त्यो नै अन्तिम भेट होला भन्ने पटक्कै लागेको थिएन

आदर्श समाज सम्वाददाता
पौष २६, २०७०

घाम आज पनि हिजोजस्तै लागे तापनि हिजोको जस्तो दिन आज भएन, आजको जस्तो दिन पक्कै पनि भोलीहुने छैन । यसै पनि पुस महिना जाडोले त्यसै पनि कठयाङ्ग्रिने त्यसमाथि सुन्नु परेको अकल्पनिय दुःखद समाचारले मनमस्ितष्क नै हिउँपानीले नुहाएजस्तै भएको छ । तापमान शुन्यड्रि्रीबाट तलतल र्झदैर्झदै मनको हिमालमा सम्झनाका हिँउ बाक्लिदै पोखरा डोर्‍याइरहेको छ मलाई ।

विश्वप्रसिद्ध धवल माछापुच्छे र अन्नपूर्णका काखहरुमा अवस्थित सुन्दर नगरी पोखरा जहाँ रुपा बेगनाश र फेवा जस्ता सुन्दर तालहरु छन्, जहाँ सेतीनदीका सुसाईहरु र पातले छाँगोका गहिराइहरु छन् अनि गाइनेदाइका हे वरै सार·ीका धुनहरु छन्, जहाँ टिकट काटेर मुक्तक सुन्ने परम्परा पनि छ ।

आधुनिक नेपाली कविताका भीष्मपितामह कवि शिरोमणि लेखनाथ पौडयालको जन्मथलो पोखरामा, जनकवि केशरी धर्मराज थापा जस्ता, लोक कवि अलि मिया र हरिदेवी कोइराला जस्ता, प्रसिद्ध चित्रकार दुर्गा बराल र विश्व शाक्य जस्ता, कवि मुकुन्दशरण उपाध्याय, तेजनाथ घिमिरे र अहिलेका युवा पुस्तामा सर्वाधिक चर्चति साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी, विजय वजिमयदेखि अनुज पुस्ताका रोशन शेरचन, रमेश श्रेष्ठदेखि सरस्वती प्रतिक्षाजस्ता साधकहरु छन् । पोखराका कतिपय कविहरुले राष्ट्रियस्तर मैँ ख्याति आर्जति गर्दै आउनुभएको कुरा पनि सर्वविदितै छ । त्यसैले पोखरा कला साहित्यका लागि उर्वरभूमि हो भनिरहन परेन नै ।

अनि त्यस्ता मूर्धन्य दिग्गज बिद्धानहरुबीच कवि भूपि शेरचनको पाइलालाई पछयाउने हाम्रो समुदाय अर्थात् थकाली समुदायबाट २०३४/२०३५ साल ताका विनोद गौचन अनि म उषा शेरचन (भट्टचन) मात्रै थियौँ । अहिले भने प्रभावकारी रुपमा रोशन शेरचन भाइ, प्रदिप तुलाचन र मनिषा गौचन बहिनी र चन्द्र भट्टचन उदाइरहनु भएको छ । भूपि शेरचनका कार्ँइला दाई योगेन्द्रमान शेरचनले पनि केही कविता लेख्नुभए तापनि उहाँको कविमन राजनितीको अगाडि घुँडा टेक्न पुग्नु भएर होला सायद साहित्य तिर नलाग्नु भएको । नरसिंह भक्त तुलाचनज्यूले थकाली भाषामा लेख्नुभएको एउटा पुस्तक प्रकाशित छ र नीला -गौचन) तुलाचनज्यूले फुटकर रुपमा निकै पहिला देखि लेख्नुभएको भए तापनि पुस्ताकारमा भने धेरै पछाडि एउटा सँगालो प्रकाशित छ । पृथ्वी शेरचनले पनि कविताहरु लेख्नु हुन्थ्यो रे भन्ने सुनेको त थिएँ तर सँग्रह निस्के नस्केको चाहिँ थाह भएन । राष्ट्रियस्तरमा आफ्नो उपस्थिति जनाउनुभएकाहरु सायद यत्ति नै हुनु पर्छजस्तो लाग्छ मलाई हाम्रो समुदायबाट । तर फुटकर लेख्ने त धेरै हुनुहन्छ होला जस्तै मन कान्ति शेरचन, धु्रब भट्टचन, ज्योति भट्टचन, आकृति कान्ति भट्टचन आदि ।

मैले बारम्बार भन्दैआएको पनि छु जुन समुदायभित्र हामी जन्म्यौँ त्यो समुदायको आफ्नै साँस्कृतिक पहिचान भए तापनि भौगौलिक बनौटको कारणले व्यापार व्यवसायमा बढि ध्यान केन्द्रित गर्नु पर्ने भएर पनि होला सायद अपवाद स्वरुप कला साहित्यमा लाग्नेहरु अझै पनि औँलामा गन्न सकिने छन् । कलाकार मिलन शेरचन र पुष्पाञ्जली शेरचनमात्रै देखिएको छ कलाक्षेत्रमा पनि । यसो भनौँ कला साहित्यमा खासै रुचि पनि राख्दैनन् जति आफ्नो सँस्कृति र त्यो भन्दा पनि बढी भौतिक सुख सुबिधामा रुचि राख्ने गर्छन् ।

आज बिधाताले पनि तिनै औँलामा गन्न सकिने मध्यबाटै फेरि एकजनालाई असमयमै हामीभाझबाट खोसेर लगेकोे कुरा पत्याउन निकै कठिन भएको छ मलाई ।

अहिले मैले आफ्नो मनको फितालाई रिवाइन्ड गरेर २०३४ । २०३५ साल पुर्‍याएको छु ।

माछापुच्छ्रे र अन्नपूर्णको काखमा अबस्थित पोखरा अनि पोखरामा अबस्थित पृथ्वीनारायण क्याम्पस । उतिबेला कंक्रिटको जंगलले यसरि आक्रमण नगरेको वेला जताबाट हेर्दा पनि जसरि हेर्दा पनि शिरमाथि सँधै मुस्कुराइरहने मनमोहक हिमश्रृंखला । अब त त्यो पनि एकादेशमा भन्नु पर्ने बेला हुनलागेको छ ।

म काठमाण्डौँको रत्नराज्य क्याम्पसबाट आई.ए. सकेर आफ्नै जन्मथलो पोखराको पृथ्वीनारायण क्याम्पसमा डिप्लोमा लेभलमा भर्ना भएँ । त्यस बेलासम्म म भित्र मात्र सिमित मेरा कविता र कविमनबाट भने कोही परिचित थिएनन् । किनभने पढाइ भनेको पाठय पुस्तकमात्रै हो भन्ने जमाना थियो । कला साहित्यमा छोरीमान्छे लाग्नु भनेको ब्रि्रनु हो भन्ने मान्यता राख्ने समाज थियो । त्यसैले साहित्य कला सङ्गीत भनेको पुरुषको भागमा मात्र पर्ने गर्थ्यो । त्यसबेलाको पोखराको समाजमा संभ्रान्त परिवारको छोरीहरुले साहित्यमा लाग्नु रङ्गञ्चमा अभिनय गर्नु भनेको एउटा ठूलै चुनौती मात्रै नभएर कल्पना बाहिरको कुरा थियो । त्यस्तो बिधामा हामफल्न ठूलै सामाजिक र पारिवारिक ब्रि्रोह गर्नुपर्ने हुन्थ्यो ।

जसको परिणाम पोखराजस्तो साहित्यको राजधानीमा राष्ट्रियस्तरमैँ ख्याति आर्जति गर्ने पुरुष स्रष्टाहरुको तुलनामा महिला स्रष्टाहरुलाई भने अझै पनि दियालो बालेर खोज्नु पर्ने अवस्था छ ।

एउटा ज्वलन्त उदाहरण ३५ वर्ष अघि पो.यु.साँ.प.मा नारी हस्ताक्षरमा म एक्लो बृहस्पतिजस्तै थिएँ भने त्यसको ठिक ३५ वर्ष पछि बल्ल सरस्वती प्रतिक्षा आउनुलाई पनि लिन सकिन्छ । ३५ वर्षको दौरानमा एकजना पनि महिला स्रष्टाको उपस्थिति देखिन्न ।

उमेरले म भन्दा एकवर्ष कान्छो र साइनोले मामाको छोरा (मेरो बिहे पछि मेरो भाञ्जा) त्यति सार्‍हो हेलमेल नभए तापनि सबैभन्दा परिचित उनै विनोद गौचन नै थिए । त्यतिबेला विनोद पनि कवि तथा गीतकारको रुपमा आफ्नो छवि बनाउने तर्फ अग्रसर हुनुहुन्थ्यो ।

दुर्गा बराल दाइ र विनोद गौचनलाई बाहेक मैले पृथ्वीनारायण क्याम्पसमा राम्ररी कसैलाई पनि चिन्दिन थेँ । सरुभक्त र तीर्थ श्रेष्ठ प्रकट बिजयलाई त झन् देख्नु त के नामसम्म पनि सुनेकी थिइन । विश्ब शाक्य दाई भने स्कुलमा हामीभन्दा सिनियर बिर्द्यार्थी भएको हुँदा चिनेको थिएँ ।

त्यतिनै बेला अहिलेका सरुभक्त उतिखेरका भक्तराज श्रेष्ठले प्रज्ञा महोत्सबमा पदक पाएकोकुरा रेडियो मार्फत सुने पछि मैले नै विनोदलाई भक्तराज श्रेष्ठलाई चिनाई दिन आग्रह गरेको थिएँ ।

पृथ्विनारायण क्याम्पसको ठिक अगाडि गुरुङ्सेनी फुपुको सानो चिया चमेना गृह थियो । त्यो चमेना गृहमा प्रायः छात्रहरु बाहेक नगन्यमात्रमा छात्राहरु जाने गर्थे ।

यसैमेसोमा एकदिन पारिलो घाम तापेर चमेना गृह अगाडि सारङ्ीको उदासधुन जस्तो अरुभन्दा अलिबेग्लै देखिने उदास अनुहार अनि हातमा कालो चियाको गिलास समाइरहेको व्यक्तिलाई औँल्याउँदै(‘तपाइँले भक्तराजलाईँ चिनाई देउ भन्या होर्इन रु यी यै त हो भक्त’ भनेर चिनाई दिँदा त्यहि उदास अनुहारले एउटा उपेक्षित दृष्टि फ्याँकेको देखेर मैले पनि मधुरो स्वरमा बधाई ज्ञापन गरेको थिएँ ।

तेति बेला बिनोदले आफ्नो पर्ढाई सकेर काम गर्न थालेको थियो र पनि मैलै क्याम्पसमा सबैभन्दा नगिचको परिचित विनोद नै लाग्ने भएकोले बिनोदसँग भने खुलेरै बोल्थेँ म । भक्त, म अनि अभिनेता अर्जुन जंग शाहीभने बिषय फरक तर एउटै लेभलका सहपाठी थियौँ ।

खाली पिरियडहरुमा फुपुको चमेना गृहमा जाँदा फुपूले मलाई निकै माया गर्ने मात्रै होइन कि मोमोको स्वादको पारखी म । मैले मनपराउने स्वादको मोमो बनेको बेला बोलाई बोलाई ख्वाउने पनि गर्नु हुन्थ्यो गुरुङ्सेनी फुपूले ।

यसैक्रममा मैले कसैलाई पनि थाह नदिइ लुकाइराखेको मेरो कविताको नोट कपिबाट सुटुक्कै एउटा कविता विनोदले नै सारेर गोरखापत्रमा पठाएर छापिएपछि बल्ल कुहिरोको कागजस्तै रुमल्लिरहेको मेरो कविमनका पखेटाहरु फटफटाउँदै कुहिरोबाट बाहिर निस्कने बाटो पाएको थियो । या भनौँ म भित्र अटेशमटेश गर्दै लुक्न बाध्य मेरा रचनाहरु, मेरा सोच र चाहनाहरु फेवा र बेगनाशतालमा डुविरहेको बेला आशाको त्यान्नो बोकेर तिनै कवि तथा गीतकार विनोद गौचन झुल्किनु भएको थियो ।

मलार्ई भने अभिनय, कला, साहित्य आदि पनि सिर्जनाका कलात्मक अभिब्यक्ति हो भन्ने लाग्थ्यो । त्यसैले समाजमा जुन सँकुचित अबधारणाका पर्खालहरु उभिएर बसेका थिए, त्यसलाई भत्काउनको लागि पनि त्यसक्षेत्रमा उभिन चाहन्थेँ म । सँम्भ्रान्त परिवारका छोरीहरुलेपनि र·ञ्चमा अभिनय गर्न हुन्छ भन्ने उदाहरण दिन चाहेको वेला कला साहित्यलाई मन पराउनेमात्र नभएर इतिहासै रच्न चाहने जमातलाई भेटे पछि कलेजका विविध कार्यक्रमहरुमा हामीले साहित्यमात्र नभएर नाटक पनि मञ्चन गर्‍यौँ ‘सराप परेको घर’ जस्मा मेरी कान्छि बहिनी कलाकार मिलन शेरचनले पनि अभिनय गरेकी थिइन् । । भक्तले नाटक लेखे तापनि मञ्चनभने त्यसै ताका देखि मात्र शुरुभएकोले फेरि युवा नाटक परिवारको पनि गठन गर्‍यौँ । अभिनय जस्तो सिर्जनात्मक विधालाई हेयको दृष्टिले हेर्ने आँखामा परिवर्तन ल्याउन चाहन्थेँ म । यो पनि सामाजिक नारी हिँसा बिरुद्ध उठाएको ब्रि्रोह नै थियो मेरो तर्फबाट । केटाहरुले त आफ्नो घरमा मात्रै जवाफ दिए पुग्थ्यो । मैले त घरपरिवारलाई बाहेक सि·ो समाजलाई समेत जवाफ दिनु पर्ने हुन्थ्यो ।

त्यसको मूल्य मैले प्रत्यक्ष वा अप्रत्यक्ष अझैसम्म पनि चुकाइ नै रहनु परेको छ भन्दा अरुलाई विश्वास नलाग्न सक्ला तर यो अत्यन्तै कठोर सत्य हो ।

हामी जम्माहुँदा हामी विच मात्र साहित्य स·ीत अभिनय र कलालाई कसरी उँभोलान सकिन्छ भन्ने सोचमा मात्रै केन्द्रित हुन्थ्यो र हाम्रो सम्बन्धहरु पनि कञ्चन पानीजस्तै सँङ्लो हुन्थ्यो । तेति बेला हामीले रोपेको बिरुवाका मीठा फलहरु आजका प्रख्यात र·कर्मी अनुप बराल र आशालाग्दो कवि सरस्वती प्रतिक्षाहरु हुन् ।

एकआपसमा अपरिचित कला साहित्यका अनुरागीहरुलाई यसरी परिचयको ढोका खोलीदिएर एउटा सुनौलो इतिहास रच्ने वातावरण तयार पार्ने प्रणेताहरुमध्यका एक स्रष्टा विनोद गौचनलाई यसरी असमयमै गुमाउनु पर्ला भनेर चाहिँ सोचका थिएनौँ ।

यस पल्ट पोखरा जाँदा फेवासिटि अस्पतालमा बहिनी मिलन र म भेट्न गएका थियौँ र करिव एकघण्टा जतिको बसाईमा हामीले जीवनका बिभिन्न पाटोका बारेमा कुरा गरेका थियौँ । शारीरिक रुपमा कमजोर देखिए तापनि मानसिक रुपमा भने पहिलाकै विनोद गौचनसँग भेटेजस्तै लागेका थियो र त्यो नै अन्तिम भेट होला भन्ने पटक्कै लागेको थिएन विनोद भाञ्जा।

जति माया लाए पनि

जति कसम खाए पनि

निष्ठुरीले बाटो लाग्दा

मनमा पीर पर्ने नै भयो

यो मन त्यसै मर्ने नै भयो ।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width