यी सबै क्षेत्रको विकासको मूल आधार नै सही तथ्याङ्क हो। जबसम्म सही तथ्याङ्क आउँदैन र सोही आधारमा विकास निर्माणका कार्य गरिँदैन त्यो पूर्णत अवैज्ञानिक एवं अव्यवहारिक हुन्छ। त्यसले एकातिर जनताका समस्याको समाधान गर्दैन भने अकोर्तिर राज्यको लगानी अनुत्पादक क्षेत्रमा बढ्न गई ढुकुटी रित्तिदै जान्छ। आर्थिक बृद्धिदर खस्किदै जान्छ र राज्य आर्थिक तथा प्रशासनिक रुपमै टाट पल्टने सम्भावना बलियो हुन्छ।
तथ्याङ्क केका लागि ?
जुनसुकै ठाउँमा जस्तोसुकै खाले काम व्यवस्थित तरिकाले गर्नका लागी तत्तत् क्षेत्रको सूचना बोकेका तथ्याङ्कहरू आवश्यक पर्दछन्। मुख्यत तथ्याङ्क निम्न लिखित कुराको जानाकारी प्राप्त गर्नका लागि आवश्यक हुन्छ।
कस्तो तथ्याङ्क महत्वपूर्ण हुन्छ ?
त्यस्तो तथ्याङ्क जुन जनता वा सम्बन्धित निकायको माझबाट लिइएको हुन्छ, जसले जनताको वा सम्बन्धित निकायको वास्तविक अवस्थालाई प्रतिबिम्बित गर्दछ र वास्तविक समस्या पहिचान गर्दछ। त्योमात्रै महत्वपूर्ण हुन्छ। सामान्यतया कुनै पनि महत्वपूर्ण तथ्याङ्कमा निम्न लिखित गुण हुनुपर्दछ।
यसर्थ सही तथ्याङ्कले मात्र सही दिशानिर्देश गर्न सक्दछ र त्यस्तो सही तथ्याङ्कमात्र महत्वपूर्ण हुन्छ।
नेपालमा तथ्याङ्कको इतिहास र महत्व
परापूर्वकालमा शासकले जनताबाट कर उठाउन र फौजमा भर्ती गर्ने प्रयोजनका लागि जनतागणना गरिन्थ्यो भन्ने कुरा इतिहासले पुष्टि गर्दछ। विस्तारै तथ्याङ्कको महत्व बढेर गएको देखिन्छ। विस १९६८ मा पहिलो पटक जनगणना सुरु भयो अनि केही भौतिक पूर्वाधार निर्माणका लागि आधार तयार भयो। यसमा पनि तथ्याङ्कको महत्व झल्किन्छ। सुरुका केही गणना कर र फौज निर्माणका लागि बढी प्रयोग भएको पाइन्छ भने पछिल्लो पटक जनसरोकारका हरेक पक्षलाई समेट्दै यसको प्रयोजन बहुआयायिक हुँदै आएको छ। विस्तारै वि.सं २०१३ बाट योजनाबद्ध विकासको सुरुवात हुन लाग्यो अनि कहाँ कुन योजना अत्यावश्यक छ, कुन ठाउँको सामाजिक तथा आर्थिक अवस्था कस्तो छ, त्यो ठाउँमा के समस्या छ, कस्तो खालको विकास अत्याबश्यक छ, सोका लागि कति रकम आवश्यक पर्छलगायतका विषयसँगै तथ्याङ्कको महत्व जोडिएर आयो।
विस २०१८ मा कृषिगणना र २०२२ मा औद्योगीक गणनाको पहिलो पटक सुरुवात भयो। उक्त गणनाबाट कृषिसम्बन्धी र उद्योगधन्दा, यी क्षेत्रले सृजना गरेको रोजगारी र राष्ट्रिय अर्थतन्त्रमा सम्ब्ान्धित क्षेत्रको योगदानसम्बन्धी तथ्याङ्क निस्किन थाल्यो। त्यही आधारमा केही योजना बन्न सरु भयो। त्यस्तैगरी, २०५२ मा पहिलो पटक जीवनस्तर सर्वेक्षण गरी गरिबीको तथ्याङ्क निकालियो। साथसाथै श्रमशक्ति सर्वेक्षण, साना तथा मझौला उद्योग सर्भेक्षण, तरकारी उत्पादन सर्भेक्षण, मत्स्य सर्भेक्षणलगायतका सर्भेक्षण सम्पन्न भए। हाल आएर माथिका गणना तथा सर्भेक्षणका श्रृंखला साथसाथै बहुसुचक सर्भेक्षण, औद्योगिक उत्पादन र सोसँग सम्बन्धित मूल्य तथ्याङ्क, निर्माण सामाग्रीको मूल्य सङ्कलन, राष्ट्रिय लेखासम्बन्धी तथ्याङ्क, घरपरिवार सर्भेक्षण, कुखुरा फार्म सर्भेक्षण, मोटरसाइकल तथा मोटरगाडी मर्मत केन्द्र सर्भेक्षण, सहरी जनसंख्यालगायत अन्य सर्भेक्षण सञ्चालन भइराखेका छन् भने केही नयाँ सर्भेक्षण जस्तै हावापानी परिवर्तनसम्बन्धी पनि सञ्चालन हुने तयारीमा रहेका छन्। यसरी तथ्याङ्कको आवश्यकतासँगै तथ्याङ्कको महत्व जोडिएर आउँछ र नै तथ्याङ्क उत्पादन पनि परिष्कृत एवं बहुआयामिक बन्दै गएको छ।
तथ्याङ्कीय क्रियाकलापमा राज्यको भूमिका
कुनै पनि राज्यको भौतिक, आर्थिक तथा सामाजिक विकासको मुख्य मेरुदण्ड नै तथ्याङ्क हो। सही तथ्याङ्क बिना कुनै पनि खाले विकास, निर्माणका काम सही रुपमा सञ्चालन हुन सक्दैनन्। तसर्थ कुनै पनि विकासपे्रमी राज्य वा सरकारको पहिलो प्राथमिकता मा तथ्याङ्क क्षेत्र र त्यहाँ सञ्चालन हुने तथ्याङ्कीय क्रियाकलाप हुनुपर्दछ। तथ्याङ्कीय क्षेत्रको विकासका लागी राज्यले गर्नुपर्ने मुख्य कार्य यसप्रकार छन् :
तथ्याङ्कीय क्रियाकलापमा सर्वसाधारणको भूमिका
हरेक तह र तप्काका जनता एवं व्यवसायीलाई समग्र जनताको आर्थिक एवं सामाजिक अवस्थाको तस्विर प्रस्तुत गर्ने माध्यम नै तथ्याङ्क हो। पारिवारीक जीवनका लागि समाज अध्ययन गर्न, लगानीको क्षेत्र चिन्न, तथा व्यवसायीक क्षेत्रमा के आबश्यक छ, कुन व्यवसायको कस्तो भविष्य छ, कुन वस्तु तथा सेवाको राम्रो बजार छ, माग र आपूर्तिको अवस्था के छ, कुन व्यवसायबाट धेरै मुनाफा आर्जन गर्न सकिन्छ जस्ता यावत कुरा सही तथ्याङ्कबाट सजिलै बुझ्न सकिन्छ। त्यतिमात्र होइन कुन व्यवसाय कुन दिशातर्फ उन्मुख भइरहेको छ, त्यसको विगत के थियो, वर्तमान के छ र भविष्य के होला जस्ता कुरा पनि सही तथ्याङ्कबाट र्छलङ्ग हुन्छ। तसर्थ सही तथ्याङ्क उत्पादनका लागि आम सर्वसाधारण तथा व्यवसायीले सहयोगी भूमिका खेल्नुपर्दछ जसका लागि जनता एवं व्यवसायीले गर्नुपर्ने कार्य निम्न बुँदाबाट प्रष्ट पार्न सकिन्छ।
तथ्याङ्कीय क्रियाकलापमा पत्रकार तथा बौद्धिक वर्गको भूमिका
समाज र देशको तथ्याङ्कीय आवश्यकता उजागर गर्न मुख्यतः पत्रकार एवं बुद्धिजीवी वर्गको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। हरेक सत्य, तथ्य कुराको प्रचारप्रसार गरेर आम जनतामाझ पुर्याउन र सर्वसाधारण जनतालाई तथ्याङ्कको आवश्यकता, महत्व र प्रयोगबारे जानाकारी गराउनका लागि पत्रकार एवं बौद्धिक वर्गको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन। यसरी पत्रकार तथा बौद्धिक वर्गको भूमिकालाई निम्न बुँदाद्वारा प्रष्ट पार्न सकिन्छ।
सम्पूर्ण तथ्याङ्कीय क्रियाकलापको मेरुदण्डको रुपमा केन्द्रीय तथ्याङ्क विभाग, तथ्याङ्क कार्यालय तथा सम्बन्धत निकाय रहनुपर्दछ। आफ्ना उत्पादनलाई व्यवस्थित रुपमा प्रशोधन गरी नीति निर्माता, राजनीतिज्ञ, उद्योगी, व्यवसायी, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी एवं आम जनतामाझमा पुर्याउनु नै केन्द्रीय तथ्याङ्क विभाग, तथ्याङ्क कार्यालय तथा सम्बन्धित निकायको प्रमुख काम हो। यसरी केन्द्रीय तथ्याङ्क विभाग, तथ्याङ्क कार्यालय तथा सम्बन्धत निकायको कामलाई निम्न बुँदाद्वारा प्रस्ट पार्न सकिन्छ।
अन्त्यमा, कुनै पनि देशको विकास त्यो देशको तथ्याङ्कीय प्रणाली र तथ्याङ्कप्रतिको आम मानिसको दृष्टिकोण एवं बुझाइ, समग्रमा तथ्याङ्कीय सचेतनासँग सिधै सम्बन्धित भएको हुन्छ। जुन देशका जनताले सही तथ्याङ्क सहज तरिकाले राज्यले मागेका बेलामा दिन हिच्किचाउन्नन्, त्यो देशका जनताको समृद्धि त्यहीँबाट सुरु हुन्छ। जब नीति निर्माताले नीति निर्माण गर्नका लागि गलत तथ्याङ्कको सहारा लिन पुग्छन् अनि ठीक त्यहीँबाट राज्यले गलत, अपुरो तथा भेदभावसहितको नीति तथा कार्यक्रम अबलम्बन गर्दछ र त्यहाँका जनताको समृद्धि र हरेक खाले विकासका आयाम त्यहीँबाट खोसिन्छन्।
तसर्थ राज्यले पनि तथ्याङ्कको महत्वलाई बुझी यो क्षेत्रका समस्यालाई हल गर्दैतथ्याङ्क सामूहिक रुपमा तथ्याङ्कीय प्रयोजनका लागिमात्र प्रयोग गर्नुपर्छ। तथ्याङ्कीय सचेतना बढाउने कार्यक्रम ल्याउनुपर्दछ भने आम जनता तथा व्यवसायीले पनि राज्यले मागेको सही तथ्याङ्क सहज रुपले उपलब्ध गराउनुपर्दछ। साथै, केन्द्रीय तथ्याङ्क विभाग, तथ्याङ्क कार्यालय तथा सम्बन्धित निकायले पनि आम जनता, उद्योगी, व्यापारी, शिक्षक, बिद्यार्थी सबैका लागि आवश्यक पर्ने तथ्याङ्क उत्पादन तथा प्रशोधन गरी सम्बन्धित सबै निकायको पहुँचमा पुर्याउनु पर्दछ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०