गौरवका साथ भनौँ : हामी नेपाली हौँ“

आदर्श समाज सम्वाददाता
पौष २७, २०७२

आजभन्दा करिव दुर्इ सय ५० वर्ष अगाडि स-साना क्षेत्रफलका राज्यहरू रहेछन्। त्यो समयमा खण्ड-खण्डमा प्रशासनिक इकाइका रुपमा अवस्थित ती साना राज्यलाई एकत्रित गरी समृद्ध राष्ट्र निर्माण गर्ने सोच र साहसिक कार्यमा सफल हुने महान व्यक्तित्व गोरखाका राजा श्री ५ पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको निर्माण परिकल्पना गरे। उनी आधुनिक नेपालको सिंगो निर्माता बनेको इतिहास हाम्रा सामु छन्। उनै प्रतापी भूपति श्री ५ पृथ्वीनारायण शाहप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै गौरवका साथ भनौँ, हामी नेपाली हौँ।

श्री ५ पृथ्वीनारायण शाहको जन्म विक्रम संवत् १७७९ साल पुस २७ गते गोरखामा भएको थियो। उनका पिता राजा नरभूपाल शाह र आमा कौषल्यावती हुन्। पृथ्वीनारायण शाह गर्भमा हुँदा एउटा अनौठो घटना घटेको थियो भन्ने इतिहासमा उल्लेख भएको पाइन्छ। एक रात महारानी कौशल्यावतीले सूर्यलाई निलिरहेको सपना देखिन। तत्काल निन्द्रा खुलेपछि उनले सपनाका सबै कुरा आफ्ना पतिलाई सुनाइन्। राजा-रानी सपना राम्रो भएकाले अब निदाउनु भएन भनी कुरा गरी बसिरहे। यो सपनाले प्रभावशाली, वीर, पुत्र जन्मने संकेत गरेको अनुमानबाट उनीहरू खुशी भएका थिए। राम्रो सपना देखिसकेपछि ननिदाइ उज्यालो भएमा सपनाको फल राम्रो प्राप्त हुने मान्यतामा यो ऐतिहासिक कथ्य आधारित छ।

पृथ्वीनारायण शाह आमाको गर्भमा सात महिना पुग्दा, यस धरतीमा जन्म लिएका ‘महामानव’ हुन्। बालक हुँदा पनि अको अनौठो घटना घटेको कुरा इतिहासमा उल्लेख छ। बालक पृथ्वीनारायण शाह घुमफिर गर्दा गर्दै एकदिन गोरखनाथको गुफा पुगे। गोरखनाथले जोगीको रुपधारण गरी उनीसँग दही मागे। बालक पृथ्वीनारायण शाहले आफ्नी आमासँग दही मागेर ल्याएको देखेर जोगी खुशी भए। जोगीले त्यो दही आफूले नसकेर जुठोमात्रै पारेर पृथ्वीनारायण शाहलाई खान दिए। राजकुमारले जोगीकोे जुठो दही सरसर खान सकेनन्। फलत् : हातबाट दही बालकको गोडामा पर्‍यो। गुरु गोरखनाथले भने-‘ए बालक तिमीले यो दही खाएको भए तिमिले जे बोल्थ्यौँ, त्यो पुग्दथ्यो। गोडामा खसेकाले तिमीले हिडेको जति ठाउँ त्रि्रै राज्य हुनेछ।’ त्यसपछि जोगी रुपका गोरखनाथ अलप भएको कथ्य पनि छ। साच्चै जोगीले भनेजस्तै भयो र पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने काममा ठूलो सफलता पाए।

शाहको स्वभाव राम्रो थियो। उनको स्वभाव सरल र मिजासिलो भएको हुँदा सबैसँग मेलमिलाप राख्न श्रेयस्कर मान्ने उनको विशेषता थियो। उनको शासनकालमा जनता सुखी र खुशी थिए। उनी प्रजाको भलाइ नै आफ्नो मूल कर्तव्य ठान्दथे। उनी योग्य राजा र उदार व्यक्ति भएका कारण राज्य जितेका देशका प्रजासँग झनै मेलमिलाप गर्दथे। मेरो राज्य ‘चार वर्ण छत्तीस जातको साझा फूलवारी हो’ भन्ने उनको मान्यता थियो। जनताको प्रगति, उन्नति उनको अभिलाषा थियो। प्रजा बलियो भएमात्र सरकार बलियो हुन्छ, भन्ने उनको मान्यता थियो। त्यसै मान्यताका आधारमा उनले योग्य व्यक्तिहरू खोजीखोजी नोकरीमा भर्ना गराएका थिए।

शाहले देशमा व्यापार बढाउने इच्छा राखेर तिब्बतसँगको व्यापार नेपालबाटै हेर्न चाहन्थे। व्यापार नेपालकै हातमा हुनुपर्दछ भन्दथे। विदेशी व्यापारी, माहाजनहरू स्वदेशमा भित्र्याइयो भने उनीहरूले दुनियाँलाई कंगाल बनाइ छाड्दछन् भन्ने ठहर थियो। उनले विदेशी कपडा झिकाउन पनि रोकीदिएका थिए। स्वदेशी व्यवसायलाई प्रोत्साहन गराउनुपर्दछ भन्ने मान्यतामा उनी भने विदेशमा माल निर्यात गरी रुपैयाँ खिचेर ल्याउनु पर्दछ भन्ने सोच राख्थे। शाहले विदेशी नटुवा (नाचगान) गर्नेहरूलाई पनि नेपाल छाड्न लगाएका थिए। धर्ममा दखल पर्ला भनी शाह धर्मर्कर्ममा पनि कट्टर थिए।

शाहको समयमा न्याय, इन्साफ अत्यन्त राम्रो थियो। कसैमाथि भेदभाव थिएन। उनी बुद्धिमान र परिश्रमीको कदर गर्दथे। उनको कार्यकालमा न्यायका लागि पञ्च भलादमीको समुदायले झैझगडा मिलाउथे। पृथ्वीनारायण शाहले आन्तिम समयमा आफ्ना भाइभारदारहरूलाई उपदेश दिएका छन्। ती उपदेशलाई उनको दिव्योपदेशका रुपमा अहिले पनि उत्तिकै मननयोग्य र अविष्मरणीय मानिन्छ। ती उपदेश यसप्रकार छन् :

१) शाहले नेपालीलाई आफ्नो कुलधर्म नछाड्न उपदेश दिएका छन्। उनले नेपाललाई असल हिन्दूस्थान हो भनेका छन्। यसको अर्थ हुन्छ, हिन्दूको मूल वासस्थान भएको वास्तविक स्थान हो भन्ने हामीले स्पष्ट हुनुपर्दछ।

२) पृथ्वीनारायण शाह देशका जनता स्वावलम्वी हुनुपर्छ भन्थे। स्वदेशी उद्योग, व्यवसाय बढाउनु पर्दछ भन्ने उनको उपदेश थियो। स्वदेशी उद्योगधन्दा बढेमा मात्र देशको अवस्था राम्रो हुन्छ भन्ने उनी विदेशीमा भर पर्नु हुँदैन भन्ने मान्यतामा अडिग थिए।

३) पृथ्वीनारायण शाहले नेपाललाई ‘दुर्इ ढुङ्गाको बीचमा रहेको तरुल’ भनेका छन्। नेपाल भारत र चीनको बीचमा रहेको तथ्यलाई औंल्याएर उनले यसो भनेका थिए। नेपालले आफ्नै स्वतन्त्र नीति अपनाउन सकेन भने यसको स्वतन्त्र शक्ति हराउँछ भन्ने उनको मान्यता थियो।

४) पृथ्वीनारायण शाह राजा र प्रजबीच राम्रो सम्बन्ध हुनुपर्दछ भन्दथे। यसैलाई लिएर उनी भन्दछन्-राजाका भण्डार भन्याका रैतानहरू हुन्, प्रजा मोटा भया दरबार बलियो हुन्छ। राज्यले न्याय निसाफ हेर्र्नुपर्दछ। मुलुकमा अन्याय हुन दिनुहुँदैन्।’ शाहले सिपाही र रैतीलाई राज्यका आधार मानेका छन् र रैती र सिपाही मिलाएर राख्न पनि सल्लाह दिएका छन्। यसो भएमा देशभित्र कुनै गोलमाल र व्रि्रोह हुन पाउँदैन। आज पनि उक्त विचार उत्तिकै सान्दर्भिक, सत्य र सार्थक छ।

५) शाहले प्रजातान्त्रिक प्रणालीलाई मानेका थिए। उनी प्रधानमन्त्रीको चयन गर्दा प्रजाको राय, सल्लाह लिन्थे। जनचाहना अनुरुपको व्यक्तिलाई नै प्रधानमन्त्री बनाउँथे। उदाहरणका लागि पृथ्वीनारायण शाहले आफूले मन पराएका व्यक्ति बिराज बखेती थिए तर जनताको चाहना कालु पाडेँ थियो। त्यसैले उनले कालु पाडेँलाई प्रधानमन्त्री बनाए। यसरी देशको शासनमा कुनै न कुनै रुपमा प्रजालाई संलग्न गराउनुपर्दछ भन्ने प्रजातान्त्रिक शासन प्रणालीको आधारभूत सिद्धान्तलाई पृथ्वीनारायण शाहले व्यवहारमै उतारेका थिए।

६) कला, कौशल जुनसुकै मानिससँग सिके हुन्छ। शाह आफैले पनि बन्दुक बनाउने तरिका भगुवा-भागेर आएका) मुसलमानसँग सिकेका थिए।

७) ‘खानी भएका ठाउँमा गाँउ भए पनि घर बस्ती अन्यत्र सारी खेती गर्नू’ भन्ने पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख छ। आजको बढ्दो जनसंख्याको युगमा यो उपदेश कत्तिको सन्दर्भिक छ सोच्नु जरुरी छ कि –

८) नाचगानमा भुल्दा धन र समय उडेको पत्तो पाइँदैन भन्ने उनको ठम्याइ थियो। विदेशी नाचगानमा भुल्दा देशको भेद खुल्न सक्ने भएकाले त्यस्तो नाच हेर्न हुँदैन भन्ने उनको विश्वास थियो। मनोरञ्जनका लागि स्वदेशी नाचगान हेरे पनि हुन्छ र स्वदेशी गीत सुने हुन्छ भन्ने कुरामा शाहले धेरै जोड दिएका छन्। यस उपदेश कार्यान्वयन भएमा आफ्नो लोकगीत र लोक सँस्कृतिको विकास गर्न सकिन्छ।

शाहका उपदेश दुर्इ सय ५० वर्षपछि पनि उत्तिकै सान्दर्भिक छन्। महत्वपूर्ण र उपयोगी लाग्ने उपदेशहरू पालना गर्ने राज्य स्तरबाटै नीति निर्माण गर्ने हो। शाहले भावी उत्तराधिकारीले पनि पालना गर्दै जाऊन् भन्ने सल्लाह, सुझाव दिएको पाइन्छ। उनी हिन्दूधर्म मान्थे त्यसैले हिन्दूधर्म र सँस्कृतिको संरक्षण गर्न चाहन्थे। शाहले नेपालको एकीकरण गर्न सफलता प्राप्त गरेका कारणले नै हामीले आफूलाई नेपालीको रुपमा विश्व समुदायमा परिचित गराउनसक्ने गौरव प्राप्त गरेका छौँ। यसरी उनले नेपाल देश र नेपाली जनतालाई अमर बनाउने काम गरेका छन्। उनको यो कामले गर्दा पृथ्वीनारायण शाह नेपाल र नेपालीको अस्तित्व रहँदासम्म अमर रहिरहने छन् भन्नेमा कुनै शंका छैन्। शाहको जीवन गाथाबाट राष्ट्र र जनताको हितप्रति समर्पित राजनेताले राष्ट्र र जनताबाट सधैँभरि सम्मान पाउँछ भन्ने कुरासमेत प्रस्ट हुन्छ। शाह नेपालका महान विभूति हुन्। नेपाल तथा नेपाली अनन्तसम्म उनको उनको ऋणी रहनेछन्। पृथ्वीनारायण शाहको राष्ट्रवादमा आफ्नो धर्म, सँस्कृति, सीप, भेषभूषा, उद्योग, व्यापार जोगाउने प्रस्ट अवाधारणा छ। सबै जनतालाई रोजगारीको व्यवस्था मिलाउने, आर्थिकरुपमा राष्ट्र र जनतालाई आत्मानिर्भर गराउने, विदेशीलाई देशको चर -छ्रि्र) नदिने आदि मार्ग छन्। विदेशीलाई समान व्यवहार गर्ने, देशमा वासेवास गर्ने सबै जाति, धर्म, व्यवसायका मानिसबीच एकता कायम गराउने, एकले अकोर्लाई सदा सहयोगको भावना राख्नेजस्ता देशभक्ति र राष्ट्रवादका प्रमुख विशेषता थिए।

पौरस्त्य दर्शन र सभ्यता जोगाउन एकीकरण अभियान थालेका पृथ्वीनारायण शाह दक्षिण एसियाकै पहिलो चिन्तक थिए। त्यस्तो महान सोच भएका व्यक्ति त्यो समयमा कोही जन्मेको पाइएन। त्यो बेला उनले जोगाएको सम्पदा यति बेला क्षतविक्षेत बनाइएको छ। शाहको न्याय प्रणाली प्राच्य वैदिक र शास्त्रमा आधारित थियो। राष्ट्रिय एकता र एकीकरणको रसायन पनि त्यही आधारमा रहेको पाइन्छ। शिक्षा पद्धति जीवन पद्धतिमा आधारित शिक्षा थियो। पृथ्वीनारायण शाहले भू-क्षेत्रको मात्र एकीकरण गरेनन्, उनले प्राकृतिक, साँस्कृतिक, वैदिक सभ्यता र मानवीय पक्षको पनि एकीकरण गरे। एउटै नदिले धेरै रजौटालाई समेट्दछ, एउटै वनर र पहाडले धेरै समाजलाई समेट्दछ। तीनको सही संरक्षण गर्न पनि ती देशको एकीकरणको आवश्यकता महसुस गरिएको थियो। शाहको चार वर्णक्षत्तीस जातको साझा फूलबारी पूर्णरुपमा क्षतविक्षत पारी भत्काउने काम यति बेला भएको छ। सँस्कृति र अन्तरनिर्भर सँस्कार पनि भत्काइएको छ। सत्तामा रमाउनेहरूमा ज्ञान, सीप, क्षमत, विवेक नभएर यसो भएको हुनसक्छ। शाहलाई बेलायतका राजा एगवर्टसँग दाज्न सकिन्छ। बेलायतका राजा एगबर्ट सन् ८२९ मा बेलायतलाई एकीकृत गरेका थिए। बेलायतलाई अहिले पनि संयुक्त अधिराज्य भनिन्छ। उनका वंशजले अहिलेसम्म त्यहाँको राजपाट चलाइआएका छन्। उनीहरूले बेलायतको एकता, अखण्डता, स्वतन्त्रता र स्वाभिमान जोगाएको इतिहास छ।

नेपालको वर्तमान अवस्थामा राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदानको कदर त भएन-भएन उनको सालिकसमेत भत्काएर, ढलाएर अपमान गर्ने काम भएको छ। अराजकताको अवस्था देशको स्वाभिमान, आफ्नोपन बिर्सिएर विदेशीको हस्तक्षेपबाट मुलुकमा अराजकताका श्रृखंला बढ्दै छन्। भएको स्वपन पनि दिनानुदिन इस्खलन भएको छ। यति बेला मुलुकमा पुखाले छाडेका मननयोग्य उपदेश र वाण्नीको पनि उपेक्षा गरिएकाले देशमा दिनानुदिन सङ्कट आइलागेको छ। सरकारको ढुलमुले नीतिले समन्वय नहुँदा कहिले भारतनजिक त कहिले चीननजिक भएको अवस्था छ। कसैको पोल्टामा पोखिने कहिले कसैको पोल्टामा पर्ने गर्दा नेपाल र नेपाली जनताले इतिहासमा नभोगेको दुःख, कष्ट यति बेला भोग्न वाध्य भएका छन्।

देशलाई अहिले टुक्रा-टुक्रा पार्ने काम भएको छ। जनता व्रि्रोहमा उत्रिएका छन्, मर्नेमार्ने काम भएको छ। देशमा भाँडभैलो मच्चाउने विदेशी चर (छ्रि्र)ले स्थान पायो। पृथ्वीको आत्मा अशान्त पक्कै भयो। किनकी त्यो महान आत्माले देशको समृद्धि जनतामा सुख, शान्ति समुचित विकासको चाहना राखेको देशमा अहिले मधिसे र पहाडियाको झगडा मच्चाउने विदेशी ध्रुत स्यालहरू सफल भएका छन्। ढिलै भए पनि नेपाली-नेपालीमा वैमनस्यता ल्याउने तत्वहरूको पहिचान गरी पुनः नेपाली जनता एकताको शुत्रमा बाधिँने छौँ।

अन्तमा, राष्ट्रनिर्माता शाहको दुर्इ सय ९४ औँ जन्मजयन्ति एवं राष्ट्रिय एकता दिवका अवसरमा हार्दिक श्रद्धा सुमन अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गर्दछौं। उनको दिव्योपदेश मनन् गरौँ र भनौँ : ‘जय- पृथ्वी।’ सबैमा चेतना भया !

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width