कोरोना प्रभाव पछिको व्यवस्थापन

bholasharma भोला शर्मा
जेठ ३०, २०७७

विश्व नै यतिबेला कोभिड–१९ बाट संक्रमित छ । प्राय सवै मुलुकहरुमा यस महामारीबाट जनजीवन आतंकीत बनेको छ । छिमेकी मुलुक चीनको हुवेई प्रान्तको वुहानबाट फैलिएको यस भाईरसले धनी – गरीव सवै मुलुकहरुलाई आच्छु आच्छु पारेको छ । नेपालमा पनि यसबाट संक्रमित हुनेको संख्या जेठ २९ गते सम्म ४६१४ पुगेको छ भने मृत्यु हुनेको संख्या १५ पुगेको छ । कोभिड–१९ को महामारीयुक्त संक्रमणकै कारण मुलुक गत चैत्र ११ गतेबाट लकडाउनमा छ । जनजीवन निकै कष्टकर छ । विदेशबाट मातृभूमि फर्कने नेपाली लाखौं डायस्पोराहरु तीब्र प्रतिक्षारत छन् । स्वदेश फर्किसकेका नागरिकहरु कतिपय क्वारेन्टाईनमा रहेका छन् । कोरोना पोजेटिभ देखिएकाहरु अस्पतालहरुमा उपचाररत छन्, नेगेटिभ देखिएकाहरु घरमा जान पाएका छन, कोरोना पोजेटिभ देखिएर उपचार पछि ८६१ जना नेपालीहरु नयाँ जीवन पाएर घर घर फर्केका छन् । शंकास्पद संक्रमणकारी टेष्टिङ्गको प्रकृयामा रहेका छन् । प्राय सबै परिवारहरु आआफ्नो घरमा आईसोलेशनमा रहेका छन् । समग्रमा परिस्थिति असामान्य छ ।

मुलुक आकारमा सानो भएपनि सम्पदामा धनी छ । जल, जंगल, जमिन, जडीबुटी र जन विविधता झल्कने सौन्दर्ययुक्त समाज र संस्कृति छ । भौगोलिक र जैबिक विविधता, जलश्रोतको प्रचुर अबस्था, सामाजिक र साँस्कृतिक विविधता, अर्थव्यवस्था र श्रम बजारमा सक्रिय जनशक्तिको बाहुल्यता, चारैतिर दुई बिशाल शक्ति राष्ट्रहरुको उपस्थिति, अन्तर्राट्रिय जगतको सहयोग र सद्भाव लगायतका उत्कृष्ट माहोल नेपालको समृद्धिका आधारशीला हुन् ।

कोभिड–१९ विश्वव्यापीकरणको प्रभाव हो । मानवीय अप्राकृतिक व्यवहारप्रति प्रकृतिले आफ्नो अस्तित्व र क्षमता देखाउदा परेको प्रभावको दुष्परिणाम हो । सारा संसार ठप्प पार्न हिम्मत राख्ने नरसंहारकारी कोरोना भाईरस उन्नति, प्रगति र समृद्धिको चरम बाधक पनि हो । विश्वका प्राय सबै मुलुकहरु यतिबेला विकासमा भन्दा पनि कोरोनाको व्यवस्थापनमा व्यस्त रहेका छन् । त्यसैले मुलुक यतिबेला आन्तरिक बन्दाबन्दी र नाकाहरुको शीलबन्दीमा रहेको छ । मुलुकका अत्यावश्यक बस्तु तथा सेवाहरुमा सबैलाई आत्मनिर्भरता हुनु पर्ने कुराको बोध भईरहेको छ । परिश्रमी नेपालीहरुको मानसपटलमा कोरोना प्रभाव संगै आत्मनिर्भररुपी चेतनाको ज्योति बल्न थालेको छ । परिणामतः गाउँघरका बाँझा जमिनहरु पुन उर्बरभूमि बन्न थालेका छन् । सामाजिक सञ्जालमा तरकारी खेतीको निकै विज्ञापन भएको छ ।

कोरोना संक्रमणबाट सिकिएको सबैभन्दा ठूलो पाठ भनेको हाम्रो आफ्नै पहिचान र संस्कृतिको नमस्कार गर्नु हो न कि पश्चिमा संस्कृतिबाट भित्रिएको हात मिलाउने, हक गर्ने, चुम्बन गर्ने । नमस्कारलाई छोटो, सजिलो र सभ्य सँस्कार मानिन्छ । दुई हत्केलाका दश औंला एक आपसमा जोडेर गरिने भएकोले नमस्कारबाट शरिरमा एक किसिमको सकारात्मक उर्जा पनि प्राप्त हुन्छ । कोरोना प्रभावबाट हामीले यो हाम्रै संस्कारको पुनरावृत्ति गर्नु पर्दछ । त्यसैगरी हामीले हाम्रै मातृभूमिमा रहेको उर्बर भूमि चिन्न सकेनौं । यहाँको मलिलो माटोमा जस्तोसुकै अन्न बाली, फलफूल, तरकारी र सागपात उब्जाउन सकिन्छ । हामीले हाम्रै समुन्नतिका लागि भूमिको दिगो उपयोग गर्न सक्नु पर्दछ । उत्पादनशील जमिनको खण्डीकरणलाई निरुत्साहित गर्नु पर्दछ । कोभिड– १९ को प्रभावबाट लाखौं युवाहरु वैदेशिक रोजगारीबाट स्वदेश फर्केका र फर्कदै छन् । तिनीहरुको रोजगारीमा समस्या हुन सक्छ । त्यसका लागि स्वरोजगारको भरपर्दो माध्यमको रुपमा रहेको कृषिको व्यवसायिकरण, यान्त्रिकीकरण र आधुनिकीकरण जरुरी छ । पढेर मात्र हुँदैन र नपढेर पनि हुँदैन । पढ्दैमा अक्षरका अन्नले पेट भरिंदैन । तसर्थ बाँच्नका लागि खानै पर्छ, खानका लागि केही न केही दुःख कष्ट पनि गर्नु पर्दछ । दुःख गरे पछिको सुखमा धरै आनन्द मिल्छ । तसर्थ अब कोरोनाबाट बचेर जीवनपद्धति सञ्चालन गर्न शिघ्र कृषि क्रान्तिमा जानु पर्दछ । साथसाथै स्तरीय मानव पूँजी निर्माणका लागि गुणस्तरीय र जीवनोपयोगी शिक्षा दिनु पर्दछ । कोभिड–१९ पछिको व्यवस्थापन गर्न चुनौतीको पहाडसँगै अबसरको मैदान पनि छ ।

मुलुक आकारमा सानो भएपनि सम्पदामा धनी छ । जल, जंगल, जमिन, जडीबुटी र जन विविधता झल्कने सौन्दर्ययुक्त समाज र संस्कृति छ । भौगोलिक र जैबिक विविधता, जलश्रोतको प्रचुर अबस्था, सामाजिक र साँस्कृतिक विविधता, अर्थव्यवस्था र श्रम बजारमा सक्रिय जनशक्तिको बाहुल्यता, चारैतिर दुई बिशाल शक्ति राष्ट्रहरुको उपस्थिति, अन्तर्राट्रिय जगतको सहयोग र सद्भाव लगायतका उत्कृष्ट माहोल नेपालको समृद्धिका आधारशीला हुन् । त्यसैले हामीले हाम्रै श्रोतसाधनको उच्चतम उपयोग गर्नु पर्दछ । कस्तुरीले झैं आफ्नै शरीरको बिनाको गन्ध खोज्न सांसार धाउनु पर्दैन । कृषि प्रधान मुलुक भएर पनि खाद्यान्न आयात गर्नु हुँदैन । जलश्रोतको धनी मुलुक भएर पनि विद्युत आयात गर्नु हुँदैन । विद्युत उर्जाको प्रशस्त उत्पादनबाट आयातित महंगो पेट्रोलियम पदार्थलाई विस्थापन गर्न सकिन्छ । जुम्ली र मार्फाली स्याउ कुहिएर जाने तर काश्मिरी र चाईनिज स्याउ खपत गर्ने वातावरण अन्त्य गर्नु पर्दछ ।

अब शिक्षा, सूचना र सञ्चारको प्रभावकारी परिचालन र व्यवस्थापन गर्न उत्पादनशील, उर्जाशील र सिर्जनशील जनशक्ति व्यवस्थापन गर्नुपर्छ । मुलुकमा ग्रेसम्स ल (खराब कामकुराले असल कामकुरालाई जित्ने अबस्था) हाबी हुन दिनु हुँदैन । तत्कालका लागि जनताको उपभोग्य आबश्यकता परिपूर्ति गर्ने र बन्दाबन्दी भरको सरकारी ऋणको ब्याज खुकुलो गरिदिने व्यवस्था गर्न सके जनताको मुहारमा मुस्कान पाउन सकिन्छ । त्यसैगरी पोर्क ब्यारेल प्रोजेक्ट (प्रतिफल विश्लेषण विनाको आयोजना) चयन गर्नु हुँदैन । पीपीपी (सार्वजनिक निजी साझेदारी) को अभ्यास गर्नु पर्छ । कर्मचारी काजमा होईन कामकाजमा रमाउनु पर्छ । राजनीति नीति राजनीति प्रति उत्तरदायी हुनु पर्छ नकि नेता राजनीति प्रति । जनता जनार्दनले जनअपनत्वको सबलीकरण सहित संभाबनाको सपना बाँडेको आदर्श नेतृत्वलाई घच्घच्याउनु पर्दछ । प्रशासकहरुले अतिबादी सोच र नेताहरुले उग्रबादी धारणा त्यागेर आँफुलाई समयानुकुलको परिस्थितिजन्य परिवर्तनमा अक्षुण्ण रुपमा क्रियाशील राख्नु पर्छ । च्याउ सरी उम्रेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु जनताका आँखाका नानी बन्न सक्नु पर्दछ ।

अन्त्यमा कोरोनाको प्रभावलाई यसको अस्तित्व अन्त्य नभए सम्म सावधानी र संघर्षका साथ स्वीकार गर्दै निरन्तर अगाडि बढ्नुको विकल्प देखिदैन । यस महामारीको प्रभावले मुलुकलाई जेजति नोक्सानी पु¥याए पनि धैर्यवान र सहनशील शासक÷प्रशासक÷जनताहरुले उल्लेखित सुझावहरुको अभ्यास गरेर नेपाललाई स्नान गरेपछिको तन र ध्यान गरेपछिको मन जस्तै बनाउने छन् भन्ने कुरामा आशाबादी रहन सकिन्छ । हजारौं वर्ष देखिका गरिब नेपाल दुखी नेपालीलाई कोरोनाको दर्दबाट शिघ्र उन्मुक्ति मिलोस् । उन्मुक्ति संगै समृद्ध नेपाल सुखी नेपालीको साबिक गन्तब्य मार्गमा पुन गतिशील रहन लाखौं करोडौं शुभकामना छ नेपाल आमालाई ।

हाम्रो सुझाव