गाईको महत्व अनन्त छ। गाईबाट प्राप्त हुने हरेक वस्तु अमृत समान हुन्छ, जुन कुरा धर्मशास्त्रमा पनि उल्लेख भएको छ। पछिल्ला दिनमा विज्ञानले पनि गाईको दुधमा विभिन्न खालको रोग प्रतिरोधात्मक शक्ति हुन्छ भनेर प्रमाणित गरिसकेको छ। गाईको खुरले जमिनमा रहेको विषादी तत्व ग्रहण गर्दछ। तर त्यही खुरको जल खानाले मान्छेको स्वास्थ्यमा सकारात्मक फाइदा पुग्दछ। गाईलाई विष पिलाए पनि विष ग्रहण गर्न सक्ने शक्ति गाईको गलामा रहेको नलिरूपी मालामा हुने गर्दछ अर्थात् गाईले आफ्नो घाँटीमा रहेको मालाबाट विष ग्रहण गर्ने एवम् आफ्नो शरीरका अन्य अंगहरूमा कुनै खालको प्रभाव पर्न नदिने संरचना हुन्छ। गाईलाई माताको रूपमा मान्ने परम्परा हिन्दु धर्ममा रहेको छ।
गाईलाई देवीदेवताको रूपमा मानिन्छ। गाईको पुच्छरलाई शेष नागको प्रतीक र दुर्इ वटा सिङलाई कुमेरु र सुमेरु पर्वत मानिन्छ। हाम्रो हिन्दु समाजले पञ्चगब्यको रूपमा गाईको दुध, दही, घ्यू, गहुँत र गोबरलाई मानेको छ। गाईको शरीरमा रहेका सबै अङ्ग प्रत्यङ्ग एवम् अङ्गअङ्गमा विभिन्न देवता रहेको कुरा धर्मशास्त्रमा उल्लेख भएको पाउन सकिन्छ। वाचन प्रवीण दिनबन्धु पोखरेलको भनाइअनुसार नियमित गाईको दुध सेवन गरे मानिसको स्मरण शक्तिमा वृद्धि हुन्छ। उहाँकै अनुसार विभिन्न देशका वैज्ञानिकहरूले दिनमा कम्तीमा १ गिलास गाईको दुध सेवन गर्दछन् । प्रत्येक परिवारले गाईको पालनपोषण गरे धर्मर्कर्मअनुसार पुण्य प्राप्ति पनि हुने र गाईबाट अमृतसमान दुध, दही, मही प्राप्त गर्न सकिने हुनाले दोहोरो फाइदा छ। गोमहत्वको सर्न्दर्भमा एउटा श्लोक यस्तो छ :
“गोपर्शन बिहिनश्य गोदोहन मजानत।
गोपोषण विहीनश्य तश्यजन्म निर्रर्थकम।।”
अर्थात् गाईको सेवा गर्न नजान्ने मान्छेको जन्म निर्रर्थक हुन्छ। सन्तान नभएकाहरूले गाईको धर्म गरे सन्तान हुने जनविश्वास छ। राजा दिलिप र सुदक्षिणा नामका दम्पत्तिले सन्तान नहुँदा गाईको धर्म गरी सन्तान प्राप्ति हुने विश्वासका साथ निरन्तर सेवा गरे। फलस्वरूप पछि उनीहरूले सन्तान पाएको कुरा धर्मशास्त्रमा उल्लेख भएको पाइन्छ। मान्छे जन्मँदा पनि गाईको गोबरले लिपेको स्थानमा जन्माउने एवम् जन्मिसकेपछि पनि जन्मेको ठाउँमा गाईकै गोबरले लिपेर चोख्याउने गरिन्छ। मान्छे मर्दा समेत मरेको एवम् काजक्रिया गरेको ठाउँमा गाईको गोबरले लिपेमा ठाउँ पवित्र हुने धर्म विश्वास छ। गाईले लिपेको स्थानमा कुनै किटाणुको सहजै प्रवेश नहुनुका साथै सानातिना किटाणुहरू समेत नष्ट हुन्छ । हिन्दु धर्म संस्कारअनुसार १६ संस्कारहरू रहेका छन्। सबै १६ संस्कार गर्नु पूर्व र पछि गोविकार प्रयोग गर्नु पवित्र मानिन्छ। गाईबाट प्राप्त दुध मानवीय स्वास्थ्यको हिसावले स्वस्थकर हुन्छ। भनाइ छ, ‘बरु आमाले आफ्ना सन्तानलाई दुध दिन हिच्किचाउन सक्छिन् तर गौमाताले मानवलाई सहजै दुध दिने हुनाले गौमातालाई एक असल माताको रूपमा लिने गरिएको छ।’
गाईको पालनपोषण गर्नु एवम् गाईको उचित संरक्षण गर्नु आजको आवश्यकता हो। गाईको दुधले मानिसलाई स्वस्थ बनाउने हुनाले समाजका हरेक मानिसको स्वास्थ्यमा समाजको शान्ति सद्भाव लुकेको हुन्छ। तसर्थ गाईपालनको महत्वप्रति विशेष ध्यान दिँदै अबका दिनमा देशका विभिन्न ठाउँमा गाई पालन कार्यलाई अभियानको रूपमा लिएर अगाडि बढ्नु जरुरी छ। गाईको महत्व र संरक्षणको विषयलाई लिएर गाईगोरु मार्न नहुने विषय कानुनी रूपमा लिखितम भैसकेको छ। यदि कसैले जानीजानी गाईगोरु मारेमा मार्ने व्यक्तिलाई १२ वर्ष कैदको व्यवस्था गरेको छ। हाम्रो समाजमा गाईलाई विशेषगरी तिहारको समयमा मात्र एकदिन विशेष उल्लासका साथ पूजा गरिने धर्म परम्परा छ। गाईको महत्वलाई पूजाआजामा मात्र सीमित नगरेर गाईलाई उचित स्याहार सुसार एवम् संरक्षण गर्न सकेमा पुण्य प्राप्ति पनि हुने एवम् व्यवसायिक वा निर्वाहमुखी जस्तो अवस्थामा गाई पाले पनि गाईको दुधबाट प्राप्त तत्वले मानिसलाई निरोगी बन्न ठूलो मद्दत पुग्ने निश्चित छ।
तसर्थ गाईलाई मानवको जीवन र जगतकी माता ठानेर नै बाग्लुङ नगरपालिका ८ पञ्चकोटमा पनि यही फागुन १ देखि १५ गतेसम्म विराट यज्ञ आयोजना गरिएको छ र अखण्ड ज्योतिबाबा स्वामी श्रीजी च्यारिटेवल ट्रष्ट विश्वशान्ति धन-धान्याचल धवलागिरी विराट् ज्ञान महायज्ञको विश्वव्यापी आयोजना अन्तर्गत गाईको महत्वलाई ध्यान दिँदै देशका विभिन्न स्थानमा गाई पाल्ने धार्मिक अभियान अन्तर्गत गौशाला निर्माणको विषयलाई समेत विशेष महत्वका साथ उठाइएको छ। यस्तो गाई पाल्न प्रोत्साहन गर्ने अभियानलाई ठाउँ, वातावरण र परिवेश हेरी विश्वका विभिन्न स्थानमा अघि बढाउने विशेष योजना रहेको योगी कमलनयन बाबा बताउनुहुन्छ। बहुहितकारी गाईको सर्म्बर्द्धनमा यस्तो प्रयासले पक्कै पनि ठूलो योगदान दिने छ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०