पोखरा, ३ भदौ। राजधानीको सामाखुसीमा प्रहरीको गोली लागेका गुन्डा नाइके कुमार घैंटेको मृत्यु भएको छ। बिहीबार बिहान साढे ११ बजे सामाखुसीको गल्कोपाखामा प्रहरीसँगको मुठभेडमा परेका घैटेलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो। अस्पतालले उनको मृत्यु भएको पुष्टि गरेको छ। उनको छातिमा आठवटा गोली लागेको थियो।
अवैध चन्दा असुली र गुन्डा गर्दीको आरोप लागेका घैंटेलाई प्रहरीले मोस्ट वान्टेट सूचीमा राखेको थियो। प्रहरी देख्नासाथ घैंटेले गोली चलाएपछि प्रतिकारमा प्रहरीले गोली चलाएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए।
प्रहरीले गोली प्रहार गर्दा राजेन्द्र महर्जन र सुरेन्द्र महर्जन घाइते भएका छन्। उनीहरूको खुट्टामा गोली लागेको छ।
यसअघि करिब एक वर्षअघि दिनेश अधिकारी चरीको पनि प्रहरी इन्काउन्टरमा मृत्यु भएको थियो।
को हुन् घैटे
नुवाकोटका कुमार श्रेष्ठ उर्फ कुमार घैटे कहिले दीपक मनाङे समूह त कहिले चक्रे मिलन समूहमा बसेर आफ्नो प्रभाव विस्तार गरेपछि पछि यी दुवै समूहबाट छुट्टएिर आफ्नै समूह चलाइरहेका छन्।उनी सामाखुसीलाई आधार क्षेत्र बनाएर हप्ता असुली गथे। हालै ठेकेदार बनेका घैटे गुण्डाका नाइके हुन्। घैंटेले झण्डै ३० करोड अवैध रकम गजुरमुखी निमाण सेवाको नामबाट असुलेको प्रहरीको स्रोतले जनाएको छ।
कहिले सिंगापुर कहिले हङकडमा बसेर गजुरमुखी निर्माण सेवा मार्फत ठेक्का पट्टाको काम गर्दै आएका गुण्डा नाइके घैंटेलाई काङ्ग्रेस नेता अर्जुननरसिंह केसीले सरक्षण दिएको आरोप लाग्दै आएको छ।
कुनै समय चरीलाई आपराधीक क्रियाकलापतर्फ उन्मुख गराउने डन घैंटेले अहिले बाफलका गुण्डा समिरमान बस्नेत र सामाखुशीका सानो भाईलाई प्रयोग गर्दै ठेक्कापट्टा कब्जा गर्दै आएका थिए। बबइ सिंचाई आयोजनाका प्रमुख महेश्वर नरसिंह केसीसँग मिलेर जगदिश र घैंटेले झन्डै नौ करोडको ठेक्का हात पारेका थिए।
घैटेले १६ महिना हातहतियार तथा खरखजाना मुद्दामा र ज्यान मार्ने उद्योगको अभियोगमा जेल जीवन विताएका थिए। प्रहरीले उनलाई जेलमुक्त भएपछि उनको क्रियाकलापलाई निगरानी गर्न हातमा डिभाइस राखेर छाडेको थिए। सुरुमा मिलन चक्रे समूहमा आवद्ध भएर घैटेले काम गरेका थिए। तर पछिल्लो समय उनी चक्रेविरुद्ध नै काम गरिरहेका छन्।
नेपाली काङ्ग्रेस, त्यसमा पनि नुवाकोट जिल्लाका नेताको छत्रछायाँमा हुर्किएका गणेश लामा, चक्रे मिलनसँग दुश्मनी रहेका घैटे २०६२ बाट पक्राउ पर्ने र छुट्ने क्रम चलिरहेको थियो।
प्रहरी रेर्कर्ड अनुसार २०६२ असार १८ गते सामाखुसीमा रहेको भञ्ज्याङ दोहोरी साँझमा कुमार मल्लमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका थिए।उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेपछि उनी रिहा भए। २०६३ असार १८ गते नै उनी पुनः महानगरपालिका वडा नम्बर १९ को सिद्धीगणेश मावि अगाडि ट्याक्सीमा गइरहेका प्रेम लामालाई धारिलो हतियार प्रहार गरेका थिए। उनीमाथि फेरि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइयो र पुनः रिहा भए।
२०६३ भदौ १६ मा गोंगबुमा रहेको शोर्गर्ल रेष्टुरेन्ट अगाडि काभ्रेका विष्णु लामामाथि गोली प्रहार गरेको २७ चैतमा गल्कोपाखामा हनेन्द्र सिंहलाई धारिलो हतियार प्रयोग गरेर ज्यान मार्ने प्रयास गरेको अभियोगमा उनी पक्राउ पर्ने र रिहा हुनेक्रम जारी रह्यो।
मिति २०६५ कात्तिक २४ मा दरवारमार्गमा अमित लामालाई गोली प्रहार गरी घाइते बनाएको ज्यान मार्ने उद्योग चलेपछि फरार रहेका उनलाई प्रहरीले त्रि्रामा गोली हानेर घाइते बनाई लाजिम्पाटको एक होटलमा पक्राउ गरेको थियो। हतियारसहित पक्राउ परेका उनी केही समयका लागि जेल गए पनि पुनः रिहा भए।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०