जब गाउँ फर्के, जे देखें त्यही लेखँ

कृष्णअन्जान ज्ञवाली
जेठ २७, २०७६

चैत वैशाखमा बारीमा मल फाल्ने, मकै छर्ने, आत्तुरी हुन्थ्यो तर सवै बारी बांझै छन् बूढा बा आमा केही गर्न सक्दैनन्। अद्यिा या कुतमा खेती गर्ने मान्छे पाइँदैनन्। जनतन गरेको खेती पनि जंगली जनावर वांदर ढेडुवा मृग दुम्सीले केही राख्दैनन्। गाउँ नै जंगल भएको छ र अझै वन जंगल वढेर घनघोर भएको छ।

स्यालपोखरी आइपुग्दा एक हुल आमा हरु भेटिए। नजिकै पुग्दा पनि चिनेनन्। सवैलाइ ढोग गरें हेरे सवैका अनुहार उज्याला देखिए। शहर पसेका कोही फर्केर आए पनि सबै आमाहरुले आफ्नै छोरा आएजस्तो ठान्न थालेछन। यही स्याल पोखरी हो कुनै जमाना थियो जहां बिहानैदेखि चहल पहल हुन्थ्यो, गाउंका भद्रभलाद्मी, राजनैतिक कार्यकर्ता, सामाजिक अभियन्ता सवैको जमघट हुने स्यालपोखरी आजभोलि बूढा आमा हरुले कुर्दै छन। कुनै वेलाका परिश्रमी कहलिएका बसौर्ंटा साइलो वा लामो समय देखि मात्र कुर्चिमा वसेर स्याल पोखरीको बाटो हिँड्नेहरुलाई आफ्नो विगत सुनाउंछन्।

हिजो जस्तै लाग्छ सुकिला कपडामा फल्लेखर्कबाट ध्रुव गौतम काका स्यालपोखरीमा आइपुग्दा सिंगो नेपाली कंग्रेस त्यहीँ आए झैं लाग्थ्यो। मलाई सम्झना छ २०४६ सालको आन्दोलनमा तिनै ध्रुव गौतम हुन् आफु विरामी भए पनि लौरो टेकेर यही स्याल पोखरीमा आएर हामीलाई जनआन्दोलनमा लाग्न उर्जा दिने गर्थे। विचारले फरक भएपनि बहुदलीय व्यवस्था स्थापनामा उनले हामीलाई भरेको ऊर्जा र उनको योगदान ठूलो थियो अव ती समाजसेवीहरु हामीबीच छैनन्।

कालगतिले यस क्षेत्रका समाजसेवीहरु दिवाकर ज्ञवाली, चर्तुभुज ज्ञवाली, धु्रव गौतम, केशव राज ज्ञवालीहरु हामी बीच रहेनन् तर बांचेका सवैले गाउं छाडेपछि यतिवेला गाउं शून्य छ।

गाउंमा पुग्दा विरक्त लाग्यो, कुनै जमानामा दुई दर्जन भन्दा बढी परिवारलाई आफुलाई समेट्ने च्युरेकको हाम्रो बूढो घर जसलाई माथिका नानीको घर भनेर चिन्थे। अहिले ताल्चा मरिएको छ। च्युरेक गाउंमा करिव ७० प्रतिशत घरहरुमा यसरी नै ताल्चा मारिएको छ र ३० प्रतिशत घरहरु बूढा बा आमाले कुर्दै छन्।

मान्छे अवसरको खोजीमा स्वाभावैले शहर पस्छ र शहरमा वस्छ। म पनि करिव २० वर्ष पछि यतिवेला गाउँमा छु। मेरी आमाले पनि छोरो आउने आशामा धेरै वर्ष कुर्नु भाको छ। गाउं छाडेर जाने म जस्ता सवै दोषी छौं, हामीले वास्तवमै शहर पसेपछि गाउं चटक्कै बिसेर्का छौ।

ती पुराना दिनहरु सवैका घर भरी परिवारले भरिभराउ थियो दशैँ तिहार तीज सवै चाड पर्व कति रमाइलो, लाहुरे आउने वाहिर बाट सवै गाउं फर्किने हुन्थ्यो तर आजभोलि दशैं तिहार झनै शून्य, गाउं कुरेका बूढा बा आमा शहर पसेका छोराबुहारी नाति नातिना भेट्न कुम्लो बोकेर शहर झर्ने उल्टो चलन आएछ।

न दशैँमा कसैकोमा सेल अर्सा पाक्छन् नत तिहारमा फिनी अनरसा न झिलिंगा पाक्छन्। माघ आयो भनेर खिच्रो खाने, पुषे पन्द्रममा बारको डोरामा खाजा खाने, मंसिरमा न्वाइँ खाने, असारमा चामलको पुवा र केराको बोंगाको अचार रोपाइँमा खाने र औंसीको चतुर्दशीमा खिर खाने चलन ए बरै सवै विर्सिएछ गाउंले। रिडीमा माघे संक्रान्तिमा नुहाउन जांदा ढकनीको पोको बोकेर लामाचौतारीको फेंदमा वसेर खाएको हिंजो झैँ लाग्छ।

गाउंमा जस्का घरमा पुग्दा पनि पानीको साटो मोही पाइन्थ्यो दहि दूध घिउ प्रशस्त पाइन्थ्यो सवैका घरमा लैना वकेर्ना भैंसी हुन्थे तर आजभोलि एकमुठी दूघ खोज्दा गाउँमा पाइंदैन। सवैका गोठ रित्ता छन। सकिन्न वाए घांस काट्न एक मुठी पकाएर खान त नसकिने वेला आयो भैंसी कसरी पाल्ने हो बाबै गाउँ कुरेका बा आमा ले सुनाए।

एउटा सिंगो पुस्ता गाउंमा आएको छैन। यहाँसम्म कि नाति नातिनाले गाउँ नदेख्दै विदेशतिर पुगिसकेका छन र हजुरबा र हजुर आमाले नाति नातिनका अनुहार पनि देख्न पाएका छैनन।

असार मंसिरमा तालखोला जौखोला तिर जाने बाटाहरु भाटिएका छन् र लाग्छ कुनै कालखण्डको जंगल हो। कुनै दिन थियो असारमा रोपाइं गर्न जाने र मंसिरमा धान पराल स्यहार्न बसौर्टा, रामपुर, तालखोला, जौखोला जाने बाटाहरुमा छपक्कै हिंड्थे मान्छेहरु तर सवै सपना भएको छ अचेल। सिंगो गाउंमा तीन दर्जन भन्दा मान्छै छैनन मलामी नपाइने अवस्था छ च्यूरेक गांउमा।

चैत वैशाखमा बारीमा मल फाल्ने, मकै छर्ने, आत्तुरी हुन्थ्यो तर सवै बारी बांझै छन् बूढा बा आमा केही गर्न सक्दैनन्। अद्यिा या कुतमा खेती गर्ने मान्छे पाइँदैनन्। जनतन गरेको खेती पनि जंगली जनावर वांदर ढेडुवा मृग दुम्सीले केही राख्दैनन्। गाउँ नै जंगल भएको छ र अझै वन जंगल वढेर घनघोर भएको छ।

गाउँका विद्यालय लगभग खालि छन। विद्यालयका कक्षाहरुमा एक दुइ जना विद्यार्थिहरु मात्र छन झन पछि झन विद्यार्थि संख्या घटने मात्र होइन विद्यालय नै भाटिने संभावना देखिएको छ। गाउँको विकासका लागि जुट्ने भलाद्मी हरु छैनन्। गाउंमा, विकास निर्माणका वहस भएको पाइँदैन।

समय लाग्छ उल्टो वगेको छ, कुनै जमाना थियो गाउँका हरेक उत्सव, भेला छलफलहरुमा ठूलै जमघट हुने गर्थ्यो भद्र भलाद्मीको उपस्थितिमा विकास निर्माणका निर्णय हरु हुने गर्थे पक्ष विपक्षमा छलफल हुन्थ्यो तर आजभोलि त्यो सपना भएको छ। गाउँमा पुग्दा लाग्छ मूर्दाशून्य छ मान्छे बोलेको पनि सुनिदैन।

मैले बुझेको च्युरेक जहां पिपल मुनि पिताम्वर ठूलावा, राताखर्के सोमकान्त कान्छोबा चौरेली, युवराज ज्ञवाली, सिरान घर लछु सर, जमदार चेत वहादुर, मडियारे चक्रपाणी बा, अजेर्ल बाहुन वा, विसौना लाल वहादुर दाइ, माझघरे परमानन्द सर हरुको समाजसेवाले धानेका गाउं हो । विस्तारै यो पुस्ता उमेरले थाकेको छ। यहि पुस्ताहो जस्ले च्युरेकको विकासमा आफुलाइ सर्मपित मात्र गरेन समग्र च्युरेक गाउंको विकास संगै राजनैतिक चेतनामा पनि आफुलाइ समाहित गर्यो तर यस पछिको पुस्ता कहां छ के गर्दै छ थाहा छैन।

सुनेको छु यसै गाउंका युवाहरु राज्यका विभन्न तहमा छन् पर्यटन शिक्षा स्वास्थ वित्तीय संस्था सवैमा राम्रै पकड राख्छन् तर गाउं तिर फर्केर हेर्देनन त्यसोत म पनि उनीहरु जस्तै हुं तर मैले गाउं फर्केर अनुभव गरेको कुरा संचार माद्यम सम्म पुर्याउन ने प्रयास गरेको छु।

अझै केही विग्रेको छैन गाउंमै बसेका बाबु आमाले कम्तीमा पनि च्युरेक गाउँ लाई लिची गाउँको रुपमा चिनाउने प्रयास सम्म गरेछन्। नेपालकै एकमात्र लिची गाउँलाई रुरु क्षेत्रका धार्मिक पर्यटनलाइ जोडेर च्युरेक होमस्टे विकासको संभावना गाउं फर्केर मैले देखेको छु।

रुरु क्षेत्रमा बन्दै गरेको तीनमुखे पुल, काली गण्डकी करीडोर, लगायत अन्य सडकाको केन्द्र, रुरुमा बन्ने जलाशयलाई आधार मानेर कम्तीमा पनि हामिले च्यरेकुमा होमस्टे संभावनाको खोजीका लागि सवै गाउँबाट पलायन हुनेहरुलाई आह्वान गरेको छु। सरकारले समृद्ध नेपालका कुरा गरिरहंदा गाउं फर्कने आधार चाहिन्छ र त्यो आधार च्युरेक होमस्टे बन्छ। गाउंको विरक्त वातावरणले लाग्यो हाम्रो पुस्ता हो जसले गाउं बनाउने हामी पछाडिको पुस्ता गाउं फर्केर आउने छैन बेलैमा सोंचौ।

( लेखक पोखरामा कृयाशील पत्रकार हुन्। सं. )

Related News

सम्बन्धित समाचार

hero news full width