क्यान्सर रोगले नेपाललाई मात्रै नभई विश्वलाई नै आक्रान्त तुल्याएको छ। विश्वमा देखिएका नर्सने रोगहरूमध्ये क्यान्सर रोग खानपान, दैनिक क्रियाकलाप, रहनसहन र बदलिँदो वातावरणको कारणले दिन प्रतिदिन बढ्दै गइरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिवर्ष १ करोड १० लाखभन्दा बढी मानिसहरू यस रोगबाट पीडित हुने गरेका छन्। वषेनी ७५ लाखभन्दा बढी मानिसहरूको यस रोगबाट मृत्यु भइरहेको छ।
क्यान्सर रोग शरीरको कोषमा भएका कोषिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो। यदि यसलाई समयमै नष्ट गरिएन वा हटाइएन भने शरीरभरि नै फैलिन्छ र अन्ततः यो नै मृत्युको कारण बन्छ। सरुवा रोग नभए पनि यो शरीरको एक अंगबाट अर्काे अंगमा सर्न सक्दछ।
विश्व स्वास्थ्य संगठनका अनुसार करिब ४० प्रतिशत क्यान्सर रोगलाई रोकथाम गर्न सकिन्छ। एकतिहाइ क्यान्सर रोगलाई सुरुको अवस्था पत्ता लगाएर उपचार गरेमा पूर्णतया निको पार्न सकिन्छ। क्यान्सरका जटिल विरामीहरूको पनि उपचारद्वारा आयु लम्ब्याउन सकिन्छ। क्यान्सर भन्नेबित्तिकै मनमा एउटा भय आउँछ कि अब बाँच्न सकिँदैन। यसमा एक दर्इ दशकअगाडि केही सत्यता थियो तर समयको परिवर्तनसँगै चिकित्सा विज्ञानमा आएको परिवर्तनले यो सत्यलाई मित्थ्या सावित गरिदिएको छ। आजको समयमा क्यान्सर रोगबाट निको बनाएर विरामीलाई दशकौं बाँच्न सक्ने अवसर प्रदान गरेको छ।
क्यान्सर रोगका लक्षणहरू र रोकथामका उपाय :
क्यान्सर लागेको थाहा पाउनलाई यसका लक्षणबारे जानकारी हुनपर्छ। मुख्यतया कोठीको रंग र आकारमा परिवर्तन आउनु, स्तन वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा देखिनु, हतपत निको नहुने खोकी लाग्नु, दिसापिसाबको बानीमा परिवर्तन आउनु, असाधारण रक्तस्राव हुनु, अपच तथा खाना निल्न गाह्रो हुनु, विनाकारण वजन घट्नु, पुरानो घाऊ निको नहुनु आदि यस रोगका लक्षणहरू हुन्।
चुरोट, खैनी, सर्र्ती आदि जस्ता सर्र्तीजन्य पदार्थहरूको सेवनले पनि क्यान्सर रोग लाग्ने गरेको पाइएको छ। तसर्थ यस रोगबाट बच्न यी चिजको सेवन गर्न बन्द गर्नु पर्दछ। बासी, ढुसी परेको, चिल्लो बोसोयुक्त तथा डढेको खानेकुरा खान हुँदैन। रासायनिक मल र कीटनाशक औषधी प्रयोग भएका सागपात, तरकारी र फलफूलको सेवनले क्यान्सरको खतरा बढाउँछ। तसर्थ त्यस्ता वस्तुको सेवन गर्नु हुँदैन। वातावरण प्रदूषणबाट जोगिनु पर्दछ। यसको उपचार प्रारम्भिक अवस्थामा नै गर्न सकेमा निको हुने सम्भावना धेरै हुन्छ। तसर्थ शरीरमा गिर्खा देखिएमा तुरुन्तै जँचाउनपर्छ। विवाहित महिलाहरूले पाठेघर र स्तनको नियमित परीक्षण गर्नु पर्छ।
यस रोग नियन्त्रणका लागि सम्भावित लक्षणहरू देखिनासाथ चिकित्सकसँग सर्म्पर्क राख्नु पर्छ। वर्षेनी नियमित रूपमा स्वास्थ्य परीक्षण गरेमा रोग लागेको छिटो थाहा हुन्छ र यसलाई समयमै नियन्त्रण गर्न सकिन्छ।
क्यान्सर रोग नियन्त्रणमा जनचेतना :
विश्वका समृद्ध मुलुकहरूको तुलनामा नेपालमा क्यान्सर रोगप्रति जनचेतनाको अभाव देखिँदै आएको छ। समय परिवर्तनसँगै सूचना प्रविधिको विकासले सूचना एवम् सन्देशलाई सीमित दूरीमा संकुचन गरिदिएको छ। वास्तवमा क्यान्सर रोगप्रति जनचेतना अभिवृद्धि गर्न सकेमा क्यान्सर रोगबाट पीडित हुनेहरूको संख्यामा उल्लेखनीय कमी ल्याउन सकिन्छ।
सुरुमा नै उपचार गरेको खण्डमा क्यान्सर रोगबाट मुक्ति पाउन सकिन्छ। तर रोग बल्भिmएपछि चिकित्सकसँग सर्म्पर्क गरे पनि बेला बितेपछि रोग निको पार्न कठिन र जटिल हुन्छ। यदि क्यान्सर रोगप्रति अलिकति पनि सचेत भइदिने हो भने रोगको निदान र उपचार प्रारम्भिक अवस्थामा नै गर्न सकिन्छ। यसले क्यान्सर विरामीलाई सहज जीवन जिउन सक्ने बनाउ“दछ।
क्यान्सर रोग खानपानबाट पनि हुन्छ। तर नेपालीहरूले प्रायः खानपानमा हेलचक्र्र्याई गरी क्यान्सरका स्रोत मानिएका खानेकुरा सेवन गरिरहेको पाइन्छ। विशेषगरी सर्र्तीजन्य पदार्थ, मद्यपान, तारेकोभुटेको र पोलेका खाद्यवस्तु लगायत अजिनोमोटो प्रयोग गरिएका क्यानफुड लगायतका खाद्य पदार्थको सेवनको प्रचलन अत्यधिक रहेको पाइन्छ। यसलाई आधुनिक जीवनशैली भनिए पनि यसले मानव शरीरलाई जीर्ण, खोक्रो र रोगी बनाइरहेको छ भन्नेर्तपm हामीले सोचेका छैनौं।
मोटोपनाले पनि क्यान्सर रोगलाई निम्त्याइरहेको हुन्छ तर हामी त्यसतर्फ पनि उदासिन छौ। हरेक व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल राखी नियमित स्वास्थ्य परीक्षण गराइरहनु आवश्यक छ। विगत केही समययता नेपालको स्वास्थ्य क्षेत्रले बृहत विकास र अनुसन्धान गर्दै यस क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। विभिन्न प्रकृतिका रोगहरूको उपचार गर्ने अलग अलग अस्पतालको स्थापनाले स्वास्थ्य क्षेत्रमा अग्रगामी कदम लिएको छ।
यदि देशको विभिन्न भागमा क्यान्सर अस्पताल स्थापना गर्न सके क्यान्सरको उपचार सहज र सरल हुने थियो। नेपालमा विशेषतः फोक्सोको क्यान्सर धेरै देखिएको छ। त्यस्तै महिलामा पाठेघर र स्तनको क्यान्सर बढी मात्रामा देखिँदै आएको छ। यस्को मुख्य कारण पनि हाम्रो खानपान, जीवन शैली र वातावरण नै भएकोले त्यसतर्फ चेतनशील हुन र परिवार अनि समाजलाई पनि चेतनशील बनाउनेतर्फ क्रियाशील हुनु आवश्यक छ। अतः क्यान्सर रोग न्यूनीकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरी सर्वसाधारणलाई सचेत तुल्याउन सकिन्छ।
विश्व क्यान्सर दिवस :
फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसको मुख्य नारा क्यान्सरः नट वियोन्ड अस् अर्थात् ‘क्यान्सरको रोकथाम हामीभन्दा पर छैन’ भन्ने रहेको छ। क्यान्सरको रोकथामको लागि स्वस्थ जीवनको रोजाइ, उपचारको उपलब्धता, रोग सुरुमै पत्ता लगाउने र जीवन शैलीमा परिवर्तन गर्न सकेमा क्यान्सर रोकथाम सम्भव छ। वर्तमान विश्वमा हुने कुल मृत्युको १३ प्रतिशत कारक तत्व बनेको क्यान्सर रोगको रोकथाममा हरेक व्यक्ति, संस्था, सरोकारवाला, सञ्चारमाध्यम र सरकारले आ-आफ्नो क्षेत्रबाट सहकार्य र सहयोग भएमा सन् २०२५ सम्ममा क्यान्सर रोगबाट हुने मृत्युलाई २५ प्रतिशतले घटाउन सकिने अध्ययनले देखाएको छ।
नेपाल अर्बुद रोग निवारण संस्था :
नेपाल अर्बुद रोग निवारण संस्थाले क्यान्सर रोग निवारणको लागी जनमानसलाई विभिन्न किसीमका जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। विभिन्न विद्यालय, समुदायमा क्यान्सर रोगको लक्षण, रोकथाम र उपचारसम्बन्धी हातेपोस्टर, पम्पलेट, किताबहरू वितरण गरिनुका साथै सम्बन्धित चिकित्सक र प्रशिक्षकबाट सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यस्तै सर्र्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐनको कार्यन्वयनका लागि विशेष जोड दिँदै आएको छ। समाजबाटै क्यान्सर रोग निवारणको लागि सर्र्तीजन्य पदार्थको प्रयोगमा न्यूनीकरण गर्नु आजको आवश्यकता हो।
अन्त्यमा क्यान्सरसम्बन्धी जनचेतनाको अभावले गर्दा धेरैजसो विरामीहरू अन्तिम अवस्थामा स्वास्थ्य केन्द्र गएर उपचारको खोजी गरेका हुन्छन्। यदि ती विरामीहरूले समयमा नै उपचार गराएको भए पूर्ण रूपमा निको भई आ-आफ्नो पेशा र जीवनमा संलग्न भैरहेका हुने थिए। यसको लागि एउटै विकल्प क्यान्सर रोग रोकथाम र नियन्त्रण सम्बन्धमा सर्वसाधारणहरूमा प्रचारप्रसार गरी जनचेतना फैलाउनु हो।
(लेखक नेपाल अर्बुद रोग निवारण संस्था, कास्कीका निर्वतमान सभापति हुन्।)
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०