कास्कीको ढिकुरपोखरी-९, सेराचौरमा खेमराज अधिकारीको जन्म वि.सं. १९९८ साल जेठ ७ गते अर्थात् आजकै दिन जिमु बुबा मनहरि अधिकारी र आमा पद्मा अधिकारीको कोखबाट पहिलो सन्तानका रुपमा सेराचौरमा नै भएको थियो। उनी बैदारको नातिका नामले बढी परिचित थिए।
सानै उमेरदेखि मिलनसार स्वभावका अधिकारी धेरै कुरामा चासो राख्दथे। कुनै नयाँ कुरा सुने, भेटेपछि त्यो कुरा नजानी नछाड्ने अधिकारीले २२ भएपछि खरिदार भइ करिब १७ वर्ष जागिर खाएको उनका साथी भरतराज अधिकारी बताउँछन्। अधिकारीका अनुसार खरिदारबाट उनी निवृतिभरणमा बस्न पाएनन्। त्यसपछि उनले पञ्चायतकालमा ढिकुरपोखरीका अन्तिम प्रधानपञ्च भएरसमेत जनताको सेवा गरे। मझौला कदका अधिकारी प्रायः बाहिर हिड्दा होस् वा घरमै बस्दा किन नहोस् नेपाली ढाका टोपी र दौरा सुरुवाल लगाउने गर्दथे। उनलाई नेपाली हुनुमा निकै गौरव थियो। जब २०४७ सालमा प्रजातन्त्रको पुनःस्थापना भयो अनि उनी सक्रिय राजनीतितर्फ होमिए।
विचारमा निकै अडिग रहने अधिकारी विस.२०४७ सालबाटै राप्रपामा प्रवेश गरेका हुन्। उनलाई अन्य पार्टीाले आफ्नो आफ्नो पार्टीा लैजाने निकै प्रयत्न गरे पनि उनले मरुन्जेलसम्म पनि राप्रपा पार्टीछाडेनन्। अधिकारीसँग पछिल्लो करिब १५ वर्षसम्म सँगसँगै राजनीति गरेका राप्रपा नेपालका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ ‘कुलुु अधिकारीलाई निकै सरल स्वभावका र कुनै राजनीतिक दाउपेच नभएका व्यक्तिका रुपमा सम्झन्छन्।
उनी राप्रपा कास्की क्षेत्र नं. ४ को उपाध्यक्ष पनि भएका थिए। उनी राप्रपा ढिकुरपोखरी गाँउ कमिटीका वर्तमान अध्यक्षसमेत हुन्। अधिकारी राजनीतिमामात्र सक्रिय थिएनन्। उनी ढिकुरपोखरी गाविसका विभिन्न संघ, संस्थामा आवद्घ भएर समाजसेवामा सक्रिय थिए।
उनी गाविस संयन्त्रका सदस्य, माछापुच्छे्र शिक्षा क्याम्पस एवम् उच्च मावि व्यवस्थापन समितिका सदस्य, विभिन्न ग्रामिण मोटरबाटो उपभोक्ता समूहका अध्यक्ष, ढिकुरपोखरी शान्ति समितिका संयोजक, नेरेसो उपशाखा ढिकुरपोखरीका आजीवन सदस्य तथा पूर्व कार्यसमिति सदस्य, सामुदायिक मेलमिलाप केन्द्र -सुस) ढिकुरपोखरीका सदस्य, विभिन्न विद्यालयका शिलान्यासकर्ता, दुर्गाभवानी आदर्श निमावि विद्यालय व्यवस्थापन समितिका मानार्थ सदस्य र हालका पनि सदस्य, सिबिआर ढिकुरपोखरीका आजीवन सदस्य, नागडाँडा सेराचौर ग्रामिण सडकका अध्यक्षलगायत अन्य दर्जनौं संघ, संस्थामा आवद्घ थिए।
निकै दयालु र कर्ममा विश्वास गर्ने अधिकारी पछिल्लो समय लेखापढी पेशामा समेत आवद्घ थिए। उनी निवेदन लेखिदिने, भरपाइ बनाउने, कुनै पनि घटनाको मुचुल्का तयार गर्ने कामसमेत जान्दथे। समय बचेपछि गाविस कार्यालय नजिकैको चिया पसलमा गएर गाविसमा आउने सेवाग्राहीलाई प्रायः उनी निःशुल्क काम गरिदिन्थे। उन आफूसँग केही रोग नभएको बताउँथे। ७५ वर्षकोसम्म आइपुग्दा पनि एक-दुर्इ घण्टाको पैदल यात्रा उनी सजिलै हिड्दथे। सरसफाइमा विशेष ध्यान दिने अधिकारी दौरा सुरुवालमा निकै चिटिक्क देखिन्थे।
पछिल्लो समय मेरो उहाँसँग २०७२/०१/२२ गते बुधबार दिउसो ११ भेट भएको थियो। त्यो दिन ढिकुरपोखरी गाविस कार्यालयले राखेको ‘प्रारम्भिक बाल विकासमा स्थानीय निकायको भूमिका’ विषयमा अन्तक्रिर्यामा राजनीतिक पार्टीको तर्फबाट उहाँ एक जनामात्र प्रतिनिधि हुनुहुथ्यो। त्यो दिन उहाँले पदका लागिमात्रै मान्छे संस्थामा आउने हैन, काम गर्न पद लिने हो र सोही अनुसार विद्यालय सञ्चालकले जिम्मेवार भएर विद्यालय सञ्चालन भनेका थिए। यो कुराले मलाई अझैसम्म झक्झक्याइरहेको छ।
भेट भएको चार दिन बित्न नपाउँदै अधिकारी स्वगेवास भएको खबर प्राप्त भयो। कतै हल्लामात्रै होला भन्ने लागेको थियो। तर २६ गते दिउँसो २ बजेतिर काम विशेषले म रिभानबाट हेमजातर्फ र्फकदौ गर्दा उनलाई हेमजा स्थित सेती घाटमा-पुरुन्चौर जाने बाटो नजिकै) जलाइरहेको मैले प्रत्यक्ष देखे। त्यसपछि त पत्याउन करै लाग्यो। ममा कुनै रोग छैन भन्ने अधिकारीको मुटुमा रगतको प्रवाह रोकिएर उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा उपचार हुदैँ गर्दा निधन भएको रहेछ।
म उहाँलाई निष्ठावान् राजनीतिकर्मी, समाजसेवी, सहनशील व्यक्तित्वका रुपमा सम्झन्छु।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०