जीवन र गणित

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७०

जीवका जन्म  प्राकृतिक रूपमा नै भइ आएको छ। कुनै फुलबाट कुनै पूर्ण बच्चाकै आकारमा जन्मन्छन्। जो जेबाट जन्मे पनि प्रक्रिया प्रकृतिकै हो। वनस्पति या जीव जनावर जे पनि आ-आफ्नो रूपमा पूर्णरूपमा देखा पर्छ। अचम्म छ बच्चाको जन्म साथै आमाको स्तन रसाउन थाल्छ। बच्चाले चुस्न थाल्छ दूध। माता पिता आफन्तको स्याहार सुसारमा हुर्कर्ंदै जान्छ। यस्तै प्रकृतिबाट उसले घाम पानी हावा  प्रकाशजस्ता हरपल चाहिने वस्तु जसको अभावमा बाँच्न सकिँदैन, प्रकृतिबाटै प्राप्त गर्दछ। यी सबैका लागि सुलभ, समान, निःशुल्क  प्रकृतिबाटै प्राप्त हुन्छ। यस्तै प्रकृतिबाटै उत्पन्न हुने कन्दमुल, फलफल, अन्नपातबाटै जीवनयापन हुन्छ। यो केवल जनावरका लागि मात्र होइन, वनस्पतिले पनि जल मल आदि प्रकृतिबाटै पाउँछ। सबैको जीवनयापन पद्धति एउटै हो। फरक खानपिन, बसोबास, चालचलन, आ-आफ्नै प्रकृति स्वभाव अनुसार हुन्छ। कोही आकाशमा उडछन्, कोही जमिनमा बस्छन्, त कोही जलाशयमा रहन्छन्। कोही हिंस्रक स्वभावका हुन्छन् त कोही शान्त सरल स्वभावका। जनावर  पशु पंक्षीमा ज्ञान विवेक नहुनाको कारण खानु, पिउनु र जीवन विताउनुबाहेक केही गर्दैनन्। तर मानव चेतन तथा विवेकशील भएकाले सर्वश्रेष्ठ  जीव मानिन्छ। उसले खानपिन र समय विताउने मात्र नभइ जीवन कसरी  राम्रो गर्न सकिन्छ ? सफल कसरी भइन्छ ? संसार के हो ? हामी को हौं ? जीव के हो- प्रकृतिसँग कसरी तालमेल मिलाउने ? जीवन के हो श? कसरी सफल पार्ने ? भन्ने जस्ता अनेकन गुहृय तत्वका खोजबिन अध्ययन गर्छ। यसका लागि विभिन्न धर्मशास्त्र, सामाजिक शास्त्र, वेदपुराण, दशर्ण ठूलठूला महापुरुष, ज्ञानी योगी, विद्घान, सिद्घपुरुषका भनाइ कथन अनेकन छन्। तर सबैको ध्येय र लक्ष्य भने एकै रहिआएको छ। जीवनलाई स्वस्थ्य, स्तरीय बनाउने समुन्नत सभ्यसमाज निर्माण गर्ने  र परलोक समेत सपार्ने ध्येय नै मानव जातिको लक्ष्य रहिआएको छ। यसै सर्न्दर्भमा गणितर्ज्ञ इश्वरचन्द्र्र चक्रवर्तीको कठन यस्तो छ।

अर्थमेटिकका रचयिता इश्वरचन्द्र चक्रवर्ती सुविख्यात गणितज्ञ हुन्। उनले सबै ज्ञानको साँचो गणितलाई मान्दछन्। यसलाई उनले विज्ञानको कडी नै थान्छन्। गणित नै विज्ञानको आधारशीला हो भन्छन्। र यसभित्र जीवनको दर्शन लुकेको छ भन्छन्। गणित अड्ढहरूबाट आरम्भ हुन्छ। सुरुको अड्ढ १ हो। १ देखि १०० सम्मका  प्रत्यक अड्ढका अर्थ जीवनका प्रत्येक पलसँग सम्बन्ध हुन्छ। आमाको कोखमा आश्रय पाएदेखि १० वर्षसम्म आमाकै लालनपालनमा हुर्कन्छ । दुर्इ अड्ढ सुरु भएपछि ज्ञान सीप आर्जनको लागि विद्यार्थी जीवन विताउनुपर्ने हुन्छ। २५ वर्षदेखि वयस्क भई गृहस्थ थालनी र जीवन सञ्चालनका कार्यमा लाग्नुपर्ने हुन्छ। विद्यार्थी कालमा आर्जेका ‘ ज्ञाँन शीप कला र वयस्ककालमा बटुलिएका अनुभवले ४०- ६० सम्म सक्रिय दैनिकी कार्यमा लाग्नुपर्ने हुन्छ। त्यस देखि माथिका समयकाल निवृत्त भई सुस्ताउन थाल्छ। ८०,९० पुगेपछि भने त हल्ल न चल, हब्बे न कब्बे हुन पुगिन्छ। शतवर्ष त विश्रान्ति नै हुन्छ। यो शास्त्रागत आयु सबैले भेट्न  सक्दैनन् पनि।

१ बाट सुरु भएको विन्दु १०० औं विन्दुमा पुग्ने समयको गतिको रेखा नै हाम्रो जीवन हो। प्रत्येक विन्दुकालमा अनेकन घटना किरिया कर्म हुँदै जान्छ। कहिले दु:ख कहिले सुख, कहिले हाँसो कहिले रोदन, कहिले घाम त कहिले पानी यस्तै सरल वक्र हुँदै जीवन रेखा खिचिँदै जान्छ। जन्मेको एक विन्दुबाट सुरु भएको विन्दुका लस्कर मृत्युको विन्दुमा पुगी टुङ्गिन्छ। सुरुको १ अड्ढको महत्त्व रहन्छ। यो नै सत्यनिष्ठ अड्ढ मानिन्छ। यसका पछाडिका सबै अड्ढ यसका गुणक रूप मात्र हो। एकको पछि जति अड्ढ थपिँदै जान्छ प्रत्येकमा दश दश गुणा मूल्य महत्त्व थपिँदै जान्छ। शून्य जिरो पनि एकको विन्दु विन्दु मिली बन्छ।

यो शून्य नै जीवनसँग तुलना गरिएको छ। एकको पछाडिका शून्यका महत्त्व बढ्दै जान्छ भने अगाडिको अर्थहीन हुन्छ। त्यसैले सत्यनिष्ठ एकको पछाडि थपिने परोपकारी, शान्ति, प्रेम सद्भाव, समभाव, सहयोग दानआदि सर्त्कर्म गर्दा यस बढ्ने र अमर बनाउने काम हुन्छ भने घमण्ड, अहंकार, इष्र्या, द्वेस, बैमनश्य, दूरभाव, हत्या, हिंसा घृणाजस्ता नराम्रा कामले मानवका मूल्य घटाउँछ। एकको अगाडिको शून्यको जस्तै अर्थ ीनता हुन्छ। प्रत्येक जीव एकबाटै सुरु भएको छ। यसैभित्र इश्वरीय भाव छ। योबिना कोही अस्तित्वमा रहन सकिँदैन। यसको स्वभाव सत्यनिष्ठ असल गुणक नै हो।

जसरी सबै सङ्ख्या अड्ढहरू सूक्ष्म विन्दु (जसको नाप लिन सकिँदैन) बाट बनेको हुन्छ, त्यस्तै सारा ब्रह्माण्ड पनि नाप लिन नसकिने अज्ञत्व शून्यबाट प्रकट भएको मानिन्छ। जीवन पनि त्यही सूक्ष्म विन्दुका लस्कर मिली बनेको चक्र हो, जो जन्मदेखि मृत्युसम्म जोडिएको हुन्छ। यो जीवन चक्र सफल पार्न चक्रवर्तीले रेखागणितीय समबाहु त्रिभुजको उदाहरण प्रदर्शन गरेका छन्। समबाहु त्रिभुजका तिनै कोण पनि समान हुन्छन्। र एक आपसमा समान आधार लिई सजिलोसँग अडिएको हुन्छ। डगमगाउँदैन ठडिरहन्छ। दायाँबायाँ ढल्किँदैन। आकार पनि सुन्दर देखिन्छ। त्यस्तै जीवन सफल पार्न पनि समबाहु त्रिभुजजस्तै शारीरिक स्वस्थता, आन्तरिक स्वस्थ विचार भाव र बाह्य विषय वस्तुसँगको तालमेल मिलाउन सक्नुपर्छ, वातावरण अनुकूल चल्न सिक्नुपर्छ। स्वस्थ भएन भने जतिसुकै सुखसयलका  सांसारिक भौतिक वस्तु भए पनि उपभोग गर्न सकिँदैन। अकोर्तर्फ शरीर तन्दुरुस्त छ, धन पनि  छ तर आन्तरिक भावविचार स्वस्थ शान्त छैन भने कुबाटो लाग्न सक्छ। त्यस्तै सांसारिक विषय वस्तुको अधिक उपयोग, सञचितिले शरीरमा विकार उत्पन्न हुने र अस्वस्थ हुन सक्छ। अनावश्यक धन सम्पत्तिको सञ्चितिले संरक्षणको लागि मानसिक तनाव बढाउँछ।

जीवन निर्वाहको लागि चाहिने न्यूनतम आवश्यकता पूरा नभए पनि दरिद्रता, अस्वस्थ भई मानसिक असन्तुलन हुन सक्छ। त्यसैले उपरोक्त तीन कुराको सन्तुलन समबाहु त्रिभुजका जस्तै मिलाउन सके जीवन सरल र सफल बनाउन सकिन्छ भन्नेर्र् इश्वर चन्द्रको भनाइ छ।

Related News

सम्बन्धित समाचार

hero news full width