दम्भ विनाशकारी हुन्छ, कसैको भलो हुँदैन

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७०

नेपाली शब्दकोष अनुसार दम्भ भनेको घमण्ड, सेखी, झूटो, अभीमान, आडम्बर, कपट र छल भन्ने बुझिन्छ। यही दम्भ शब्दको कारण २० औ शताब्दीमा ठूला-ठूला घटना घटेको यथार्थ हो।

पश्चिमी नेपाललाई गोरखा राज्यमा एकीकरण गर्ने नायक बहादुर शाह र भाउजू राजेन्द्र लक्ष्मी शाहको बीचमा दम्भ र चलेर नै देवर भाउजूको कहिले मिलती भएन। नेपाल आमाका वीर सपुत भीमसेन थापा एक जल्दो बल्दो व्यक्ति थिए। भीमसेन थापाको देशभक्तिबारे ओल्ड फिल्डले भनेका छन् कि उनको देश भक्तिबाहेक भीमसेन थापाको हृदयमा अन्य कुरा प्यारो र नजिक थिएन। मध्य यूरोपमा अवस्थित जर्मनीको एकीकरण गर्ने अटो भोन बिसमार्कसँग प्रधानमन्त्री भीमसेन थापालाई दाँज्न सकिन्छ। तर पनि उनको पालामा धेरै घटना घटे। ती सबै दम्भकै कारण घटेका थिए। जुन अवसान ग्रिकका नाटककार सोक्षेक्लस ९क्यउजयअभिक० को नाटकहरूमा पनि भीमसेन थापाको जस्तो वियोगान्त नाटक थिएनन्।

धेरै भारदारहरूको हत्यापछि जंगबहादुर कुँवरको उदय भएको थियो। त्यसपछि नेपालको इतिहासमा कोतपर्व, भण्डार खाल पर्व, अलौ पर्व, वि.सं. १९४२ को बसन्त शमशेर पर्व, लाईव्रेरी पर्व, दरबार हत्याकाण्ड यी सबै दम्भका कारण घटेका हुन्।

दम्भ शब्दले २० औँ शताब्दीमा दुर्इ ठूला महायुद्ध निम्त्याएको थियो। यूरोप महादेशको मध्य भागमा अवस्थित जर्मनी १२ औँ शताब्दीमा मध्यकालीन यूगमा थियो। जब कि यूरोपका अन्य देशहरूमा शक्तिशाली राजा महाजाराहरूको प्रभुत्व थियो।

फ्रान्सका बादशाहले जर्मनीको एक प्रुशिमा भन्ने राज्यलाई आफ्नो अधिनमा लिनुभन्दा पहिले जर्मनी भित्र ५० औँ राज्यहरू थिए। जुन राज्यहरूमा कुलिनहद छ, सामन्तहरू राजा महाराजाहरू, राजकुमार, नवाबहरू र पादरीहरूले शासन सत्ता चलाइरहेको थिए।

पहिलो चोटी जर्मनहरूलाई राष्ट्र र राष्ट्रियताजस्तो गहन विषयमा बिउँझाउने फ्रान्सका बादशाह नेपोलिएन थिए। सन् १८०६ मा नेपोलियनले जर्मनीको शक्तिशाली राज्य पुशियालाई उपनिवेश बनाए र त्यस राज्यका शासक तथा नातेदारहरूसँग विशेष सम्बन्ध स्थापित गरे। तर जर्मनहरूलाई चित्त बुुझेको थिएन।

आफ्नो भाषा र इतिहासमा ठूलो गौरव मान्ने जर्मनहरू नेपोलियनलाई मन पराउँदैनन्थे। त्यसैकारण हरेक क्षेत्रबाट जर्मनहरू संगठित भएर नेपोलियनको विरोध गर्न थाले। जर्मनहरूको विरोधले गर्दा नेपोलियनले हार स्वीकार गरे। सन् १८१५ मा नेपोलियन हारेपछि जर्मनीका सम्पूर्ण राज्यहरू एकीकरण गरी अष्ट्रिया र हंगेरीको संरक्षणमा राखियो। बल्ल जर्मनहरूलाई राष्ट्र निर्माण भएको महसुस भयो। पुनः विरोधमा उत्रे र जर्मनीलाई स्वतन्त्र राष्ट्रमा परिवर्तन गराए।

जर्मनीका राजा नेदरल्याण्ड पलाएन भएपछि १५ वर्षसम्म जर्मनी प्रजातान्त्रिक गणराज्यमा शासन सञ्चालन भयो। त्यति बेलासम्म जर्मनीले धेरै प्रगति गरिसकेको थियो। उद्योग धन्दाहरू स्थापना गरेर धेरै सरसामान तथा हतियार उत्पादनमा आत्म निर्भर भयो। त्यही आत्मनिर्भरले दम्भको जन्म थियो।

सरवियाको एक विद्यार्थीले अष्ट्रिया – हंगेरीको राजगद्धीको उत्तराधिकारीको गोली हानी हत्या गरेकोले अष्ट्रिया र हंगेरी क्रुद्ध भयो। सर्वियामाथि कब्जा जमाउने निधो भएपछि जर्मनीले हमलाबार देशलाई सहयोग गरेको हुँदा सयुक्त राज्य बेलायत, फान्स र रशिया अष्ट्रियाको विरोधमा भए। अकस्मात हतियार उत्पादनको दम्भले गर्दा रुसमाथि हमला गरियो र प्रथम महायुद्धको प्रारम्भ गरियो।

सन् १९१४ को पहिलो महायुद्धपछि पनि जर्मनहरूको दम्भ यथावत थियो र सँगसँगै जर्मनीमा नयाँ पार्टीको जन्म भयो। जसलाई नेशनल सोसालिस्ट जर्मन वर्कस पार्टी९ल्बतष्यलब क्ियअष्बष्कित न्भrmबल ध्यचपभचक एबचतथ० भनिन्थ्यो। छोटकरीमा नाजी पार्टी भन्ने चलन थियो। त्यस पार्टीला नेता तानाशाह एडल्फ हिट्लर ९ब्मयाि ज्ष्तभिच० थिए। जसको नीति र निर्देशनमा लाखौँ निदोर्ष मानिसहरूले जीवन लिला समाप्त गर्नु परेको यथार्थ हो।

कसैले पनि नाजी पार्टीको विरोध गर्न पाइँदैन्थ्यो। उसको झण्डामा अंकित स्वस्तिकलाई सलाम नगर्नेहरूलाई सजायँ हुन्थ्यो। सम्पूर्ण राष्ट्र नै हिट्लरको इसारामा चलेको थियो। जर्मनीको शासन सत्तामा पुगेको ६ वर्षपछि हिटलरले जर्मनीलाई बलियो बनाउने विचारमा सन् १९३८ को प्रारम्भमा नाजी सेनाले अष्ट्रिया, चेको सोल्भाकीय र इटालीको केही भाग आफ्नो अधिनमा लियो। त्यसपछि सन् १९३९ को थियो। गृस्म ऋतुमा हिटरले पोल्याण्डमाथि हमला गरेर दोश्रो महायुद्ध शुरु गरेको थियो। दोश्रो महायुद्धको बेला नाजी सेनाले युद्ध बन्दी र राजनीतिक बन्दीहरू राख्न धेरै शिविरहरू खडा गर्‍यो। जसलाई कन्सनट्रेशन क्याम्प ९ऋयलअलभतचतष्यल अamउ० भनिन्थ्यो। ती कथित शिविरमा युद्ध बन्दी नारी पुरुष तथा केटा केटीहरूलाई समेत ग्यास चेम्बरमा राखेर मृत्यु दण्ड दिइन्थ्यो। नाजी सेनाले लगभग ४५ लाख यहुदीहरूलाई ग्यास चेम्बरमा थुनेर मृत्यु दण्ड दिएको थियो। त्यस दुःखद घटनालाई होलोकस्ट ९ज्ययि अबगकत० भनिन्छ। त्यस्तै गरी २० लाख यहुदीहरूले भोक भोकै कुपोषण र रोगबाट आफ्नो ज्यान गुमाउनु परेको थियो।

हतियार उत्पादनको उन्मादले गर्दा २० औँ शताब्दीको मध्यतिर तानाशाह हिट्लरले मानवताको इतिहासलाई कंलकित गरेर आफूले पनि आत्मा हत्या गरेका थिए। २० औँ शताब्दी मानवको रगतले रक्तरंजित भएको शताब्दी हो। उक्त रक्त रंजित शताब्दीलाई विदाई गरेको पनि १३ वर्ष पूरा भयो।

(लेखक सराङकोट गा.वि.स का निवर्तमान अध्यक्ष हुनुहुन्छ। – सं.)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width