त्रिशूलले बढायो पर्यटक

के.वी. मसाल
चैत्र ४, २०७५

संसारमा फ्रान्सपछि बढी पर्यटक जाने अर्को देश अमेरिका हो। अमेरिकामा सन् १८५० मा योसेमिट राष्ट्रिय निकुञ्जको स्थापना भयो। वन्यजन्तु र झरनाहरूको कारणले यो १८ औं शताब्दीमा विश्वचर्चित पर्यटनको गन्तब्य भयो। आज भोलि वार्षिक ५० लाखको हाराहारीमा पर्यटकहरूले त्यो राष्ट्रिय निकुञ्जको भ्रमण गर्छन्। सन् १८६० मा अमेरिकाले प्रमुख शहरहरू जोडने अत्याधुनिक रेलमार्गको विकास गर्यो। त्यसपछि मानिसहरू रेलमार्गबाट राष्ट्रिय निकुञ्जको भ्रमण गनेर्को सख्या बढन थाल्यो। पछि अमेरिकाले बुझ्यो भौतिक विकासबाट मात्र पर्यटकीय गन्तव्यहरूको विकास हुने रहेछ।

पर्यटन प्रकृति, संस्कृति र साहसिक गतिविधिसँग जोडिएको हुन्छ। जुन कारणले पर्यटकलाई सन्तुष्टि प्रदान गर्ने पर्यटकीय सम्पदा प्रकृति र संस्कृतिमा आधारित हुन्छन्। यसैले गर्दा कुनै पनि देशको पर्यटन विकासका लागि त्यहाँ रहेका सांस्कृतिक एवं प्राकृतिक सम्पदाको भूमिका महत्वपूर्ण हुन्छ। प्राकृति सम्पदाको संरक्षण गर्ने र भौतिक निर्माण गरेर पर्यटकहरूलाई आकर्षण गराउने काम नै पर्यटनको क्षेत्रमा महत्वपूर्ण मानिन्छ। मनोरम प्रकृतिले भरिपूर्ण सुन्दर दृश्यवालोकन तथा सांस्कृतिक परम्परागत जीवनशैली र सामाजिक चालचलन पर्यटकको मन जित्ने विषय हुन्। सामाजिक जीवनशैली र सांस्कृतिक गतिविधितर्फ विस्तारै पर्यटकको रुचि बढदै गएको देखिन्छ। देवताको वासस्थान रहेको मन्दिर स्थानीय मौलिक संस्कृति, चार्डपर्व, मेला तथा जात्राले समेत पर्यटकको रुचि र आकर्षण बढाएको छ।

हामीकहाँ अहिले जताततै पर्यटन विकासका कुराहरू उठने गर्दछन्। नेताहरूले भाषण गर्दा पर्यटनको विकासका कुराहरू सुनाउछन्। पर्यटनको विकास बोलेर मात्र हुने होइन। प्राकृतिक रूपमा रहेका प्राकृतिक संम्पदाको संरक्षण र भौतिक विकास गरी पर्यटकहरूलाई भ्रमण गर्ने वातावरण बनाउनु पर्दछ। दाङ उपत्यका एशियाकै ठूलो उपत्यका भन्ने गरेका छौ। हुन पनि हो यो उपत्यकाले सबैलाई आकर्षित गराएको छ। उपत्यका वरिपरि रहेका चुरे र महाभारत श्रृंखलाको कोट, प्राकृतिक सम्पदा र ऐतिहासिक स्थलहरूलाई हामीले पर्यटकीय स्थल पनि भन्दै आएका छौ। तर नयाँ आगन्तुक दाङमा आएर कुनै ठाउँ घुम्नको लागि लैजानुस् न भन्यो भने हामी अलमल पर्दछौ। कहाँ लैजाने ? लगेर कहाँ राख्ने ? कसरी लैजाने ? यस्ता अनगिन्ती प्रश्नले हामीलाई सोच्नपर्ने अवस्था गराउँछ।

केही बर्ष अगाडि सम्म विश्वकै ठूलो त्रिशूल, भारतको पिथौरागढमा सवैभन्दा ठलो भनिएको २७ सय किलो तौल भएको त्रिशूल थियो। दोस्रो ठूलो भनिएको पाल्पा जिल्लाको भैरवस्थानमा १७ सय किलोको त्रिशूललाई मानीँदै आएको थियो। अब भने दाङको पाण्डवेश्वर मन्दिर धारपानीमा विश्वकै ठूलो त्रिशूल राखिएको छ। यो त्रिशूल साढे ५५ फिट अग्लो ८ हजार १ सय १३ किलोको तौल र पञ्चधातुबाट बनेको छ। त्रिशूलमा पञ्चधातु सुन, चाँदी, तामा, फलाम र पितलबाट निर्माण गरिएको छ। त्रिशूल शिवजीको प्रमुख हतियार हो।

आजभोलि धारापानी पाण्डवेश्वर शिव मन्दिरधार्मिक कारणले मात्र नभएर अग्लो त्रिशूल, पर्यावरणीय, जैविक, ऐतिहासिक तथा पौराणिक कथा र विषयवस्तुका दृष्टिकोणले तीर्थाटन पर्यटनको गन्तब्य भएको छ। मन्दिर परिसरमा महादेवको मन्दिर, गणेश, हनुमान, राधाकृष्ण, सूर्यनारायणको मन्दिर र हवनकुण्ड, नन्दीको मूर्ति, धर्मशाला, भजन कीर्तनस्थल पनि निर्माण भएको छ। धारापानी सामुद्रिक सतहदेखि ६३३ मिटर उचाई र चुरे श्रृखंलाको काखमा रहेको छ। पाण्डवेश्वर शिव मन्दिरको प्राचीन इतिहास छ। धारापानी वरपर बीचमा बबै नदी र आसपासमा डोलगाउँ, धर्ना, चैनपुर, गुरगै, गुरुवागाउँ, बचाह, बेरगै, बेरुवागाउँको सुन्दर बस्तीहरू रहेका छन। पुरानो इतिहास खोज्ने हो भने अहिले राप्ती गाउँ पालिकामा पर्ने देवीकोटबाट सरिकोटमा दाङको माल कार्यालय रहेको थियो। जुन स्थल मन्दिर भन्दा दक्षिण चारसय मिटरको दूरीमा चुरे पहाडको शिखरमा पर्दछ। जहाँ ऐतिहासिक कालमा निर्माण गरिएको भगवतीको पनि मन्दिर छ।

नयाँ गुरुयोजनामा मन्दिरको उत्तरतर्फ करीव ४ विगाह क्षेत्रफलमा वोटिङसहितको तलाउ निर्माण गरिने भएको छ। ऐतिहासिक सुनकोट डाँडोसम्म ४ हजार ९ सय ६३ सिडी निर्माण, सुनकोटमा ३१ केजीको काँसको घण्ट निर्माण, मन्दिर वरपरको वन संरक्षणलगायतका काम हुन लागेको छ। तीर्थाटन पर्यटकीय क्षेत्र पाण्डवेश्वरमन्दिर पर्यटन विकासका लागि झण्डै ९० करोड वढीको गुरुयोजना बन्न लागेको छ। यो भन्दा पहिले ७० करोडको गुरुयोजना बनाएर काम अगाडि वढाइए पनि नयाँ पूर्वाधारलाई समेटदै नयाँ गुरुयोजना बनाइएको छ। गुरुयोजनाअन्तर्गत ॐ पोखरी, १ सय ८ गौमुखी धारालगायतका पर्यटकहरूलाई आकर्षित गर्ने केही भौतिक संरचना निर्माण भइसकेका छन्। प्रदेश नम्बर ५ ले धारापानीको विकासका लागि ५ करोड बजेट समेत विनियोजन गरेको छ। जुन कारणले तीर्थाटन पर्यटकको गन्तव्य बन्दै गएको छ। मन्दिर परिशरमा १ सय ८ वरपीपल जोडी, १ सय ८ समीको वृक्ष, ॐ कुण्ड, पाण्डव शैयन शिला संरक्षण मन्दिर परिसरको साजको वृक्ष, ठूलो शिलामा कुँदिएको शिलामा विष्णुपादुका जलकुण्ड निमार्ण गरिएको छ। प्राचीनता जोडिएको पाण्डवेश्वर मन्दिर जहा पाचपाण्डवहरूले यज्ञ लगाए र स्वर्गद्वारी गएको मानिन्छ।

मन्दिरसंगै मनोरम चुरे पहाडमा जंगल अनि उत्तरतर्फ बग्ने बबई अर्थात सरयू नदी र मनोमोहक फाँट रहेको छ। धारापानी पुगेपछि यी दृष्य अवलोकन गर्न जुनसुकै पर्यटकहरू आतुर हुन्छन। धारापानी तीर्थाटन पर्यटन विकासको लागि केही पूर्वाधार बनेको छ। तर तीर्थाटन पर्यटनको विकास गर्न भने अझै धारापानीमा थप पुर्बाधारको आबस्यक छ। धारापानी पाण्डवेश्वर मन्दिर जिल्ला सदरमुकाम घोराही देखि ९ कि.मि.को दुरीमा पर्दछ। मन्दिर पुग्ने बेला तर्नु पर्ने बवै नदिमा पुल वन्न सकेको छैन। पुल चाडो बन्नु पर्दछ। तीर्थाटन गरेपछि कम्तीमा एक दुई घन्टा पर्यटकहरू रमाउने वातावरण बनाउनु पर्दछ। त्यसका लागि फन पार्क निर्माण गर्नु पर्दछ। बबई नदिलाई बाध बनाएर सुन्दर ताल बनाउन पनि सकिन्छ। जुन तालमा धारापानी पुग्ने पर्यटकहरू रमाउन सकुन। धारापानी अहिले सम्म जे–जती तीर्थाटन पर्यटकहरूको लागि पूर्वाधार बनेको छ, पर्यटन विकासको लागि राम्रो मान्नु पर्दछ। ग्रामीण पर्यटन धार्मिक, प्रकृति र संस्कृतिमा आधारित छ। प्रकृति र संस्कृति ग्रामीण क्षेत्रमा नै रहेको हुन्छ। त्यसैले पनि ग्रामीण पर्यटनका सम्भावनाहरू गाउँमा नै हुन्छ। ग्रामीण पर्यटनबाट हुने आम्दानीले विकासबाट पछाडि परेको ग्रामीण क्षेत्रको विकास हुन्छ। ग्रामीण पर्यटनबाट आर्थिक लाभ लिन सक्ने सम्भावना धेरै रहेको हुन्छ। फुर्सदको बेला भ्रमणमा निस्कने पर्यटकहरू अहिले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र जान रुचाउछन। धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरूले ग्रामीण वातावरण रुचाउन थालेका छन। ग्रामीण पर्यटकहरू पनि अधिकांशले खासगरी ग्रामीण क्षेत्रको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन। त्यसैले धारापानीलाई तीसबै कुराको बातावरण श्रृजना गरी ग्रामीण पर्यटनको बिकासमा लैजानु पर्दछ। धारापानीको दिगो विकासको लागि अहिले देखिनै ग्रामीण पर्यटनको अवधारणलाई अगाडबढाउन जरुरी छ। सरिकोटमा भ्युटावरको निर्माण, मन्दिर परिसरमा सरसफाइ, खानेपानीको उचित प्रबन्ध, पक्की सडक र बबैनदिमा पुलको प्रबन्ध भयो भने धारापानीको बिकास क्रमिक रूपले हुदै जाने छ। अर्को तर्फ धारापानी वरपरका गाउँमा होमस्टे सन्चालन गर्नु पर्दछ। होमस्टेमा खाना बस्नको सुबिधा भएपछि लुम्विनी आउने पर्यटकहरू पनि धारापानी आउने छन्। अर्को तर्फ स्वर्गद्वारी जाने र फर्कने तीर्थाटनका धार्मिक पर्यटकहरू पनि धारापानी पुग्ने छन।

धारापानी क्षेत्रलाई ग्रामीण पर्यटनको विकास गर्न स्थानीय उत्पादनको बिकास हुनु जरुरी छ। ग्रामीण क्षेत्रमा पर्यटक पुगेपछि केही न केही त्यस क्षेत्रको चिनो स्वरूप बस्तुहरू ल्याउन चाहन्छन। धारापानी क्षेत्रलाई ग्रामीण पर्यटनको विकास गर्नको लागि स्थानीय बासिन्दाहरूमा कला र सीपको विकास हुन जरुरी छ। जुन सीपले आय आर्जन गर्न सकोस अर्थात उनीहरूले उत्पादन गरेका बस्तुहरू धारापानी पुग्ने तीर्थाटनका पर्यटक अथवा अन्य घुमफिरका लागि धारापानी पुग्नेहरूले किन्न सकुन। अनिमात्र हुन्छ गाउँमा पर्यटनको विकास।

धारापानीलाई पर्यटनको गन्तव्य बनाउन धारापानीको विकास मात्र भएर पुग्दैन। समग्र दाङ जिल्लामा भएका पर्यटकीय स्थलको विकास हुनु पर्दछ। पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो। पर्यटनमा धेरै अवसरहरू हुन्छन्। यसको अर्थ पर्यटन क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरू पनि छन्। समग्रमा भन्नु पर्दा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो। दाङमा पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरू रहेका छन्। तीर्थाटन पर्यटन, ग्रामीण पर्यटन, ऐतिहासिक पर्यटन र प्राकृतिक सम्पदाको अवलोकन गर्ने धेरैस्थलहरू छन। तर हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ। हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ। पर्यटनको लागी नयाँ गन्तव्यहरूको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम भएका छैन भन्दा पनि हुन्छ।

दाङ जिल्लामा रहेका पर्यटकीय गन्तव्यहरूको पहिचान गरेर पूर्वाधार बनाउन सके दाङलाई पर्यटन हवको रूपमा विकास गर्ने सम्भावनाहरू धेरै छन। प्रत्येक बर्ष देउखुरीको सतवरियास्थित रिहारमा लाखौ छिमेकी मुलुक भारतबाट तीर्थाटन गर्न पर्यटकहरू आउने गरेका छन्। दाङको बाटो भएर भारतीय पर्यटकहरू छिमेकी जिल्ला प्य्ुठानमा रहेको स्वर्गद्वारी आश्रममा जाने गरेका छन्। रिहार आउने र दाङ भएर स्वर्गद्वारी जाने पर्यटकहरूलाई हामीले तीर्थाटन गर्ने पर्यटकहरूको भ्रमणलाई कम्तीमा एक दिन लम्बाएर दाङमै बसाल्ने वातावरण तयार गर्न सके मात्र होटल व्यवसायमा उल्लेख्य सुधार आउने छ। दाङमा आन्तरिक तथा वाह्य पर्यटकहरू भित्राउने प्रशस्त संभावनाहरू छन्। विशेषत यहाँ आउने पर्यटकहरू धार्मिक आस्थाका कारण आउने गरेको पाइन्छ। हामीले उनीहरूलाई थप मनोरञ्जनका लागि लगानी गर्न सके पर्यटकको संख्या बढाउन सकिन्छ।

दाङको पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार तथा प्रवद्र्धन गरेर मात्र पुग्दैन। कम्तिमा लुम्बिनी आउने पर्यटकलाई दाङको बाटो हुदै स्वर्गद्वारीसम्म पुर्याउन सक्ने हो भने यसको प्रत्यक्ष लाभ दाङले लिनसक्छ। लुम्बिनी–धारपानी–स्वर्गद्वारी हुदै पुन दाङ फर्किन सक्ने वातावरण तयार गर्नुपर्छ। साथै जिल्लामा रहेका बाह्रकुने ताल, गणेशपुर पार्क, मुलकोटको चमेरे गुफा, ऐतिहासिक छिल्लीकोट, थकोर्ट, सवारीकोट, बगलाचुली जस्ता सम्पदाको उचित प्रवद्र्धन गर्न सकेमा आन्तरिक पर्यटकहरूको संख्या बढन सक्नेछ। पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार आवश्यक भए पनि पर्यटकहरू गन्तव्यस्थलमा जाने भौतिक पूर्वाधार र त्यहाँ अवलोकन गर्ने वस्तु नहुँदासम्म त्यसको सार्थकता रहदैन।

दाङमा पर्यटकीय क्षेत्रको विकास गर्न पर्यटन गुरुयोजना बनाउनुपर्छ। गुरुयोजनाको आधारमा प्राथमिकता अनुसार जिल्ला भित्र रहेका मठ मन्दिर, ताल तलैया र प्राकृति सम्पदाको संरक्षण गर्नु पर्दछ। घोराहीमा रहेको गोरक्षसिद्धरत्ननाथको मन्दिर, अम्विकेश्वरी मन्दिर, हापुरक नारेवाङको गढीटाकुरा भगवतीको मन्दिर, बाह्रकुने दह, ज्यामिरे दह, लरैना ताल, रामपुरको चरिङे दह, नम छुः बौद्धगुम्वा पाण्डवेश्वर महादेव धाम धारापानी, स्युजाको वागेश्वरी मन्दिर, गढीलेकलाई पर्यटकहरू रम्न सक्ने वातावरण निर्माण गर्नु पर्दछ। तुलसीपुर क्षेत्रमा रहेका चमेरे गुफा, छिल्लीकोट, थकोर्ट, राजाकोट, गौरीताल, राप्ती शान्ति उद्यान, त्रिसिद्धेश्वरी मन्दिर, सुकौराको ऐतिहासिक स्थल, पुरन्धाराको झरना, देउखुरी उपत्यकामा रहेका बाघनाथ बाबा जंगलकुटी, देवीकोटको भद्राक्षीदेवी मन्दिर, लमहीको जखेरा ताल जस्ता पर्यटकिय क्षेत्रमा लगानी गर्दै जान सके दाङ पर्यटन प्रवद्र्धनका लागि उत्कृष्ट गन्तब्य बन्दछ। देउखुरीको चुरे श्रृखलामा लमही देखि सोरठी, रातामाटा, सितलपुर, बौराह, थरिकोट, देवीकोट, रूपाकोट जस्ता पुराना बस्तीहरू रहेका छन। ती गाउँहरू पर्यटकहरूको लागि अध्यन अनुसंन्धान गर्नलाई महत्वपुर्ण स्थल मानिन्छ। अर्को तर्फ दाङका आदिवासी थारुजातिको सस्कृति भित्र रहेको कठघोरी नाच, झुमरा नाच, फरसहिया नाच, बर्का नाच, सख्या पैयाँ नाचलाई समेत पर्यटनको विकासको लागि संरक्षण गर्न जरुरी छ। पर्यटकलाई आवश्यक पर्ने सेवा, सुविधा र सुरक्षाका लागि राम्रो व्यवस्था हुन नसक्दा दाङमा आउने पर्यटकको सख्यामा कमी देखिएको छ। पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा अब केन्द्रीय सरकार प्रदेश र स्थानीय तहले लगानी बढाउन पर्दछ।

Related News

सम्बन्धित समाचार

hero news full width