जेष्ठ नागरिक सम्बन्धी कानूनी व्यवस्था

tilak prasad acharya तिलकप्रसाद आचार्य
चैत्र ९, २०७६

नेपालको संविधानको धारा ४१ म जेष्ठ नागरिकको हकको व्यवस्था गरिएको छ । जस अनुसार जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ । धारा ४७ मा यस भागमा प्रदत्त हकको कार्यान्वयनका निमित्त राज्यले तीन महिना भित्र कानूनी व्यवस्था गर्नेछ भन्ने उल्लेख गरिएको छ । यो संविधानको अनुसूचि ८ को क्रम संख्या १६ मा जेष्ठ नागरिक अपांगता भएका असक्त व्यक्तिहरु को व्यवस्था गर्ने भनिएको छ । नेपालको संविधान २०७२ आएपछी बृद्धबृद्धाको हकहित संरक्षण गर्ने कानून वनेको देखिदैन ।
जेष्ठ नागरिक संबन्धी ऐन २०६३ बनेको छ । जेष्ठ नागरिकको संरक्षण, सुरक्षा गर्न निजहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरुप्रति श्रद्धा, आदर तथा सद्भावको अभिबृद्धि बाञ्छनीय भएकोले यो ऐन जारी गरिएको हो । जीवन धान्न कुनै आधार आयश्रोत र संपत्ति नभएको कुनै परिवारका सदस्य भएपनि निजले पालन पोषण नगरी अपहेलित वा उपेक्षित जीवन यापन गर्नु परेको र असक्त जेष्ठ नागरिक भन्नाले शारीरिक वा मानसिक रुपमा असक्त जेष्ठ नागरिक संमmनु पर्दछ ।

जेष्ठ नागरिक संबन्धी ऐन २०६३ बनेको छ । जेष्ठ नागरिकको संरक्षण, सुरक्षा गर्न निजहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरुप्रति श्रद्धा, आदर तथा सद्भावको अभिबृद्धि बाञ्छनीय भएकोले यो ऐन जारी गरिएको हो ।

हेरचाह केन्द्र भन्नाले शुल्क लिई वा नलिई यस ऐन बमोजिम स्थापित घरआश्रम संमmनु पर्दछ । दिवा सेवा केन्द्र भन्नाले शुल्क लिई वा नलिई दिउंसोकोे समयमा वस्ने घर वा आश्रम संमmनु पर्दछ । पालन पोषण भन्नाले जेष्ठ नागरिकलाई खाने लाउने वस्ने घुमफिर मनोरन्जन गर्ने धार्मिक कार्यमा लाग्ने कार्यमा मान्नु पर्दछ । जेष्ठ नागरिकको पालन पोषण तथा हेर वचिार नगर्ने परिवारको सदस्य नातेदारका हकवाला उपर गाउँ या नगरपालिका तथा वडा अध्यक्ष समक्ष उजुर गर्न सक्ने छ । ती निकायले सम्बन्धित व्यक्तिसंग मेलमिलाप गराउन सक्ने र पालन पोषण गर्ने, हेरविचार गर्ने लिखित आदेश दिन सक्नेछन् ।
जेष्ठ नागरिकलाई निम्न ठाउँमा छुट र सुविधा दिनु पर्दछ । हरेक सवारी साधनमा कम्तिमा दुईवटा सिट जेष्ठ नागरिकलाई छुट्याउने । ५०% छुट दिनुपर्ने व्यवस्था छ । स्वास्थ्य सेवामा पनि ५०% छुट दिनु पर्दछ । बजिुली खानेपानी टेलिफोनको सेवा प्रदान गर्दा जेष्ठ नागरिकलाई छुट दिनु पर्दछ । मुद्दा मामिलामा प्राथमिकता र प्रतिनिधित्व दिनु पर्दछ । कैद सजायमा छुट दिन सकिने व्यवस्था गरिएको छ ।
जेष्ठ नागरिक सम्बन्धी नियमावली २०६५ रहेको छ । केन्द्रमा केन्द्रीय जेष्ठ नागरिक समिति गठन गर्ने र हरेक जिल्लामा जेष्ठ नागरिक कल्याण जिल्ला समिति गठन गर्न सक्ने व्यवस्था गरिएको छ । सो समितिको काम कर्तव्य र अधिकार तोकिएको छ । साथै जिल्ला जेष्ठ नागरिकको काम कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । जेष्ठ नागरिकको वर्गीकरण गरिएको छ । सत्तरी वर्ष पार नगरेको जेष्ठ नागरिक, सत्तरी वर्ष पूरा गरेको जेष्ठ नागरिक, असहाय जेष्ठ नागरिक, असक्त जेष्ठ नागरिक, एकल जेष्ठ नागरिक, कम्तीमा पाँच जना जेष्ठ नागरिक भएको ठाउँमा जेष्ठ नागरिक क्लव, जेष्ठ नागरिक क्लवमा निम्न बमोजिमको व्यवस्था हुनु पर्दछ । व्यायामशाला, पौडी पोखरी, खेलकुद मैदान, मनोरञ्जन स्थल, शौचालय, पुस्तकालय, प्राथमिक उपचार केन्द्र यस्तो क्लवलाई सरकारले निश्चित रकम प्रदान गर्नु पर्दछ । जेष्ठ नागरिक क्लवले व्यक्तिगत विवरण बनाउनु पर्दछ ।
जेष्ठ नागरिकहरुले जेष्ठ नागरिक कल्याण सेवा, जेष्ठ नागरिक क्लव, जेष्ठ नागरिक हेरचाह केन्द्र संस्था खोल्न सक्ने, राज्यले यस्ता संख्याहरु खोलेर आर्थिक सहयोग गरी संस्था संचालन गर्न सक्ने र जेष्ठ नागरिकहरुले आफैं खोलेका संस्थालाई राज्यले आवश्यक आर्थिक सहयोग गर्नुपर्नेछ । जेष्ठ नागरिकले आफ्नो व्यक्तिगत विवरण भर्नु पर्दछ । (क) जेष्ठ नागरिकको नामथर बाबु आमाको नाम बाजे बज्यैको नाम, जन्म मिति र स्थान ठेगाना, स्थायी ठेगाना जिल्ला गाउँ, नगरपालिका टोल गाउँ फोन इमेल, अस्थायी ठेगाना, लिङ्ग, संपत्ति र आयस्ता संबन्धी विवरण संगोलका अथवा छुट्टिई भिन्न भएका छोरा, बुहारी छोरी, नातिनातिनीको नाम थर, ठेगाना, संपत्ति तथा आयस्ता संबन्धी विवरण हकवाला संबन्धी विवरण, अन्य परिवारिक पृष्ठभूमि ।
जेष्ठ नागरिकको शैक्षिक योग्यता, सम्पत्ति विवरण, चल सम्पत्ति । कम्तीमा दश जना जेष्ठ नागरिक रहने आश्रय केन्द्रमा सुविधा पनि सोही अनुसार वृद्धि गर्नु पर्दछ । महिला पुरुषको छुट्टाछुट्टै कोठा हुनु पर्दछ । कम्तीमा दुईवटा शौचालय, स्नान गृह, भान्छा, भण्डार कक्ष, भोजन कक्ष, अध्ययन कक्ष, टि.भि. कक्ष, उपचार कक्ष, प्रतीक्षालय, पुस्तकालय जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा पनि उपरोक्त व्यवस्था गरिनु पर्दछ ।
बृद्धावस्थामा उच्च रक्तचाप मधुमेह, कोलेष्ट्रोल आदि रोगहरु लाग्न सक्तछ । पाचन कृयामा पनि सुस्तता आउन सक्तछ । स्वास्थ्य सन्तुलित भोजन खानु पर्दछ । विभिन्न किसिमका खानेकुरा सागसव्जी माछामासु, फलफूलमिलाएर खानु पर्दछ । प्रत्येक दिन व्यायम गर्नु पर्दछ । बृद्धावस्थामा मानसिक सकृयता बढाउन प्रत्येक दिन पुस्तक, पत्रपत्रिका पढने बानी बसाल्नु पर्दछ । बृद्धावस्थामा धरै रोगले आक्रमण गर्न सक्तछ । रोगलाई घटाउन उचित व्यायाम स्वास्थ्य र सन्तुलित भोजन आवश्यक हुन्छ ।

जेष्ठ नागरिक ऐन २०६३ र जेष्ठ नागरिक नियमावली २०६५ मा जेष्ठ नागरिकलाई सुविधा सहुलियतले दिने भनिएता पनि यातायात भाडा ५०% घटाइएको छैन । जेष्ठ नागरिक भत्ता ६० वर्ष उमेर पुगेकालाई दिइएको छैन ७० वर्ष पछि मात्र दिइन्छ । सो ऐन नियमावलीमा बृद्धाभत्ताको रकम तोक्नु पर्दछ । जेष्ठ नागरिकको लागि आवश्यक भत्ता सुविधा बढाउँदै जानु पर्दछ । ऐन र नियमावली संशोधन गर्नु पर्दछ । विश्वका हरेक मुलुकमा बृद्धको उमेर किटान गरेको वर्ष देखि भत्तासुविधा दिइन्छ तर नेपालमा ६० वर्षमा बृद्धको उमेर तोक्नु १० वर्ष पछि ७० वर्ष देखि बृद्धाभत्ता दिनु गलत कार्य हो । ६० वर्ष देखि भत्ता सुविधा दिनु पर्दछ ।

मानिस जन्म पश्चात बालक, युवक, किशोर, प्रौढ हुँदै बृद्धावस्थामा पुग्दछ । जेष्ठ नागरिक भन्ने वितिक्कै खास उमेर पार गरेको व्यक्ति सम्झनु पर्दछ । विभिन्न उमेर पार गरेका व्यक्तिलाई जेष्ठ नागरिक भन्नाले प्रथम पटक ६० वर्ष देखि माथिको व्यक्ति जेष्ठ हुने भनी मापदण्ड बनाएको हो । सार्क राष्ट्रहरुमध्ये नेपालमा ६० वर्ष, भारतमा ६० वर्ष, श्रीलंकामा ५५ वर्ष, माल्दिभ्समा ६५, भुटानमा ५८ वर्ष भनेको छ । अमेरिकामा ६५ वर्ष माथिकालाई जेष्ठ नागरिक मानिन्छ । हाल उमेर बढाउदैैं ६७ वर्ष माथिलाई जेष्ठ नागरिक भन्न थालिएको छ । जेष्ठ नागरिकलाई राज्यले निकै सुविधा दिएको छ । क्यानडामा ६५ वर्ष माथिकालाई जेष्ठ नागरिक मानिन्छ र सामाजिक सुरक्षा प्रदान गर्दै पेन्सन दिने गरिन्छ । बंगला देशमा ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई विशेष भत्ता दिने गरिन्छ । सिंगापुर, अष्ट्रेलियामा ६० वर्ष माथिकालाई विशेष भत्ता दिने गरिन्छ । विश्वका अत्यधिक मुलुकमा ६० वर्ष पुगेकालाई पेन्सन भत्ता सुविधा दिने गरिन्छ ।
नेपालको सन्दर्भमा ६० वर्ष पुगेकालाई पेन्सन, भत्ता, आर्थिक सुविधा दिने गरिन्छ । तर बृद्धा भत्ता भने ७० वर्ष पुगेकालाई मात्र दिने गरिन्छ । नेपालमा बृद्धा भत्ता दिलाउने प्रथम व्यक्ति मनमोहन अधिकारी हुन । उनको आदेश अनुसार उनका भाई अर्थमन्त्री भरतमोहन अधिकारीले ७० वर्ष माथिका प्रति महिना रु. १००।– भत्ता दिने भनी बजेटमा लेखिएछ । तत्कालीन अर्थ सचिवले सो आर्थिक विधेयकमा सही नै गरेनछन् । अर्थ मन्त्री र अर्थ सचिव दुवैजना राजा वीरेन्द्र कहाँ गएछन् । राजा वीरेन्द्रले २०५२ सालमा नेपालमा बृद्धा भत्ता दिन सकिन्छ र भनी सोधेछन् । अर्थमन्त्रीले वृद्धभत्ता दिन सकिदैंन भनेर मैले बजेटमा सही नगरेको हुँ भनेछन् । अर्थ मन्त्री भरतमोहन अधिकारीले प्रधान मन्त्रीजीले बृद्धभत्ता नकाट्नु भन्नु भएपछि राजा वीरेन्द्रले ७० वर्ष होइन ७५ वर्ष बनाउन भनेछन् । शुरुमा मासिक १००।– बाट शुरु गरिएको सो बृद्धा भत्ता २००० ।– दिने गरिएकोमा ने.क.पा.ले मासिक ५०००।– भत्ता पु¥याउछौ भनी कबुल गरेकोमा हाल एक हजार थप गरी मासिक ३०००।– दिने गरिएको छ । आगामी दुई वर्ष भित्रै ५०००।– पु¥याउने योजना छ ।
उपरोक्त लेखिए अनुसार जेष्ठ नागरिक ऐन २०६३ र जेष्ठ नागरिक नियमावली २०६५ मा जेष्ठ नागरिकलाई सुविधा सहुलियतले दिने भनिएता पनि यातायात भाडा ५०% घटाइएको छैन । जेष्ठ नागरिक भत्ता ६० वर्ष उमेर पुगेकालाई दिइएको छैन ७० वर्ष पछि मात्र दिइन्छ । सो ऐन नियमावलीमा बृद्धाभत्ताको रकम तोक्नु पर्दछ । जेष्ठ नागरिकको लागि आवश्यक भत्ता सुविधा बढाउँदै जानु पर्दछ । ऐन र नियमावली संशोधन गर्नु पर्दछ । विश्वका हरेक मुलुकमा बृद्धको उमेर किटान गरेको वर्ष देखि भत्तासुविधा दिइन्छ तर नेपालमा ६० वर्षमा बृद्धको उमेर तोक्नु १० वर्ष पछि ७० वर्ष देखि बृद्धाभत्ता दिनु गलत कार्य हो । ६० वर्ष देखि भत्ता सुविधा दिनु पर्दछ ।

हाम्रो सुझाव