चिन्तित छौ, किन परिवर्तन भइरहेको छैन ?

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७०

मेरो एउटा साथी प्रायः भन्ने गर्नुहुन्छ ‘मानिसलाई पैसा र न्रि्राले कहिल्यै पुग्दैन’। हुन पनि हो, पैसा जति धेरै भयो उति मन बढ्छ र धेरै भन्दा धेरै कुराहरू गर्ने सोच, आँट र जाँगर आउँछ। त्यसैले जति सुत्यो उति सुतौं, सुतौं लाग्ने मानवीय बानीले कसैलाई पनि तृप्ती हुँदैन। बेलुकी ६ घण्टा सुते हुनेमा दिउँसो पनि त्यति नै घण्टा सुतियो भने पनि न्रि्रा लागेकै हुन्छ। धनले धन तान्छ भनेजस्तै न्रि्रालेे न्रि्रालाई नै बोलाउने रहेछ। सकारात्मक तरिकाले कमाएको धनले त लामो समयसम्म काम देला तर लामो समयसम्म सुतेको न्रि्राले केही काम देला र ?

सकारात्मक धनले सोच, आँट र जाँगर बढाउँछ भने धेरै सुत्नाले अल्छीपना, कायरता र नोक्सानी बढाउँछ। धेरै सुत्नाले परीक्षार्थीको परीक्षा छुट्न सक्छ भने, किसानको पानीको पालो। त्यस्तै विदेश जानेवालाको फ्लाइट छुट्न सक्छ भने, नेताहरूको भाषण। त्यसैले बढी सुतेर फाइदा लिन्छ भन्नु हावामा मज्जाको महल र पातालमा तासको मजबुत घर बनाउँछु भन्नु बराबर हो।

‘धन जति भए पनि नपुग्ने र न्रि्रा जति सुते पनि नपुग्ने’ भनेजस्तै अर्को एउटा जति दिए पनि परिवर्तन गराउन नसकिएको भनेको ‘शिक्षकहरूलाई दिइने तालिम हो’। नेपालका स्थायी वा अस्थायी शिक्षकहरूलाई बाह्रै महिनाजसो दिइने हरेक प्रकारका तालिम विद्यार्थीको लागि यति लाभदायकर उपयोगी छन् कि यदि ती सीपलाई व्यवहारिक तरिकाले कक्षा कोठामा इमानदारीपूर्वक लागू गर्न सकिन्छ भने नेपालको माध्यमिक विद्यालयसम्मको (म यहाँ विशेष गरेर मावि अङ्ग्रेजी विषयको बारेमा कोट्टयाउन चाहन्छु) शिक्षामा आमूल परिवर्तन अवश्य ल्याउन सकिन्छ। तर दिक्दार लाग्दो छ, अहिलेसम्म ती तालिममा लिएका उत्कृष्ट सीपहरू विद्यार्थीसमक्ष पुगेकै छैनन्। यसरी विद्यालयको कक्षाकोठासम्म सिकाइएका सीपहरू नपुग्नुमा एक नम्बरत सम्बधित शिक्षक नै अवश्य जिम्मेबार हुने नै भए। दोस्रो भनेको, विद्यालयको प्रशासक हो किनभने तालिम प्राप्त गरेर विद्यालयमा प्रवेश गरेका शिक्षकहरूलाई विद्यालयको प्र.अ.ले उत्साही वा निरुत्साही बनाउन सक्छन्। प्र.अ.ले शिक्षकसँग ‘कस्तो प्रकारको तालिम लिएर आउनु भो, मैले यहाँहरूलाई मेरो व्यक्तिगत र विद्यालयको तर्फबाट के गर्न सक्छु ?’ भनेर सायद कोही प्र.अ. ले आफ्नो शिक्षकलाई सोधेका होलान्। नेपाल सरकार, शिक्षामन्त्रालय वा अन्य सम्बन्धित निकायहरू तालिम प्राप्त शिक्षकहरू थु्र नेपालको माध्यमिक शिक्षाको अङ्ग्रेजी विषयमा थोर बहुत परिवर्तन गर्न चाहन्छ तर तहगत अङ्गे्रजी शिक्षकहरूको दरबन्दीको अभावले गर्दा माध्यमिक विद्यालयको एउटा शिक्षकले एक दिनमा कम से कम ५ देखि ६ पिरियड लगातार पढाउनुपर्ने बाध्यता छ। पढाउनु र सिकाउनु भनेको केवल शिक्षक कक्षामा प्रवेश गर्नुमात्रको सवाल होइन। सवाल हो कोर्ष बुझाएर सकाउनु। कोर्ष नसकाउँदा विद्यार्थी, प्रशासन र अभिभावक आदि कोही पनि आफ्नो दाहिना हुँदैनन् भने कोर्ष जसो, तसो सकाउँदा तै विशेष हुन्छन्।

तालिममा भनेजस्तै शैक्षिक सामग्री खरिद गरेर, निर्माण गरेर वाअरुलाई निर्माण गर्न लगाएर ती सामग्रीलाई कक्षाकोठामा व्यवस्थित तरिकाले प्रयोग गरेर सिकाउँदा ३० दिनमा ५ वटा युनिट सक्नुपर्ने अवस्थामा त्यो कतिको उपादेयता होला ? अति नै  विचार गर्नुपर्ने विषय हो यो। विषयको हिसाबले शिक्षकहरूमा कुनै गुनासो नरहे तापनि शैक्षिक सामग्री प्रयोग गरेर विद्यालयमा अन्य समयमा गएर खट्नुपर्ने हिसाबले शिक्षकहरूले पक्कै पनि दरिद्रता प्रकट गर्छन्। यो वास्तविकता हामीले पनि स्वीकार गर्नुपर्ने हुन्छ। वर्तमान् परिपे्रक्ष्यमा शिक्षकहरूको अर्को कमजोर भनेको विद्यालयभित्र अङ्ग्रेजी वातावरण बनाउन नसक्नु हो। तर मैले पटक-पटक भोगेको छु, कक्षाकोठा भित्र २ जना नेवार जातिका विद्यार्थी सँगसँगै बस्दाको अवस्थामा आफ्नो मातृभाषामा खुसुखुसु कुरागर्दा रहेछन्। त्यस्तै समस्या रहेछ सँगै बस्ने २ जना मगर छात्राकोे। शिक्षकले अङ्ग्रेजी सिकाउँदा त उनीहरू त्यसलाई आफ्नो स्थानीय भाषामा पो रूपान्तरण गरिरहेको अवस्थामा भेटियो भनेपछि त्यहाँनेर अङ्ग्रेजी भाषा वा विषय सरासर तेस्रो चरणमा पो प्रतित भयो। यसलाई उनीहरूले सिक्ने एउटा काइदा भनूँ कि विडम्बना ? हुन पनि आफ्नो स्थानीय भाषा हुनेहरू चाहे प्रकटित रूपमा होस् वा अप्रकटित रूपमा आखिर सबैको अवस्था त एउटै प्रकारको हो जस्तो मलाई लाग्छ।

कक्षा ९ र १० का विद्यार्थीमा केही हदसम्म म्याचुरिटी आएकोले पनि हुन सक्छ कक्षा हापेर जोडी मिली डेटिङ् समेत जान लागेका छन् भने त्यसको असरले अन्य विद्यार्थीमा चाहे हाँसीमजाकको रूपमा होस् वा इष्र्याको हिसाबले उनीहरूमा मनोवैज्ञानिक असर अवश्य परेको हुन्छ।कतिपय विद्यार्थी आफ्ना छरछिमेकी दाजुहरूको रवैया देखेर पैसा कमाउनको लागि विदेश जानेतिर सोच बनेको पनि हुने रहेछ। विद्यालयको शिक्षा प्राप्त गरेर ठूलो मानिस बन्ने भन्दा विदेशबाट धेरै पैसा ल्याएर ठूलो घर बनाउने भन्ने सोचले १५।१६ वर्षका लक्का जवान विद्यार्थीलाई त्यतातिर आकषिर्त गरेकोले हाम्रा कक्षाको नियमित पढाइ आकषिर्त हुन नसकिरहेको परिपे्रक्ष्यमा आजका शिक्षकहरू हारिरहेको महसुस गरिरहेका छन् भन्दा कुनै आपत्ति नहोला।

‘लोकसेवाबाट लिइने विविध परीक्षामा २२ जनाको दरबन्दीको को लागि १२ हजारको दरखास्त पर्नुबाट पनि कति चुनौतीपूर्ण छ नेपालमा जागिर प्राप्त गर्न’ भन्ने कुरा स्वतः सिद्ध हुन्छ। अर्को कुरा जति भने पनि गाउँका विद्यालयको पढाइ त्यति आकषिर्त नभएको कुरो ध्रुव सत्य हो। प्रशासनको आँखा भनूँ वा कामकाजले गर्दा अभिभावकहरूको चासो सम्बन्धित विद्यालयमा नपुगेको परिप्रेक्ष्यले भनूँ वा त्यहाँको विविध संस्कृतिको कारणले भनूँ त्यहाँको वातावरण शिक्षामय हुन सकिरहेको छैन। अधिकाँश विद्यार्थी पढाइप्रतिको प्रतिस्पर्धाको गहकिलो स्वादभन्दा क्षणिक आर्थिक स्वादको लहैलहैमा लाग्नु वर्तमानको हाम्रो यथार्थता हो। एक जना मास्टर लेवल पास गरेको साथीले मलाई भन्नुहुन्छ ‘आखिर मानिसलाई पैसा चाहिएको छ, त्यसको लागि हरेक व्यक्तिले अवसर खोजिरहेको हुन्छ। -कहाँ जाँदा र के गर्दा हुन्छ उसले त्यही गर्न खोज्छ।) त्यसको अन्य विकल्पभन्दा सजिलो उपाय भनेको विदेश जानु नै हो। त्यसपछि विविध व्यवसाय भनेको उताबाट पैसा कमाएर आएपछि मात्र सोचिन्छ। यस्तैयस्तै सोचाइबाट प्रभावित भएर नै होला युवावर्गहरू भन्न थालेका छन् -पैसा, खुदातो नहीं मगर खुदा से कम भी नहीं’।

नेपालको लोकसेवा आयोगको परीक्षाको निश्पक्ष्यता (केही अपवादलाई छाडेर) देखि कतिपय विद्यार्थी उनीहरूको कलिलो उमेर देखि नै डराएका हुन्छन् भने कतिपयले त्यहाँसम्म जाने हिम्मत गरेका हुँदैनन्। विगतको केही वर्ष अगाडि अधिकाँश जनजातिले उनीहरूको छोराहरूलाई भारतीय फौजमा भर्ति गराउनको लागि कक्षा ८ सम्म जसरी भए पनि पास गराउनको लागि धमरधुस गर्नुहुन्थ्यो  भने वर्तमानमा त्यो पनि करिब, करिब समाप्त हुन लागेको अवस्था छ। वर्तमानको शिक्षा केवल सजाएर राख्नको लागिदिइने एक प्रकारको फ्रेमी वस्तु भएको छ। समय, इच्छा र फुसत भएमात्रै पढ्ने विषय भयो शिक्षा। सीप, रोजगार र पैसाको लागि यसको कुनै उपादेयता नसोचिएपछि, नेपालको शिक्षामा आमअभिभावकको विश्वास नरहेको प्रष्ट छ। शिक्षकहरूको करले मात्रदिने शिक्षामा नयाँपन, नयाँ सोच, नयाँ जिम्मेवारी र नयाँ चुनौती थपिए तापनि त्यो शिक्षकमा मात्रै सीमित रहेको हालको तीतो यथार्थलाई हामी सबैले स्वीकार गर्नुपर्छ। त्यसैले यसको आमूल परिवर्तनको लागि अभिभावकले शिक्षाको महत्त्व बुझेर मात्र होइन कि आफ्नो बालबालिकाको लागि गर्नुपर्ने निगरानीको मात्रामा यथेस्ट वृद्धि गरी विद्यालयसँगको नातालाई न्यानो बनाउन जरूरी छ। आफ्ना छोराछोरा छोरीलाई विद्यालयमा पठाउँदैमा अभिभावकको सतप्रतिशत जिम्मेवारी पूरा भो भन्ने सोच्नु मुर्ख्यार्र्इं हुने छ। त्यतिमात्र होइन आफ्ना बाबुनानीको स·तको जाँचबुझ, उनीहरूको आनीबानी, समयको हुरीसँगै उनीहरूमा आएको  सकारात्मक र नकारात्मक हरकतको लेखाजोखा नगर्ने बाबुआमाले भविश्यको दुःखदायी भ्रमको खेती आजैबाट गर्दै हुनुहुन्छ।

विद्यार्थीको अगाडि ‘त्यो हाम्रो पार्टीको शिक्षक होइन’ भन्नु, ‘छोराछोरीहरूलाई नकारात्मक कुराहरूको मात्र परिणाम स्वीकार गर्न लगाउनु, विश्व परिवेशको चुनौतीपूर्ण अवस्थासँग लड्नुपर्छ भन्ने भन्दा सजिलो र हार स्वीकार गर्ने मनस्थितितिर बालकहरूलाई उद्यत गराउनु, आदर्श, नैतिकवान र परिश्रमी बनाउनेतिर लाग्नु भन्दा छोटो र घटिया बाटो रोज्नतिर लालयित बनाउनुले नेताको अकर्मण्यताले विगारेको देशमा झनै घिउ थपेर ताली पड्काएको भएन र ? ‘हो पक्कै भएको छ।’ त्यसैले त शिक्षकले दिनरात मेहनत गररे सिकाएको सिकाइ विद्यार्थीलाई होइन कि ४ भित्तालाई पढाएको/सिकाएको जस्तो भएको छ। जो आति नै दुःखको विषय हो।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width