कोरोना विपत्तिः प्रकृति र वातावरणीय असन्तुलनको प्रभाव !

bbshrestha वी.वी.श्रेष्ठ
जेठ ५, २०७७

मानव जातिले प्रकृति र वातावरण सँग समन्वय गर्न सक्दछ, नकि चुनौती, त्यही चुनौतीको परिणाम हो, कोरोना । प्रकृतिको प्रतिनिधिको रुपमा आएको कोरोनालाई समयमा नै चिन्न सकेनौँ भने भोलिका दिनमा आउने भयाभह अवस्थाको सिर्जनामा कसले जिम्मेवारी लिने ?

अन्ततः विश्वको शक्तिशाली मुलुकहरु समेत समयको यो चक्रसँगै कमजोर सावित भएर हार स्वीकार्न विवश वनेका छन् । अहंमताको कुनै पनि परिधि हुदैन रहेछ, स्थान र भुगोल अनुसार अहम्मन्यताका आयामहरु देख्न सकिन्छ । भौगोलिक बनावट र प्राकृतिक उपमा बीचको अहम्मन्यता अन्ततः मानव जातिको लागि मात्र नभै अन्य सजीव वस्तुका लागिसमेत प्रतित्युत्पादक बनिदिँदोरहेछ ।

चेतनाको विविधता भित्र पनि अहम्मन्यताको परिधि फरक फरक हुँदो रहेछ । जसरी विश्वमा देशीय मान्यतामा समानता पाईदैन, मानव जातिमा पनि समानता पाईदैन । गुण र दोषको आधारमा भन्दा पनि यसको अहम्मन्यताको पराकाष्ठमा त्यसको मापन गरिएको हुन्छ ।

विश्वमा नै अनेकौ प्रकारको देशीय शितयुद्ध जारी रहिरहदाँ एकले अर्काको अस्तित्व स्वीकार नगर्ने र आफुलाई सर्वश्रेष्ठ दावी गर्नेहरुलाई कोरोना रोगले शितल बनाईदियो । भौतिक संरचना विकासका लागि एउटा सूचक हुन सक्ला, तर समग्रता हुन सक्दैन । भौतिक र आर्थिक रुपमा सम्पन्नतालाई नै सफलता ठान्नेहरु कोरोनाका अगाडि निरीह सावित भइदियो । संसारका सवै वस्तुमा आफनो आधिपत्य जमाउन खोज्नेहरुले प्राकृतिक विपत्तिका अगाडि लम्पसार बनिदियो । यही प्रकृतिको महिमा बुझन नसक्दा विश्वका शक्तिशाली मुलुकहरु हायलकायल भईरहदाँ अवको विकल्प के भन्ने वारेमा पनि वैचारिक वहसमा कृषिलाई मान्न सकिन्छ ।

कृषिको अधिकतम प्रयोगले नै वातावरणिय सन्तुलनका साथै प्राकृतिक वातावरणलाई नै सहज बनाउन सकिन्छ । त्यही सहजता भित्र नै मानव जीवनको सुन्दर पक्ष समेटिएको हुन्छ । विश्व नै कोरोना रोगले विक्षिप्त बनिरहदाँ प्राकृतिको रक्षा र वातावरणीय अनुकूलका लागि कृषि नै अवको मुख्य बाटो हो भन्ने कुरामा अव अल्मलिनु हुँदैन ।युगमा विश्वस्त हुन नसके पनि आश्वस्त भईरहँदा कलियुगको अवको समाप्ति भनेको यही समय पछि आरम्भ युग भनेको अवको युग बन्न सक्दछ । हतियार सहित परमाणुको उत्पादन र त्यसले प्राप्त गर्ने शक्तिका अगाडि प्राकृतिक विपत्तिका कारण भोगेको मानवीय क्षतिले पनि समग्र विश्व संरचना गलत दिशा तर्फ गईरहेको पुष्टि हुन्छ । शक्तिका लागि गरिने अस्त्र त केवल साधन मात्र रहेछ भन्ने प्रमाणित भएको छ । हतियारबाट प्राप्त भएका शक्ति क्षणिक र विनाशउन्मुख तथा दम्भमिश्रित हुने रहेछ । त्यही अहम्मन्यता र दम्भ ले मानव जातिलाई अन्ततः विनाशतर्फ अग्रसर गराउँदछ भन्ने कुरा कोरोना रोगले पुष्टि गरेको छ । विश्व सूचकांकको मापन विषय आर्थिक, भौतिक र हतियार सहितको शक्तिलाई मात्र मान्यता दिएता पनि यो गलत सावित भएको छ । प्राकृतिक र वातावरणीय प्रभावलाई बाहिर राखेर गरिएको सूचकांकले यो परिभाषालाई उल्टाईदियो । कोरोना रोगका बारेमा विश्वका सर्वशक्तिमान राष्ट्रहरु समेत हार मानेका सन्दर्भमा वातावरणिय पर्यावरण र प्राकृतिक सन्तुलन नै मुख्य कारण रहेछ भन्ने समेत अझै सोच्न सकेको पाइँदैन ।

विश्वका शक्तिशाली देशहरु विभिन्न रोगका रोग प्रतिरोधक औषधिहरु उत्पादन र रोग नियन्त्रणमा सफल भइरहँदा यो रोगसँग लड्ने औषधिको निर्माण गर्न किन असफल भए ? गम्भीर रुपमा सोच्न जरुरी भइसकेको छ । धर्तीका तापक्रम होस वा, वातावरणको अवस्था, यो सवैमा परिधिको सीमा पाउन सकिँदैन ।

मानव जातिलाई बाँच्नका लागि गास, वास र कपास मात्र होईन, वातावरणीय अनुकूल प्रधान हुन्छ । अनुपम प्राकृति नै साध्य हो जीवनको । जसलाई बाहिर राखिएर गरिएको जीवनको परिभाषा पूर्ण बन्न सक्दैन । हामी मानव जाति यही कमीकमजोरीमा टेकेर वाँचिरहेका छौ । त्यसै कमजोरीमा हामी विलीन हुँदैछौं । बेलाबेलामा हुने प्राकृतिक विपत्तिमा समेत लापरवाही र विकासका नाममा गरिने तिकडम अहिले विश्वमा नै मानव जातिका लागि महंगो बनिदियो । मानव जातिको जन्मसँगै मृत्यृ पनि निश्चित भएजस्तै प्राकृतिको पनि यो चक्र चल्ने गर्दछ, फरक यति मात्र हो कि हामी समय अवधि भित्र नै विलीन हुँदैछौं ।मानव जातिले प्रकृति र वातावरण सँग समन्वय गर्न सक्दछ, नकि चुनौती, त्यही चुनौतीको परिणाम हो, कोरोना । प्रकृतिको प्रतिनिधिको रुपमा आएको कोरोनालाई समयमा नै चिन्न सकेनौँ भने भोलिका दिनमा आउने भयाभह अवस्थाको सिर्जनामा कसले जिम्मेवारी लिने ?

हरेक वस्तुका आफनै सीमा र परिधि रहेको हुन्छ, त्यही परिधिमा रहेर अगाडि बढ्न सकेमा नै त्यसले ग्रहण गर्न सक्दछ । परिधि र सीमा भन्दा बाहिर गएर गरिने हत्कण्डाको उपज कोरोना हो । प्राकृतिक विनाश र वातावरणीय असन्तुलनलाई अव पनि समयमा नै चिर्न सकिएन भने कोरोना रोग केही समयका लागि विश्राम लिएता पनि प्रकृतिले नयाँ रोगको आविष्कार गरेर मानव जातिको यो ज्यादतिका विरुद्ध आफनो उपस्थिति प्रकट गरिरहन्छ । वातावरण र प्राकृतिका लागि देश होईन, भूगोल प्रधान हुन्छ, मानव निर्मित देश र सीमामा यसको परोक्ष सरोकार राख्दै, जहाँ प्रकृतिको बढी दोहन र वातावरणीय प्रतिकूल हुन्छ, त्यहाँ बढी विनाश निश्चित रहन्छ । जुन नियम प्रकृतिमा पनि लागु हुन्छ ।
विश्वका शक्तिशाली देशहरु विभिन्न रोगका रोग प्रतिरोधक औषधिहरु उत्पादन र रोग नियन्त्रणमा सफल भइरहँदा यो रोगसँग लड्ने औषधिको निर्माण गर्न किन असफल भए ? गम्भीर रुपमा सोच्न जरुरी भइसकेको छ । धर्तीका तापक्रम होस वा, वातावरणको अवस्था, यो सवैमा परिधिको सीमा पाउन सकिँदैन ।

मानव जातिले अवका दिनमा आफनो अस्तित्वको रक्षागर्ने हो भने प्रकृतिको संरक्षण र वातावरणीय अनुकूलतामा ध्यान दिनुपर्ने हुन्छ । प्रकृतिको निश्चित परिधि हुँदैन, समग्रतामा धर्तीमा आफुमा परेको प्रभावलाई नै यसले नियमन गर्दछ, जुन नियमन अहिले कोरोना रोगका माध्यामबाट गरिरहेको छ । आफुलाई सर्वशक्तिमान भन्ने देशले मात्र होईन, भूगोलमा सानो देशले समेत यो बुझन जरुरी भईसकेको छ । विकास र प्रतिष्पर्धाका नाममा गरिने अस्वस्थ गतिविधिको समयमा नै न्यूनीकरण र अन्त्य गर्न सकिएन भने मानव जातिको पतन निश्चित छ । विषयको गाम्भीर्यताको विविधतामा सकारात्मक वहसले नै अहिलेको निकास दिन सक्दछ । नत्र दम्भ र अहं मिश्रित यही भावले लामो समयसम्म हामी हाम्रो अस्तित्व जोगाउन सक्दैनौँ ।

Related News

सम्बन्धित समाचार

    • आमसञ्चार विधेयक र जनचासोको सवाल

      अधिवक्ता गिरधारी सुवेदी अधिवक्ता गिरधारी सुवेदी चैत्र ३०, २०७७
      गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘गण्डकी प्रदेशमा आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक’ प्रदेश मन्त्रिपरिषदबाट पारित गरी…
    • अर्घौं–कालिका मन्दिर दिगो संरक्षण र व्यवस्थापन

      Avatar सूर्यप्रसाद भण्डारी चैत्र २३, २०७७
      गण्डकी प्रदेश, कास्की जिल्ला पोखरा महानगरपालीका वडा नं. २८ मा अवस्थित कालिका मन्दिर क्षेत्रले समेटेको ऐतिहासिक महत्वको पोखरीसमेतको संरक्षण गरी…
    • सहकारीलाई र छायाँ बैकिंङ

      कृष्णमणि भुर्त्याल कृष्णमणि भुर्त्याल चैत्र २१, २०७७
      ‘बैंक’ भन्नाले रुपैयाँ पैसा जम्मा गर्ने, मागेको बेला भुक्तानी र सापटी दिने सरकारी वा गैह्र सरकारी संस्था बुझिन्छ । यही…
    • मैले देखेको फल्याङकोट

      क्या. हर्कबहादुर गोदार क्या. हर्कबहादुर गोदार चैत्र १४, २०७७
      फल्याङकोट कास्कीकोट राज्य अथवा २४ राज्यको १ किल्ला (फौजी पोस्ट) भएको इतिहास बताउँछ । यो सन् १७०० वा विसं १७५६…
    • पोखरामा नगर प्रहरीको नालीबेली

      वसन्तप्रसाद चालिसे वसन्तप्रसाद चालिसे चैत्र १३, २०७७
      वर्तमान अवस्थाका स्थानीय तह पूर्वीय दर्शनको युनानी राज्यको परिकल्पनाबाट विस्तार हुँदै आएको हो । नेपालको सन्दर्भमा स्थानीय तह जनताको सबैभन्दा…

    hero news full width