‘माया गर्नुको अर्थ सिउँदो भर्नु होइन
सिउँदो भर्नुको अर्थ माया गर्नु होइन’
सुगम-संगीतको यो, अजम्बरी गीत नसुन्ने श्रोता बिरलै होलान् । यो गीतमा गायक शिशिर योगीले स्वर भरेका छन्। संगीत बि.बि. अनुरागीको छ भने शब्द शिल्पकार शिव ‘पलाँस’ रहेका छन्। यसै गीतका श्रष्टा/गीतकार शिव ‘पलाँस’ बारे विषय केन्द्रित रहेको छ।
शिव पलाँस र उनको गीतकारीताबारे एकपटक पत्रिकामा लेख लेख्ने विचार पहिलेदेखि नै नआएको होइन तर व्यस्तताको कारण पनि शिव पलाँसको गीत र साहित्यप्रतिको दृष्टिकोणलाई प्रस्तुत गर्न सकिएको थिएन।
नेपालको पश्चिमी जिल्ला स्याङ्जाको किचनास गाउँ विकास समिति वडा नं. ९ मा जन्मेका यी श्रष्टाले ‘माया गर्नुको अर्थ सिउँदो भर्नु होइन’ बोलको गीत सृजना गरे। वास्तविक नाम शिवकुमार अधिकारी भएका यी गीतकारले गोठालो जाँदा ख्याल-ख्यालमा रचेको गीतले संगीत बजारमा तहल्का पिट्यो। त्यसपछि क्रमशः उनको गीतकारीताले देशभरि चर्चा पाउन सफल भयो । बजारमा त्यो गीत निकै राम्रो चल्यो तर शिव पलाँसको भने खासै चर्चा भएन । उनी भन्छन्, ‘आज पनि म कतै बसमा यात्रा गर्दा, बाटोमा हिड्दा मेरा गीतहरु बजिरहेको सुन्छु। तर मेरै छेऊमा बसेको यात्रीले त्यही गीत गुन्गुनाइरहेको हुन्छ परन्तु, आफूलाई भने चिन्दैन।’ उनी थप्छन्, ‘हुन त राज्यले नै कलाकार र उसको कलालाई चिन्दैन र बुझदैन भने बाँकी दुनियाँसँग के आशा गर्नु र∕ तर पनि सृजना बाँच्न सकेको खण्डमा सर्जक पनि आफ्नो सृजनाका कारण बाँचिरहन्छ ।’
विमोचन, हिमाल, नेपाल, मधुपर्क, राजधानीजस्ता राष्ट्रियस्तरका थुप्रै पत्रपत्रिकामा शिव पलाँसका साहित्यिक लेख रचना पढिरहन पाइन्छ। कहिलेकाही उनीसँग गजल सन्ध्या, मुक्तक मञ्च, समता काव्य साँझ आदिमा मेरो भेटघाट र साहित्यिक भलाकुसारी भैरहन्छ। विक्रम संवत् २०५८ सालबाट पोखराको स्थानीय पत्रपत्रिकाहरुमा आफ्ना रचनाहरु प्रकाशित हुन थालेपछि उनी विस्तारै पोखराको साहित्यिक माहौलमा छिर्न पुगे। तर विक्रम् संवत् २०६० सालदेखि उनले गीत लेख्न थाले र उनको साहित्यिक व्यक्तित्व गीततर्फ ढल्कियो। त्यसपछि उनका माया गर्नुको अर्थ सिउँदो भर्नु होइन, मनमा राख मलाई, मेरो माया तिमीलाई, गन्दै जाँदा पिरतीमा, बेहोशीमा छाडिगयौजस्ता गीतहरु रेर्कर्ड हुन थाले। पोखरास्थित वीरेन्द्र मेमोरियल सेकेन्डरी स्कूलका प्राचार्यसमेत रहेका गीतकार शिव ‘पलास’ आफूलाई ‘पलाँस’ हुँ भने पनि उनको गीतहरु गुलाफ भएकोमा कुनै दुर्इमत छैन।
अंग्रेजी साहित्यमा एम.ए., बि.एड. गरेका गीतकार शिव ‘पलाँस’ गम्भीर हुँदै भन्छन्, ‘हेर्र्नुस् मान्छेले सपना देख्छु भनेर देख्दैन गीत लेख्छु भनेर लेखिदैन। दिमागमा कुन अवस्थामा कस्तो गीत आउँछ यसै भन्न सकिदैन। त्यसैले गीतको सृजनालाई उनी साहित्यिक दुर्घटना भनेर परिभाषित गर्दछन् । गीतकार ‘पलाँस’ राज्यले बेवास्ता गरेको कारण गीत-संगीतमात्र हैन समग्र कला क्षेत्र माथि उठ्न नसकेको बताउँछन्। तर यहाँ मान्छेलाई मान्छेले उसको बाहिरी आवरण र बनावटी व्यवहार हेरेर मुल्याकंन गर्छन श्रष्टाको प्रतिभालाई बुझदैनन्। कलाकारको प्रतिभा र सिर्जनाको मूल्यलाई नबुझने वर्तमानका मान्छेहरुकै कारणले आज साहित्यमा समेत हरेक लेखकले, हरेक गीतकारले आफ्नो अमूल्य सिर्जनाको अवमूल्यन भएको महसूस गरेका छन्। यस्तो अवस्थाले आफूलाई बिथोलेको उनको गुनासो छ । सुरेश अधिकारी, राजु सिंहजस्ता संगीतकारले लामो दौडको घोडा भएर करिअरको सुरुवातमै अत्तालिन नहुने भनेर सम्झाएको कुरा उनी स्मरण गरिरहन्छन् । ‘पलाँस’ गीत भनेको मुडमा निर्भर हुन्छ भन्छन् । कुनै गीत १० मिनेटमा पूरा हुने तर कुनै गीत लेख्न महिनौँसम्म पनि लाग्ने उनको अनुभव छ।
प्रेम र प्रणयका गीतमात्रै लेख्छ भन्नेहरुको प्रतिवादस्वरुप ‘पलाँस’ले यो गजल लेखेका छन्। देशभक्तीको भावले ओतप्रोत यो गजल नरेन्द्र प्यासीले गाएका हुन् भने ठाकुरप्रताप दुलालले संगीत गरेका हुन्।
‘हिमाल, पहाड, तराइसँग हातेमालो गर्न पाउँ
तिर्खा लाग्दा अञ्जुलीमा मेचीकाली भर्न पाउँ’
सृजनाको आफ्नै मूल्य हुन्छ। अब बिनापारिश्रमिक गीत लेख्न सकिदैन। उनले भने संगीतकारले त संगीत र एरेञ्जबाट कमाउँछ । गायकले स्टेजबाटै राम्रो आम्दानी गर्छ, भने गीतकारले के गर्ने त – गीत लेखेर भोकभोकै मर्ने त, कर्मयुग जी – गीतकार ‘पलाँस’ प्रश्न गर्छन् । गीत बजिरहेको बेलामा मिडियाले गीतकारको समेत नाम नलिनु बिडम्बना नै मान्छु, उनले भने । सन्तोष रुचाल, चन्दादेवी, शिशिर योगी, नरेन्द्र प्यासी हुँदै उनी यतिबेला वरिष्ठ गायक, संगीतकार दीप श्रेष्ठसम्म पुगेका छन्।
सुगम-संगीत किन धरासायी बनेको भन्ने जिज्ञासामा उनले भने-’कि अहिले चलेका हिट गीतका कतिपय गीतकारले गीतका आधारभूत तत्वको समेत अध्ययन गर्दैनन्।’
उनी पुराना पुस्ताका गीतकारहरुलाई भने निकै सम्मान गर्छन् । उनले म बैशालु भावनालाई गीत, सुस्केरालाई संगीत र ट्युनरले गाएको गीतको आवाजलाई स्वर स्वीकार्ने पक्षमा छैन भन्छन् उनी आफू संगीतको किसान भएकाले संगीतका व्यापारीहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने विचार राख्छन्। गीतकार शिव ‘पलाँस’ भनेका पोखराले जन्माएका राम्रा गीतकार हुन् भनेर पोखरालगायत सबै साहित्यकारले बुझनुपर्ने होइन र ? किनकि उनले थुप्रै मीठा र उत्कृष्ट गजल, कविता, लेख र गीत लेखिरहेका छन् र हामीले निरन्तर पढिरहेका छौँ।
पश्चिमाञ्चलस्तरीय गजल प्रतियोगिता र मस्याङ्दी वाङ्मय प्रतिष्ठान काठमाण्डौँद्वारा आयोजित खुला कविता प्रतियोगितामा पुरस्कृत भएका यी श्रष्टाले हात हालेपछि कुनै प्रतिस्पर्धाबाट खालि हात फर्केका छैनन्। तैपनि प्रतिस्पर्धामा सधैँ सही मूल्याङ्कन हुन नसक्ने र साहित्यकारहरुमा देखिने अनेक आग्रह-पूर्वाग्रहले गर्दा उनी आजकल साहित्य कर्ममा कम सक्रिय छन् । साँच्चै हो सिर्जनाको पनि मूल्य हुनुपर्छ र प्रतिभाको पनि सम्मान र कदर हुनुुपर्छ । नेपाली साहित्यिको विशाल भण्डारलाई माथि लैजाने काम हामी सबै साहित्यिक व्यक्ति र संस्थाहरुले सामूहिक पहलमा गर्नुपर्दछ भन्ने उनको बुझाइ छ । उनले प्रगतिशील लेखक संघ कास्की, अखिल नेपाल शिक्षक संगठन कास्की, जनसाँस्कृतिक महासंघ कास्कीमा रहेर पनि काम गर्ने अवसर पाएका छन्।
संगीतकार सञ्जुकुमार थापा र गायक खेम गुरुङसँग मिलेर उनले नयाँ एल्बम ‘बबाल’ बजारमा ल्याउँदै छन्। एल्बमको शीर्ष गजलको पहिलो शेर यस्तो छ।
‘साह्रै नशालु हेर्यौ बवाल गर्यौ नि मैया
बढ्यो मुटुको गति कमाल गर्यौ नि मैया’
कोमल हातमा मिठा बातमा…बोलको आफ्नो गीत सन्तोष कोन्मेको नाममा सञ्चारमाध्याममा छाएपछि त्यो काण्डले पोखरा र राष्ट्रिय स्तरमा ठूलै तरङ्ग ल्यायो। त्यसपछि आफ्नो गीत चोरी भएकोमा उनले सार्वजनिकरुपमै आपत्ति व्यक्त गरे र आफ्नो नैतिक विजय गरेर छाडे। साथै यस विषयमा उनले कानुनी उपचार पनि खोजिरहेका छन्। जिन्दगी त्यस्तो कुनै ठूलो सपना नदेखेका शिव ‘पलास’को एउटै चाहना छ। संगीतको महासागरमा एक अञ्जुली सङ्लो पानी थप्ने उनको सदीक्षा पूरा होस् हाम्रो सतत् शुभकामना छ।
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१