तिहार एक, तनाव अनेक ?

आदर्श समाज सम्वाददाता
कार्तिक १३, २०७१

नेपालीहरूको दसैँपछिको दोस्रो महान् चाड तिहारलाई एक वर्षकालागि भरखरै बिदाइ गरेका छौँ। चाडहरूको अनुष्ठानका नियमहरू आ-आफ्नै छन्।कुनै व्यक्ति विशेषलाई कुनै अमूक चाड मन पर्दैन भनेर नकारात्मक दृष्टिकोणले हेर्न कदापि हुँदैन। त्यतिमात्र होइन, कसैकाधर्म अन्तर्गत रहेका विविध संस्कारका चाड वा पर्वहरूलाई नकारात्मक अभ्रि्रायले वा द्वेषको भावले  हेर्नु सरासर गल्ती हुने छ। वास्तवमा समाजशास्त्रीय दृष्टिकोणले हेर्ने हो भने त कुनै जात वा जातिले परापूर्वकालदेखि मान्दै आएको जस्तोसुकै संस्कार होस्, त्यसलाई छीःछी र दूरदूर गर्न मिल्दैन। प्रत्येक जातजातिका आ-आफ्ना संस्कारकाआ-आफ्नै महत्त्व र मान्यताहरू छन्। यो पनि वास्तविकता हो कि आफ्नो संस्कारसँग प्रत्येक मानिसहरूको भावनात्मक सम्बन्ध हुन्छ। परापूर्वकालदेखि नै उनीहरूले एक प्रकारको रक्त सम्बन्धकाआधारमाती चाडहरूको सम्मान र विधिपूर्वक अनुष्ठान गरेका हुन्छन्। के बालक, के युवा, के वृद्ध, के महिला, के पुरुष, के स्वदेश, के विदेश सबैले सर्वत्र समभाव लिएर सहृदय र सभक्ति आफ्नो गञ्छेअनुसार चाडको भरपूर आनन्द लिइरहेका हुन्छन्।

हाम्रो दोस्रो महान् चाड दीपावलीको कुरा गर्ने हो भने यो यति सहज र फराकिलो छ कि पशुपंक्षीदेखि मानिससम्मको पूजा बडो सम्मानका साथ गरिन्छ। चाहे आकाशमा उड्ने काग होस्वा गल्लीमा भुक्ने कुकुर, चाहे खेत जोत्ने गोरु होस् वा घरमा दूध दिने गाई, प्रत्येकलाई एउटा सि·ै दिनैको भाग लगाएर सानदारसँग उनीहरूको पूजा गरिन्छ। यसै सम्बन्धमा संस्कृतिविद् सत्यमोहन जोशी भन्नुहुन्छ-‘तिहार बहुमुखी र महान् चाड हो, जसमा राक्षस समेत सम्मानित हुन्छ।’ मलाई भन्न मन लाग्छ, हिन्दू धर्ममात्र यस्तो एउटा करुणामय भावना राख्ने धर्म हो, जस्ाले वर्षभरिमा कुनै न कुनै दिन संसारभरका सम्पूर्ण प्राणीलाई सम्झेर पूजा गर्छ। हरेक प्रकारका पशुपंक्षी, किरा, फट्याङ्ग्रासँग यो धर्मको कुनै न कुनै स्वरूपमा भावनात्मक सम्बन्ध हुनु भनेको वास्तवमा यो धर्मको व्यापकता हो। त्यसैले त हिन्दू धर्ममा भएका अनेकन प्राणीहरूको स्नेह र सम्मानको विश्वव्यापी जलनले अन्य धर्महरू यदाकदा पहाडसँग कुम जुधाउन पुग्छन् र यसको अस्तित्वको विश्वव्यापी मान्यतासँग इष्र्या गर्दै हजारौँ प्रकारका लोभहरू सपनाभैFm बाँडेर दीनदुखीलाई सहभागी बनाइरहेका छन्। तर, यो महान् धर्म आफ्नै बिछट्ट किसिमको भावना बोकेर समुद्रजस्तो मन्द तर निरन्तर गतिमा मानिसहरूका स्पन्दन, स्पन्दनहरू भिजाउनका लागि अगाडि बढ्दै छ।

वास्तवमा मानिसले ज·ली अवस्थाबाट अर्को अवस्थामा फड्को मारेपछि उसैलाई लगाम र उचित नियममा बाँधेर एउटा अनुशासित र मार्यादित जीवन बिताउनका लागिबनाइएको नियमलाई नै पछि धर्मको रूप दिइयो। धर्म मानिसको बाँच्ने आधार र साथी दुवै हो। यसैमा उसले आफ्नो मनका भावनाहरू पोखेको हुन्छ भने आफूले वर्षभरि कमाएर राखेको केही प्रतिशत स्रोतलाई सदुपयोग गर्ने काम पनि गर्छ। मानिसका सामाजिक जीवनका हरेक पक्षमा कुनै न कुनै प्रकारले धर्मको अस्तित्वलाई स्वीकार गरिएकै हुन्छ। विश्वका कुनै पनि धर्महरू, चाहे गणितीय हिसाबले उनीहरूको सङ्ख्या सानो होस् र हिंसालाई स्वीकार गर्दैनन् भने उनीहरूको एकमात्र उद्देश्य भनेको विश्वभ्रातृत्वको सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउनु हो।

हामीबाट भौतिकरूपले केही पर तर मानसिक रूपले नजिकै भएको महान् चाड तिहारको एउटा रमाइलो विशेषता भनेको देउसी भैलो हो। देउसी, भैलोको स्वाद समाजमा अवस्थित हरेक जातजातिका पुरुष र महिलाहरूमा समान भावले उपस्थित देखिनुले नारी र पुरुषहरूको समाजमा समान अस्तित्व छ भन्ने कुराको प्रमाण प्रस्तुत गर्छ। बच्चाहरूले खेल्ने देउसी भैलो होस् वा वृद्धहरूले खेल्ने देउसी भैलो, सबैमा दुवैको समान सहभागिता हुनुले हाम्रो समाजको सामाजिक सम्बन्ध ती दुर्इबीच कति बलियो रहेछ भन्ने कुराको पुष्टि खुला आकाशजस्तै र्छल· हुन्छ। त्यतिमात्र होइन, बालबालिकाले एक अर्कालाई राम्ररी बुझने अवसर पनि चाहे गीतको हिसाबले होस् वा नाचको हिसाबले होस्, पाइरहेका हुन्छन्। यसैबाट उनीहरूले आफूमा रहेको एकलकाँटे स्वभावलाई पर धकेल्न सक्छन् भने आफूमा रहेको मानसिक हिचकिचाहट र चिन्तालाई पनि सुधार गर्न सक्छन्। त्यसैको परिणाम हो, हाम्रा महान् चाडहरू सकिएपछि स्कुलका बच्चाहरूमा चञ्चले स्वभाव देखिनु। शिक्षकले पनि उनीहरूको चञ्चले स्वभावबाट फाइदा लिन उनीहरूलाई विषयवस्तुसँग रूपान्तरण गर्न सक्नुपर्छ।  उनीहरूको यो भरभराउँदो चञ्चलेपन र स्फूर्तिलाई सजीव वातावरणमा ढाल्न सकियो भने उनीहरूको मानसिकतामा शिक्षाका सम्बन्धमा केही हलुका फराकिलोपना अवश्य आउँछ।

तिहारमा सयौँ यस्ता राम्रा कुरा छन्, जसले मानिसको जीवनचर्यालाई एक प्रकारको न्यानो ऊर्जा थप्ने काम गर्छ। स्वदेशमा बसेका दाजु, भाइ, दिदी, बहिनी हुन् वाविदेशमा बसेका, सबैलाई लामो समयपछि भेट हुने अवसर जुटाइदिन्छ, यो बहुमुखी तिहारले। उनीहरूबीचको असीम आपसी सद्भाव र भावपूर्ण आशीर्वादको गहन आदानप्रदानले जीवनलाई जीवन्त र सुखमय बनाइदिन्छ। सकारात्मक आशीर्वादहरूको दीर्घायु सन्देशले मानिसहरूको मनमा एक प्रकारको नयाँ योजनाको खोजमात्र होइन, अपितु आत्मविश्वास पनि बढ्छ। सयौँ कोष पर रहेका दिदीबहिनी र दाजूभाइहरूबीचको शुभमुहूतमा गरिएको आत्मीय दक्षिणाको आदानप्रदानले नयाँ कार्यहरूको शुभारम्भ हुन सक्छ भने अर्को वर्ष त्यसलाई अझै राम्रो र जीवन्त बनाउने बाचा बाँध्छन्।  एउटै आमाका सन्तानहरूमा कयौँ दिनसम्मको विछोडको पीडाले खाएको मनको कटकटीलाई सान्त्वना दिने एउटा अचूक पर्वको रूपमा लिन सकिन्छ, यो हाम्रो फूलैफूलको तिहारलाई।

हिजोआज यो प्रिय चाडको विकृत रूप बनेको छ, देउसी र भैलो। सरकार र विभिन्न सङ्घसंस्थाले समेत यसका विकृत पक्षलाई रोक्नका लागि हरेक वर्ष सार्वजनिक सूचना टाँस गरेर वा माइक फुकेर केही सच्याउन प्रयत्न गरे पनित्यसको कुनै उपादेयता नभएको वास्तविकता स्पष्ट छ।

सायद, परम्परादेखि नै एउटा देउसी भैलोको समूहमा कतिजना मानिसहरू हुनुपर्छ र कस्तो प्रकारको गीत गाउनुपर्छ भन्ने नियम हुँदोरहेनछ। त्यस्तै, कस्ता प्रकारका बाजाहरू बजाउने र कस्तो प्रकारको भेषभूषामा भावनाहरू प्रस्तुत गर्ने भन्ने नियम पनि बनिसकेको रहेनछ। जसले जसरी गाए पनि हुने देउसी, भैलोमा आजभोलि हदै बेथिति बढेको पाइन्छ। पूरै सहर, बजार, टोल, गाउँ नै  घन्काउने बडाबडा हात्तीजत्रा साउण्ड बक्सबाट उफ्रीउफ्री निक्लेका उन्माद स्वरहरूले पर्वको वातावरणलाई नै चिरेर यति त्रतिस भयभीत बनाएका हुन्छन् कि सुतिरहेका बच्चाहरू च्याँच्याँ गर्न थाल्छन् भने बुढीआमाहरू झस्िकएर लड्न पुग्छन्। त्यतिमात्र कहाँ हो र ? गोठमा दाम्लाले बाँधेका भैँसीहरू उफ्रन थाल्छन् भने शान्तसँग चिर न्रि्रामा सुतेका चराचुरु·ीहरू आत्तिएर जनयुद्धको विपना सम्झन थाल्छन्।

प्रत्येक दशदश मिटरको फरकमा कानको जाली फुट्ने गरी समूह समूहमा प्रतिस्पर्धाको हिसाबले घन्काइएका माइक र विविध प्रकारका तिखा गीतहरूका कारणले स्थानीय वातावरण  यति डरलाग्दो र भयावह हुन्छ कि कतिपय मानिसहरूको मानसिक दशामा असन्तुलन आउन सक्छ। भाइटीका (मुख्यदिन) आउनुभन्दा तीन दिन पहिल्यैदेखि सुरु गरिएको सो अशोभनीय व्यवहारले आर्थिक पक्षको एकातिर दिक्दारी त छँदै छ, उसमाथि अति असभ्य, उरन्ठ्याउला र बिनालगामका गीतहरूले सामाजिक परिवेशमा छाड्ने मानसिक तनावको हैरानी र कुण्ठा शब्दमा अवर्णीय छ। सबैले सबैलाई चुनौती दिँदै घरबाहिर घन्काउने आवाजले वास्तवमा अनगिन्ती शान्तिप्रिय मानिसहरूलाई रोगी त बनाएकै छ, त्यसमा पनि अर्कोतिर तिहारको परम्परागत देउसी, भैलोको वास्तविकतालाई लात्तीले हिर्काएर चुनौती दिएको छ। परम्परागतरूपमा हाम्रा संस्कृतिक भावहरूको महत्त्व र अर्थ झल्काउने हाम्रा ऐतिहासिक गीतहरूका ठाउँमा आधुनिक निर्रर्थक र फोस्रा गीतहरूको वर्षाले युवा पिँढीहरूमा एक प्रकारको कब्जा जमाएको आजको अवस्था छ। यो निर्रर्थक र भावविहीन अवस्थालाई सुधार नगरेर एउटा उचित कदम समाजका मूर्धन्य व्यक्तित्वहरूले नचाल्ने हो भने तिहारसँगै आउने देउसी, भैलोको ऐतिहासिक महत्त्व नामो मिटान भएर हामीले केवल पश्चिमेली गीतहरूको कान फुट्ने आवाजमात्र सुन्नुपर्ने छ। सरकारको कदम आफ्नो ठाउँमा छँदै छ, तर त्योभन्दा पनि कडा रूपमा सम्बन्धित समाजका समाजसेवी, शिक्षक, बुद्धिजीवीहरूले यसको वास्तविक महत्त्व दर्शाएर अर्कैको सभ्यतामा तिहार मनाउने गधापच्चीसे परम्परालाई परित्याग गराउन सकिन्छ। त्यसैले, अब हाम्रो ध्यान परिस्कृत तिहारको देउसी भैलोतिर उन्मुख हुन जरूरी छ। र, राति ११, १२ बजेसम्म खेल्ने नानीबाबुहरूको देउसी, भैलोको मोहलाई पनि सुधार गर्नुपर्ने देखिन्छ।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width