स्वास्थ्य नै धन हो, राष्ट्र निर्माणका लागि स्वस्थ जनशक्ति एक आधारशीला हो । सबै व्यक्ति स्वस्थ र निरोगी हुन चाहन्छन् तर आफ्नै व्यवहार, जीवनशैली र खानपानका कारण विभिन्न रोगहरूको शिकार भैरहेको पाईन्छ ।
आजको २१ औं शताब्दीमा विज्ञानको विकास सँगसँगै विभिन्न प्रकारका सर्ने र नसर्ने रोगहरूको प्रकोप बढिरहेको अवस्थामा सरुवा रोगहरू केही हदसम्म नियन्त्रणमा आएता पनि नसर्ने रोगहरू जस्तै अर्वुदरोग (क्यान्सर), दम, मधुमेह, मुटुरोग, डिप्रेशन जस्ता रोगहरू नियन्त्रण भन्दा बाहिर छन् । जसका कारण बषेर्नी मृत्यु हुनेहरूको संख्या बढदो छ । वातावरणीय प्रदूषण, कृषि उपजमा अत्यधिक मात्रामा रासायनिक मल र विषादीको प्रयोग, मद्यपान, धुम्रपान र सुर्तिजन्य पदार्थको अधिक प्रयोग अर्वुदरोग (क्यान्सर) को कारक तत्व बनेका छन जसका कारण विश्वमा कुल मृत्युको १३ प्रतिशत मानिसको मृत्यु क्यान्सरबाट हुने गरेको एक अध्ययनले बताउँछ । ९० प्रतिशत क्यान्सर प्रदूषित वातावरण, अस्वस्थकर जीवनशैली, अस्वस्थकर खानपान, धूम्रपान एवं सूर्तीजन्य पदार्थको सेवनका कारणले हुने गर्दछ ।
विश्व स्वास्थ्य संगठन डब्ल्यु.एच.ओ.को तथ्याङ्क अनुसार प्रत्येक बर्ष विश्वमा १ करोड ४१ लाख नयाँ क्यान्सरको विरामी थपिन्छन र करिब ८२ लाख मानिस क्यान्सर रोगबाट मर्ने गरेका छन । सन् २०३० सम्ममा यो संख्या दोब्बर हुने अनुमान गरिएको छ । ती मध्ये ७० प्रतिशत भन्दा बढी नेपालजस्ता विकाशोन्मुख राष्ट्रका हुने अनुमान छ ।
नेपालमा हाल करिब १ लाख क्यान्सरका विरामी उपचाररत छन भने झण्डै ४० हजार क्यान्सरका नयाँ रोगी बषेर्नी पत्ता लाग्ने गरेका छन ।
आजका दिनमा क्यान्सर रोग मानव स्वास्थ्यको ठूलो समस्याको रूपमा देखा परेको छ । क्यान्सर रोगबाट अत्यन्त पीडादायक मृत्यु मात्रै नभै परिबारको आर्थिक अवस्था समेत धराशायी बनाइरहेको छ । क्यान्सर रोग लागेर मेरी श्रीमती मदैर्छ भनी अस्पतालको शैयामा छटपटाइरहेकी आफ्नी श्रीमतीलाई कुरिरहैदाको अवस्थामा श्रीमानको मन कस्तो हुँदो होला तपाई हामी कल्पना गरौं । क्यान्सर रोगको उपचार ज्यादै महँगो भै आम नेपालीको पहुँच भन्दा बाहिर भएकोले यसबारे समुदायका मानिसलाई समयमा नै सचेत गराउनु आजको आवश्यकता हो ।
अर्वुदरोग (क्यान्सर) को बारेमा सचेतना अभिवृद्धि, रोगको रोकथाम नियन्त्रण एवं उपचार प्रक्रियामा सहयोग पु¥याउने उद्देश्यले केन्द्रको विधान अनुरूप नेपाल अर्वुदरोग निवारण संस्था कास्की शाखा २०४२ साल चैत्र ६ गते विधिवत स्थापना भै जनस्वास्थ्यको क्षेत्रमा क्रियाशिल एक गैह्रसरकारी, गैह्रनाफा मुलक स्वयंसेवी संस्था हो । बषेर्नी लाखौं व्यक्तिको मृत्युको कारण बनेको धुम्रपान र सुर्तिजन्य पदार्थको विरुद्ध डव्ल्यु.एच.ओ. ले सुर्तिजन्य पदार्थ नियन्त्रणको लागि प्रस्तावित महासन्धि फ्रेमवर्क कन्भेन्सन अफ टोबाको कन्ट्रोल एफसीटीसी लाई नेपाल सरकारले पनि अनुमोदन गरिसकेको छ जसले गर्दा क्यान्सर रोगको कारक तत्व रहेको सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न कानूनी व्यवस्थाको बाटो खुलेको छ । उक्त ऐनलाई प्रभावकारी रूपमा कार्यन्वयन गराउन यस शाखाले सुर्तिजन्य पदार्थ विरुद्ध सचेतना कार्यक्रम संचालन गर्दै स्वस्थ समाज निर्माण गर्ने कार्यमा अग्रसर रहेको छ । सन् २०२२ सम्म नेपाललाई सुर्ति रहित राष्ट्र बनाउने संस्थाको उदेश्यलाई पूर्ति गर्न सम्बन्धित सबै सरोकारवालाहरूसँग अनुरोध गरिन्छ ।
अर्वुद रोग अर्थात् क्यान्सर के हो ?
मानव शरीरका कोष कोषिकाहरूको समूह अस्वभाविक र अनियन्त्रित वृद्धि हुनुलाई अर्वुद रोग अर्थात् क्यान्सर भनिनछ । यसरी अनियन्त्रित रूपले वृद्धि भएका कोषहरू विस्तारै स–साना गिर्खा, डल्ला, घाउ, खटिरा ट्युमरमा परिणत हुन्छन् । यी गिर्खा, डल्ला, घाउ, खटिरा अर्थात ट्युमर सामान्यतया दुई किसिमका हुन्छन ।
१) बेनिङ ट्युमर :
शरीरलाई नोक्सान नगर्ने, नम्र स्वभाव को शरीरको अन्य भागमा नफैलिने, गिर्खा, डल्ला मा परिणत नहुने खालका गिर्खालाई बेनिङट्युमर भनिन्छ, जस्तैः शरीरको कोठी, मुसा, छालाभित्र हुने बोसोका डल्लाहरू ।
२) मेलिग्नान्ट ट्युमर (नियोप्लाज्म)
शरीरलाई नोक्सान गर्ने, उग्र स्वभावको, शरीरको अन्य भागमा फैलिने, यही उग्रं स्वभावको वृद्धिको कारण यस गिर्खा, डल्ला, घाउ, खटिरालाई क्यान्सर भनिएको हो । यी गिर्खा , डल्ला शरीरको एक ठाउँबाट अर्को ठाउँमा छिटो छिटो फैलिँदै जान्छन् । समयमा नै कुनै माध्यमले यसलाई हटाइएन भने यो मानिसको मृत्युको कारण वन्दछ । क्यान्सर नसर्ने रोग हो । तर क्यान्सर रोगीको शरीरमा एक अंगबाट अर्को अंगमा रगत लिम्फरस र तन्तुको माध्यमबाट सर्दछ ।
नेपालमा देखिने १० प्रमुख क्यान्सरहरूः
क्यान्सरका कारक तत्वहरू
क्यान्सर रोग लाग्ने कारणहरू हालसम्म थाहा नभएतापनि क्यान्सर रोग लाग्नका लागि एक वा धेरै कारकतत्वहरू हुन सक्दछन । विश्व स्वास्थ्य संघको तथ्यांक अनुसार क्यानसर हुने अन्य कारणहरू निम्न हुन सक्दछनः
१) भौतिक कारण
चर्को घाम, अत्याधिक तापले छालाको क्यान्सर । धुम्रपान, मध्यपान, जर्दा, सुर्ति, तमाखु, खैनी, पानपरागले जिब्रो, मुख, घाँटी, फोक्सोको क्यान्सर ।
विकिरण रेडिएशन अर्थात् एक्सरे, सिटी स्क्यान,रेडियो थेरापी मामोग्रामको अधिक प्रयोगबाट छाला, आँखाको क्यान्सर हुने सम्भावना हुन्छ ।
२) रसायनिक कारण
चिसो पेय पदार्थ विभिन्न रसायनहरू विषादी मिसाइएको तरकारी, फलफूल, रसायनिक मल प्रयोग गरिएको अन्न खानाले पाचन प्रणाली सम्बन्धी क्यान्सर हुनु सक्दछ ।
३) पोषणको कारण
धेरै चिल्लो, नूनिलो, पोलेको मासु, सडेगलेको मासु, तारेको, भुटेको, ढुँसीपरेको, बासी खानेकुराहरू मा क्यान्सर गराउने तत्वहरू पाइन्छन ।
हानिकारक रङ मिसाइएको खानेकुरा र मिठाई खानाले पेट, सानो आन्द्रा, पित्तथैली, ठूलो आन्द्रा, गुदद्वारको क्यान्सर हुन सक्दछ ।
४) जैविक कारण
कुनै कुनै क्यान्सर जीवाणुको कारणले लागेको पाइन्छ । पाठेघरको मुखको क्यान्सरको कारक तत्व ह्युमन पापीलोमा भाइरस, हेपाटाइटिस बी भाइरसले कलेजोको क्यान्सर, हेलिको व्याक्टरपाइलोरी नामको व्याक्टेरियाले आमाशयको क्यान्सर हुन सक्दछ ।
५) वातावरणीय कारण
वायु मण्डलको दूषित पनाले (वायु प्रदूषण) औद्योगिकीकरण, टायर बाल्दा, प्लाष्टिक वाल्दा निस्केको धुँवाले फोक्सो, घाँटी, आमाशय, आन्द्रको क्यान्सर हुन सक्दछ ।
५) घर्षण
शरीरको कुनै पनि अंगमा लगातार घर्षण भै रहेमा त्यस अंगको कोष कोषिकाहरूमा असामान्य परिवर्तन भै क्यान्सर हुन सक्दछ । जस्तैः– टेढा र नक्कली दाँतको लगातार घर्षणले मुखको क्यान्सर हुन सक्दछ ।
६) अन्य कारणहरू
व्यक्तिगत कारण, लिंग, जाति, विवाहित, सामाजिक र आर्थिक अवस्था, वंशाणुगत, दुर्वलता अर्थात् लो इम्युनिटी पावरको कारणले क्यान्सर हुन सक्दछ ।
क्यान्सरका प्रारम्भिक लक्षणहरू
शरीरको कुनै भागमा नयाँ गिर्खा, गाँठा, घाउ, खटिरा देखा परी एक्कासी वढेमा । कोठीको रंग र आकारमा परिवर्तन भएमा। पुरानो घाउ निको नभएमा । असाधारण रक्त श्राव, पिप आएमा अपच तथा खान निल्न गाह्रो भएमा। विना कारण वजन घटेमा । स्तन वा शरीरको अन्यभागमा दुख्ने/नदुख्ने गिर्खा आएमा । दिशा पिसावको वानीमा फरक परेमा । शरीरको वजन घट्ने, भोक, निद्रा नलाग्ने, शरीरमा रगतको कमी हुने, सामान्य काम गर्दा पनि थकाइ लाग्ने, ज्वरो आइरहने, आदि लक्षणहरू क्यान्सर लाग्दा देखा पर्न सक्दछन ।
क्यान्सर को रोकथाम तथा नियन्त्रण
अधिकांश क्यान्सर रोग अस्वस्थकर बानी व्यहोरा, खानपीन एवं वातावरणको प्रभावले हुने भएकोले यसको रोकथामको लागि समयमा नै आवश्यक सचेतनाको कार्यक्रमहरू संचालन गर्न आवश्यक देखिन्छ । क्यान्सर रोग लाग्ने कारक तत्वहरूबाट बच्न निम्न उपायहरू अपनाउनु आवश्यक पर्दछ :
अस्वस्थकर बानी व्यहोरा हटाई नयाँ जीवनशैली अपनाउने । मध्यपान तथा धुम्रपान नगर्ने । सकभर शाकाहारी र सन्तुलित भोजन गर्ने । चर्को नूनको प्रयोग नगर्ने । धँुवामा सेकाएको मासु कम सेवन गर्ने । बढी चिल्लो, बढी मसलादार, बासी खाने कुरा को प्रयोग नगर्ने । ढुँसी परेको खानाको प्रयोग नगर्ने । नियमित व्ययाम गर्ने । व्यक्तिगत, वातावरणीय सरसफाईमा विशेष ध्यान दिने । नियमित स्वास्थ्य परीक्षण गर्ने । धेरै जना सँग यौन सम्पर्क नराख्ने । समय मानै सचेत भै क्यान्सर पत्ता लगाउन सकिएमा, रोग छिटो निको हुन सक्दछ । क्यान्सर रोग लागि सकेपछि निको पार्न कठिन हुनुका साथै धेरै जनधनको खर्च हुने र अन्तमा विरामी को मृत्यु हुन सक्ने हुनाले क्यान्सर रोग को रोकथाम बारे व्यापक रूपमा प्रचार प्रसार गरी रोग को रोकथाम र नियन्त्रण गर्न सकिन्छ ।
“क्यान्सर निको हुन्छ, शुरुमै उपचार गरे”
क्यान्सर रोगको यदि उचित समयमा उचित किसिमले उपचार गर्न सकियो भने ३३ प्रतिशत निको पार्न सकिन्छ । तर यो जति लामो समयसम्म रहन्छ त्यति नै यसको सफल उपचार सम्भव हुदैन । गुणस्तरीय खानपिन गरेमा १/३ क्यान्सर रोगबाट हामी वच्न सक्दछौ । शुरु मा नै उपचार गरे १/३ क्यान्सर रोग पूर्णतया निको हुन्छ र ढिलो भएको खण्डमा १/३ क्यान्सर रोगलाई निको पार्न सकिदैन ।
क्यान्सर रोगका तीन उपचार पद्धतिः
(लेखक नेपाल अर्बुद रोगनिवारण संस्था कास्कीका सचिव हुन्।सं.)
Related News
सम्बन्धित समाचार
उच्च आशा, कमजोर परिणाम
‘हिमालतिर’ विचरण गर्दा
संघीयताको कोलमा निचोरिएका कर्मचारी
लय समात्दै प्रदेश
फागुन सात साथमै रहोस्
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७