‘चौबाटो’ अक्सर हामीले भोग्दै र भन्दै आएको शब्द हो। अङ्ग्रेजीमा यस परिभाषिक शब्दलाई ‘क्रस रोड’ ९ऋचयकक च्यबम० भनिन्छ। प्रायः सबै पश्चिमाहरुले मान्दै आएका परम प्रभु ‘यशुु लाई संकेतबाट चिनिने एउटा रेखाचित्र पनि () क्रस। इसामशीलाई त्यत्तिबेलाका पादरी पण्डित र शासकले उनका सत्यवाणीबाट भयभित भएर अर्थात यशुका शिक्षाबाट उनीहरुले धर्मका नाउँमा गर्दै आएको शोषण, अन्याय-अत्याचारको भण्डाफोर हुने देखेर झुठा मुद्दा लगाई मृत्युदण्ड दिँदा यशुलाई सिधा उभ्याएर दुवै हात सिधा दुर्इ दिशा तन्काई किलो ठोकी झुण्डिएको प्रतीक चिन्ह पनि हो क्रश। हाम्रो सर्न्दर्भमा भने एउटा मूल बाटो हिँडेर आएको बटुवा यस्तो बिन्दुमा पुग्छ जहाँ बाटो फाटेको छ। पूर्व-पश्चिम, उत्तर-दक्षिण बटुवालाई थाहा छैन, आफ्नो उद्देश्यमा पुग्न अर्थात् जान भनेर हिँडेको खास ठाउँमा पुग्न कुन बाटो लिनुपर्ने हो। पूर्व-पश्चिम, उत्तर- दक्षिण। अक्सर यो बटुवाबाहेक एक अलमल वा अनिर्णयको मनोदशालाई पनि प्रतिनिधित्व गर्ने शब्द बनेको छ। हुन त नेपालमा सयवटा बाटो भएको ठाउँ पनि छ। हेटौंडा र वीरगञ्जको बीचमा पर्छ यो ‘सौराहा’। तराईतिर वा हिन्दी भाषीले बाटोलाई ‘राह’ भन्छन्। तर चल्तीमा भने चौबाटो नै प्रचलित छ। धेरै ठाउँमा भेटिने अवस्था हो यो।
मैले यो ‘चौबाटो’ लाई नेपाल र नेपाली वर्तमानको अवस्था, भोगाई र अलमलका सर्न्दर्भमा लिएको छु। हामी विगत दुर्इसय पचास वर्ष अर्थात् नेपाल एकीकरण भई एक केन्द्रीय राज्य बनेपछि राजतन्त्रात्मक शासन व्यवस्थाका अन्तरगत रहेर आयौं। यो ‘राजसंस्था’ ले पनि पृथ्वीनारायणदेखि ज्ञानेन्द्रसम्म आउँदा धेरै ‘ओराली, उकाली’ भोग्दै आएको हो। पृथ्वीनारायणपछि त ‘नाबालक’ राजाका संरक्षक बनेर कहिले मुमा रानी र कहिले मुख्तियार ‘प्रधानमन्त्री’ ले शासन गर्दै आए, राजाका नाउँमा। एक सय चार वर्ष राजा राणाहरुको ‘बन्दी’ नै रहे। तर पनि शासन राजा कै नाउँमा चल्यो। राजसंस्थाप्रति जनताको अपार श्रद्धा रहेको कुरा निर्वासनमा रहेका रणबहादुर शाह काशीबाट नेपाल फर्किंदा जनताले दिएको समर्थन र पुरै राज्य शक्ति हातमा लिएर पनि राजाकै नाउँमा ज·बहादुरले शासन गर्नु परेको स्थितिबाट हामीले बुझ्नसक्छौं।
सात सालको जनक्रान्तिको सहयोगमा रहेर राजाले परिवर्तन र प्रजातन्त्रको पक्षधरका रुपमा पनि आफूलाई परिचित गराएका हुन्। सात सालको परिर्वतन पछि केही संवैधानिक र केही सक्रिय राजाको रुपमा राजाको भूमिका रही आएको हो। यिनै ओराली-उकालीबाट चल्दै आएको राजतन्त्र संवत् २०६३-६४ पछि समाप्त भएर नेपाल एक गणतन्त्रात्मक मुलुकमा परिणत भएको वर्तमानको यर्थाथता हो। भलै यो गणतन्त्रात्मक परिर्वतनमा स्वदेशी भन्दा विदेशी शक्ति र चाहनाको बढी हात छ भन्ने पनि छन्। यो एक छुट्टै छलफलको विषय हो। र यो छलफल नेपाली समाजमा पछिसम्म रहने पनि छ।
गणतन्त्रको यस कालखण्डमा नेपाल र नेपालीले अझै निश्चित हाम्रो गन्तव्य यही हो भनेर आफ्नो बाटो समात्न सकेका छैनौं। विश्व परिस्थिति र विशेषतः उत्तर दक्षिणका विशाल छिमेकी मुलुकले धेरै ठूलो फड्को मारिसके। आफ्नो आर्थिक, राजनीतिक एवं सामाजिक शक्तिमा। हामी भने यो अमूल्य दशक अलमलमा बिताएका छौं। चौबाटोमा नै अल्मलिएका र रन्थनिएका छौं। सबै किसिमका वर्गीय, जातीय र क्षत्रीय समेतका द्वन्द्वहरु, जुन केही वास्तविक वा वाञ्छनीय र धेरै कृत्रिम वा अवाञ्छनीय छन्, सबै सतहमा ल्याएका छौं। सबै द्वन्द्वहरु एक साथ सक्रिय बनेका पनि छन्। संक्रमणमा छौं तर संक्रान्ति कहाँ घट्छ, मसान्तपछि संक्रान्ति आउने दिन कुन हो कुनै टु·ो भने छैन। हाम्रो राष्ट्रिय जीवनको धारले कुनै निश्चित दिशा र गति लिन सकेको छैन। यो एक ठूलो संकटको अवस्था पनि हो नेपाल र नेपालीको लागि।
चौबाटो। अब चारराहमध्ये कता लाग्ने हो। मुलुकको राष्ट्रियता, क्षेत्रीय अखण्डता र सार्वभौमिकतालाई सुदृढ बनाउँदै सबै जात-जाति, लि·, वर्ग र समुदायका जनतालाई एकबद्ध गर्दै एक सुस्थिर तर सम्पन्न, लोकतान्त्रिक तर जवाफदेही मुलुक क्रान्तिकारी तर सृजनात्मक समाज निर्माण गर्ने एउटा बाटो छ। अर्को यस्तो संक्रमणमा घट्ने द्वन्द्वले निम्त्याउने भनेको एक सर्वशक्तिमान तानाशाहको बाटो पनि हुन सक्छ। केही कालखण्ड स्थिर शासन त गर्छ, अन्ततः पुन अर्को द्वन्द्व र संक्रमणको अवस्थामा समाप्त हुने छ जस्तो अहिले पुरानो मिश्री सभ्यता, नाइल नदीको सभ्यता भएको मुलुक इजिप्टले भोगेको नियतिको बाटो। तेस्रो छ साना मुलुकको राष्ट्रिय द्वन्द्वको बाटो- अफगानिस्तानको नियति। चौथो बाटो हो देश नै टुक्रिएर पुनः बाइसेचौबिसेमा परिणत हुने बाटो नेपालमा ‘सौराह’ पनि छ भनेर माथि कहिँ उल्लेख छ। यो नेपालको वर्तमान परिप्रेक्षमा एक प्रतीक पनि हो। फेरी राजतन्त्रमा फर्किने। चौराहमा अलमल भएको बटुवा पुनः आफू पहिले जुन बाटोबाट आएको हो पुनः त्यही बाटो र्फकेको पनि पाइन्छ। राप्रपा नेपालका कमल थापाको बढ्दो शक्तिको संकेत हो यो। तर यो पनि आधुनिक समस्याको समाधान हो भन्न गाह्रो हुन्छ। दीर्घकालीन समाधान त हुँदै होइन। माथि चार बाटा मध्ये पहिलो बाटो नै नेपाल र नेपालीको सौभाग्यको बाटो हो। यसलाई अगुवाई गर्ने नेतृत्व अहिले छैन। यही हाम्रो दुर्भाग्य पनि हो।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०