फुटबल विश्वकै सबैभन्दा लोक प्रिय खेल हो। फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता हो, फिफा वर्ल्ड कप। फेडेरेशन इन्टरनेशनल डे फुटबल एशोसिएसन (फिफा) विश्व फुटबलको सवोर्च्च संस्था हो। फिफाले नै वर्ल्ड कप ४-४ वर्षमा आयोजना गर्दछ। ४ वर्षअघि दक्षिण अफ्रिकामा वर्ल्ड कप आयोजना गरिएको थियो र त्यसमा स्पेन च्याम्पियन भएको थियो। आजदेखि फुटबलको महाकुम्भ अथवा विश्वकप फुटबलको २० आंै संस्करण ब्राजिलमा सुरु हुँदैछ। ३२ राष्ट्रको प्रमुख सहभागिताको उक्त खेल ब्राजिलको १२ वटा सहरका १२ वटा र·शालामा सञ्चालन हुने यो प्रतियोगिताको उद्घाटन खेल आयोजक ब्राजिल र युरोपबाट छनौट भएको क्रोएशियाबीच हुनेछ। ३० दिनसम्म चल्ने यो प्रतियोगितालाई र·शालामा पुगेर करिब ३५ लाख दर्शकले अवलोकन गर्नेछन् भने विश्वभरिका करिब ४ अर्ब २५ लाख दर्शकले टेलिभिजनमार्फत हेर्नेछन्। आयोजक राष्ट्र ब्राजिल जनसङ्ख्या र भूगोलको आधारमा विश्वकै ५ औं ठूलो यो देशलाई जलस्रोत र अमेजन क्षेत्रको घना ज·लले पनि चिनाएको छ। यस्तो देशले २० औं संस्मरणको विश्वकप फुटबल खेल आजदेखि असार ३० गतेसम्म आयोजना गर्दैछ। विश्वकै ठूलो र प्रतिष्ठित खेलकुद प्रतियोगिता भएकाले पनि यो विश्वकपलाई भव्य बनाउन ब्राजिलले भरमग्दुर प्रयास गरिरहेको छ। आयोजना स्थल तथा सुरक्षाका कारणलाई लिएर ब्राजिलको तीव्र आलोचना भए पनि अहिले ब्राजिलले ती सबै कुरा पन्छाएर विश्वकपलाई इतिहासकै भव्य प्रतियोगिता बनाउन आफ्नो ध्यान केन्द्रित गरेको छ। अघिल्लो वर्ष दक्षिण अफ्रिकाले ४ अर्ब डलर खर्च गरेको थियो भने अहिले ब्राजिलले सर्वाधिक रकम १४ अर्ब डलर खर्च गरेको छ।
यो प्रतियोगिता अवधिभर नेपालको मात्र होइन सारा विश्वको ध्यान केन्द्रित गर्दछ। यसपटकको विश्वकपका अधिकांश खेल नेपाली समयानुसार मध्यरात तथा बिहानी पखको राति परेका छन्। तर, विश्वकप खेल हेर्न/खेलको लाइभ अपटेड पाउन विभिन्न उपाय तथा हालसम्म प्रयोगमा नआएका प्रविधिको प्रयोग यो पटक हुनेछ। विश्वकपको २० औं संस्मरण सुरु भइसक्दा गुगल र आईओएस स्टोरमा ब्राजिल विश्वकपको अपडेट दिने भन्दै एप्सहरू भित्रिन थालिसकेका छन्। अहिले यो एप्सको एन्ड्रोइड प्रयोगकर्तामाझ मात्र ११ लाख ८० हजार पटक डाउँनलोड भएको गुगल प्लेस्टोरको तथ्याड्ढमा रहेको छ। तर, यी एप्सहरूसँग डराउनु चाहीँ पक्कै पर्दछ किनभने विश्वकप अपडेटसम्बन्धी धेरै एप्सहरू नक्कली भएको पत्ता लगाएको छ। अनुसन्धानका अनुसार धेरै एप्सले ब्राजिल फुटबलको अपडेट दिने भन्दै बिज्ञापन राखेर उपभोक्ता झुक्याएर पैसा कमाउने दाउमा रहेको पाइन्छ। यीभन्दा बाहेका फिफाको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल फेसबुक तथा टि्वटरमा पनि लाइभ अपडेट पाउन सकिन्छ। तर, फुटबल भन्नेबित्तिकै हामी नेपालीहरू सामाजिक सञ्जालहरूभन्दा पनि बरु रातभरि जाग्राम बसेर साथीभाइहरूसँग रमाइलो भलाकुसारी गर्दै भए पनि फुटबलको लाइभ टेलिभिजनमा नै हेर्ने गरिन्छ। यस्को मजा बेग्लै हुन्छ। त्यो क्रिकेटको होइन अथवा भलिबलको होइन जो फुटबलमा क्रेजी छ उसलाई मात्र थाहा हुन्छ कि फुटबलको मजा कति हुन्छ भनेर …।
यसपालिको ब्राजिलमा हुने २० औं संस्मरणको विश्वकप खेलमा को च्याम्पियन बन्ला – उपाधिमा कस्ले कब्जा जमाउला ? कुन टीमले स्तब्धतापूर्ण नतिजा निकाल्ला ? कुन खेलाडी स्टार बन्ला ? …आदि इत्यादि जस्ता प्रश्न नेपाली फुटबलप्रेमीमा मात्र नभई सारा संसारका फुटबल फ्यानहरूको मनको प्रश्न हो यो। विश्वकप २०१४ फिफा बरियतामा ४ औं स्थानमा रहेको आयोजक राष्ट्र ब्राजिलका सर्मर्थक र फ्यानहरू बढी रहेको पाइन्छ। ब्राजिल सर्वाधिक ५ पल्ट विश्वकप फुटबलको च्याम्पियन हो। विश्वकपको इतिहासलाई केलाउँने हो भने ब्राजिल १९५८, १९६२, १९७०, १९९४ र २००२ मा च्याम्पियनको उपाधि कब्जा गर्न सफल राष्ट्र मानिन्छ। त्यसैले ब्राजिल भन्नेबित्तिकै फुटबल सम्झने गरिन्छ। आयोजक ब्राजिल इतिहासकै सर्वाधिक सफल टीम हो। लुइस फिलिपे स्कोलारीले सम्हालेको ब्राजिलको छायाँमा समूह ‘ए’ का अरु तीन टीम परेका छन्। समूहमा ब्राजिलसँगै यूरोपका क्रोएसिया, उत्तर अमेरिकी टीम मेक्सिको र अफ्रिकी देश क्यामरुन छन्। ब्राजिलले साओपाउलो र·शालाबाट यसपल्टको विश्वकपको उद्घाटन खेल तथा विश्वकपको यात्रा सुरुवात गर्दै छ। ब्राजिलका प्रशिक्षक लुइस फिलिपे स्कोलारीको उपस्िथति नै ब्राजिललाई सफलताको पर्याय हुन सक्दछ। सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा प्रशिक्षक उनी नै थिए। अहिले उनी ६५ वर्षका भएका छन्। यसपल्टको विश्वकपमा उनीमाथि फेरि आफूलाई अब्बल प्रमाणित गर्ने दबाब हुनेछ। ब्राजिललाई आफ्नो घरेलु मैदानमा हुने प्रतियोगितामा बिजेता बनाउने हो भने उनले खेलाडीलाई थप उत्साहित बनाउन जरूरी देखिन्छ। त्यसैले आयोजक ब्राजिलका समर्थकहरूको सपना सार्थक हुन जानेछ। नेपाल लगायत विश्वका कुनै पनि देशका फुटबलप्रेमीको नजरमा अहिले अर्जेन्टिना, ब्राजिल, इटाली, स्पेन, जर्मनी, फ्रान्स, इङ्ल्याण्ड, उरुग्वे र पोर्र्चुगल देश प्रायः समर्थनमा परेका छन्। इटाली पनि विश्वकपमा ब्राजिलपछि सवाधिक ४ पल्ट विश्वकप फुटबलको च्याम्पियन हो। उसले १९३४, १९३८, १९८२ र २००६ मा च्याम्पियनको उपाधि कब्जा गर्न सफल भएको थियो। यसलाई पनि अहिलेको उपाधि जित्ने आशाको टीममा लिन सकिन्छ। इटालीले विश्वकपका पछिल्ला १४ खेलमा लगातार गोल गरेको छ र यो गोल गर्ने क्रमको हालसम्मकै कीर्तिमान मानिन्छ।
विश्वकप फुटबलको इतिहासलाई फकेर हेर्ने हो भने ब्राजिल पहिलो, दोस्रोमा इटाली र तेस्रोमा जर्मनी देखिन्छ। ब्राजिल १९५८, १९६२, १९७०, १९९४ र २००२ मा च्याम्पियन बन्यो भने इटाली १९३४, १९३८, १९८२ र २००६ मा च्याम्पियन बन्यो। त्यस्तै जर्मनीले १९५४, १९७४ र १९९० मा उपाधि चुमेको थियो। उरुग्वे पनि फुटबलमा निकै अगाडि रहेको छ।उसले १९३० मा आफ्नै घरेलु मैदानमा सञ्चालन गरेको खेलमा उपाधि चुमेको थियो भने र १९५० मा ब्राजिलमा सम्पन्न विश्वकपमा उपाधिमाथि कब्जा जमाएको थियो। त्यस्तै अर्जेन्टिना पनि विगतका वर्षमा विश्वकपमा जमेको टीम मानिन्छ। लियोनेल मेसी तथा सर्जियो अगुरो राम्रा खेलाडी तथा अर्जेन्टिना समर्थकहरूका लागि आशाका केन्द्र बिन्दु हुन्। उसले १९७८ मा आफ्नै घरेलु मैदानमा भएको विश्वकपमा उपाधि हात पारेको थियो भने १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा उपाधिमाथि कब्जा जमाएकाृ थियो। त्यस्तै, १९६६ मा इङ्ल्यान्ड, १९९८ मा फ्रान्स र २०१० मा स्पेनले १-१ पटक विश्वकपको उपाधिमाथि कब्जा जमाएका थिए। स्पेन यो विश्वकपमा बर्तमान बिजेताको हैसियतमा आफ्नो उपाधि रक्ष ागर्ने दाउँमा रहेको छ तर, विश्वकपको इतिहास हेर्ने हो भने अमेरिकी महादेशमा भएका कुनै पनि विश्वकप फुटबल प्रतियोगिता यूरोपेली राष्ट्रले उपाधिमाथि कब्जा जमाएका छैनन्। इतिहासको यस्तो संयोगकै कारण पनि यो विश्वकपमा नयाँ इतिहास रच्ने सम्भावना बलियो देखिन्छ। विश्वकप फुटबलको अको पाटोमा आउँछ गोल्डेन बुट र बलका दाबेदार को होलान भनेर – विश्वकप सुरु नहुँदै गोल्डेन बुट र गोल्डेन बलका दाबेदारको चर्चा परिचर्चा भएको पाइन्छ। विश्वकपमा धेरै गोल गर्ने खेलाडीलाई गोल्डेन बुट र उत्कृष्ट खेल प्रदान गर्ने खेलाडीलाई गोल्डेन बल पदान गरिन्छ। यिनका प्रमुख दाबेदारका रूपमा पोर्र्चुगलका क्रिस्टियानो रोनाल्डो, अजेन्टिनाका लियोनेल मेसी तथा अर्जेन्टिनाकै सर्जियो अगुरो, उरुग्वेका लुइस सुआरेज, स्पेनका डिएगो कोष्टा, सर्जियो रामोस र जेरार्ड पिके, ब्राजिलका नेइमार, नेदरल्याण्डका रोबिन भान पर्सीर इङ्ल्यान्डका डेनियल स्टुरेज र वाइने रोनी पर्दछन्। तर, अहिलेको विश्वकपमा गोल्डेन बुट र गोल्डेन बलका दाबेदारहरू पुरानै अनुहार हुने छन् कि इतिहास रच्दै नयाँ अनुहार आउनेछन् त्यो थाहा पाउन हामीले समयलाई पर्खनैपर्ने हुन्छ।
फुटबल विश्वकै त्यसै माथि लोकप्रिय खेल मानिन्छ। विश्वकप होस् या यूरोकप। विश्वभरिको चासो तथा ध्यान फुटबलमा केन्द्रित भइदिन्छ। मैदानमा भिडेका ११ जना खेलाडीसँग देशको प्रतिष्ठा गाँसिन पुग्छ। केही समयलाई देश नै ११ जना खेलाडीझैं भइदिन्छ। राजनीतिज्ञले वषौर्ं लगाएर मार्न नसकेको छलाङ यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताको दौरानमा ११ खेलाडीले ९० मिनेटको समयमा लगाइदिन्छन्। देशको सांस्कृतिक पहिचानलाई थोरै समयमा नै विश्वमाझ परिचित गराइदिन्छन्। ११ खेलाडीको हातमा राज्यको भाग्य निर्भर गरिरहेको भान अनुभूति हुन्छ, जब प्रतिस्पर्धाका लागि मैदानमा दुर्इ देशका खेलाडी भिडिरहेका हुन्छन्। हो यस्तै यस पटकको तथा २० औं संस्मरणको विश्वकपमा कस्ले छलाङ र कुन देशको भाग्य उदय हुने यो एक महिनाको दौरानमा इतिहास पल्टने र इतिहास रचिने कुरा निश्चित छ।
Related News
सम्बन्धित समाचार
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
रेमिटेन्स
सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०