जलकुम्भी, फेवाताल अनि म

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७०

असार साउनको महिना थियो, शयरमा गइयो फेवाताल। आप्पै यो के हो ? ताल हो कि पोखरी ? जताततै हरियो झारपातै, झारपात अनि कसैसँग सोधियो यो के हो ?

जवाफ थियो, यो फेवातालको क्यान्सर साँच्चै ताललाई पनि क्यान्सर लाग्छ र ? लाग्ने रहेछ लाग्ने रहेछ। उसो भए क्यान्सर त औषधिमूलो गरे भने त निको हुन्छ भन्छन् नि, के यो फेवातालको जलकुम्भीरुपी क्यान्सरको औषधिमूलो गर्न सकिन्न र ?

सायद, एउटा नवआगन्तुकको लागि यो कटु सत्य हुन सक्छ तर म जुन ठाउँमा जन्मे हुर्के, खेले, बढे र त्यही फेवातालमा धेरै पिकनिक गइयो। फेवातालको पानी खाइयो, यही तालमा पौडी खेल्न सिकियो, खेलियो आज त्यो ताल जलकुम्भीमय भएछ।

जलकुम्भी यो कुनै अफिकी देशबाट निर्यातित अनि हामी कहाँ आयतित रैछ। अरु सामान त बारम्बार आयात गरिराख्नु पर्ने रैछ तर यो जलकुम्भी त एकपटक आयात गरेपछि त पछि आयात नै गर्नु नपर्ने, बढेको बढ्यै हुँदो रहेछ आ… यसरी नै बरु सयको नोट रोपेर बढाउन पाएको भए हुन्थ्यो नि तर सयको नोटमा त फुल्नै नपाउँदै टिप्नेको भीड लाग्ला तर यो जलकुम्भी टिप्ने त भीड पनि नलाग्ने रैछ।

ओहो ! आज दाजुभाइको भीड छ, के भयो ? भनी बुझ्दा त मलाइ पनि निमन्त्रणा आएको रैछ कुनै विवाह, ब्रतबन्धको हो कि भनेको त जलकुम्भी दिवसको पो रैछ। हामी सबै संघसंस्थाले वषैपिच्छे दिवसै मान्यौं यो जलकुम्भीनास गर्न तर यो जलकुम्भीलाई त यदुवंसी नास भएजस्तो नास पनि गर्न नसकिने रैछ जति गरे पनि। तैपनि हामी पोखरेलीले हरेस खाएका छैनौं, यसको नास गर्न लागेका लाग्यै छौं।

अस्ति भरखरै पोखरा उपमहानगरपालिकाका कार्यकारीको फेसवुक स्टाटस् पढियो आज एनसेलसँग सम्झौता भयो भनेर अनि भेटेर सोध्न गइयो नगरपालिकाको भलाकुसारीपश्चात् सोधियो एनसेलसँग के को सम्झौता हो – भाइ भनेर। जवाफ थियो-‘फेवातालको जलकुम्भी हटाउने एउटा प्रयास हो दाइ।’ सतत् धन्यवाद हाकिमसाव तथा सम्पृण पोखरा उपमहानगरपालिकालाई एउटा थप प्रयासको लागि।

हिजो साँझपख छोरीसँग फेवाताल घुम्न गइयो। ठाउँ-ठाउँमा रुख रोपिएको देखे खुसी लाग्यो तर जताततै जलकुम्भीको जरैजरा र सुकेको डँठ देखियो अनि मनमा एउटा सम्झना आयो, पोखरा उद्योग वाणिज्य संघले धेरै वर्ष एउटा अन्तरक्रिया राखेको थियो जलकुम्भी सम्बन्धमा विज्ञ हुनुहुन्थ्यो। सायद वृज गोपाल या केही अर्के नाम हुनुपर्छ उहाँले बोलेको शव्द मानसपटलमा आयो अनायसै यो जलकुम्भी त अजम्बरी झार हो भनेर, यसका फूल जति सुन्दर त्यति नै कुरुप भने छ।

यसर्थ, कोर्न मन लाग्यो दुर्इ शव्द सबैका लागि एउटा सुझाव र सन्देशको रुपमा हामी वर्षातमा मात्रै जलकुम्भी फाल्न लाग्छौं। जुनबेला उसमा फूल फुलेर पराग फैलिइसकेको हुन्छ। तसर्थ जलकुम्भी फाल्ने अभियान वर्षादमा होइन हिउँद महिनातिर हुनुपर्दछ।

अर्के जुन जलकुम्भी हामीले वर्षादमा झिकेर किनारामा फालेका छौं ती सबै सुकेर कपासजस्तै भएको छ। अहिले तर त्यसले रावणले जस्तै पुनःजीवन पाउनुअघि सबै संकलन गरि जलाउनु वा कुनै टाढा खाल्डोमा पुर्नु पर्छ होला समयमै।

ठाउँ-ठाउँमा थोरै थोरै जलकुम्भी छन्। ती मौलाउनुअघि झिक्न पाए सायद वर्षादका बेला हामीले कम दुःख गरे पुग्छ होला की ?

आजलाई यति चित्त बुझेर लागौं, हामी सबै फेवातालको क्यान्सररुपी जलकुम्भीलाई औषधि उपचार गरि समयमै निको पार्नको लागि।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width