यही २३ मार्च २०१५ को भारतीय पेन्सन क्याम्प पोखरामा प्रथम गोर्खा राइफल्स रेजिमेन्ट र तेस्रो गोर्खा राइफल्स रेजिमेन्टले २०० औँ (सन् १८१५-२०१५) वाषिर्क उत्सव समारोह मनाए। गोर्खाली फौजले इस्ट इण्डिया कम्पनीसँग वीरतापूर्वक लडेको देखेपछि गोर्खालीलाई सन् १८१५ मा व्रिटिश सेवामा भर्ती लिइएको थियो। त्यसैको २०० वर्ष पुगेकाले उपरोक्त दुर्इ रेजिमेन्टले नेपालमा बस्ने आफ्ना पूर्व सैनिक र उनका परिवार सहित एकत्रित भई महान ऐतिहासिक २०० वर्षको सम्झना गरेका थिए। यस अवसरमा दुवै रेजिमेन्टका उच्च ओहदामा रहनु भएका उच्च अधिकारी, हाल सेवामा रहनुभएका र सेवानिवृत्त भएका व्यक्ति र तिनका परिवारको रमाइलो जमघट थियो। उक्त अवसरमा विभिन्न भारतीय युनिटबाट सेवा निवृत्त अधिकारी र उनका श्रीमती सहित आमन्त्रण गरिएको थियो। उक्त कार्यको अवसरमा रेजिमेन्टका उच्च अधिकृत उपस्थित भई रेजिमेन्टको इतिहास, २०० वर्षमा गरिएका उल्लेखनीय कार्य मूल्याङ्कन, भारत सरकारको सैनिक हैसियतले बहादुरी, वीरताका साथसाथै भूतपूर्व सैनिकहरूलाई दिइएको र भविष्यमा दिइने सुविधा तथा कल्याणकारी कार्यक्रमसम्बन्धी जानकारी दिनुभएको थियो। उक्त अवसरमा रेजिमेन्टका विभिन्न पल्टनबाट युद्धमा शहिद भएका व्यक्तिका आश्रति परिवारलाई उपहार प्रदान गरियो। वीर नेपालीको परिचय, कामको उच्चतम मूल्यांकन र बहादुरीको कदरले सदैव रेजिमेन्टको हाल क्रियाशील र निवृत्त सबै सैनिकलाई गर्वको अनुभूति भयो।
भारतीय गोर्खा सेना र वृटिश गोर्खा सेनाले यी २०० वर्षमा विभिन्न विश्व युद्धमा आफ्ना साहस र वीरताको प्रदर्शन गरिसकेका छन्। भारत-चीन र भारत-पाक तनावको बेलामा पनि भारतीय गोर्खा सेनाले आफ्नो वीरता प्रदर्शन गरेका थिए। शान्ति र अमनका लागि यिनले गरेका बहादुरीका उदाहरण सबैले मुक्त कण्ठले प्रशंसा गर्छन्। नेपाली गोर्खा फौज (भारत) र नेपाली सेनाले प्रथम विश्वयुद्धमा र द्वितीय विश्वयुद्धमा अदम्य साहस देखाउँदै बहादुरीका साथ लडेका थिए र त्यसबेला नेपाली सेना र भारतीय गोर्खा पल्टनहरूले वीर नेपालीको पहिचान विश्व इतिहासमा अंकित गरेका थिए। उनीहरूको बहादुरीको कदर गर्दै विभिन्न उपहार र तक्माबाट सम्मान गरिएको छ। द्वितीय विश्व इतिहासमा विभिन्न काम चमत्कारी देखाउने, लड्ने सेनाका जवान भारतीय गोर्खा नेपाली सेनालाई ब्रिटेनको सवोर्च्च सम्मान ‘भिक्टोरिया क्रस’ प्रदान गरियो। उक्त सम्मान पाउनेहरूमा सु. लालबहादुर थापा, हवल्दार गजे घले, सिपाही गञ्जु लामा, नायक अगमसिंह राई, सु. नेत्रबहादुर थापा -क्षेत्री), सिपाही कमानसिं गुरुङ, सिपाही भानुभक्त गुरुङ, सिपाही कर्णबहादुर थापा, सिपाही लक्ष्मण गुरुङ, सिपाही तुलबहादुर पुन, सिपाही शेरबहादुर थापा -क्षेत्री), सु. रामबहादुर राई थिए। यसरी नै आफ्नो बहादुरीको पहिचान देखाउने भारतीय गोर्खा पल्टनका नेपाली सैनिकलाई एम.बी.इ., एम.सी., ओ.बी.आई, सिर्ं.इ. तथा अन्य तक्मा तथा सम्मानमार्फत सम्मान प्रदान गरियो। विश्व युद्धका विभिन्न मोर्चामा नेपाली सेनाले अंग्रेज सरकारलाई मद्दत गरेको र त्यसमा बहादुरी देखाएको थियो।
प्रथम विश्वयुद्ध : यो सन् १९१४ बाट युरोपमा सुरु भएको थियो। यसमा बेलायत सरकार पनि युद्धमा मुछिएकोले त्यस समयका नेपाली प्राइममिनिस्टर चन्द्र शमशेरले अंग्रेजसँग राम्रो सम्बन्ध स्थापित गर्ने उपयुक्त समय सम्झेर मौकाको सदुपयोग गर्दै भारतस्थित अंग्रेज गभर्नर, जनरललाई चिठ्ठी लेखेर पठाए। त्यसमा लेखिएको थियो। ‘नेपाल अंग्रेजको लागि सैनिक सहायता गर्न हरतरहले तयार छ।’ विश्वयुद्धमा भाग लिई नेपालीको वीरता र पुरुषार्थ देखाएर अन्तर्राष्ट्रिय ख्याति प्राप्त गर्ने चन्द्र शमशेरको लक्ष्य थियो। उनले सन् १९१४ को सुरुमा जनरल बबर शमशेर, जनरल पद्मशमशेर, जनरल तेज शमशेर, जनरल केशर शमशेरको नेतृत्वमा अंग्रेज सरकारलाई सहयोग गर्न सैनिक पठाए। युरोपेली मुलुकमा युद्धको गाम्गीर्य बढिरहेकोले नेपाली सैनिक भर्ती गर्ने काम युद्धस्तरमै रह्यो। नेपाली युवक १८ वर्षदेखि ५० वर्षकासम्म सैनिक सेवाका लागि छनोट गरियो। नेपालको जनसंख्याको झण्डै २० प्रतिशत व्यक्तिलाई युरोपेली युद्धमा चन्द्र शमशेरले सामेल गराए भन्ने ‘लण्डन नेपाल’ भन्ने पुस्तकमा उल्लेख थियो। चन्द्र शमशेरले प्रथम युद्ध कालमा अंग्रेजलाई आर्थिक सहयोग समेत गरेका थिए भनिन्छ।
नेपालीले विश्व युद्ध मैदानमा वीरताका साथ लडे। उनीहरूले युद्धका क्रममा फेष्र्टवर्ट, पश्चिमी फ्ल्यार्डस न्यू अचापेल, प्रेग, स्लाइप, ग्यालिपोली, मेसोपोटामिया, लस आदि मोर्चामा वीरता देखाए। युद्ध मैदानमा नेपाली सेनाको वीरता देखेर जर्मन सम्राट कैजार विलियम द्वितीयले भनेका थिए, ‘म मेरा प्यारा फौजलाई संसारको कुनै देशका फौजसँग लडाउन किञ्चित डर मान्दिन“ तर गोर्खाली सैनिकको नाम सुन्दा मेरो मुटु काम्दछ।’ प्रथम विश्व युद्धमा नेपाली सैनिकको वीरताबारे वर्ण गरी नसकिने छ। जस्तोसुकै अवस्थामा पनि विचलित नभई ज्यानको बाजी लगाई, कुनै पर्वाह नगरी कतै गोली वर्षाए कतै खुकुरीको स्वाद शत्रुलाई चखाए र आफ्नो मातृभूमि नेपालको इज्जत र बहादुरी देखाए। यस युद्धले नेपाली सेनाको उच्च मूल्यांकन विश्व इतिहासमा गराएको छ।
सन् १९१८ मा प्रथम विश्वयुद्ध सकियो। त्यसको चार पाँच महिनापछि फेरि अफगानिस्तानका अमीर अमानुल्ला खानले अंग्रेजविरुद्ध व्रि्रोह गरेका थिए। त्यस कार्यको नियन्त्रणका लागि अंग्रेज सहयोगार्थ जनरल बबर शमशेरको नेतृत्वमा दुर्इ हजार नेपाली सैनिक चन्द्र शमशेरले पठाए। तीन/चार महिनापछि व्रि्रोह शान्त भयो र उनीहरू पनि काठमाडौ“ फिर्ता भए। प्रथम विश्वयुद्ध समाप्त भएपछि नेपालले विश्व युद्धमा सहयोग गरे बापत अंग्रेज सरकारले नेपाल सरकारलाई उपहार स्वरूप प्रति वर्ष २ लाख रूपैयाँ दिने भयो। यो पैसा नेपालले बंगाल बैंकद्वारा भुक्तानी पाउने भयो। चन्द्र शमशेरले अंग्रेजी फौजको जनरथी मान पाए। बबर शमशेर, पद्म शमशेर, तेज शमशेर र केशर शमशेरले मानपदवी तक्मा उपहार प्राप्त गरे। नेपालको प्रतिष्ठा संसारभरि फैलियो। चन्द्र शमशेरले सुगौली सन्धिलाई संशोधन गर्न सफल भए। नेपालका प्रधानमन्त्रीलाई ‘हिज हाइनेस’ भनी सम्बोधन गर्न थालियो। यसरी नेपालको अंग्रेजप्रतिको बफादारी पूरा भयो। २१ डिसेम्बर १९२३ का दिन नेपाल र अंग्रेजका बीच एउटा सन्धि भयो जसमा उल्लिखित थियो :
१) नेपाल अंग्रेज स्थायी मैत्री सम्बन्ध र देश विदेश नीतिमा दुवै सरकार स्वतन्त्र।
२) सीमा मिल्ने देशसँग झगडा उठेमा आपसी सरसल्लाहबाट मिलाइने।
३) नेपालले युद्ध सामग्री भारतमार्फत् किन्न सक्ने तर नेपाल बाहिर निकासा गर्न नपाइने।
४) नेपालले उपभोग गर्न विदेशबाट ल्याएका मालसामानको भारतीय बन्दरगाहमा भन्सार तिर्नु त पर्ने।
५) दुवै पक्षले अर्को देशको शान्ति र सुरक्षा भंग हुने कुरा न गरिने।
६) यस सन्धिले सन् १८१५ को सुगौली सन्धि वा अन्य सन्धिमा भएका कुरा खारेज नहुने।
द्वितीय विश्वयुद्ध : यो सन् १९३९ देखि सुरु भएको हो। नेपालका प्राइममिनिस्टर जुद्ध शमशेर कलकत्ता गई भारतका अंग्रेज गभर्नर जनरलसित नेपालले अंग्रेजलाई के कस्ता सहयोग गर्नुपर्दछ भनी सरसल्लाह गरेका थिए। कलकत्ताबाट जुद्ध शमशेर नेपाल फर्केपछि विश्व युद्धको लागि सहयोग कार्यक्रम बनाए। यस कार्यमा भाग लिन ब्रह्म शमशेर र एकराज शमशेरको नेतृत्वमा आठ हजार सैनिक त्यसर्तर्फ गए। नेपाली सेनाको सवोर्च्च अफिसर बहादुर शमशेर पनि गएका थिए। दोस्रो विश्वयुद्धमा नेपाली सेना बर्मा, मिश्र, सुडान, अनिसिपीया, इटाली, सिरिया, इराक, इरान र सिंगापुरमा लगाइयो। यस युद्धमा पनि जुद्ध शम्शेरले अंग्रेज सरकारलाई आर्थिक सहयोग गरेका थिए। नेपाली योद्धाले आफ्नो मातृभूमिलाई इज्जत र गौरवको दोसल्लाबाट सम्मानित गराएका थिए। यस युद्धमा भारतीय गोर्खा पल्टनका बहादुरहरू सम्मानित भएका थिए। उनीहरूको काम कारबाहीको उच्च मूल्यांकन र विश्व इतिहासमा गोर्खाली वीर भन्ने विश्वले जान्दछ।
यस दोस्रो विश्वयुद्धको समाप्तिपछि भारतका प्रधानसेनापति सर क्लाइड अकिन्लेन्क २५ अक्टुबर १९४५ मा काठमाडौ“ आए। उनको स्वागतार्थ मार्चपास आयोजना गरियो। सर क्लाइड अकिन्लेन्कलाई नेपाल तारा, तलवार र हेल्मेटका साथै अन्य उपहार प्रदान गरियो। उनी नेपालीले दोस्रो विश्वयुद्धमा लडेबापत के कस्तो पुरस्कार दिने भनी छलफलका लागि काठमाडौ“ आएका थिए। जुद्ध शमशेरले नेपाली सैनिकसमक्ष भाषण दिएका थिए कि नेपाल सरकारले सैनिकका लागि ३ लाख रूपैयाँ फण्ड राखिदिएको थियो। अंग्रेज सरकारले एकमुष्ठ १० लाख रूपैयाँ दिने कुराको सर अकिन्लेकले बताए। नेपालका प्रधान सेनापति जनरल पद्म शमशेरले अंग्रेजबाट पाउने रकम १० लाख रूपैयाँ नेपालको औद्योगिक विकासमा लगाउने पनि सिफारिस गरे। पद्म शमशेरको यो निर्णले नेपाली सैनिकमा असन्तोष बढेको थियो भन्ने इतिहास समेतमा उल्लेख भएको पाइन्छ।
यसप्रकार नेपाली सपुतहरूले गोर्खा रेजिमेन्टमार्फत वीरताको गाथा भूगोलको चारैतिर छरेर नेपालको नाम संसारभर फैलाइदिएका छन्। अहिले तिनै गौरवपूर्ण उपलब्धिलाई मनन गर्दै ऐतिहासिक २०० वर्षको सम्झना गर्नु मनासिव होला।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०