जल र महादेव शिवको सम्बन्ध

आदर्श समाज सम्वाददाता
असार ३२, २०७१

जल भन्नु र पानी भन्नुमा सामान्यतया एकै बुझिन्छ। तर शब्दकोष हेर्दा भने केही भिन्नता देखिन्छ। देवीदेवताहरूलाई स्नान गराई दिन प्रयोग हुने पानीलाई जल भनि सम्बोधन गरिन्छ। पुज्यजनहरूको पाउ धुने पानीलाई पनि जल शब्द नै प्रयोग भएको पाइन्छ। देवताहरूलाई नुहाउंदा पैतालाबाट वगेको जललाई चरणामृत भनिन्छ भने प्रसिद्ध गंगा नदीको पानी देवतालाई चढाउंन ल्याउने शुद्ध पवित्र पानीलाई पनि जल नै भनिएको छ। खास गरी शिवजी र देवी देवताहरूको कार्यमा प्रयोग हुने शुद्ध नदीको पानीलाई जल भनि सम्बोधन गरिन्छ। प्यास वदल्ने बादल, धारा, कुवा नदीबाट उपलब्ध हुने जीवन रक्षक झोल, रुख, वृक्ष आदिबाट वगिरहने तरल पदार्थ वा झारपात निचोरी निकालिने रसलाई पानी भनिने चलन छ। वास्तवमा जल भनौ वा पानी नै भनौ जे भने पनि यो प्राण रक्षक तरल पदार्थ हो। कतिपय प्राणीहरूको जन्म विकास र मृत्यु जलमा नै भएको देखिन्छ। जलचर, स्थलचर जीव वनस्पति, कृषि, पशु, पंक्षी आदिको सृष्टि र विकास पनि जल (पानी) कै आधारमा भएको देखिएको छ। जल -पानी) सबैको प्राण रक्षक भएको भएरै होला नदीहरूलाई हामी गंगामाता सम्झन्छौं र स्नान गर्ने समयमा हामी तमामले भन्ने गर्दछौं। “हर गंगे पापहर कष्टहर रोगहर” जल भएकै कारणले यो पृथ्वीमा जीव तथा वनस्पतिहरूको अस्तित्व रहिरहेको हुन्छ। जल सत्य बस्तु नाश नहुने भएकाले नै होला व्रम्हा विष्णु महेश्वर सृष्टिकर्ता पालनकर्ता र संहारकर्ताहरूले जलमा नै आफ्नो वासस्थान बनाएको देखियो। प्रलयकालमा विष्णुजी जलमा नै शयन गर्नुभयो। ब्रम्हाजी जलमा शयन गर्नु भएका विष्णुका नाभीबाट नै जाग्नु भयो। शिव आफ्नो शिरमा गंगा बोकी रहनु भएको मात्र छैन गोसाईकुण्डमा जलमा नै शयन गर्नु भएको छ। आजसम्म देखिरहेको छ। उहां अखण्ड जलाधार नै सेवन गरी रहनु भएको छ। जल सबै प्राणीको लागि आवश्यक भएता पनि शिवको निमित्त जलजस्तो प्रिय बस्तु अरु कुनै रहेनछ। महिनाहरूमा श्रावण महिना र सोमबार शिवका दोश्रो प्रिय बस्तु रहेछन्। श्रावण महिनाको प्रत्येक सोमबार आफ्ना आफ्ना पायक पर्ने नदीहरूबाट शुद्ध जल ल्याई शिवजीलाई चढाउने प्रचलन हाम्रो हिन्दू समाजमा व्यापक रूपमा पाइएको छ।

हामी हिन्दूधर्मावलम्बीहरूको धार्मिक तिर्थस्थल काठमाण्डौमा श्री पशुपतिनाथको मन्दिर छ। पशुपतिनाथ हामी हिन्दूहरूका संरक्षक देवता मानिन्छन्। विश्वकै प्रख्यात तीर्थस्थल मध्ये एक मानिने पशुपतिनाथ मन्दिरमा वषौर्देखि लाखौ लाख दर्शनाभिलाषी भित्रिने गर्दछन्। पर्यटकहरूको त्यस्तै भिड लाग्दछ। मन्दिरको दिवाल र टुँडालमा अंकित काष्ठकला शिवभगवानका विविध कलाकृतिहरू चित्रित गरिएका छन्। पशुपतिनाथ मन्दिरको पूर्वपट्टिवागमति नदी बगीरहेकी थिइन्। अहिले बागमती नदी दुब्लाउनुको साथै अशुद्ध भएकी देखिएकोले सुन्दरीजलको शुद्ध पवित्रजल ल्याई जोर्र्तिमय शिवलिं·मा जलाधार गराइने गरिएको देखिएको छ। त्यस्तै धरानमा पनि पिण्डेश्वर महादेव शिवको मन्दिर रहेको छ। धरानको भानुचोकबाट १०,१५ मिनेट उकालो हिडेपछि पिण्डेश्वर महादेवको मन्दिर पुगिन्छ। यो मन्दिर रुद्राक्ष वनको बीच भागमा रहेको छ। यहाँको वातावरण अत्यन्त सुन्दर शान्त छ। ज्यादै शान्त वातावरणमा रहेको यस मन्दिरमा प्रत्येक वर्षको श्रावण महिनाको प्रत्येक सोमबार नेपाल र भारतका लाखौं भक्तजनहरू गेरु वस्त्रमा बोलबमको नारा लगाउंदै चतराधामबाट सप्तकोशीको शुद्ध जल ल्याई शिव लि·मा चढाउने गर्दछन्.। मन्दिरको भित्री भागमा चौविसै घण्टा बलिरहने वत्ती र चौविसै घण्टा महादेव शिवको शिवलि·मा वगिरहने जलाधार यस पिण्डेश्वर महादेवको विशेषता हो भनिएको छ।

भारतको उत्तर प्रदेश विहार, बैद्यनाथमा रहेको शिवमन्दिर जसलाई वाबाधाम भनिन्छ त्यहा श्रावण महिना भरि नै बोलवमको नारा लगाउंदै खाली खुट्टा हिडेर गंगाको जल ल्याई चढाउने तिर्थयात्राहरूको विशाल भिड लाग्छ भन्ने हामी सबैलाई थाहा भएकै कुरा हो। भक्तपुर जिल्लाको सांगमञ्जयाममा अवस्थित १०८ फिट अग्लो शिवजीको मुर्ति रहेको छ। महादेव शिवको यो गगनचुम्बी मुर्तिलाई विश्वको सबै भन्दा अग्लो मुर्ति मानिएको छ। गगनचुम्बी शिवको मुर्तिको दर्शन गर्न र नदीको शुद्ध जल चढाउन प्रत्येक वर्षको श्रावण महिनाको प्रत्येक सोमबार भक्तजनहरूको भिड लाग्दछ भन्ने सुन्नमा आईरहेको छ। त्यस्तै भक्तपुरकै डोलेश्वर महादेवको मन्दिरमा पनि यस्तै भिड लाग्ने सुन्न आएको छ।

माछापुच्छ्रे हिमालको काखमा रहेको पोखरा सुन्दरनगरीको आसपासमा भगवान शिवका मन्दिरहरू प्रसस्त मात्रामा छन्। पशुपतिनाथ मन्दिर सिमलचौर, विशेश्वर शिव मन्दिर, सिमलचौर, विश्वनाथ शिव मन्दिर नयांबजार, पुष्करेश्वर महादेव शिवमन्दिर मासवार, गुप्तेश्वर महादेव छोरेपाटन, केदारेश्वर महादेव बैदाम, नागेश्वर शिवमन्दिर लामपाटन, भेडीफाराम, सुरथेश्वर शिव मन्दिर, लामाचौर, आदि आदि। केदारेश्वरमणि महादेव शिव मन्दिरमा व्यवस्थापन पक्ष सवल देखिएकोले। भक्तजनहरूको भीड लाग्ने गरेको देखिन्छ। यसको श्रेय शिवभक्त सूर्यनाथ अधिकारीलाई नै जान्छ। उहांलाई धन्यवाद नदिईरहन सकिने अवस्था छैन। श्रावण महिनालाई शिवजीको महिना भनिएको छ। श्रावण महिनाको प्रत्येक सोमबार भक्तजनहरू शुक्ला गण्डकीको किनारको गाईघाटमा जम्मा भै स्नान गरी शुद्ध जलको घडा लिई बोलवमको नारा लगाउंदै खाली खुट्टा पैदल यात्रा गरी केदारेश्वर मन्दिरभित्र स्थापित गरिएको ज्योतिर्मय शिवलि·मा जलाधार गरी मन्दिर परीसरमा रहेका १०८ शिवलि·को दर्शन गर्ने गरी आएका छन्। भगवान श्री शिवलाई राष्ट्रदेव राष्ट्रका संरक्षक हुन भन्दा अतियुक्त नहोला। यो देश पशुपतिनाथले चलाउनु भएकोछ भन्ने सुन्नमा आएको छ। यदाकदा यस्तै अनुभूति पनि पाइन्छ। हाम्रा पूर्र्वीय दर्शनमा शिवको ज्यादै ठूलो महत्व छ। वेदमा शिवलाई रुद्र शब्दले वर्ण्र्ाा गरिएको छ शिव पुराणमा साक्षात परव्रम्ह परमात्मा भनि स्वीकारिएको छ। भगवान शिवको लि·पूजा मूर्तिपूजा दुवैपूजा गरिन्छ। शिवलि· भगवान शिवको निराकार स्वरूप हो भने, शिवको मुर्ति साकार स्वरूप हो। शिवलि·लाई ब्रम्हाण्डको नक्सा मानिएको छ। शिवलि·को पुजा हुंदा ब्रम्हाण्डका सबै देवीदेवताहरूको पुजा हुन्छ भनिएको छ। जगतगुरु आदि शंकराचार्यले भगवान शिवको स्तुती यस प्रकार गरेको पाइन्छ। “हे प्रभु तपाई मेरो आत्मा हुनुहुन्छ भनि पार्वती माता मेरो बुद्धिको मालिकिनी हुनुहुन्छ। मेरो शरीर तपाईको शिवालय हो। मैले जानी नजानी गरेका सबै कर्महरू तपाईकै पुजा हुन्। मैले हिडडुल गरेको यात्राहरू तपाईकै प्रदक्षिणा हुन्। मेरा वाणीहरू तपाईका त्रोत्र पाठ हुन्”। भगवान शिव सत्य स्वरूप ज्ञान स्वरूप परमानन्द स्वरूप हुनुहुन्छ। भगवान शिव परिपूर्ण हुनुहुन्छ। देश कृतकालकृत बस्तुकृत परीच्छेदले रहित हुनुहुन्छ।

शिव गीतामा भगवान शिव भन्नु हुन्छ ? फ्कार पनि म नै हुँ। फ्कारमा नै भुत, भविष्य, वर्तमानको विचित्रको संसार अडेको छ। यो विचित्रको संसारमा रहेको जो सुकै मानिस भएपनि अष्टमी चतुदशी औंशी र मेरा प्रिय महिना श्रावणको प्रत्येक सोमबार शिवलि·मा जलाधारगरी शिवसहश्रनाम तोत्र पाठ गर्दछ भने उसको मनको आकांक्षा पुरा हुन्छ भनि शिवगीतामा लेखिएको छ। यसैले भगवान शिवको प्रिय श्रावण महिनामा सकेसम्म पुरै महिना र नसकेमा प्रत्येक सोमबार मानसिक शारीरिक र आत्मीक उर्जाको सदुपयोग गरी आ-आफ्ना नजिकका शुद्ध नदीको जल ल्याई शिवलि·मा जलाधार गरी पाठपूजा अर्चना र शिवसहस्रनाम पाठ गरी भगवान शिवप्रति श्रद्धा भक्ति अपण गरौं भन्ने लेखकको मनसाय हो।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width