‘छुटेका सबै क्षयरोगी विरामी खोजौं, उपचार गरी निको पारौं’

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७०

पृष्ठभूमिः

रोग लागेपछि ज्यान नाश गराउने रोगको रूपमा नाम पाएको क्षयरेागले संसारमा लाखौंको ज्यान लिइसकेको सर्न्दर्भमा डा. रोर्बर्ट कोचले सन १८८२ मार्च २४ मा क्षयरेाग ‘माइकोव्याक्टेरीयम टयुबरक्लोसिस’ नामक व्याक्टेरीयाबाट हुन्छ भनी पत्ता लगाएको दिनको सम्झना स्वरूप प्रभाबकारी औषधिको उपलब्धता पश्चात सामान्य रोगको रूपमा परिचित क्षयरोगका ‘छुटेका सबै क्षयरोगी विरामी खोजौं, उपचार गरी निको पारौं’ भन्ने मूल नाराका साथ १० चैत २०७० मा कास्कीमा पनि विश्व क्षयरोग दिवस मनाइँदै छ।

क्षयरोगको अवस्था (तथ्य एवं तथ्याड्ढ)

–      एउटै सङ्क्रामक किटाणुबाट संसारभरि धेरैको ज्यान लिने क्षयरोग दोस्रो रोग हो।

–      सन् २०१२ मा विश्वभर ८६ लाख व्यक्ति क्षयरोगबाट विरामी परे भने १३ लाखको क्षयरोगबाट मृत्यु भयो।

–      सन् २०१२ मा करिब ५ लाख ३० हजार बच्चा क्षयरोगबाट ग्रसीत एवं ७४ हजार (एचआईभी सङ्क्रमित नभएका) बच्चा क्षयरोगको कारणबाट ज्यान गुमाए।

–      एचआईभी सङ्क्रमितमा क्षयरोग मृत्युको प्रमुख कारकको रूपमा रहेको छ। ५ मृत्युमा १ मृत्यु क्षयरोगबाट भएको छ।

–      क्षयरोगबाट भएको कुल मृत्युमध्ये ९५ प्रतिशत मृत्यु न्यून एवं मध्यम आय भएका देशहरूमा भएको दर्दनाक अवस्था छ।

–      १५-४४ वर्षका महिलामा मृत्युको ३ प्रमुख कारणमध्ये क्षयरोग पनि एक रहेको छ।

–      विश्वभरमा बहुऔषधि प्रतिरोधका क्षयरोगी बढ्दैछन्। सन २०१२ मा करिब ४ लाख ५० हजार व्यक्तिमा बहुऔषधि प्रतिरोधक मध्ये १० प्रतिशत -९.६ प्रतिशत) मा हृम्च् क्षयरोग भएको अनुमान छ।

खुसीको कुरा :

अनुमानित क्षयरोगी विरामीको सङ्ख्या प्रतिवर्ष घट्दै गइरहेको छ तर धेरै विस्तारै। सन १९९० देखि २०१२ सम्म उपचारबाट ४५ प्रतिशत मृत्यु कम भएको आकलन छ। प्रत्यक्ष निगरानीको प्रभावकारी उपचारबाट करिब २ करोड २० लाख व्यक्तिको उक्त अवधिमा ज्यान जोगाउन विश्व सफल भएको छ।

क्षयरोग उपचारबाट छुटेका व्यक्ति कति छन् त ?

क्षेत्र           अनुमानित विरामी छुटेका विरामी

विश्वमा         ९०,००००० जना ३०,००००० जना

नेपाल          ४५,००० जना   १०,००० जना

कास्की  अनुमानित खकार पोजिटीभ २७६ (२०९) जना       ६७ जना (२४ प्रतिशत)

अनुमानित कुल क्षयरोगी विरामी    ५८० (४९५) जना       ८५ जना (१५ प्रतिशत)

माथिको तथ्याड्ढ हेर्दा कास्की जिल्लामा निःशुल्क उपचारको सुविधा सबै गाविस र नगरक्षेत्रमा हुँदाहुँदै पनि अनुमानित खकार पोजिटिभ विरामीमध्ये ४ जनामा १ जना छुट्न गइ रोग सर्ने प्रक्रियालाई कम गर्न सककेको अवस्था छ। यही अवस्था रहिरहेमा वा छुटेका विरामी जतिसक्दो छिटो खोजी उपचारमा नल्याएमा आगामी वर्षमा क्षयरोगले यस जिल्लालाई पनि थप गम्भीर असर गर्ने सम्भावना देखिन्छ। तसर्थ हामी सबै नागरिक, आमसमुदाय, स्वास्थ्यकर्मी, स्वास्थ्य व्यवसायी सबैले बेलैमा सोचौं ‘छुटेका सबै क्षयरोगी विरामी खोजांै, उपचार गरी निको पारौं’ र हाम्रा सन्ततिलाई क्षयरेाग मुक्त समाजमा बच्न दिऔं।

हाम्रो भूमिका :

–      २ हप्ताभन्दा बढी अबधिको लगातार खेाकी, ज्वरो, खान मन नहुनु, तौल घट्नु, छाती दुख्ने लक्षण भएमा तुरुन्त स्वास्थ्य जाँच र खकार परीक्षणका लागी नजिकको स्वास्थ्य संस्था जाने/पठाउने।

–      क्षयरोग निश्चित भएमा नेपाल सरकारबाट निशुल्क रूपमा प्राप्त हुने प्रत्यक्ष निगरानीको औषधि नियमित रूपमा नटुटाइकन पूरा अवधि सेवन गर्ने/गराउने।

–      स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधि खान सुरु भएको २/३, ५ महिना र उपचारको अन्तमा खकार जाँच गर्ने गराउने।

–      समुदाय, घर, परिवार रछिमेकका व्यक्तिहरूलाई निःशुल्क स्वास्थ्य जाँच, खकार जाँच एवं उपचार पाइने स्थानबारे जानकारी गराउने।

–      क्षयरोग निश्चित भएमा उपचार सहयोगीको मद्दतले नबिराइकन/नछुटाइकन ६ महिनासम्म नियमित औषधि सेवन गर्ने।

–      ३ जनामा करिब १ जना विरामी हाल छुटेको अवस्थालाई मध्यनजर गरी रोग लाग्न नदिन जन्मनेबित्तिकै सकेसम्म चाडो बि.सी.जी. खोप लागाउने र लक्षण देखिनेबित्तिकै स्वास्थ्य संस्थामा सर्म्पर्क गर्ने/गराउने।

–      जहापायेा त्यहा नथुक्ने, हाछ्यूँ गर्दा रुमालले मुख छोप्ने, सुर्तिजन्य पदार्थ सेबन नगर्ने/नगराउने।

–      एक जना क्षयरोगी विरामीले वर्षमा १० देखी १५ जनालाई आफूजस्तै क्षयरोगी बनाउने सम्भावना भएको हुदा चाँडो उपचारमा आउन समयमा नै स्वास्थ्य परीक्षण गरौं/गराऔं किनकि कास्कीमा नयाँ पोजिटिभ विरामीको प्रतिशत बढी नै छ।

आ.व.   कुल विरामी     नयाँ खकार पोजिटिभ      नयाँ खकार पोजिटिभ प्रतिशत

२०६५/६६     ५६४   १९१   ३४

२०६६/६७     ५२७   २१४   ४१

२०६७/६८     ५०६   १९५   ३८

२०६८/६९     ४८५   १९८   ४१

२०६९/७०     ४९५   २०९   ४२

ध्यान दिऔं :

–      कास्कीमा ३ प्राथमिक स्वास्थ्य केन्द्र, क्षेत्रीय क्षयरोग केन्द्र र मनिपाल अस्पतालमा निःशुल्क खकार परिक्षण गरी क्षयरोग निदान हुन्छ साथै सबै स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच साथै क्षयरोगको औषधि निःशुल्क वितरण गरिन्छ।

–      पोखरा उप-महानगर पालिकाका ५ वटा वडामा -२, ५, ८, १७ र १८) क्षयरोगका विरामीलाई प्रत्यक्ष निगरानीमा औषधि खुवाइन्छ।

–      पोखरामा शान्ति मेडिकल हल बगर १ र नरहरि पोलिक्लिनिक रामबजार १० बाट क्षयरोगको औषधि निःशुल्क वितरण हुन्छ।

(लेखक वरिष्ठ जनस्वास्थ्य प्रशासक हुन्।सं.)

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width