सृष्टि पूर्व खाली आकाश (अन्तरिक्ष) मा एउटा महाशक्ति विद्यमान भएको मानिन्छ। त्यस -महाशक्ति) को सृष्टि, स्थिति, लय केही हुँदैन र त्यो सदा एकनाश रहन्छ। त्यसको आकारप्रकार केही पनि हुँदेन। त्यसैद्वारा सम्पूर्ण चराचर, ब्रहृमाण्ड, सूर्य, चन्द्र, तारा, पृथ्वी, आकाश ग·ाहरू समेत सृष्टि भएको मानिन्छ र त्यो सर्वत्र व्याप्त छ। यहाँसम्म कि हाम्रो अन्तरआत्मामा जीवात्माका रुपमा त्यो महाशक्ति रहेको छ र अन्य जीवहरू, वनस्पति आदिमा समेत त्यो एकरुपले रहेको छ। ‘ताओ-दर्शन’ का पण्डितहरूले त्यही महाशक्तिलाई ‘ताओ’ भनेका छन् र सनातन धर्मका ज्ञानीहरूले त्यसैलाई ब्रहृम, परब्रहृम, परमपुरुष, परमात्मा आदि नाऊँले पुकार्दछन्।
मनुष्य यस धरतीमा सवोर्च्च चेतनशील प्राणी हों। त्यसैले ऊ यहाँ (पृथ्वीमा) रहेसम्म सुख, शान्ति र आनन्दपूर्वक बाच्नु र मृत्युपश्चात् परमपुरुष परमात्मामा विलिन हुनु, उसका जीवनको लक्ष्य हुनुपर्दछ। किनभने परमात्मा उसको आत्माको स्थायी घर हो। परमात्मामा प्राप्त भएपछि पुनर्जन्म हुँदैन भन्ने मान्यता छ। पुनर्जन्म नभएपछि गर्भावस्थाको कष्ट, जन्मदाखेरीको कष्ट, बच्चा, केटाकेटी, युवा र बूढो हुँदाखेरी भोग्नुपर्ने सांसारीक कष्टहरू र मृत्यु हुँदाको कष्ट सबैबाट मुक्ति हुने नै भयो। त्यसका लागि उसले केही सांसारीक एवम् प्राकृतिक नीतिनियमहरू निश्चित रुपले निष्ठाका साथ पालना गर्नुपर्ने हुन्छ, ती कुराहरू उल्लेख भएका विभिन्न सद्ग्रन्थहरू हाम्रा पूर्वज ऋषिमुनिहरू, महात्माहरू, बुद्धहरूले हामीलाई दिएर गएका छन्। तिनीहरूमध्ये एक सरल उपायहरू उल्लेख भएको ‘ताओ पद्धति हामी यहाँ केही उल्लेख गर्दछौं, अवलम्बन गर्दछौं।
‘ताओ’ यस्तो झ्याल हो, जहाँबाट स्र्वर्ग, पृथ्वी, सत्य र आदि नियमहरू (देख्न) हेर्न सकिन्छ। त्यसले जीवनको अवस्था मात्र होइन, सिद्धान्त, नीतिनियम र चरित्र समेत खोली दिन्छ। ‘ताओ’ सबै विचारहरू, भावना र उत्तेजनाको केन्द्र हो, जसले शारीरिक सबै अस्तित्व अधिन गर्दछ। हामी सबैको अन्तरात्मामा ‘ताओ’ स्थित छ। तर हामीले त्यसको अस्तित्व जानेका छैनौं, बुझेका छैनौं। जसले आफ्नो अन्तरआत्मामा ‘ताओ’ लाई खोज्दछ, पत्ता लगाउँछ ऊ सन्त बन्दछ, जसले जान्दैन ऊ यो संसार सागरमा हराउँछ, अर्थात् ‘आफ्नो आत्मालाई त्यत्तिकै खेर फाल्दछ, र जन्ममृत्युको चक्रमा परेर बारम्बार अनन्तकालसम्म जन्मन्छ, मर्दछ। त्यसकारण जसले दयापूर्ण रुपले निष्ठावान् भएर कार्य गर्दछ उसले ‘आफ्नो विवेकलाई दयायुक्त बनाउँदछ, जसले निष्पक्षरुपले न्याय गर्दछ उसले ‘आफ्नो बुद्धिलाई शुद्ध राख्दछ। त्यस्ता व्यक्ति पुनर्जन्मको चक्रबाट मुक्त हुनेछन्।
लाउत्से ‘ताओ’ अवधारणाका प्रथम महर्षी हुन्। हान वंशका चौधौ. प्रमुख जसको अन्तिम नाम ‘ली’ थियो -इसा पूर्व ३००(४०० वर्ष) आफ्ना दरबारमा रहेका आठ विद्वान् गुरुहरूद्वारा सन्तुष्ट हुन सकेनन् र नवौं गुरुको खोज गर्दा बूढा लाओजी भेटिएका थिए। ९० वर्ष आरपारका लाओजी धेरै दिन धरतीमा रहन नसक्ने देखेर ती प्रमुखले उनीसँग आफ्ना लागि केही लेखिदिने प्रार्थना गरे। ‘ताओ’ (आन्तरिक सत्व) शब्दमा व्यक्त गर्न सकिंदैन भन्ने मान्यता लिएर वृद्धावस्थासम्म केही नलेखी बसेका लाओजी उनका लागि लेखन कार्य शुरु गर्न लागे। फलस्वरुप पाँच हजार शब्दको ‘ताओ ते चि·’ नामक प्रसिद्ध महान् ग्रन्थ तयार भयो जसलाई अत्यन्त गहन ज्ञान-राशी मानिन्छ।
लाओजीले “अन्तरिक्षमा विद्यमान त्यस महाशक्तिको नाउँ म जान्दिन, त्यसैले म त्यसलाई ‘ताओ’ भन्दछु” भनेर उल्लेख गरेका छन्। उनी भन्दछन् “ताओ हरेक वस्तुको स्रोत हो, त्यो हरेक वस्तुलाई अधिन गर्ने सिद्धान्त हो, त्यो बाटो हो जसले हामीलाई ‘आफ्नो आत्माको स्थायी घर, उत्पत्ति स्थानतिर लैजान्छ।”
‘ताओ ते चि·’ को प्रथम सूक्तमा नै लाओजीले ‘ताओ’ वर्णात्तित भएको उल्लेख गरेका छन् ? जुन शड्ढराचार्यले ‘गुणातितो˜हम˜हम˜व्ययः’ भनेजस्तै हो। ताओका गुणहरूको निरुपण गर्ने उनका अनेक सूक्तले हाम्रा सनातन धर्मका ‘ब्रहृम’, ‘आत्मा’ आदिलाई प्रतिविम्बित गर्दछन्। अष्टावक्रको ‘आत्मा नै त हो’ र योगवसिष्ठको ‘ब्रहृम नै त हो’ को पनि त्यहाँ आभास मिल्दछ। उपनिषदहरू, श्रीमद्भगवद्गीता आदि सद्ग्रन्थहरूमा उल्लेख भएका जीवनोपयोगी आत्मोन्नतिका शिक्षाहरूको झलक ‘ताओ ते चि·’ का सूक्तहरूमा पाइन्छ।
ताओ-दर्शनका तत्वहरू जस्तै- नैतिकता, इमान्दारिता, बाबुआमाप्रति छोराछोरीको छोराछोरीप्रति बाबुआमाको कर्तव्यपरायणता, विभिन्न दैवीरुपहरू र महात्माहरूप्रति आदर, बुद्ध दर्शनले इ·ति गरेको जीवहिंसा विरुद्धको नैतिक बन्धन, पश्चाताप, अभयदान, क्षमादान र अन्य थुप्रै सरल जीवनका मानवीय गुणहरू ? दाजुभाई, दिदीबहिनीहरू, साथी भाइहरू छिमेकीहरू, आफूभन्दा उच्च तह र निम्न तहका कर्मचारीहरूप्रतिको आदर, सद्भाव, सौहाद्रता, दान एवम् धार्मिक गुणहरू आदि हुन्। ताओ-दर्शनका पुस्तकहरू पढ्दै जाँदा कतै-कतै बौद्ध-दर्शन पढेको जस्तो आभास हुन्छ। इश्लाम र क्रिश्चियन धर्महरूका आदर्शहरू पनि ताओ दर्शनबाट प्रभावित भएको भनिन्छ।
सनातन धर्म र बौद्ध दर्शनमा दर्शाइएका अष्टा· योगहरू – यम -अहिंसा, सत्य, आस्तेय, ब्रहृमचर्य र अपरिग्रह) नियम -शौच, सन्तोष, तपः स्वाध्याय र इशवरानुसन्धान), आशन, व्यायाम, प्राणायाम, ध्यान, धारणा, समाधी सबै ‘ताओवाद’ का तत्व गुणहरू भित्र पर्दछन्। उपनिषदका कैयौं तार्त्पर्यहरू ताओर्दर्शनका तत्वहरूमा प्रतिविम्बित भएको पाइन्छ। उदाहरणार्थ-इशावास्योपनिषदको प्रथम श्लोक हेरौं।
इशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत्।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कश्य स्विद् धनम्।।
मनुष्यलाई वेदको आदेश – अखिल विशभ्व ब्रहृमाण्डमा जे जो जति चराचरात्मक जगत तिमी देख्दछौं, ती सबैको सर्वाधार, सर्वनियन्ता, सर्वाधिपति, सर्वशक्तिमान, सर्वज्ञ, सर्वकल्याण-गुणस्वरुपमा परमेश्वर व्याप्त छन्, सदा-सर्वत्र उनैले परिपूर्ण छ ? कहिं कुनै अंश उनीरहित छैन। यसलाई बुझेर इश्वर निरन्तर ‘आफ्नो साथमा छन् भन्ने जानेर उनलाई सम्झदै तिमी यस जगतमा ममता र आशक्तिलाई त्यागेर केवल कर्तव्य पालनाका लागि मात्र विषयहरू यथाविधि उपभोग गर अथवा विश्वरुप इश्वरको पूजा सम्झेर कर्महरूको आचरण गर। विषयमा मनलाई फस्न नदेऊ, त्यसैमा त्रि्रो निश्चित कल्याण छ। वस्तुतः यी भोग्यपदार्थहरू कसैका पनि होइनन्। मनुष्य भूलवस ममता र आशक्ति गर्दछन्। ती सबै परमेश्वरका हुन्, उनकै प्रसन्नताका लागि ती पदार्थहरूको उपयोग हुनुपर्दछ।
यहाँ भनिएको सर्वव्याप्त, सर्वशक्तिमान इश्वर, जो अविनाशी, जसको सृष्टि पनि हुँदेन र घटघट निवासी छ, जसलाई शब्दमा व्याख्या गर्न सकिंदैन, जसको रुप र आकार पनि छैन त्यसैलाई हामी महर्षी लाओजीका अनुसार ‘ताओ’ भन्दछौं।
त्यस्तै श्रीमद्भगवद्गीताका कैयौं श्लोकहरू “यो माम् पश्यति ………आदि” को तार्त्पर्य उपर्युक्त कथनभित्र पर्दछ। हामी ‘मातृदेवो भव, पितृदेवो भव……….” भनेर पढ्दछौं। त्यसको व्यवहारमा अवलम्बन प्रायः शून्य छ, विचरा बाबुआमाहरूलाई हेला गरिरहेको हामी पाउँछौं। हामी सनातनधर्मी धेरै जसोले महान् ग्रन्थहरूले गरेको पथ-प्रदर्शन भुलिसकेका छौं। “पाठ गरे धर्म हुन्छ” भन्ने भावनाले ग्रसित भएर त्यसको तार्त्पर्य नबुझी, अवलम्बन नगरी बिहानभरि गीता पाठ गर्ने अनि दिनभरि स्वार्थपरक निषिद्व कर्महरू गर्ने गरेको पनि हाम्रो समाजमा देखिएको छ। ती ग्रन्थहरूद्वारा निर्देशित जीवनोपयोगी शिक्षाहरू अवलम्बन गरी व्यवहारमा उतारेर आत्मोन्नति तर्फ लाग्नुपर्दछ भन्ने ज्ञान हामीमा छैन। यदि हामीमा दुराचरण व्याप्त भयो भने हाम्रो समाज एवम् राष्ट्र अधोगतितिर, दुर्घटनातिर, सर्वनाशतिर धकेलिनेछ। अतः सद्व्यवहार एवम् सदाचारका सबै गुणहरू आफूमा विकसित गरी समाज र राष्ट्रलाई स्वर्गीय शान्तिमा पुर्याउन र आफूलाई जन्ममरणका चक्रबाट मुक्ति दिलाउन सबैभन्दा सजिलो बाटो महान् ताओ धारण गरौं, अवलम्बन गरौं।
हाम्रो समाजमा बौद्ध दर्शनका अनुयायी हौं भन्नेहरूको कमी छैन। तर त्यहाँ पञ्चशीलको अनुसरण भएको विरलै पाइन्छ। ‘अप्पदीपो भव’ भन्ने बुद्धको वाणि कता-कता बिर्सिइएको छ। चीभर धारण गरेका गुरुजीहरूले समाजलाई बुद्धत्वको महत्व ध्यानपूर्वक सम्झाउन, बुझाउन सके जस्तो लाग्दैन। समाजमा हिंसा बढ्दो छ। गुम्बाहरूमा परम्परागत क·ुर पाठ र घण्टी बजाउने, धूप-बत्ती बाल्ने, दान लिनेदिनेमा बुद्ध धर्म सीमित भएको देखिन्छ। बुद्ध-दर्शनका शिक्षाहरू अवलम्बन गरेर जीवनलाई प्रकाशतिर डोर्याउने अवधारणा हराउँदै गएको जस्तो अनुभूत भएको छ।
त्यसैगरी इश्लाम र क्रिश्चियन धर्मका अनुयायीहरूमा जीवनोद्धारका लागि क्रमशः कुरान र बाइबिलमा दर्शाइएका आदर्श-सदाचारका सिद्धान्तहरू अवलम्बन गरेको पाउन कठिन भएको छ – इस्लाम जगत र पाश्चात्य मुलुकहरूको अवस्था हेर्दा त्यस्तै देखिन्छ। त्यसकारण आजको मानव समाज विकृतितिर बढेको महसुस हुन्छ।
अतः अब ‘आफ्नो जीवनप्रति सचेत हुनुपर्ने अवस्था आएको छ र तदनुरुप मानव समाजको कल्याणका लागि हामी आ-आफ्ना आस्थाका केन्द्र, धर्मग्रन्थहरू, गुरुहरूका आदर्शहरूलाई राम्रोसँग मनन गरी जीवनमा उतारेर समाज र राष्ट्रलाई यस धरतीलाई शान्तिको स्र्वर्ग बनाऊँ, मरणशील छोटो जीवनलाई सार्थक तुल्याउँ र परम शान्तिको लोकमा परमानन्द प्राप्त गरौं। ताओ-दर्शनका तत्वगुणहरूको मार्ग-दर्शनले यसै भन्दछ।
‘ताओ’ पहिचान सम्बन्धी केही उद्गारहरू
क) ताओ त्यो बाटो हो जसले हामीलाई अमरतातिर डोर्याउँछ। स्र्वर्गमा त्यो स्वर्गीय सत्य मानिन्छ, पृथ्वीमा पार्थिव सत्य र मानवमा विवेक वा आत्मा-सत्य भनेर जानिएको छ। यो आत्म-सत्य त्यो सत्य हो जो विगतका सन्त महन्तहरू, अमरआत्माहरू र बुद्धहरूले मि· शीकेा तलाश गर्दा पत्ता लगाएका थिए।
ख) “सत्य त्रि्रो चारैतिर छ। त्यो हवामा छ, फूलको वास्नामा छ, नदकिो वहावमा छ, हरिया पातहरूमा छ, ताराहरूमा छ, कण-कणमा छ। त्यो तिमीमा छ।” ओशो
ग) ताओ एक हो, तर त्यसलाई खोलदा दुर्इटा देखिन्छ। त्यो सकारात्मक हुन सक्तैन। त्यसलाई पदार्थ र चेतना हुनुपर्दछ, त्यसलाई महिला र पुरुष हुनुपर्दछ, त्यसलाई दिन र रात हुनुपर्दछ; त्यसलाई जीवन र मृत्यु हुनुपर्दछ। तिमीले जहाँतहीं यी दुर्इ सिद्धान्तहरू पाउँछौं। सम्पूर्ण जीवनमा यी दुर्इ सिद्धान्तहरू व्याप्त छन्, यी दुर्इ सिद्धान्तको पछाडि एउटै सिद्धान्त लुकेको छ। यदि तिमी यी द्वैतहरूमा संलग्न भएर विपरित ध्रुवमा रहन थाल्यौं भने तिमी संसारमा रहने छौं। यदि तिमीले ‘आफ्नो ज्ञानलाई प्रयोग गर्दछौं भने, यदि तिमी अलि कति बढी तयार र वस्तुहरूको गहिराईमा हेर्दछौं भने तिमी आर्श्चर्य चकित हुनछौं ? ती विपरितहरू वास्तविक विपरित रहने छैनन् र एकअर्काका परिपूरक हुनेछन् र तिनीहरूका पछाडि दुवै एकात्मक एकल शक्ति हुन्छ, त्यो ताओ हो। ओशो (यीन र या· सिद्धान्त)
ताओका गुरुजीहरू ‘बाटो’ का विषयहरूमा कुरा गर्दछन्। ताओको अर्थ बाटो हो – उनीहरू लक्ष्यका बारेमा विलकुलै बोल्दैनन्। उनीहरू भन्दछन् : लक्ष्य आफैं पछ्याउने छ, तिमीले लक्ष्यका बारेमा चिन्ता लिनुपर्दैन।
यदि तिमी ‘बाटो’ चिन्दछौ भने त्यसपछि जान्दछौं, किनभने लक्ष्य -बाटो) को अन्तमा होइन, लक्ष्य बाटासँगै छ – हरेक क्षण र हरेक पाइलामा त्यो छ। बाटोमा हुनु नै लक्ष्यमा पुग्नु हो। ताओवादीहरू लक्ष्यको बारेमा कुरा गर्दैनन्, उनीहर्रू इश्वरका विषयमा कुरा गर्दैनन्, उनीहरू ‘मोक्ष’, ‘निर्वाण’, प्रवोधनका विषयमा विल्कुलै कुरा गर्दैनन्। उनीहरूको आदेश अति सरल छ, ‘तिमीले बाटो पत्ता लगाउनु पर्दछ’
गुरुजीहरू भन्दछन् – त्यो बाटोको नाप-नक्सा केही छैन, त्यो बाटो यस्तो पनि होइन कि कसैको पछि लागेर जाँदा भेटियोस्। त्यो बाटो उच्चस्तरको राजमार्ग जस्तो होइन, त्यो बाटो आकाशमा चरा उडेको जस्तो हो-जसले पछाडि पदचिन्ह छाड्दैन। त्यो बाटो बाटोबिनाको बाटो हो। तिमीले आफ्नै तरिकाले त्यसलाई पत्ता लगाउनुपर्दछ।
क्रिश्चियनवाद, हिन्दुवाद, मोहमदानवादका उच्चस्तरका राजमार्गहरू छन् : तिमीले कुनै खतरा वेहोर्र्नुपर्दैन। त्यहाँ केवल तिमीले भिडको पछि लागे हुन्छ। ताओका साथमा तिमी एक्लै जानुपर्दछ। ताओले व्यक्तिलाई आदर गर्दछ समाजलाई होइन। ताओले एकललाई आदर गर्दछ भीडलाई होइन।
अन्तमा, ताओले लि· भेद, जातीभेद, ठूलो सानो, केही पनि मान्दैन। समतायुक्त समाजको परिकल्पना ताओमा पाइन्छ। त्यसमा तेरो-मेरो केही पनि छैन, छ भने केवल ‘हाम्रो’ छ। रिस, राग, छलकपट, दुराचार केही पनि ताओमा अटाउँदैन। स्वर्गीय आनन्दयुक्त समाज बनोस् भन्ने धारणाका साथ हरेक ताओधारण कर्ता अगाडि बढेको हुन्छ।
शुभम्
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०