तीजको बदलिदो राग

आदर्श समाज सम्वाददाता
भाद्र १२, २०७१

भनिन्छ हिन्दू नारीहरूको महान चाड तीज एक विशेष प्रकारको चाड हो । सायद हिन्दू नारीको हैसियत प्राप्त गरेका नारीहरू यो चाड मनाउनको लागि आ-आफ्नो गच्छे अनुसार सक्दो प्रयास गर्छन्। शिव र पार्वतीको किम्बदन्तीको अथाह प्रभावबाट हजारौँ हजार वर्ष गुज्रेको नारीहरूको यो परम्परा आज आएर एक जीवनशैलीको रूप धारणा गरेका छन्। ऐतिहासिक महत्त्वको पाटोलाई फरक ढङ्गले प्रस्तुत गरेर आजका नारीहरूले तीजलाई नयाँ शैलीमा पस्किरहेका छन् भन्दा सायद कुनै अत्युक्ति नहोला।

समाजशास्त्रीय हिसाबले  तीजको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको व्यक्तिगत, पारिवारिक र सामाजिक उद्गार नै हो। समाजमा रहने हर कोही मानवका आ -आफ्ना भावनाहरू, अनुभवहरू र अनुभूतिहरू हुन्छन्। ती भावना, सम्वेग र अनुभूतिहरू लयवद्ध रूपमा शारीरिक हाउभाउका साथ समूहमा पस्कने एउटा विछट्ट किसिमको कला विश्वका हिन्दू नारीहरूले अनवरत रूपमा गर्दै आइरहेको कुरामा कुनै दुर्इ मत नहोला। नेपाल विश्वमै हिन्दूहरूको अगुवाइ गर्ने एउटा सबैभन्दा बढी प्रतिशत जनसंख्या बोकेको राष्ट्र भएकोले उचालिएको छाती लिएर नारीहरू धरतीमा जुरुक-जुरुक हरेक वर्ष यस धरतीमा ब्रुकुसी मार्छन्।

समाजशास्त्रीय हिसाबले नारीहरूको तीजप्रतिको असिम श्रद्धा हुनु समाजमा कुनै प्रकारको हानी वा नोक्सानी छैन। तर आर्थिक हिसाबले कतिपय नारीहरूको चहलपहल, उठबस, लवाइखवाइ, शानशौकत हेर्दा शिव र पार्वतीको नैतिकताको विराशतलाई खाल्टोमा दबाएर राखेजस्तो लाग्छ। उनीहरूले गरेको तल्लास्तरको नारीहरूको चुनौतीलाई सम्झदा व्रतमा समाजमा ठूलै भ्वाङ् पार्न लाग्दैछन् उनीहरू भन्ने लाग्छ। नारीको समाजमा समान अधिकारको बनावटी गीत गाएर दसौं लाख रूपैयाँका गहनाले थिचिएर नाङ्गो नाचको उदेकलाग्दो नकारात्मक झलक दिने स्वभावले कतिपय नारीहरू वास्तवमा आफ्नो सबै कुरा खोसिएको महसुस गर्छन्। वर्ष दिनमा एक पटक आउने चाडवाडमा पनि नारीनारी बीच असमानताको ठूलो खाडल झन् गहिरिनुले अधिकाँश महिलाहरूमा तनाव सिर्जना हुनु अस्वभाविक होइन। कतिपय ठाउँ वा अवस्थामा शारीरिक वा मानसिक तनावबाट मुक्त हुनको लागि मनाइने तीज आफ्नै माइती पटि्टकाको रवाफ र तडकभडकले विच्छिप्त हुन पुगेका चेलीहरूको लागि भने यो एउटा भार नै बनेको छ।

हाम्रोजस्तो सिस्टमलेस सिस्टमको समाजमा व्यक्ति व्यक्तिबीच एउटै कुराको मात्र कम्पिटिसन छ। त्यो भनेको कसरी कुन प्रकारले धनको सञ्चय गर्नु भन्नु हो। मानवता, सरलता, मिजासिलोपना, माधुयता र सामूहिक विकासको अवधारणामा दिन प्रतिदिन खडेरी पर्दै गैरहेको अवस्था छ। आमा हुन् वा बाबा उमेर पुगेका छोरा हुन् वा छोरी सबैमा मात चढेको छ। सहजता र आफनत्व भन्ने कुनै कुराको पनि ख्याल छैन। केवल नक्कली र विज्ञापन मात्रै ∕ नेपालीपनको मौलिकताको अस्ितत्व खोज्न विदेश जानुपर्ने अवस्था सिर्जना भएको छ। पैत्रिक सम्पतिले आफ्नो मौलिक परम्परालाई सजाउन भन्दा भ्रष्टाचार र अनैतिकतामा आँखा गाडेर महिलाहरूको पहिरहन र गहनामा दसौँ लाख बराबरको अनर्गल लुटको कालोधनलाई सर्लक्क आफूले उनेर प्रदर्शन गरिरहेका छन्। अचेल नवसामन्तवादको  अभ्युदय भएको छ। सभ्यता र संस्कृतिको यो इज्जत देखाउने साधन भएको छ।-आँसु छचल्किदै जान्छ, डा. तारानाथ शर्मा)

तीजमा पस्कने गीतहरूको बारेमा अध्ययन गर्ने हो भने परिवारमा बसेर सुन्न लाज लाग्ने एकातिर छँदैछ भने अर्कोतिर त्यसको भाव र वास्तविकतालाई हर प्रकारकाले कुल्चने प्रयास गरिएको छ। केही समयको लागि विछोड भएका दिदीबहिनी हुन् वा जन्मदिने मातापिता सबैको माझ बसेर रमाइलो गर्दै पकाइने खाजा, भुजा वा मिठो नमिठोलाई लत्याएर सामन्ती र पँूजिपतिको चरित्रको सिको गर्दै सहरका सबैभन्दा ठूला र मह·ा ४ तारे देखि ५ तारे होटल धाउनुले हाम्रा दिदीबहिनीहरूले कस्तो संस्कृति भित्र्याउन लागेका हुन् जो कोही सर्वसाधारणले पनि मूल्याड्कन गर्न सक्छ। छाडा प्रकारका पहिरन र पटकपटकको संवेदनशील अंगहरूमा पुरुषहरूको सार्वजनिक स्र्पर्सजस्तो लाग्ने दृश्यले हाम्रा भर्खरका बाबुनानीहरूको गन्त्यव्य के कस्तो हुने हो अनुमान गर्न कठिन छ। तीजको महान अवसर शुद्ध हिन्दू महिलाहरूको लागि नैर्सर्गिक हो भन्दा भन्दै के कति कारणले पुरुषहरूलाई स्थान दिइन्छ – विचारणीय अवश्य छ। यसको एउटा कारण उच्छृड्खलताको पराकाष्टा हो कि होइन –

आजको तीजको आयतित संस्कारले वास्तविक राष्ट्रभक्त र समाज सुधारकहरूको मुटुमा गहिरो चोट पुर्याएको छ भने सर्वसाधरणहरूमाथि धावा बोलेको छ। बिहान र बेलुका निमेक गरेर खानेवालाहरूलाई खिसी गरेको एकतिर छँदैछ भने आफ्नो श्रीमान्को कमाइको पर्दाफास गरेको छ। बहुमूल्य धातु जडित आभूषणले निर्दोष आँखाहरूलाई लज्जित तुल्याएको छ भने मिहनेत, परिश्रम र इमान्दार गरेर जीविन निर्वाह गर्नेहरूलाई लोप्पा खुवाएको छ। साधारण नेपालीहरूको अस्मितामाथि बलत्कार गरेको छ भने देश बेचुवा र नाईकेहरूमाथि ज्रि्रोभित्र र बाहिर गर्न बाध्य तुल्याएको छ। भ्रष्टाचारको लाइसेन्सले उनका श्रीमतीहरूको अङ्गअङ्गमा चुमिरहेका छन् भन्ने कुरा प्रशासनको कमी कम्जोरीले आभास दिइरहेको छ। जनतालाई सुशासन दिनुभन्दा आफ्ना श्रीमतीको अदृश्य खर्चलाई छाती खोलेर स्वीकार गरिरहेको अवस्था छ। हाम्रो असिम मायाका संस्कारहरूलाई ठाडो चुनौती दिंदै विदेशीको माना र नानामा गतिलो ताली बजिरहेको छ।

जसबाट हामीले हाम्रो समाजको धार्मिक होस् वा नैतिक विरासतको स्वच्छ आधार सिकेका थियौँ। खै ती कहाँ गए – रातो साडी लगाएर पुरुषको वरिपरि कम्मर मर्काएर नाँच्ने एउटी महिला जसले पुरुषको कमाइबाट मात्र जिवीका गर्नुपर्ने हुन्छ तर असिम सम्पत्ति वेर्र्सम शरीरमा बोकेर पुरुषार्थ देखाइरहेकी छिन्। अव अनुमान लगाऔँ त उनको पूर्वको हैसियत कस्तो थियो – के द्रौपदी, सीता, ल्फोरेन्स नाइटिडल, योगमाया, मदर टेरेसा, आङसाङ् सुकी, कमला भासिनजस्ता महान् नारीहरूले लाखौंलाख पर्ने गहनाले पुरिएर हिँडेका थिए र हिँडेका छन्। समाजको समानतालाई कुल्चेर आफ्नो प्यारो संस्कृतिको धज्जी उडाउने महामहिम महिलाहरूको सम्बन्धमा संस्कृतीविद् सत्यमोहन जोस्ाी भन्नु हुन्छ “प्राचीन समयमा हाम्रा ऋषिमुनि आचार्यहरूले महिलाहरूको आचरण, नैतिकता, पत्रि्रता धर्म, स्वास्थ्य विज्ञान आदिको ख्याल गरी उनीहरूलाई आदर्श गृहणी बनाउनका खातिर अनेक व्रतोत्सवहरूको सिर्जना गरे। तदअनुरूप ऋषिपञ्चमीको यो व्रतोत्सव एउटा प्रायश्चित्तात्मक व्रत बन्यो।” तर कहाँ गयो आज सत्य मोहन जोशी महोदयले विश्वास गरेको नारीमाथिको आचरण ? नारीको साधारण सहनशीलता ? कहाँ गयो नारीको तीजप्रतिको अगाध मायाको झल्कोको रागबाट आफ्नो पुरुषहरूले प्राप्त गर्ने सुस्वास्थ्य र दीर्घ जीवन ? खैत नारी, नारीमाथिको समानता र उनीहरूले आफ्नै वर्गप्रति गर्ने समभाव एवं समव्यवहार ?

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग