नेपाल आज अत्यन्त जटिल परिस्थितिमा गुज्रिरहेको छ । सत्तामा रहने र सत्ताकै लागि मरिहत्ते गर्नेहरु त्यसैमा रुमलिरहेका छन् । देशको अवस्थाबारे कसैलाई चासो र चिन्ता छैन । आज देशमा देशका नागरिकहरु कुन अवस्थामा छन्, कसैलाई अत्तोपत्तो छैन । कसैलाई चासोको विषय पनि बनिरहेको छैन । देशका अधिकांश युवायुवतीहरु विदेश पलायन हुनेक्रम जारी छ । विभिन्न खाडी मुलुकहरुमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा पुगेका हुन्छन् । त्यहाँ हाम्रा अत्यन्त अनुशासित कर्मठ युवायुवतीहरु आफ्नो रगत र पसिना बगाउँछन् । आफ्नो घर परिवार सबै छाडेर विदेशिनुको पीडा एकातिर छँदैछ तर अकोर्तिर त्यहाँ पुगेर पनि कति पारिश्रमिक नपाउने र ठगिने साथै नेपाली चेलीहरुको अस्मिता लुटिनुका साथै चरम शारीरिक यातना पाइरहेको कुरा हामी विभिन्न टि.भी. तथा मिडियाबाट सुन्दै र पढ्दै आइरहेका छौं । त्यतिमात्र होइन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक जसो शवहरु आइरहेका सुन्दछौं । आ“खा रसाउँछन्, मन भक्कानिन्छ तर त्यसलाई रोकथाम वा न्यूनीकरणमा कसैको ध्यान छैन । यी माथिका कुराहरु भोगेर आउने युवायुवतीहरु आफ्नै देशमा केही गर्नुपर्छ भनी आफ्नो घरखेत बन्धक राखी विविध व्यवसाय गर्न सुरु गर्दछन् । तर यहाँ अत्यन्त घिनलाग्दो र कहालीलाग्दो भ्रष्टाचार छ । सबैलाई धन कमाउने, गगनचुम्वी भवन बनाउने, पजेरोमा कुद्ने र ऐस-आराम गर्ने सपना देख्नेहरुको ठूलै जमात छ । त्यसैमध्येको कुखुरापालन व्यवसाय पनि एक हो । हामीले लामो समयदेखि यस कुखुरापालन व्यवसाय गर्दै आउँदा भएको अनुभव के हो भने लाग्छ यहाँ कुनै नियम छैन । कानुन छैन भए तापनि त्यसको कार्यान्वयन छैन । वस्तुको कुनै मूल्य र मान्यता छैन । भ्रष्टाचार र कालाबजारीहरुको तछाडमछाड छ । नेपालको ९६ प्रतिशत जनसंख्या कृषिमा आधारित भनिन्छ । त्यसको एउटा हिस्सा कुखुरापालन व्यवसाय पनि हो र किसान दिनानुदिन अधोगतिमा छ । किसानले उत्पादन गर्दछ तर सदासर्वदा ऊ घाटामा गइरहेको हुन्छ । ह्याचरीले चल्ला उत्पादन गर्दछ तर ह्याचरीले दिने मूल्यमा विचौलियाले २०० प्रतिशत मुनाफा लिन्छ । त्यस्तै दानामा आफूखुसी मूल्य असुल्ने गर्दछ । मानौं कि प्रति के.जी. ४० रुपियाँको दानालाई ५०-५२ रुपियाँसम्म लगाउने गर्दछ । यति सम्म नैतिकता छैन कि विचौलियाले चल्ला दिन्छ अत्यन्त कम गुणस्तरको त्यो पनि आफू खुसी मूल्य लगाउछ । दाना दिन्छ त्यस्तै मनपरी छ, औषधी पठाउँछ कुनै लाइसन्सबेगर औषधी बिक्री वितरण गर्दछ । त्यसमा पनि आफूखुसी मूल्य लगाउँछ । अनि कुखुरा उठाउने बेलामा उसलाई बजार मूल्यभन्दा १० देखि २० रुपियाँसम्म घटाएर किसानलाई हिसाब गर्दछ । त्यतिमात्र कहाँ हो र आफैले दिएको दाना चल्ला सबै चिज तर किसानको कुखुरा उठाउँदा दशैंमा खसी छानेजस्तो कुखुरा उचाल्दै पछार्दै गर्दछ र छानी-छानी ल्याउँछन् र सानो मसिनो उठाउँदैनन् । यस्तो दयनीय अवस्था किसानको छ । यो अवस्था देखिसकेपछि यो कुरा बाहिर ल्याउनु पर्छ । आम किसानलाई सु-सुचित गराउँदै वास्तविक कुरा प्रशासनसमक्ष यर्थाथ पेश गर्नुपर्छ भन्ने सोची “जिल्ला कुखुरापालक किसान संघ कास्की” ले गाउँ-गाउँमा, टोल-टोलमा पुगेर आम किसानको भावना बुझ्ने क्रममा कति कृषक दाजुभाईहरु गहभरी आ“सु बनाउँदै, भावुक हु“दै, गला अवरुद्ध भएको हामीले पायौं । कति त घरखेत हुने अवस्थामा भएको पनि पायौं । यो देखेपछि झन् हामीलाई आम शोषित पीडित किसानको आवाज अरु बुलन्द पार्न हामीलाई प्रेरणा मिलेको छ । अझ भन्ने हो भने कुखुरापालन व्यवसाय क्यासिनो बनिरहेको छ । किसानले आफ्नो धन खर्च गर्छ, लगानी गर्छ तर त्यसको सम्पूर्ण घाटा किसानले मात्रा खाईरहेको छ । विचौलियाहरु किसानको धनमा गेम खेल्छन् । नाफा उनीहरुले लिन्छन् । घाटा जति किसानहरुलाई । एकलटमा कतानो नाफा आएजस्तो देखिन्छ त्यसपछि फेरि आउँला कि भनी लगातार किसान पालिरहन्छ तर घाटामा गइरहन्छ भने आम उपभोक्ता आफूले स्वस्थ, स्वच्छ र सस्तो कुखुराको मासु खानबाट वञ्चित भइरहेका छन् । बाहिरी जिल्लामा अन्यत्र कही“ यस्तो छैन तर कास्कीमा नेपालकै महँगो शहर पोखरा भनेर चिनिरहेको छ । बाहिरी जिल्लामा रु. एक हजार खल्तीमा लिएर होटलमा पस्यो भने एक परिवारलाई मासु भात तरकारी सबै खान पुग्छ तर पोखरामा रु. पाँच हजार खल्तीमा लिएर जाँदा एक परिवारलाई खाजासम्म पुग्दैन । यो वास्तविकता हो । यसलाई साम्य पार्नु पर्छ वा सबै बाँच्ने आधार बनाउनु पर्दछ भनी समय समयमा सम्बन्धित पक्षहरुस“ग कुरा गर्दा ब्रहृमलुट गर्दै आइरहेकाहरु आफ्नो पहल कदमीबाट अत्यन्त अत्तालिएका छन् । हामीले भनेका कुरालाई उनीहरुले पचाएका छैनन् । स्यालहँइया मच्चाउँछन्, धम्कीपूर्ण भाषाहरु बोल्छन् । यिनका स्यालहुंइया र धम्कीले अब केही चल्नेवाला छैन । यो गम्भीर परिस्थितिलाई प्रशासनले समेत गम्भीररुपमा लिन जरुरी छ र बजारलाई आमकिसान तथा उपभोक्ताको हितमा लान जरुरी छ र अन्त्यमा जहिले पनि सत्यको विजय भएको इतिहास छ । कास्कीका कुखुरापालक किसानहरुले पनि केही शान्तिको सास अवश्य फेर्नेछन् जो विचौलियाको हालिमुहाली छ, त्यसको अन्त्य अवश्य हुनेछ ।
लेखक जिल्ला कुखुरापालक किसान संघ कास्कीका अध्यक्ष हुनुहुन्छ ।
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको २ करोड, कांग्रेस र एमालेले दिए ५० लाख
असाेज २०, २०८१प्रधानन्यायाधीशमा राउत नियुक्त
असाेज २०, २०८१दशैँको बेला च्याङ्ग्राको व्यापार
असाेज २०, २०८१गण्डकी विश्वविद्यालयको प्रशासननिक भवन शिलान्यास
असाेज १९, २०८१प्रतिभामा खेलकुद कार्यक्रम सुरु
असाेज १९, २०८१