“तापनि यस्ता सवालहरु उठाउँदै राख्ने हो कि ?”

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७२

नेपालका लागि आएको नयाँ बर्ष २०७२ सँगैको ठूलो भुकम्प धेरै बिनासकारी रह्यो। धेरै धन जनको क्षति भएको छ, धेरै आपत्ति आई लागेको छ। लाखौं नेपालीको घरबार छैन, हजारौं परिवार जनले आफन्त गुमाएका छन्। यस्तो अवस्थामा धैर्य धारण गरी उद्धारमा जुट्नु र राहतमा लाग्नुको सट्टा हामी बाँचेकाहरूसँग अन्य बिकल्प छैन। त्यसो गर्न पनि हामीसँग सहानुभूति जो ब्यवहारिक हुनु पर्छ त्यो अलिबढि जगाउनु पर्ने छ। राहत सामग्री अलिबढि संकलन गर्नु छ। आपत बिपतको व्यवस्थापनका लागि खाने पानी, अस्थायी बसोवासका लागि जमिन, उपचारका लागि औषधि, भोखमरीका लागि खाद्यान्न, ओढ्ने ओछ्याउने र लगाउने लत्ता कपडा, बास बस्ने टेण्ट लगायतका बस्तु आवश्यक छन्। राज्यले मात्रै उक्त व्यवस्थापन गर्न सक्दैन। सरकारमा को छ त्यो महत्वपूर्ण होर्इन, राहतका लागि हाम्रो के भूमिका रहने त्यो महत्वपूर्ण हुने छ। बिपत्तिका बेलामा को सरकारी को गैरसरकारी सबैको बराबर दायित्व रहन्छ। को विदेशी को नेपाली यतिबेला सबैजनाले मानवीय सहयोग जुट्न थालेको अवस्था छ। सरकारले ती सबैलाई संयोजन गर्नु पर्ने हो र गरेको होला।

माफ गर्नु होला पाठक बृन्द झ् मलाई यति बेला नेपालको पुरातात्विक महत्व राख्ने नौ तले धरहरा ढलेकोमा त्यति दुःख छैन, जति त्यो जीर्ण धरहराबाट किच्चिएर हाम्रा आफन्त बितेकामा दुःख छ। धरहरा त हामी जस्तैले बनाएको हो र त्यो भन्दा राम्रो बलियो धरहरा बनाउंदै गरौंला, तर ती शिप र कौशलताका उर्जाहरू कहिल्यै र्फकने वाला छैनन्। हाम्रो भावनात्मक सम्बन्ध त्यो इतिहास बोकेको धरहरासँग हुन सक्छ त्यसलाई म स्वीकार गर्छुु तर के यति निर्दयी पशु हामी बन्न सक्छौं, जस्ले किचेर यतिका मानव जातिको बिनास गर्‍यो, त्यहि भौतिक बस्तु मात्रै हाम्रो लागि प्यारो भयो – मलाई धिक्कार लाग्छ, राष्ट्रियता भनेको यहांको माटो, पानी र हावापानी मात्रै हो भन्ने कुरालाई अहिले पनि हामीले सम्झिएका छौं। यहांका जनता र तीनको अशिक्षा, अज्ञानता र अस्वस्थता सँगसँगै उनिहरूको आपत बिपतलाई हाम्रो बास्तविक राष्ट्रियता गांसिएको छ भन्ने कुरा बुझेका छैंनौं। नेपालका पूर्व प्रधानमन्त्री बि.पि.कोर्इरालाले भनेका थिए “राष्ट्रियता भनेको हावापानी र माटो मात्रै होर्इन, यहां अवस्थित जनताको जीवन, अवस्था र आर्थिक, भौतिक, सामाजिक र सांस्कृतिक अवस्था पनि राष्ट्रियता हो। ”

उपरोक्त भनाईलाई आधार मान्ने हो भने तपाईलाई भन्नै पर्ने हुन्छ हामीकहाँ मानवीय क्षतिलाई महत्व दिउँ। यसको अपुरणीय क्षत्रि्रति शोक मनाउँ। यतिबेला शोकलाई शक्तिमा बदल्नु बुद्घमिानी होला। अन्य क्षति त इतिहासको एउटा कालखण्डको अन्त्य जस्तै भयो। नयाँ सभ्यता जुन हाम्रा नयाँ पुस्ताले धिक्कार्न नपर्ने होस्, त्यस्तो सभ्यता निर्माण गर्न बरु उद्यत होउँ। हामीले हाम्रै पालामा र हाम्रा अग्रजहरूले सोंच्नसम्म नसकेर ती धरोहर भनिएका पुरातात्विक भौतिक संरचना ध्वस्त भएका हुन्। हामी अत्याचारी, लोभी पापी भएर नै यो महा विनाश भएको हो। हामीले आफ्ना कमजोरी, गल्तिहरूको कत्ति पनि ढाकछोप नगरौं। सत्ता, पैसा, सरसुविधाका पछि लाग्दा हामी जब दुयोर्धन बन्न पुग्यौं तब बिनास अवश्यंभावी थियो। हामी अझै पनि सुध्रिएनौं भने अहिलेको बिनास भन्दा ठूलो बिनास् फेरी निकट हुने छ।

हामी आफ्नै देशको वा विश्व राजनीतिको एउटा व्यवस्था ठीक भएन भनेर अर्को व्यवस्थाको खोजी गछौर्ं तर पुरानो व्यवस्थाले छोडेका विकृति र विसँगति दोहर्‍याउँछौ। जतिसुकै क्रान्तिकारी कुरा गरे पनि मिठा नारा रट्ने गरे पनि नराम्रा काम र व्यवहार गरे पछि परिणाम नराम्रो हुने नै भयो। अहिले भौतिक रूपमा देखिएको विनाश कतै हाम्रो पूर्व कर्मको परिणाम त होर्इन – सोच्नुपर्ने बेला आएको छ। साथसाथै आफ्नो सोंच, बिचार र व्यवहारमा सुधार गर्नु पर्ने हो कि ? साथसाथै तत्कालका लागि हामी सबैको दायित्व के होला ?

१. राज्यका सम्पूर्ण अंगको दायित्व :

राज्य भन्ने बित्तिकै सरकार, प्रतिपक्ष र यहां अवस्थित नागरिक पनि हुन्।  हामीहरू सबैले आफ्ना सम्पूर्ण साधन, स्रोत र शक्ति जनहितका लागि भुकम्प प्रभावित क्षेत्रमा परिचालन गर्नु पर्छ। सरकारले तत्कालै आ.ब. २०७१/०७२ को बाषिर्क बजेटको बिकास खर्च हुन बांकी मध्ये पचहत्तर प्रतिशत यहि महाबिपत्तिमा लगाओस्। स्वदेशी र विदेशी मित्रजनहरूले प्रदान गर्ने राहत कार्यलाई समन्वय गरोस्। राहत कार्यलाई बिना भेदभाव वितरण गर्न सघाओस्। सरकारी निकायका ब्यक्तिहरू राहत बाँड्ने नाममा जथाभावी नहिंड्ने, प्रशासन र स्थानीय समुदायको समितिलाई जिम्मा दिईयोस्। महंगो साधन प्रयोग कम गरियोस्। बजारमा हुने कालो बजारी, मह·ी नियन्त्रण गरियोस्। लुटमार हुन सक्ने कुरामा सतर्क रहन जनतामा अपिल गर्ने। उद्धारका साथै शान्ति सुरक्षालाई बढि ध्यान दिने। राजनीतिकरण नगर्ने, कमाउने मौका हो भनेर सरकारमा बस्नेहरूले भ्रष्टाचार नगर्ने। व्यवस्थापन गर्न सकिदैन कि भन्ने त्रासले गलत सूचना जनतामा प्रवाह नगर्ने। उपत्यका बाहिर जान चाहने स्वदेशी वा विदेशी नागरिकलाई निर्वाध जान दिने प्रबन्ध मिलाउने। महाभूकम्प पछिको संभावित महामारीबाट कसरी बच्ने बचाउने बारे तयारी गर्ने। सरकारी र प्रतिपक्षका नाममा राजनीति नगरियोस्।

२. गैरसरकारी निकायको दायित्व :

गैर सरकारी संस्थाहरूको महासंघले बिभिन्न संघ संस्थासँग समन्वय गरी राहतका सामग्री संकलन गर्ने र वितरणका लागि सरकारी निकायलाई हस्तान्तरण गरोस्। सक्दो आर्थिक संकलन स्वदेश र विदेशमा गरी यहांको राहत कोषमा दाखिला गरोस्। आफ्नो संस्थाका सदस्यजन र मानवीय स्रोतलाई स्वयंसेवकका रूपमा सक्दो उद्धार कार्यमा  श्रमदान गर्न लगाओस्। धैर्य धारणका लागि मनोगत र स्वास्थ्य सन्तुलनका लागि खाद्य प्रविधियुक्त जागरण कार्यक्रम प्रभावित क्षेत्रमा संचालन गर्ने। बालबालिका र ज्येष्ठ नागरिकतालाई केन्द्रीत गरेर सुरक्षित जीवन यापनमा सहजीकरणका लागि सघाउने कार्यक्रम गर्ने। बिनास भएका सांस्कृतिक नीधिहरूको पुनर्निमाणका लागि नेपाल सरकारलाई सघाउने। अनावश्यक मानसिक तनाव हुने खालका अतिरञ्जित प्रचार सामग्री प्रति सजग रहन सिकाउने। महाभूकम्प पछिको संभावित महामारीबाट कसरी बच्ने बचाउने बारे जन जागरण ल्याउने।

३. आम नागरिकहरूको दायित्व :

यति बेला भूकम्पबाट पीडित नभै बांचेका नागरिकहरूले पीडितहरूको सेवा, राहत र उद्धारमा लाग्नु नै पहिलो दायित्व हो। सरकारी मात्रै होर्इन नीजि क्षेत्रका अस्पतालले समेत सक्दो उपचारमा सहयोग गर्नु पर्छ। स्वास्थ्य क्षेत्र ब्यापार होर्इन भनेर त्यस क्षेत्रमा काम गर्ने, लगानी गर्नेहरूले सोचि दिनु पर्‍यो। पैसा तिर्न नसकेमा पनि बस्तु प्रदायक बाहेक सेवा प्रदायक उपचार साधनलाई निशुल्क गरियोस्। मानवताका आधारमा उपकार गर्नु पर्ने बेलामा सरोकारवालाहरूले मौकाको फाईदा लिएर लुट्ने, चोरी गर्ने, ठगी गर्ने, चर्को भाडा वा मूल्य लिने नगरियोस्। कालाबजारी, भ्रष्टाचारी, ठगी गर्नेहरूको बिवरण सन्चार माध्यमबाट सार्वजनिकरण गर्नु पर्छ। यसले समाजमा खराब मनोबृत्ति भएकाहरूलाई दुरुत्साही बनाउंछ।

सक्नेले निशुल्क र नसक्नेले सर्ब सुलभ रूपमा खाद्य सामग्री उपलब्ध गराउनु पर्दछ। संचारकर्मीहरूले आफ्नो भूमिका निर्वाह गरिरहेका छन्। यसमा अझ थप केहीे गर्न सकिन्छ भने गर्न उपयुक्त होला। सरकारीका अलावा नीजि क्षेत्रका शैक्षिक संस्थाहरूले भूकम्प पीडित बाल बालिकाहरूको पठन पाठन व्यवस्थामा सघाउन थप निशुल्क कोटा बढाउनु पर्छ। हाल ब्याप्त शैक्षिक माफिया प्रवृत्तिको अन्त्य कसरी होला भनेर बुद्घिजिवीहरूले आजै छलफल चलाउन्। अब फेरी समाजका सबै पक्ष पूर्ववत होर्इन रूपान्तरित भएर चल्नु पर्ने हो, त्यसो भई हाल्ला भन्ने बिश्वास जागेको अवस्था त छैन, तापनि लेखक, अभियन्ता र संचारकर्मीहरूले यस्ता सवाल उठाउंदै राख्ने हो कि ?

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width