नेपालमा धेरै आन्दोलन भए। २०४६ सालको ऐतिहासिक आन्दोलन र परिवर्तनको आफ्नै विशेषता छ। बहुदलीय व्यवस्थापछिका दिनमा सरकार गठन र विगठन सुरु भयो। नेपाली काङ्ग्रेसका संस्थापक नेता सन्त स्व. कृष्णप्रसाद भट्टर्राईको नेतृत्वमा पहिलो सरकार बन्यो। त्यही बेला थियो, २०४७ सालमा नेपाली काङ्गेस र नेकपा -एमाले) मिलेर एक वर्षा सविधान लागू गरे। नेपालको वर्तमान संविधान तयार गरी लागू गर्न आठ वर्षलाग्यो।
एमालेको सिद्धान्त र कार्यक्रम मिलेको थिएन। उक्त अन्यौलतालाई चिरफार गर्दै स्व. मदन भण्डारीको राजनीतिक प्रतिवेदनलाई एमालेको पाँचौ महाअधिवेसनले स्वीकारेको जनताको बहुदलीय जनवाद -जबज)ले समस्या समाधान गयो। २०४८ को आम निर्वाचनबाट स्व. गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने। उनले भारत भ्रमणका बेला भारतसँग गरेको टनकपुरबारे सहमति भने पनि सम्झौता गरेकोमा एमालेका महासचिव स्व. मदन भण्डारीले प्रजातन्त्रको रक्षा गर्ने प्रतिबद्धता जनाउंदै विरोध गरे। २०४९ साल माघ २० गते मङ्गलबारका दिन स्व. मनमोहन अधिकारी अध्यक्ष पदमा निर्वाचित हुँदा स्व. मदन भण्डारी दोस्रो पटक पनि महासचिव पदमा निर्वाचित भए।
तत्कालीन महासचिव स्व. मदन भण्डारी पोखरादेखि चितवनतर्फ जाने क्रममा २०५० साल जेठ ३ गते आइतबारका दिन मर्स्याङ्दी नदि किनारको दासढुङ्गामा दुर्घटना हुँदा दुःखद् अवसान भयो। स्व. भण्डारीलाई एक पत्रकारले भनेकी थिइन्-‘मदन लामपुच्छ्रे ताराझै आए र त्यसैगरी अलप भए। स्व. मदन भण्डारीका उत्तराधिकारी पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल महासचिवमा चयन भए।
बहुदलीय राजनीतिमा चलखेल प्रारम्भ भयो। स्व. गिरिजाप्रसाद कोइरालाको आफ्नै दलभित्रको गुठबन्दी चौहत्तर र छत्तिसेका कारण आफ्नो पाँच वर्षीय बहुमतीय सरकार हुँदा पनि प्रतिनिधिसभालाई भंग गरी राष्ट्रिय निर्वाचनको घोषण गरे। तर, जुन सोचबाट मध्यावधि निर्वाचन घोषणा भयो, त्यसका विपरीत २०५१ मा भएको आम निर्वाचनमा एमाले पहिलो पल्ट सरकारमा पुगेको थियो। स्व. मनमोहन अधिकारी नेतृत्वको सरकार नौ महिनामा नै ढल्यो।
संविधानसभा निर्वाचनपछि पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टर्राई र पूर्व प्रधानन्यायाधीस खिलराज रेग्मीले सरकारको नेतृत्व गरे। नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको इतिहास सम्झिदै इतिहासमा सदा चर्चित हुन पूर्व प्रधानमन्त्री बाबुराम भट्टर्राई अर्थमन्त्री छँदा आ.व. २०६५।०६६ को बजेट भाषणमा नारायणहिटी भित्र ८४ मिटर अग्लो गणतन्त्र स्मारक निर्माणार्थ बजेट प्रस्तुत गरियो र यसको शिलान्यास पनि भयो।
२०६६ साल जेठ १५ गते शुक्रबारका दिन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पनि काठमाण्डौं रत्नपार्कको शान्ति वाटिकामा धरहराभन्दा अग्लो स्तम्भको शिलान्यास गरे। उक्त प्रस्तावित स्तम्भमाथि ११ मिटर अग्लो उडेको घोडाको प्रतिरुप राख्ने योजना पनि थियो। सोही काठमाण्डौको मुटुमा बनाइने स्तम्भ पेरिस स्थित आइफेल टावर या न्युयोर्कको स्टाचु अफ लिर्बटीभन्दा कम भव्य नबनाउने सोच थियो।
तर निर्माण गरिने स्तम्भको ठाउँ उपयुक्त नभएर होला प्रतिकूल जनगुनासोको कारण ठाउँ सार्दै २०६६ साल चैत्र ९ गते ललितपुरको गुसीगाल (बागमती छेउ) यसको फेरि शिलान्यास गरियो।
डा. बाबुराम भट्टर्राई प्रधानमन्त्री हुनुभन्दा उनले दिएको एक अन्तर्वार्ताबमोजिम उनी प्रधान मन्त्री भएमा शान्ति र संविधान, जनतालाई राहत एवं भ्रष्टाचार मुक्त सरकारको निमित्त कार्य गर्ने अभिव्यक्ति दिए। उनले अर्थमन्त्री हुँदाका वेला शिलान्यास गरिएको गणतन्त्र स्तम्भलाई सम्झेर तत्काल त्रिभुवन विश्वविद्यालयको ५३ रोपनी जग्गामा ९४ मिटर अग्लो स्तम्भको शिलान्यास गरे। पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले यसको लागत एक अर्ब २१ करोडलाई पनि स्वीकृति प्रदान गरे। पुरानो बसपार्कको २३ रोपनी जग्गामा दुर्इ अर्बमा २५ तले काठमाण्डौं भ्युटावरको सम्भाव्यता अध्ययन कमिसनको चक्करले तुहियो।
डा. बाबुराम भट्टर्राई बहु प्रतिभाशाली मानिन्छन्। उनी प्रधानमन्त्री हुँदा राष्ट्रले ठूलो आशा गरेको थियो। पूर्व प्रधानमन्त्री भट्टर्राई अर्थमन्त्री छँदा राष्ट्रका लागि केही गर्ने सङ्केत मिलेको थियो। अर्थमन्त्रीका हैसियतले उनले राजस्व सङ्कलनमा प्रतिष्ठा आर्जन गरे। गोरखाको समान्य किसान परिवारमा जन्मिएका उनलाई बेला-बखत गरिवका घरमा रात बिताउनु कुनै ठूलो विषय भएन। नेपाल टेलिभिजनमा प्रश्नोत्तर कार्यक्रममा सहभागी भइ जनताको हृदय जित्ने प्रयास पनि उनले गरे। तर डा. बाबुराम भट्टर्राईले आवेशमा आएर पार्टीले साधारण सदस्यतासमेत त्याग गरे।
विषय प्रसङ्ग अर्कै भए पनि विगत ३० वर्षीय पञ्चायती व्यवस्थाका हस्ती मानिने नेताहरूमध्ये एक जना नेताबारे सङ्क्षिप्त जानकारी दिनु सान्दर्भिक नै होला। बैतडी जिल्लामा जन्मे, हुर्केका तथा पञ्चायती व्यवस्थाको स्थानीय निकायको चुनावमा उपप्रधानपञ्चमा जितेर पञ्च दलीय हिसावबाट उपल्लो तहमा पुगेर २०५४ साल अर्थात् १८ वर्षूव अध्यादेशद्वारा स्थानीय निकायको विवादरहित चुनाव सम्पन्न गर्ने पुराना नेता तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द हुन्। त्यस पछिका कुनै पनि प्रधानमन्त्रीले सजिलै स्थानीय निकायको चुनाव गराउन सकेनन्। जुन राष्ट्रको समस्त विकासका आधार आवश्यक ठानिन्छ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टर्राई वास्तु कलाका नियूण्ा व्यक्ति तथा अर्थविद् भएर पनि राजनीतिका चक्करले राष्ट्रको विकास निर्माणमा योगदान दिन सकेनन् या समय पाएनन्। उनले केवल लडाकुलाई मोर्चा बनाउन सघाए। तर्राई मधेसका निवासीले मोर्चाबन्दी गरेर तीन महिनादेखि नाकाबन्दीको असरले अर्थतन्त्रमा ठूला खाडल पारिसके, जसलाई पुन लामो अवधि खर्चिनु पर्नेछ। अर्काे शबदमा भन्ने हो भने हाम्रो अर्थतन्त्रको बृद्धि दर ऋणात्मक भइसकेको छ।
कुशल प्राविधिक तथा अर्थविद पूर्वप्रधान मन्त्री डा. बाबुराम भट्टर्राईले नयाँ शक्तिको खोजीभन्दा राष्ट्रलाई समुन्नत गर्नेतर्फ वरिष्ठ राष्ट्रिय योजनाकारजस्तो गरिमामय पदमा बसेर कार्य गरेको भए पुस्ता दर पुस्तासम्म उनको गौरवमय पहिचान बन्ने थियो। तर डा. बाबुराम भट्टर्राईको दलबल मात्र नयाँ शक्ति हुन सक्दैन। समानान्तर शक्तिको पनि उदय हुन्छ। त्यसको सामना नयाँ शक्तिले गर्नँ पर्ने बेला आउँछ भन्ने कुरामा कुनै शङ्का छैन।
(थापा साविक सराङकोट गाविसका पूर्व अध्यक्ष हुन्।)
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०