ज्येष्ठ नागरिकहरूप्रति गरिने दुर्र्ब्यवहार : हाम्रो साझा सरोकार

आदर्श समाज सम्वाददाता
असार १, २०७१

पृष्टभूमि

हरेक युगका ज्येष्ठ नागरिकहरू कसैका बाबु, कसैका आमा, कसैका बाजे, कसैका बज्यै त कसैका सासू ससुरा र कसैका अरु के के नाता पनि हुन सक्तछन् । यथार्थमा भन्दा उनीहरू घर परिवार र समाजका पालक, शुभ चिन्तक,  पथप्रदर्शक , अनुभवका खानी, जिउँदा शहीद र  देशका अमूल्य निधि नै हुन्। हो, उनीहरूमध्ये कतिपयमा चेतनको स्तर कम हुन सक्तछ। विचारमा उनीहरू परम्परागत हुन पनि सक्तछन्। अकोर्तर्फ उनीहरू फरकफरक देश, काल र परिस्थिति र परिवेशबाट गुज्रेका पनि हुन्छन्। त्यसैले उनीहरूका आवश्यकता, बाध्यता र परिवेश पनि फरक फरक हुन सक्तछन्। उनीहरूले आफ्नो परिवार, समाज र देशलाई पुर्‍याएको योगदान जति सबै विस्मृतिकोर्र् इतिहासमा पुग्दा तत्कालका लागि उनीहरू परिवारका बोझ मात्र पनि देखिन सक्तछन्। त्यसैले उनीहरू परिवारबाट हेपिएका हुन सक्तछन्। उनीहरूको आवाज दबिएको हुन सक्तछ। उनीहरू निभ्न लागेको बत्ति या डाँडाँपारीको घाम समान ठानिएका हुन सक्तछन् र उनीहरू अपहेलित र तिरस्कृत गरिएका हुन सक्तछन्। तर यसको विपरित उनीहरूले  आफ्नो सन्तानको कुभलो कहिल्यै सोचेका हुँदैनन् र कहिल्यै पनि  कुभलो हुने काम गरेका हुँदैनन्। यो हामीहरूले कदापी भुल्न हुँदैन। तथापी बदलिदो युग सँगसँगै ज्येष्ठ नागरिकहरूप्रति दिनपर दिन आफ्नै घर परिवारमा पनि अवहेलना र दुर्र्व्यवहारका घटनाको मात्रा बढ्दै जान थालेकाले संयुक्त राष्ट्रसंघले यसप्रति संवेदनशील हुँदै हरेक बर्ष जुन १५ लाई ज्येष्ठ नागरिकहरूप्रति गरिने दुर्र्ब्यवहार विरुद्धको विश्व सचेतना दिवसका रूपमा  मनाउने गरिआएको छ । आज यही दिन हो। यो आलेख पनि यसै प्रस·मा तयार गरिएको हुनाले आजको यस दिनले ज्येष्ठ नागरिकका हरेक सवालहरूप्रति सकारात्मक सन्देश दिन सकोस् यही हाम्रो सतत् शुभकामना छ।

के लाई भनिन्छ दुर्र्ब्यवहार  ?

उनीहरूको समस्याप्रति बेवास्ता गर्नु, उनीहरूलाई हेँला गर्नु , होच्याउनु, भेदभाव गर्नु, गाली वेर्इज्जति गर्नु, तिरस्कार गर्नु दुर्र्ब्यवहार हुन्। त्यस्तै उचितरूपमा खाने लाउने ब्यवस्था नगरिनु ,आवश्यक स्वास्थ्य उपचार र रेखदेख नगरिनु, घर परिवारका ब्यवहार र कामकुराहरूमा उनीहरूलाई सहभागी नगराई उनीहरूको आत्म सम्मानमा ठेस पुर्‍याउनु आदि पनि उनीहरूप्रतिका दुर्र्ब्यवहार हुन्।

विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार दुर्र्ब्यवहार भन्नाले “आपसी विश्वास र निर्भरताको सम्बन्ध सिमाभित्र रहेर गरिने कुनै पनि त्यस्तो काम , कामको सिलसिला वा कामको अभाव, जसका कारणले  ज्येष्ठ नागरिकलाई शारीरिक या मनोबैज्ञानिक क्षति हुन पुग्छ” भने त्यस्तो ब्यवहारलाई ज्येष्ठ नागरिकप्रतिको दुर्र्ब्यवहार भनिन्छ।

दुर्र्ब्यवहारका किसिम र तिनका खास लक्षणहरूः

(१) मानसिक दुर्र्ब्यवहार

(क) बोलेर गरिने दुर्र्ब्यवहारः

घर परिवारका सदस्यहरू र्झकने, ठूलो ठूलो स्वरले कराउने, भुतभुताउने, फन्किने, ब्यङ्ग्यात्मक हिसावले सहानुभूति प्रकट गरे जस्ता कुराहरू गर्ने।

(ख) नबोली गरिने दुर्र्ब्यवहारः

वेवास्ता गर्नु, उपेक्षा गर्नु, खान लाउन नदिनु, औषधि उपचार नगराइदिनु, हिँडडुल भेटघाट र सभागितामा रोक लगाउनु, घरायसी सरसल्लाह र सूचनामा सहभागी नगराईनु, मागेको, भनेको कुरा नसुने झै गरेर वेवास्ता गर्नु, उनीहरू बसेको छेउछाउमा नै नजानु ,त्यता र्फकेरै नहेर्र्नु , रिसाए झै हेर्नु र ब्यवहार गर्नु, झनै उनीहरूलाई मन नपर्ने काम ब्यवहार गर्नु र उनीहरूको खानपिनमा बेवास्ता गर्नु

(२) शारीरिक दुर्र्ब्यवहारः:

हातपात गर्नु, लछारपछार गर्नु, र कुटपिट गर्नु जस्ता कुराहरू उनीहरू विरुद्धका शारीरिक दुर्र्ब्यवहार र शारीरिक हिँसा हुन्।  यस्ता हिँसा वा दुर्र्ब्यवहारका  लक्षणहरूमाः ज्येष्ठ नागरिकको शरीरमा अस्वभाविक निलडामहरू देखिनु, ज्येष्ठ नागरिकहरूले प्रगोग गर्ने कपडा ,चश्मा, गहना च्यातिएको, भाच्चिएको, हराएको, खोसिएको,घचेटेर लडाइएको, हात खुट्टाहरू बाधिएको लक्षणहरू हुन सक्छन्।

(३) यौन दुर्र्ब्यवहार

यौनजन्य क्रियाकलापका भनाई, गराई वा संकेतका माध्यमबाट उनीहरूको अपमान गर्ने लगायत उनीहरूकोर्र् इच्छा विपरित करणी गरेर गरिने जस्ता दुर्र्ब्यवहारका घटनाहरू यस भित्र पर्दछन्।

(४) आर्थिक दुर्र्ब्यवहार

बृद्धहरूलाई ललाई फकाई वा झुक्यानमा पारी उनीहरूको बैँक चेक वा क्रेडिट कार्ड प्रयोग गरी पैसा निकाल्ने। नगद, गरगहना, पेन्सनका कागजपत्र आदि चोरी गर्ने। आर्थिक लोभ देखाई ठगी गर्ने। उनीहरूको जस्तै सही गर्न सिक्ने र यसको दुरूपयोग गरी ठगी गर्ने। सेवा प्रदायक निकायमा सेवाका लागि जाँदा बढी पैसा लिनु, उपलब्ध नगराएको सेवाको सेवा शुल्क पनि बिलमा जोडेर लिनु, फिर्ता दिन पर्ने जति पैसा फिर्ता नदिई ठग्नु।

कहाँ हुन्छ दुर्र्ब्यवहार ?

ज्येष्ठ नागरिकहरूलाई सर्वप्रथम आफैँ बसेको ठाँउमा दुर्र्ब्यवहार हुन सक्छ। जस्तैः छोरा, बुहारी, छोरी, ज्वाइँ र नातिनातिना आदिबाट। त्यस्तै छिमेकबाट वा कुनै वृद्धाश्रममा बसेको भएमा त्यहाँका कर्मचारी वा सेवा दिने ब्यक्तिबाट।

यस सम्बन्धीे अध्ययनले के भन्छ  ?

ज्येष्ठ नागरिकहरूप्रति गरिने दुर्र्ब्यवहार सम्बन्धमा नेपालमा खास त्यस्तो खोज, अनुसन्धान र अध्ययन हुन सकेको अवस्था छैन। जेरीयाट्रीक सेन्टर नेपालले २००८ को जुलाई देखि २०१० जुलाईसम्म नेपालका राष्ट्रिय दैनिक (कान्तिपुर र अन्नपूर्ण पोष्ट) मा प्रकाशित ज्येष्ठ नागरिकहरूप्रतिका दुर्र्ब्यवहारका घटनाहरूलाई आधार मानेर एउटा अध्ययन गरेको थियो। यो अध्ययन अनुसार यी दुर्इ बर्षमा ज्येष्ठ नागरिकप्रति दुर्र्व्यवहार गरिएका ११७ वटा जघन्य किसिमका घटना प्रकाशित भएका थिए। ११७ वटा घटना मध्ये ३९ वटा घटना अवहेलना, उपेक्षा र बेवास्ताका थिए। यस मध्ये १२ वटा घटना ज्येष्ठ नागरिकले पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता बिषयका थिए । ९ वटा घटनामा बेवास्ताकै कारण ज्येष्ठ नागरिकको मृत्यू भएको थियो। ३८.५ प्रतिशत घटनामा ज्येष्ठ नागरिकहरू आफ्नै घरपरिवारमा दुर्र्ब्यवहारको शिकार भएका थिए। यसको अलावा मन्दिरहरूमा र वृद्धाश्रहरूमा पनि दुर्र्ब्यवहार भएको पाइएको थियो। यस्ता दुर्र्ब्यवहारका घटना बढी मात्रामा ६० देखि ६५ बर्षको उमेरका ज्येष्ठ नागरिकहरूमा घट्ने गरेको पाईएको थियो। कास्की, काठमाण्डौ र मोर· जिल्लामा दुर्र्ब्यवहारका  घटना बढी घटेका थिए। अपराधको रूप लिइसकेका घटना मात्रै बाहिर आएका थिए। सार्वजनिक नभएका  परिवार परिवारमा लुकेका र मनोबैज्ञानिक दुर्र्ब्यवहारका घटनाहरू यसमा समावेश थिएनन्। यसबाट के भन्न सकिन्छ भने ज्येष्ठ नागरिकहरूप्रति दुर्र्ब्यवहारका घटनाहरू निकै नै हुन्छन् तर यिनीहरू सार्वजनिक हुँदैनन् या ठूलै अपराधको रूपमा परिणत भइसकेपछि मात्र सार्वजनिक हुन्छन्।

यस्ता दुर्र्ब्यवहार हुन नदिने जिम्मेवारी कस्को  हो ?

बृद्धबृद्धामाथि दुर्र्ब्यवहार भइरहेको छ भन्ने थाहा पाउन सामान्य अवस्थामा गाह्रो हुन्छ। किनकि भरसक उनीहरू यसलाई छुपाउने गर्छन् र अरुलाई भन्न चाहँदैनन्। भन्दा पनि मानिसहरूले यसलाई सम्वेदन हिसाबमा नलिने, घरपरिवारको र ब्यक्तिगत कुरा हो भन्ने न्याय नपाउने र यसबाट झनै अपमानित हुनु पर्ने डर उनीहरूमा रहनाले पनि यसो भएको हो। यो सामाजिक अपराध विरुद्ध हामी सबैले आआफ्नो ठाँउबाट आजै यसका विरुद्ध प्रयास थाल्न आवश्यक छ। किनभने यो सामाजिक विकृति विरुद्धको एउटा सामाजिक अभियान र विशुद्ध सामाजिक काम पनि हो। यो हरेक मानिसको आफ्नै वृद्धावस्थाको भविष्य सुरक्षित गर्ने महत्वपूर्ण  काम पनि हो। यो हामी सबैको साझा सरोकारको बिषय भएकाले आम जनतामा यस्ता दुर्र्ब्यवहार विरुद्ध चेतना अभिबृद्धि गर्दै ज्येष्ठ नागरिकलाई घर, परीवार, समाजमा सम्मानपूर्वक बाच्न पाउने अवस्थाको सृजना गर्न मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा कार्यरत सम्पूर्ण ब्यक्ति, संघसस्था र सम्वद्ध निकायहरूको यस अभियानमा ऐक्यवद्धताको खाँचो छ। त्यसैले यो हामीहरू सबैको साझा जिम्मेवारी हो।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width