दाइजो वा दाइजोप्रथा पुरानो सामाजिक प्रचलन हो। दाइजोको वास्तविक अर्थ हुन्छ ‘दिनेकाम’। प्रयोगात्मक नेपाली शब्दको चतुर्थ सस्करणमा दाईजोको अर्थलाई प्रष्ट पार्दै लेखिएको छ-‘विवाहमा दुलहीलाई माइतीका तर्फबाट दिइने धनमाल।’ त्यस्तै ऋजamदभचक भ्लनष्किजक म्ष्अतष्यलबचथ को १९८८ को प्रथम सस्करणमा लेखिएको छ “ तजभ उचयउभचतथ धजष्अज ब धomबल दचष्लनक तय जभच जगकदबलम बत mबचचष्बनभ”। दाइजोप्रथा भन्नालेँ“दाइजो दिने वा लिने प्रचलनलाई’ बुझिन्छ। दाइजो दिने आमाबाबुले आफ्ना छेारी वा चेलीबेटीलाई दाइजो दिदा गहना, रूपैयाँपैसा दिने चलन छ। हुनत विवाहमा दिने दाइजो, गहना र रूपैयाँ पैसामा मात्र सीमित भने कदापि छैन। ठाउँ समय र परिस्थिति अनुसार यसको स्वरूप परिवर्तन भएको हामी प्राप्त गर्दछाँै। परापूर्व कालमा पनि दाइजोप्रथा चलेकै थियो। हामीले सुन्ने गरेका कथाहरूमा पनि राजा महाराजाहरूले आफ्ना छोरीहरूलाई विवाह गरेर पठाउँदा असर्फी, लत्ताकपडादेखि खाध्यपदार्थ लगायत नोकरचाकर समेत आनै छोरीका लागि दाइजोको रूपमा छोरीको घरमा पठाएको हामीले सुनेको वा पढेकै हो। यहाँ दाइजोप्रथाको इतिहास केलाएर नालिबेलि पत्तालगाउन भन्दा पनि यसप्रथाको वर्तमान अवस्था र यसलाई हालका आधुनिक नारीहरूले कसरी लिएका छन् भन्ने एउटा खोजमूलक लेख लेख्न प्रयत्न गर्ने मेरो झिनो सोच र आट मात्र हो। हेरौ यस सम्बन्धमा लिएको विभिन्न क्षेत्रमा कामगर्ने महिला विदुसीहरूको कस्तो भनाइ वा सोच रहेको छ।
यस सम्बन्धमा नेपाल राष्ट्र बैड्ढ, वालुवाटार, काठमाडौंको रिर्र्सच विभाग, मनेटरी डिभिजनकी असिस्टेण्ट डिरेक्टर प्रशन्नता काफ्ले दाइजो लिने वा दिने प्रथालाई ठाडै अस्िवकार गर्नु हुन्छ। उहाँ अगाडि भन्नु हुन्छ- दाइजो लिनु भनेको राम्रो कुरा होइन। आफ्ना छोराछोरीलाई बाबाआमाले सक्षम बनाइसकेपछि दाइजोको वार्गेनिङ गर्नु भनेको येा आफैमा एकदम नसुहाउँदो व्यवहार हो। आफ्ना छोरीलाई कुनै सीप सिकाएर वा शिक्षित तुल्याइ सकेपछि उनीहरू आफ्नो खुट्टामा उभिन सक्छन्। यसरी आफ्नो खुट्टामा उभिन सकिसकेका नारीहरूको पवित्र कार्य हुँदा दाइजो नपाएको निउँमा विवाह गर्दिनँ भन्नु सरासर अमिल्दो कुरा हो। विवाह नै नहुने अवस्था आयो भने यसलाई ‘कन्भिन्स’ गराउने र कार्य सम्पन्न गर्ने सल्लाह दिनु हुन्छ। सरकारले बनाएको नियम कानुनको खिल्ली उडाउने माथि सामाजिक बहिस्कार समेत गर्न सकिन्छ भन्ने उहाँको राय छ।
‘दाइजो भनेको प्रत्येक व्यक्ति, समाज र राष्ट्रको लागि गोमन सापको विषजत्तिकै हो। यो हामा्रे समाजमा चैत्रको वनमा लागकेा डढेलोझंै फैलिएको छ। दाइजो दिने काम जस्तो सामाजिक अधर्मलाई त्याग गरी प्रत्येक छोरीहरूलाई सक्षम र आत्मनिर्भर बनाउनुपर्दछ।’ भन्ने भनाइ राख्नु हुन्छ जनज्योति क्याम्पस भिमादमा कार्यरत सहायक प्रध्यापक सीतादेवी भट्टराई।
दीपक मावि ऋषिङपाटनमा कार्यरत शिक्षिक सुकला उपाध्याय भन्नुहुन्छ-‘आमावावुको सम्पत्ति छोराहरूले उनीहरूको चाहना नहुँदा नहुँदै पनि प्राप्त गर्ने अधिकार राख्दछन् वा त्यस्तो प्राप्त गर्ने कानुनी प्रावधान छ भने छोरीको अवस्था भने जस्तोसुकै गएगुज्रेको स्थितिमा भए तापनि आमाबुबाको सम्पत्तिमाथिको हकदार बन्ने कानुनी प्रावधान नहुनु अति नै लज्जास्पद चलन हो।’ एउटै कोखबाट जन्मेका सन्तानहरू केवल प्राकृतिक लि·का आधारमा यत्रो विभेद हुनु नारीहरूलाई सदाको लागि पछाडि पार्ने चाल हो भन्ने उहाँको ठम्याइ छ। यसै सिलसिलामा उहाँ अगाडि भन्नु हुन्छ छोरा र छेारी समान हुन् भनेर आवाज उठिरहेको अवस्थामा छोरीले छोरा सरह आफ्नेा आमावावाकेा अंशको भागिदार वन्न नपाउनु समाजप्रतिको कलड्ढ हो। दाइजो जस्तो नराम्रो हाम्रो सामाजिक परम्पराको अभ्रि्रायले यसलाई पस्कने नभइ बाबाको अंशको हकदारीको रूपमा नारीहरूले अंश प्राप्त गर्ने प्रावधान राखिनु सवोेत्तम समयसापेक्ष व्यवहार हो।
त्यस्तै सत्रसय उमाविमा कार्यरत अङ्गे्रजी विषयकी शिक्षक सरिता पौडेल भन्नु हुन्छ-‘छोरीहरूलाई दाइजो दिनुपर्दैन तर जसरी छोराहरूलाई पढाएर अंशको भागिदार बनाइन्छ त्यसरी नै छोरीहरूलाई पनि पढाएर अंशको भागीदार बनाउनुपर्दछ। छोराहरूलाई भने शिक्षित तुल्याएर वा विविध कारणले सक्षम बनाएर अंशको भागीदार बनाइने तर छोरीलाई भने सामान्य साक्षरताका नाममा मैले आफ्नो कर्तव्य गरेँ भन्ने ठान्नु सरासर भुल हो। अतः शिक्षित, सक्षम र समान सम्पत्तिको कारणबाट मात्र नारीहरूको अस्मिता जोगिन वा सम्मानित हुन सक्छ भन्ने गहकिलो तर्क प्रस्तुत गर्नुहुन्छ।
त्यसरी नै भिमाद पब्लिक इङ्लिस बोर्र्डिङ स्कुलमा कार्यरत शिक्षक अन्जना सुनारको यसबारेमा यस्तो भनाइ रहेको छ-‘दाइजो दिने कामलाई प्रोत्साहान गर्नु बीसौ शताब्दीका सम्पूर्ण नारीहरूको नाकमा कालो लगाउनु हो। हुने खानेले जसो पनि गर्ने र हुँदा खानेले बाँच्न र समाजलाई चलाउन पाउँदैनस् भन्नु हो। त्यसैले यसलाई आपसी समझदारीका रूपमा हल गर्न सकिन्छ भन्नुहुन्छ।
कामना सहकारी, कुमारचोक भीमादमा कार्यरत सुश्री पुनम थापा, सर्मिला श्रेष्ठ र दीपक माविमा कार्यरत शिक्षक सुश्री वासना गैह्रेको भनाइ एउटै प्रकारको रहेको छ। उहाँहरूले दाइजोको नाममा माइती पक्षहरूको जीवन नै वर्वाद हुने गरी दिइएको दाइजोलाई हामी वा कसैले पनि स्वीकार गर्नुहुँदैन तर आफ्नो वावाआमाको तर्फबाट आफ्नो छोरीको नाउँमा दिने कुरामा हाम्रो लागि स्वीकार्य छ भन्नुहुन्छ। अनि उहाँहरू अगाडि जोड दिन चाहनु हुन्छ-‘बाबा आमा वा दाजुभाइले आफ्नी छोरी वा बैनीलाई दिएको केही सम्पत्ति वा वस्तु वा नगद आफ्नो छोरीको मातहतमा हुनुपर्दछ र त्यसलाई उनले आफ्नो इच्छा मुताविक खर्च गर्न पाउनुपर्दछ।’
नेपाली काङग्रेस महासमिति सदस्य क्षेत्र नं ३ तनहुँकी इन्दिरा खनाल जो भीमाद १, बाघटारमा बस्नुहुन्छ। उहाँलाई दाइजोप्रथाको बारेमा तपाइँको के भनाइ छ भनी सोधिएको प्रश्नमा उहाँ भन्नुहुन्छ-‘दाइजोप्रथा राम्रो त कदापि होइन। तर समाजका धनि, हुने, खाने वर्गले यसलाई प्रतिष्ठाको विषय बनाइदिँदा सर्वसाधारण ठूलो मर्कामा परिरहेको अवस्था छ। यसलाई आजै समाजबाट निमिट्यान्नै पार्न नसकिए तापनि यसले समाजमा पारेको असाधारण चरित्रका कारण घटित भएको घटनाको लागि जिम्मेवार पक्षलाई कडा कारबाही गरी न्यूनीकरण गर्न सकिन्छ। यो एउटा गम्भीर सामाजिक अपराध र विकृतिको वाहक भएकोले यसका असरहरूको बारेमा जनतालाई सचेत बनाउन आवश्यक छ।
भिमाद गाविस भिमादअन्तर्गत प्यारा लिगलमा लामो समय अध्यक्षको रूपमा कार्यरत शारदा खनाल भन्नुहुन्छ-‘दाइजोप्रथालाई राम्रो कसरी भन्नु, हामी सर्वहारा वर्गको कुरा गर्ने मानिसहरूले यसलाई राम्रो भन्ने र राम्रो मान्ने त कुरा नै होइन। तर आफ्नो छोरीको भविष्य उज्ज्वल होस्, दुःख परेको बेलामा यसलाई प्रयोग गरे, ऊ यस पैसाबाट आत्मनिर्भर होस् भन्ने मनसायले प्रदान गर्ने हो तर हिजो आज यसलाई आफ्नो नजिकको मानिसले बिनारोकटोक प्रयोग गरिदिँदा सदुपयोग भएको भन्दा दुरूपयोग भएको अवस्थामा छ। यसैको कारणबाट सामाजिक हिंसामा समेत वृद्धि भएको छ।’
पृथ्वीनारायण क्याम्पस, पोखरा स्वतन्त्र विद्यार्थी युनियनकी सदस्य सरीता पुरी दाइजोप्रथालाई नारी असक्षमताको प्रतीक हुन् भनी परापूर्वकालदेखि चलाइएको चलनको आजसम्म पनि समाजका प्रवुद्ध वर्गहरूले स्वीकार गर्नु दुःखको कुरा हो भन्नुहुन्छ।
दाइजोप्रथाको सम्बन्धमा लिइएको विभिन्न क्षेत्रमा कार्यरत विदुषी वा विद्वान आमाहरूबाट यसलाई दिनु वा लिनु दुवै सामजिक अपराध हो जस्ता चर्का कुरा, विचार वा दृष्टिकोणबाट यस कुराको पुष्टि हुन्छ तर आफ्नो छोराको विवाह गर्नुपर्ने अवस्थामा भने आमालाई एउटा छड्के तिलहरी र बाबालाई एक तोलाको औठी, दुलहालाई सिख्रि र औंठी साथै नानी सुत्ने कोठामा जमाना सुहाँउँदो फर्निचर चाहिन्छ भनी वार्गेनिङ गरेको र त्यत्ति पनि नभएमा केटी मात्र मन परेर भएन अरु कुराको पनि मन पर्न पर्छ भनी लेनदेनको रसाकसी गरेको देखिन्छ। अरु बेलामा दाइजोको नाम सुन्न नचाहने हाम्रा आमा दिदीहरू आफ्नै छोराको विवाहमा किन त्यस्तो खराव भावना प्रस्तुत गर्छन् कुन्नि – यो भावना उनीहरूको सामाजिक व्यवहारले सिकाएको हो कि व्यत्तिगत चरित्रको उदा· वा हात थापे पाइन्छ भन्ने अन्तस्करणको रहर – सामान्य जीवनचर्या गरेर यस समाजमा बाँच्न चाहने मानिसलाई यसप्रकारको कुप्रथाले जीवनभर टाउको निहुर्याएर हिँड्नुपर्ने बाध्यता बनाएको छ। एउटा सानो गोठमा पालेका वस्तु भाउहरू अन्यको घरमा बाध्यतावस जानुपरेको छ। परिवारको लागि एक मानेा कोदो, मकै उमार्ने बारी आज अर्काको पोल्टामा परेको छ। सानो छाप्रोमा सुखमः दुखमः बाँचेको त्यो परिवार छोरीको दाइजो कारणबाट मानसिक पीडाले विक्षिप्त हुन पुगेको दखिन्छ। जागिर खाने महिलाहरू हुन् वा व्यापार गरेर बस्ने महिलाहरू हुन् सबैको एक मात्र चाहना हुन्छ छोराको विवाहमा एकसरो गहनाको। आफूले गहनाको बारेमा भन्न नसके नि अरुलाई लगाएर भए पनि त्यति त चाँहियोनि भन्न पछि नपर्ने हाम्रा आदरणीय हुनेवाला सम्धीहरू मौकालाई चुक्न नदिने दाउमा ताक लगाइरहेका हुन्छन्।
‘विवाहको दिनमा के कसो हुन्छ, आजै जानी हो एक बस’, भनेर आफ्ना भएभरका छिमेकी र इष्टमित्रलाई विवाह आट्ने दिनमा हुनेवाला दुलहीको घरमा मानिसहरू उतारेको मैले देखेको छु। कसैले विवाहको दिनमा त “खुवाउनै पर्छ जन्तिहरूलाई’ भनी अनगिन्ती मानिसहरूलाई दुलहीको घरमा उपस्थित गराएको पनि देखिन्छ। वस त बस मानिसहरू ओसार्नको लागि तर ट्रक वा भ्यान पनि साथै लगेको देखिन्छ दाइजो ल्याउनको लागि। कति कुत्सित र संकुचित विचारधाराले अभ्रि्रेरित भएका हुन् हाम्रा बीसौ शताब्दीका मानिसहरू – नाप्ने कसीको कुनै मापन छैन, अधिकांश यही हावामा उतै लागेपछि।
प्रोफेसर, डक्टर, इन्जिनियर, बुद्धिजीवी, मन्त्री, व्यापारी, नेता भनाउँदा सबै अन्धो हुने एक मात्र स्पट भनेको छोराको विवाह हो। यस कार्यले उनीहरूलाई यति समेत निच र लप्पट बनाउँदछ कि अर्काले दिने भिखलाई प्रेस्टिजसँग तुलना गर्दछन्। के अर्काले दिने झोलीमा तपाइँहरूको प्रेस्टिज निर्भर हुन्छ ? के यहाँहरू जस्ता समाजका सबैभन्दा उच्च र बौद्धिक वर्गले अर्काको आँसुलाई आफ्नो शानको विषय बनाउन सुहाउँछ ? माथिल्ला वर्गले गरेको व्यवहार तल्ला वर्गले पनि नक्कल गर्ने भएपछि यसको सोचाइ र गराइमा परिवर्तन आउन नपर्ला ? भन्नुहोस् हाम्रा दाइजोप्रति आशक्त हुने देशका माग निर्देशकहरू ?
दाइजो लिनको लागि सवैभन्दा बढी उकास्ने वर्ग नै आमाहरू हुन्। दाइजोलाई सबैभन्दा तुच्छ देख्ने पनि आमाहरू नै हुन्। यसरी हाम्रा आमाका शरीर एक, स्वरूप दुर्इ काली र लक्ष्मी भएर संसारको पालनकर्ता विष्णुलाई कठिन परिरहेको छ। यसको गतिलो कारण केहो भने हाम्रो देशका महिलाहरूमा उनीहरूको स्वयं आम्दानीको स्रोत नहुनु हो। आफ्नो श्रीमान्को जागिरले हातमा बाला र छड्के तिलहरीको एकमात्र वषौ वर्ष सम्मको रहर सायदै पूरा होला। अतः भन्नैपर्ने र माग राख्नैपर्ने बेला भनेकै छोराको विवाह आँट्दाको समय हो। यदि हाम्रा आमाहरूमा विकसित देशका शिक्षित महिलाको जस्तो सुनप्रतिको आसक्ततालाई निराकरण गर्न सकियो भने नेपालबाट दाइजोप्रथालाई उन्मूलन गर्न त्यति कठिन पर्ने छैन। विवाहको वेलामा सम्धीको औलाको सुनको औंठीभन्दा आमाले माग गर्ने छड्के तिलहरीको पल्ला भारी हुन्छ। त्यसैले वर्तमान परिपे्रक्ष्यमा दाइजोको मूल्याड्ढंन आमाको आसक्तिको परिणाम हो। तातो र रातो शरीर भएका होनाहार युवायुवतीको चार आँखा मिल्यो भने उनीहरूलाई सम्पत्तिले बार हाल्दैन तर यसमा बार हाल्नेवाला कोही हुन्छन् जसलाई यहाँहरूले आमा भनेर चिनिराख्नुभएको छ। हुन त कतिपय ठाउँमा पुरुषहरूले स्वयं पनि मलाई केही चाहिँदैन, यस्की आमालाई सम्म भए हुन्छ,’ भनेर आफ्नो श्रीमतीलाई उचालेको देखिन्छ। हामीलाई थाहा छ नारी र पुरुष भनेका एक सिक्का को दुर्इ पाटा हुन्। एकबिना अर्का को अस्तित्व असम्भव नै छ। त्यसैले समाजको विकृति यो प्रथालाई समाप्त गर्नको लागि नारी र पुरुष दुवैको समझदारीमा भर पर्दछ। दुवैको समझदारीका कारणले नारी अस्मिताको संरचनाको जग मजबुत अवश्य नै हुन्छ। यसमा शड्ढा गर्ने कुनै ठाउँ नै रहँदैन।
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
फेवाताल किनारमा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड (फोटो फिचर)
सहकारी पीडितको आरोप–रास्वपाले बद्नाम गर्यो
कार्तिक २४, २०८१‘पूर्णपाठ आएपछि आँफै अदालत हाजिर हुन्छु’
कार्तिक २४, २०८१पहिले स्कुल बनाए, अहिले विद्यार्थी भेट्न आए
कार्तिक २३, २०८१पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : आन्तरिक र चार्टर्ड उडानमै सीमित
कार्तिक २३, २०८१सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ पोखरामा अवतरण
कार्तिक २२, २०८१