकाकुल बनेर आफ्नो बलबुताले धान्न नसकिरहेको संकटपूर्ण व्यवहारलाई छिचोल्नको लागि विश्वसँग गुहार मागिरहेको परिस्थितिमा स्वयं आफ्नै एक भाइले अर्को निरीह भाइलाई जिउँदै ठग्नु मानवसँगको दानवी प्रवृत्ति हो कि होइन ? लंकाको रावणले गर्ने असामान्य व्यवहार हामी स्वयंले प्रदर्शन गछौ भने के दानव हामी आफै होइनौं र ? आफ्नै दाजुभाइलाई विपत्ति पर्दा सित्तैमा दिनुपर्ने चिजमा नाजायज फाइदा लिने हाम्रो अत्यन्त अमानवीय र घोर आपत्तिपूर्ण व्यवहारले के हामी साँच्चैका मानव बन्न सक्छौं ?  के नाजायज तरिकाले अरुलाई ठगेर थुपारेको कालो धनले हामी महान बन्न सक्छौं – ८४ लाख योनी पार गरी भगवानको अनुकम्पाले प्राप्त यो अमूल्य जीवनलाई किन दानवरूपी निकृष्ट काममा सुम्पन चाहन्छौं ? लोभ र पापको भारी बोक्न चाहने हामी के आफै दानव होइनौं र ?

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width