खेलिनु हुँदैन रगतको होली

तिलक पराजुली
चैत्र ८, २०७५

नेपालमा रगतको होली खेलिएका दुर्दान्त घटनाहरु धेरै छन्। सन १८४६ मा जंगबहादुर राणाले कोतपर्वमा मारेको दृश्य वर्णनको इतिहास पढदा पनि भयावह प्रतीत हुन्छ। यस अघि दामोदर पाण्डे र भीमसेन थापा गुटबीच भएका शक्ति संघर्षका काटमार पनि कम भयावह थिएनन्। शत्रुलाई मात्रै होइन, उसका श्रीमती, शिशु बच्चाबच्ची समेत काटिन्थे मारिन्थे। यी सबै हत्या सामाजिक परिवर्तन र देश र जनताको मुक्तिको लागि नभएर फगत आफ्नो सत्तास्वार्थका लागि थिए। नेपालको इतिहासका गहन अध्येता बाबुराम आचार्यले यो दुर्भाग्यपूर्ण घटनाका संबन्धमा पुस्तक लेखेका छन्। यो पुस्तकको नाम नै काफी छ – उनको पीडावोध बुझ्न पुस्तकको नाम छ – “अब यस्तो कहिल्यै नहोस्।”

रगतको होली

यस वर्षको होली समाप्त भएको छ। वातावरण उल्लासमय नभए पनि, उदासीन छैन। तर कहीं कतै केही आशंका जनतामा बलवती हुँदै गएको छ। हुनत सात रंगकै प्रयोग गर्ने पनि छन् होलीमा। तथापि रातो रंगको प्रयोग बढी हुन्छ। रगतको रंग पनि रातै हुनुको कारण होला काटमार, हत्या हिंसालाई कलात्मक तवरमा व्यक्त गर्दा “रगतको होली खेल्ने” भनिन्छ। फेरि, त्यस्तै रगतको होली त खेलिने होइन नेपाली समाजमा? आशंका यही छ।

नेपालमा रगतको होली खेलिएका दुर्दान्त घटनाहरु धेरै छन्। सन १८४६ मा जंगबहादुर राणाले कोतपर्वमा मारेको दृश्य वर्णनको इतिहास पढदा पनि भयावह प्रतीत हुन्छ। यस अघि दामोदर पाण्डे र भीमसेन थापा गुटबीच भएका शक्ति संघर्षका काटमार पनि कम भयावह थिएनन्। शत्रुलाई मात्रै होइन, उसका श्रीमती, शिशु बच्चाबच्ची समेत काटिन्थे मारिन्थे। यी सबै हत्या सामाजिक परिवर्तन र देश र जनताको मुक्तिको लागि नभएर फगत आप्mनो सत्तास्वार्थका लागि थिए। नेपालको इतिहासका गहन अध्येता बाबुराम आचार्यले यो दुर्भाग्यपूर्ण घटनाका संबन्धमा पुस्तक लेखेका छन्। यो पुस्तकको नाम नै काफी छ – उनको पीडावोध बुझ्न पुस्तकको नाम छ – “अब यस्तो कहिल्यै नहोस्।”

पत्रिकामा स्तम्भको ठाउँ सीमित रहेको कारण विषयमा सीधा प्रवेश गर्नु उपयुक्त हुनेछ। दश वर्षे द्वन्द्वका हिंसा प्रतिहिंसाबाट पीडित नेपाल र नेपाली जनताले पुनः त्यही नियति भोग्नु पर्ने हो कि? फेरि जनताको रगतको होली खेलिने हो कि? यो आशंका र भय नेपाली जनताको अनुहारमा अहिले पढन सकिन्छ। त्यो अरु कारणले नभएर – कम्युनिष्ट आन्दोलनको विप्लव समूहले पड्काएका बम, त्यसबाट मानवीय तथा भौतिक क्षति र सरकारले त्यो समूहमाथि लगाएको प्रतिबन्धले उब्जाएको आशंका हो। के नेपाली जनता पुनः अर्को हत्या – हिंसाबाट अभिशप्त हुनु पर्ने हो?

यो आशंका किन पनि छ भने २०५२ सालमा तत्कालीन माओवादीले आफ्ना ४० बुँदे मागपत्रको चार्टमा जुन कुरा उठाएर जनयुद्धको घोषणा गरेको थियो राजतन्त्रको अन्त्य बाहेक अरु परिस्थिति उही छ। शासकको चरित्र र व्यवहार फेरिएन। शोषण झन निर्मम र फराकिलो भएको छ। फेरि जनयुद्धमा लागेकाहरु कोही शासन सत्तामा पुगे। राष्ट्रिय ढुकुटी पनि हात पारे। आलिशान जीवन यापन गर्ने भए।

अर्का केही भने शासनमा जान पनि पाएनन्। एक किसिमको परित्यक्त जस्तो। विल्कुलै विपरीत र दारुण अवस्था। यो स्थितिले विद्रोही भनौ वा द्रोही भनौँ त्यसले एउटा स्थायी आक्रोश उत्पन्न गरेको पनि छ। यो विप्लवहरुको लागि एउटा ऊर्वर जमीन हो। सबैभन्दा विडंबना त यो छ कि नयाँ संविधान पछि तीनै तहको चुनाव भयो। बडो सौम्यता जनताले निर्वाचनमा प्रदर्शन पनि गरे। पूर्ण बहुमतको कम्युनिष्ट पार्टीको सरकार गठन गर्ने जनमत जनताले दिएकै हुन्।

जनअपेक्षा के रहेको हो भने अब नेपालले एक अग्रगामी बाटो लिनेछ। भ्रष्टाचारको अन्त्य हुनेछ। सुशासन भोग्न पाईने छ। र, देश आर्थिक विकासको नयाँ चरणमा प्रवेश गनेर्छ। तर, व्यवहारमा उल्टो देखियो। सबै तहका जनप्रतिनिधिहरु धमाधम आफ्नो सुख – सुविधा बढाउन पट्टि लागे। एकातिर, करको दर र दायरा बढाएर जनताको ढाड सेक्ने कामक भएको छ। अर्को तर्फ, भ्रष्टचार झनै बढेको छ। खुलेआम भएका छन् – भ्रष्टाचार। सरकारप्रति जनताको विश्वास धराशायी हुँदै गएको छ। चीनिया सन्त कन्फ्युशियसको एउटा कालजयी उपदेश छ – “माथिका शासकप्रति तलका जनको विश्वास गुम्यो भने त्यो गम्भीर खतराको कुरा हो।” त्यो खतरा प्रकट हुन थालेको छ।

हुने के हो?

हत्या – प्रति हिंसा, काटमारले देश जनतालाई कहाँ पुर्याउँछ भन्ने त हामीले केही आफैले भोगेकै कुरा हो। र, धेरै अन्य यस्ता द्वन्द्वग्रस्त मुलुकहरुको दारुण अवस्था देखेर बुझेकै छौं, जानेकै छौं।

सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध घोषणा गरेकोछ। यो कार्य लोकतन्त्रका सर्वमान्य सिद्धान्तको खिलाफ हो र, संविधान विपरीत पनि। होलीकै दिन काठमाण्डौबाट प्रकाशित एक पत्रिकाको समाचार सत्य हो भने नेत्रबिक्रम चन्द (विप्लव) लाई पक्डिन सरकारले सेना सहितको सुरक्षा बल परिचालन गरेको छ। प्रश्न उठछ – आन्तरिक गृहसुरक्षाको मामिलामा सेना खटाउन मिल्छ? सरकारले संसदमा प्रस्ततु गरेको राष्ट्रिय सुरक्षा विधयेकको – प्रधानमन्त्रीले सोझै सेना परिचालन गर्न सक्ने विवादित प्रावधान संग यो समाचारलाई जोडेर हेर्दा मुलुकलाई निरंकुशता तर्फ मात्रै होइन ठूलै दुर्घटना तर्फ लगिँदै छ।

प्रस्तुत लेखकेा विषयलाई अर्को कोंणबाट विश्लेषण गर्दा पनि स्थिति डरलाग्दो छ। नख्खु स्थित एनसेलको कार्यालयमा केही दिन अघि गराईएको विष्फोटमा “नियोजेल नाइन्टी” (टाईम डिभाइस) प्रयोग भएको सुरक्षा निकायले बताएको छ। एकजना व्यक्तिको ज्यान गएको यो आतङकी घटनाको जिम्मेवारी विप्लव समूहले लिएको छ। प्रश्न के उठ्ने गरेको छ भने यस्ता घातक विष्फोटक पदार्थ आएका छन् काहाँबाट? ल्याइएका हुन काहाँबाट?

अर्को, प्रचण्डले खुलै भने – “विप्लवले मलाई मार्ने लिष्टमा राखेकाछन्” भनेर। यदि प्रचण्डको कुरा साँचो हो भने विप्लव समूह व्यक्ति सफाया अभियानमा लाग्नेछन्। उनीहरु व्यक्ति हत्यामा लागेकै हुन् भने मारिने उनीहरुको लिष्टको एक नम्वरमा प्रचण्ड नै परेका होलान्। किन भने, पूर्वलडाकुहरुलाई धोका दिनेमा प्रमुख त आखिर प्रचण्ड नै ठानिएका छन्।

२०७३ साल, महिना याद रहेन। यहीं पोखरामा नेत्रबिक्रम चन्दले हामीलाई भेट्न बोलाए। अधिवक्ता सुरेन्द्र थापा र म थियौं। उनी त्यस्तो टाईट भूमिगत पनि थिएनन्। हामीबीच एक घण्टा जति कुरा भएको थियो। मैले उनलाई सोधेको थिएँ – “तपाईहरुको अबको बाटो र कार्यशैली पनि त्यही २०५२ देखि माओवादीले गरेकेा जनयुद्ध नै हो?” उनले जवाफ दिएका थिए – “त्यसो होइन। जनविद्रोह हो। यसलाई सरकार दमनमा उœयो भने हामीले पनि जनताको रक्षार्थ हतियार उठाउने हो।” मैले फेरि सोधें – “त्यसो भए, वैद्यजीलाई किन छाड्नु भयो त?” उनले अलि घोरिएर भने – “किरण र गजुरेलजीमा लडाकुपन नै छैन।” विप्लव संगको त्यो संवादमा धेरै पटक उनले प्रचण्डको नाम लिएका थिए। तर, बाबुराम भट्टराइको भने उनले चचै गरेनन्। भारतीय हस्तक्षेपको प्रसङग चल्दा मैले फेरि सोधें – “दिल्लीमा १२ बुँदे संझौता गराउने भारतीय सरकार हो भन्ने तपाईले त्यति बेला बुझ्नु नभएर हो कि त्यसको त विरोध गर्नु भएको थिएन?” उनले अलि प्रष्ट जवाफ त केही दिएनन्। केवल हामीलाई धोका भयो भने।

विप्लवसंगको त्यो एकघण्टे संवादमा मैले बुझेसम्म नेपालको इतिहास र कम्युनिष्ट आन्दोलनकै इतिहासमा पनि उनको उल्लेख्य रुचि देखिएन। बरु, उनमा जोश र जाँगर भने प्रचुर मात्रामा रहेको पाईयो। युवालाई आकर्षण गर्ने उनकेा क्षमता त चुम्वकले फलाम ताने झैं लाग्यो मलाई। त्यसैले उनीसंग हतियारले होइन वार्ताबाट सहमति खोजिनु पर्छ। दमन समस्याको समाधान हुँदै होइन।

अन्त्यमा

शासन गर्ने दलका नेता र शासन गर्न प्रतीक्षारत नेताहरु पनि भ्रष्ट छन। भष्टाचारमा यिनीहरुको राष्ट्रिय सहमति छ। जनता गुमराहमा छन्। उकुसमुकुसमा पनि छन्। कारण, हाल विकल्पको राष्ट्रिय र जनचरित्रको राजनितिक नेतृत्व र शक्ति उपलब्ध छैन। हत्या र हिंसाले विनाश बाहेक कहीँ पुर्याउँदैन भन्ने हाम्रो राष्ट्रिय अनुभव पनि छ। त्यसैले नेत्रबिक्रम चन्दले आफ्नो वर्तमान कार्यनीति पुनरावलोकन गर्नुपर्छ। खुला जनपरिचालनबाटै एक राष्ट्रिय राजनीतिक शक्ति उनको नेतृत्वमा उठ्न सक्ने संभावना पनि छ।

अन्यथा द्वन्द्वमा पुनः विदेशी खेल्ने छन्। अमेरिकी अश्वेत नेता मार्टिन लुथरको भनाइ छ। – “ढाड कुप्रो बनाए पछि अर्को तिमी माथि चढछ्।” अब फेरि द्वन्द्व गर्ने, विदेशी गुहार्ने काम नगरौं। पिठ्युमा विदेशी चढाउने वातावरण नबनाऊँ।

Related News

सम्बन्धित समाचार

hero news full width