हाम्रा धर्मशास्त्र र पुराणहरूमा उल्लेख भए अनुसार भगवान् पुरुषोत्तमका आज्ञाले देव दानव मिलेर मन्दराचल पर्वतलाई मदानी, बासुकी नागलाई नेतिको रूपमा प्रयोग गरी क्षीर सागरमा समुन्द्र मन्थन गरिएको थियो। समुन्द्र मन्थन पश्चात् उत्पन्न अमृतपानका सर्न्दर्भमा देवता र दानव बीच कसले पहिले अमृत पान गर्ने भन्ने विवाद सुरु भयो। दुवै पक्ष आफैले पहिले अमृत पाउनु पर्ने -अहं पिर्वेय पूर्वतु …) भन्ने अडानमा रहेको अवस्थामा भगवान विष्णु स्वयं दैत्यहरूलाई मोहित गरी देवताहरूलाई मात्र अमृत पान गराउने उद्देश्यले मोहिनी रूपमा प्रकट हुनुभयो। अमृत मन्थन गर्दा द्वादशसंख्या अर्थात १२ वटा कुम्भ प्रकट भए। यी मध्ये ४ वटा कुम्भ चाहिँ भारत भूमिमा, लोकान्तरमा स्थापित ८ वटा कुम्भ मध्ये पाँचौ कुम्भ नेपालमा स्थापना भएको, बाँकी ७ वटा कुम्भ चाहिँ देवताहरूको क्रिडास्थल नेपालकै हिमालय पार्श्ववर्ति भूमिमा रहेको भन्ने पुष्टि पाइन्छ। भारतका प्रयाग, हरिद्वार, उज्जैन र नासिकमा कुम्भ महोत्सव हुने गरेको तर पाँचौ अत्यन्त महत्वपूर्ण कुम्भ नेपालमा रहेको यसको अज्ञानताले गर्दा सुषुप्त अवस्थामा रहेकोमा हाल राष्ट्रभावनाले ओतप्रोत भएका योगी, तपस्वी, जगद्गुरुहरूको सामुहिक सत्प्रयासमा अव उप्रान्त पुनरजागरण तर्फलम्केको पाइन्छ।
विष्णु भगवानले अमृत कलश उठाउँदा त्यो कलशको घाँटीमा अमृतको तर जमेर पिण्ड रूपमा रहेको पाउनुभयो। सो तरलाई अलग गरी देवताहरूलाई अमृत पान गराउनुभएको बाँकी रहेको तरबाट देवताहरूले पनि सो पिण्डबाट शिवलिङ्ग बनाएर रुद्राक्षारण्यको बीच भागमा लगि ‘पिण्डेश्वर महादेव’ नामाकरण गरी स्थापना गरे। हाल धरान नगरपालिका अन्तर्गत विजयपुर पर्वतमा अद्यावधि पिण्डेश्वर महादेव विराजित हुनुहुन्छ। यसकारण भारत भूमिमा हुने कुम्भोत्सव भन्दा नेपालमा हुने कुम्भोत्सव बढी महत्वपूर्ण मानिन्छ। पिण्डेश्वर महादेवको विधि विधानस्वरूप स्थापना, पूजा अर्चना भएपछि भगवान विष्णु कौशिकी तटमा आई कुम्भ स्नान गरेर कुम्भ पर्व प्रारम्भ गर्नुभएको कुरा १८ पुराण मध्येको स्कन्द पुराणमा उल्लेख भएको पाइन्छ। चैत्र शुक्ल प्रतिपदादेखि सोही पक्षको पूणिर्मासम्म नित्य स्नान गर्नु भएको हुनाले नेपालमा हुने कुम्भ महोत्सवका लागि भारत भूमिमा हुने कुम्भ महोत्सवका जस्तो राशी ग्रहको योग पर्नुपर्दैन स्वतः १२/१२ वर्षा उक्त पक्षमा हुन जान्छ। प्राचिन देवस्यरूप मनुष्यले यो परम्परा थामिरहेता पनि धेरै कालक्रम पश्चात् यो पर्वले आफ्नो आकार गुमाउँदै शुन्य भयो।
लामो कालखण्ड पश्चात् चतराधाम निवासी अद्यात्मपथीक एवं अन्वेषक कविमान बज्राचार्यको पहलमा २०४५ सालमा भू.पू. प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालबाट समुद्घाटन पश्चात् वि.सं. २०५९ मा जगद्गुरु बालसन्त श्री मोहनशरण देवाचार्य महाराजजीको प्रयासमा प्रथम पूर्ण कुम्भोत्सव सम्पन्न भयो। २०६५ मा परम पुज्य महायोगी सिद्धबाबा श्री श्री १००८ डा. श्री वैष्णव कृष्णदास महाराजजी एवम् जगद्गुृरु बालसन्त श्री मोहनशरण देवाचार्यजीको सत्प्रयासमा अर्धकुम्भमहोत्सव समेत सम्पन्न भइसकेको छ। हाल परमपुज्य सिद्ध बाबा जगद्गुरु बालसन्त, वेदान्तविद् स्वामी श्री कैलाशनन्द सरस्वतीज्यूको सत्सङ्कल्प एवम् धार्मिक संघसंस्था र धर्म मर्मज्ञ सर्वसाधारणहरूको उत्साह साथै नेपाल सरकारको संयुक्त प्रयासमा ऐतिहासिक, साँस्कृतिक, धार्मिक महत्त्वले भरिएको आदि तीथ बराह क्षेत्र र चतराधाम सुनसरीमा मिति २०७० चैत्र १७ गतेदेखि २०७१ वैशाख १९ गतेसम्म सञ्चालन भएको दोस्रो कुम्भोत्सव सु-सम्पन्न भइसकेको छ। कुम्भमेला मुल आयोजक समितिका अनुसार स्वदेशी राष्ट्रभक्त संस्कृत्रि्रेमी एवम् धर्मानुरागी दाजुभाई दिदीबहिनीहरूको एवम् विदेशी भारत, बर्मा, भुटान, श्रीलङ्का, बंगलादेशबाट हिन्दु धर्माबलम्बी समेत गरी करिव १ करोडभन्दा बढी तिर्थालु भक्तजनहरूको आगमन भई त्यहाँको प्रत्यक्ष दृश्यावलोकन गरी धार्मिक ज्ञान एवं लाभ हासिल गरिसक्नुभएको छ। चतराधाम वराहक्षेत्रका विभिन्न पिठाधिश्वरहरूको संयुक्त आयोजनामा यस कुम्भ मेला सफलतापूर्वक सम्पन्न हुन सकेको हो। विशेषगरी आ-आफ्ना गुरुहरूको सानिध्यता, सर्म्पर्क, सत्स· र श्रद्धालु भक्तजनहरू नै यस कुम्भमेलाका आकर्षाको केन्द्रविन्दु बन्न पुगेका थिए।
वि.सं. २०७० चैत्र शुक्ल प्रतिपदा -चैत्र १७ गते सोमबार)का दिन पहिलो साही स्नान, वि.सं. २०७१ चैत्र शुक्ल पूणिर्मा (बैशाख २ गते मंगलबार)को शुभ दिनमा दोस्रो साही स्नान, वि.सं. २०७१ कृष्ण औंसी वैशाख शुक्ल तृतीया/अक्षय तृतीया (वैशाख १९ गते शुक्रबार) का दिन अन्तिम साही स्नान सम्पन्न भयो। उक्त साही स्नानमा पहिला सन्तमहात्मा नागा बाबाजीको घोडा सहितको झाक्री, जगद्गुरुहरू हात्तीमा शयर, ध्वजापताकाद्वारा सिङ्गारित विशेष रथको विशिष्ट सिंहासनमा विराजमान श्री श्री १००८ डा.श्री वैष्णवकृष्णदास महाराज सहित अनेकौ साधुसन्त, महन्त समेत पदापरण गरिएको रथ, त्यसपछि न्याउली बाजा, वेन बाजा भजन कृतनको गड्गडावट मंगल ध्वनिका साथ लामबद्ध रूपमा बटुक सन्तमहात्मा, हजारौ सर्वसाधरण भक्तजनहरूको पदयात्रासहित सुरक्षाकर्मी, पत्रकार कोका र कौशिक नदीको संगमस्थलमा स्नानको लागि प्रस्थान कार्यक्रम सुसम्पन्न भयो।
पूर्ण कुम्भ अवधिभर जगद्गुरु श्री रामानन्दाचार्य सेवापीठमा दैनिकी कार्यक्रमहरू सु-सम्पन्न भएका थिए। हरेक दिन विहान ४ बजे पूर्व नै शौचादी स्नान पश्चात् दिव्य गोमुत्र लगायत १०० भन्दा बढी जडीबुटीद्वारा निर्मित क्वाथ, र कहिले दिव्य अमृत चियापानको व्यवस्था गरिएको थियो। क्वाथ, दिव्य चियापन पश्चात् ४ बजेदेखि ८ बजेसम्म महायोग साधना दिक्षा तथा शक्तिपातद्वारा कुण्डलिनी शक्ति जागरण, योग न्रि्रा आदि सम्पन्न भएको थियो, ठीक ८ बजे बालभोग, ८ बजेदेखि ११ बजेसम्म राम सहस्रनाम पाठ, विष्णु सहस्रनाम पाठ, गोपाल सहस्रनाम पाठ, वेदपुराण पाठ, दुर्गा सप्तशती पाठ, मन्त्र पूजा/पाठ गोदान, जन्म कुण्डली अध्ययन, ग्रहशान्ति तथा हवन, आयुर्वेदिक पद्धतिद्वारा नाडी परीक्षणका, मन्त्र उच्चारणद्वारा देशको सुखशान्तिको कामना राख्दै दैनिक १०८ ब्राहृमणद्वारा हवन साथै औषधी तथा योग उपचार कार्यक्रम सम्पन्न भयो। मध्यान्ह ठीक १२.०० बजे भोजन प्रसादी ग्रहण, विश्राम पछि पुनः अपराहन्न २ बजेदेखि ५ बजेसम्म सिद्ध महायोग सम्बन्धी ऋचाहरूमा आधारित रहेर सङ्गीतको मधुर ध्वनि सँगसँगै साधकहरू योग साधनामा नै रही भागवत श्रवणको काम भयो। २०७० चैत्र १७ गतेदेखि राम नवमी पर्यन्त १०८ भक्तजनहरुद्वारा श्रीरामचरित्रमानस पाठ परायण र श्रीरामकथा बाचन सम्पन्न भई अखण्ड सीताराम भजन कीर्तन कार्य निरन्तर चलिरहेको छ।
मेलाको सबैभन्दा आर्कषणको रूपमा रहेको जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठद्वारा पदापरण गरिएको विशाल इच्छापूर्ण हनुमानजीको मूर्ति र अमृतमय कुम्भ घडा रहेको पाइन्छ। चैत्र शुक्ल पूणिर्मा वैशाख २ गते मङ्गलबार हनुमान जयन्तीको अवसर पारेर विधिवत रूपमा हनुमानजीको प्रतिमाको प्राण प्रतिष्ठा गरी उद्घाटन गरियो। उद्घाटन पश्चात् १७१ के.जि.को लड्डु हनुमानजीको सामिप्यमा चर्ढाई प्रसादीका लागि वितरण गरियो। हनुमानजीलाई अर्पण गरेको १७१ के.जी.को लड्डु र अमृत जल यस पीठको विशेष प्रसादी रहेको पाइन्छ। जुन जल १०० भन्दा बढी दिव्य जडीबुटीहरुद्वारा बनाइएको थियो। हनुमानजीको मुर्तिको खराउदेखि छत्रसम्मको उचाइ ३५ फिट, जमिनको सतहदेखि छत्रसम्मको उचाइ ७५ फिट अग्लो रहेको छ। यो प्रतिमा ३ टन फाइबर ग्लासबाट निर्माण भएको हो। यो प्रतिमाको आयु कम्तिमा १०० वर्षतोकिएको छ। सो मुर्ति पदापरण हुनुमा सिद्धबाबा महाराजजी पहिलो दिन चतराधाम शुकला हुँदा पहिलो रात्रीको स्वप्नमा हनुमानजी, महादेवजी र वराह भगवान् देखेको प्रसङ्गबाट सो सेवापीठ समिप हनुमानजीको मुर्ति राख्ने इच्छा पूर्ण सफल भएको स्वयं महाराजजी बताउनुहुन्छ।
एउटा अनौठो संयोग हनुमानजीको जन्म मंगलबार, श्री महाराजजीले स्वप्नमा देखेको दिन पनि मंगलबार। अनि निर्माण गर्दा देखि मुर्ति पदापरण गर्ने सम्मका प्रमुख कार्यहरू पनि सबै मंगलबारका दिनमै सम्पन्न भएको रहस्य यहाँ पाइन्छ।
हनुमानजीको सन्मुख अगाडि सम्पूर्ण भक्तजनहरूको ग्रहशान्तिको लागि विधिवत हवन पूजा, पूर्र्वी दक्षिणी भागमा लक्ष्मीनारायण मन्दिर शिवमन्दिर, रथारुण, सूर्य मन्दिर, रिद्धिसिद्धि सहित दुर्गा मन्दिर, देव्रे साइडमा द्वादश ज्योतिर्लिङ्ग सहस्र लिङ्ग पुजन तथा प्रदर्शन गरिएको थियो। प्रमुख गेटको सन्मुख, हनुमानजीकै देव्रे साइडमा सिद्ध महायोग साधना केन्द्र/प्रवचन पाण्डल निर्माण गरिएको थियो। जुन पाण्डलमा १००० भन्दा बढी भक्तजनहरू अट्ने हलमा ३०० भन्दा बढी साधकहरूले नियमित रूपबाट योग साधना, रामायण पाठ, भागवत प्रवचन सत्सग गरेका र २००० भन्दा बढी साधकहरूले त्यसबाट प्रत्यक्ष लाभ हासिल गरेका थिए।
कुम्भभेलाको महिमा र विशेषताको बारेमा अन्तराष्ट्रिय स्तरमा सन्देश पुर्याउनको निमिक्त स्वदेशी पत्रपत्रिका, टेलिभिजन लगायतको सञ्चारका माध्यमबाट उल्लेखनीय भूमिका खेलेको पाइन्छ। कुम्भमेला अवधिभर यस श्री रामानान्दाचार्य सेवापिठमा भएका गतिविधि बारे ‘हिमालयन टेलिभिजन’ प्रा.लि.ले प्रत्यक्ष प्रसारण गरी अतुलनीय योगदान पुर्याएको थियो। अन्तराष्ट्रिय क्षेत्र लगायत विशेषगरी भारतीय भूमिमा प्रसारित गर्ने ‘आस्था च्यानल’, ‘न्यूज २४’ पत्रिका लगायत आफ्नो सेटलाइटबाट २४ सै घण्टा संसारभरि प्रसारित गर्ने ‘द हिन्दुस्थान टाइम्स’ पत्रिकाले उल्लेखनीय भूमिका बहन गरेको छ। यी गतिविधिहरूले गर्दा चतराधाम क्षेत्र (कुम्भ नगरी) प्रमुख धार्मिक स्थलको रूपमा विश्वभरि नै चिनिन पुगेको छ।
यस सेवा पीठमा कुम्भको सुरुदिन देखि अन्तिम दिनसम्म पनि देश बाहिर विशेष भारतका सर्वाेच्च पद हासिल गरेका विशिष्ट व्यक्तिहरूको आगमन भइरहेको थियो। त्यस्तै गरी सम्माननीय राष्ट्रपति, प्रधानमन्त्रीलगायत, मन्त्रीहरू, सांसदहरू, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरू, सुरक्षाकर्मीहरू, पत्रकारहरू, साधुसन्त, योगी, महात्माहरूको दिनप्रतिदिन ओइरो लागि रहेको थियो। यस क्षेत्रको उत्थान, धार्मिक एकताको लागि आ-आफ्नो स्थानबाट तत्परताकासाथ सहयोग गर्ने बचनबद्धता दिने क्रम बढ्दो थियो।
करिव ३०० वर्षपहिले देखिनै लुप्त भएको ब्रहृमविद्या पुनरजागरण गर्नु, भौतिकवादी समाजलाई चीरसुख, समृद्धि, आरोग्य एव ऐर्श्वर्य प्राप्ति गर्नका साथै आध्यात्मिक, यौगिक, आयुर्वेदिक चेतना अभिवृद्धि गरी देशको सेवा गर्न गाउँ-गाउँ, जिल्ला-जिल्लामा गई आम जनतालाई नेपालको अमुल्य जडीबुटीको संरक्षण, खेती, सिद्धमहायोग साधनाबारे यथार्थ ज्ञान दिंदै, मानवीय सव्यताको सुरुवात नेपालबाट भएको भन्ने विश्व सामु फैलाउनु, नेपालको जल, जमिन र वनस्पतिको यथोचित प्रयोग गरी राष्ट्रलाई स्वाबलम्बी, बेरोजगारमुक्त बनाउनु महाराजजीको अठोट रहेको छ। ‘भित्र पसेर हेर, माथि उठेर सोच’ भन्ने आदर्शका साथ परमपुज्य श्री श्री १००८ डा. श्री वैष्णव कृष्णदासजी महाराजबाट वि.सं. २०६७ मा नेपाल भूम्रि्रतिको अटल माया प्रेम, सद्भावले आफूले विदेशी भूमिमा पाएको अनेकौ सुखसयल त्याग गरी ‘जननी जन्म भुमिश्च स्वर्गादपी गरियसी’ भन्ने उक्तिलाई सम्झी सुनसरी जिल्लाको कौैशिक र कोका नदीको संगमस्थल चतराधामको बगरमा रामानान्दाचार्य सेवापीठको नामबाट राष्ट्रको सेवाको निम्ति आफ्ना अभिष्ट उद्देश्यहरू पूरा गर्नको लागि आरम्भ गर्नुभएको हो। शिक्षा संस्कार, समृद्धि र शान्तिको माध्यमबाट विवेकपूर्ण मानव समाजको पुनस्थापना गर्ने उहाँको मुख्य लक्ष्य रहेको छ। भावी रणनीतिहरूमा आयुर्वेदिक विद्यापीठको स्थापना, आयुर्वेदिक चिकित्सालय सञ्चालन, राज्यलाई कृषि तथा जडीबुटी उत्पादनतर्फउन्मुख गर्राई स्वरोजगार सृजना गराउने, प्राच्य धर्मदर्शनलाई यथार्थ रूपमा सम्प्रेषण गर्ने, महायोग साधनालाई प्रत्येक जनमानसमा विस्तार गर्ने रहेका छन्। यी रणनीतिका सबै पूर्वाधार खडा भैसकेको पनि पाउन सकिन्छ।
हाल राजनीतिक, जातीय, धार्मिक, भाषिक साँस्कृतिक, लैङ्रगिक दृष्टिकोणले आमजनमानसमा एक आपसमा भाइचारको नाता टुट्दै गएको अवस्था, एक अर्कामा विश्वासको वातावरण कम हुँदै गएको अवस्थामा सद्गुरुदेवजीले निश्वार्थपूर्वक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनताहरूलाई विना जातभात, उचनिच, धनिगरिव, धर्मलि· नभनी वैष्णव परिवारको नाउँबाट एक सुत्रमा बाध्न सफल हुनु उहाँको अलौकिक शक्तिको उपज हो। हज्जारौ मानिसले गर्न नसकेका, मुख्यरूपमा राष्ट्रले पनि आँट गर्न नसकेको कार्यहरू उहाँ एक्लैले पूर्ण गर्नु भएको छ। आज उहाँ एक्लो हुनुहुन्छ। उहाँका हरेक इच्छा, आकाङ्क्षा, लक्ष्य, विचारहरू पूर्ण रूपमा राष्ट्रप्रेमी पाउन सकिन्छ। तर राष्ट्रले अझै बुझ्न सकिरहेको छैन यस्ता सन्त योगी महात्मा गुरुहरूलाई। सुन्दा, देख्दा पनि कहाली लाग्दो आङ् जिरिङ्ग भएर आउँछ। हाम्रो आफ्नो सानो ८-१० जनाको परिवार मिलाउन नसकेर घरपरिवारमा किंचलो बढेको पाउन देख्न सक्छौ। एकल व्यक्तिले केही नभएको खाली बगरमा छोटो समयमै यती धेरै स्थायी अस्थायी भौतिक संरचनाहरू जोडी व्यवस्थापन गर्नु, मानवसागरलाई महिनौदिनसम्म खानपान, ऐस आरामको व्यवस्थाको प्रपञ्च मिलाउनु, कोही कतैकसैलाई दुःख तकलिफको महसुस हुन नदिनु, भएकाहरूलाई तुरुन्त निवारण गर्न सक्नु, कहि कतै कुनै अप्रिय घटना नभईकन यत्रो कुम्भ मेला सम्पन्न हुनु भनेको यस्ता सिद्धपुरुषहरूको अथाह शक्ति, सामर्थ्यले मात्र सम्भव भएको हो। हामी सम्पूर्ण भक्तजनहरू, तिर्थालुजनहरू, साधकजनहरू सद्गुरुदेवप्रति साधुवाद प्रकट गर्न चाहन्छौ। हामीले सद्गुरुदेवको उद्देश्यलाई साकार पार्नुतर्फलाग्नुपर्छ। सद्गुरुदेवबाट दिइएका दिव्यवाणी, आशिषवचनहरूलाई अक्षरस पालना गरी हामी हामीमा कुनै मनमुटाव बैमनस्यता नराखी निःस्वार्थ भावनाले काम पूरा गर्नु जरुरी छ। उहाँको कार्यलाई पूरा गर्नको लागि नेपाल सरकारलाई बार बार घच्चाइरहनु जरुरी छ। राष्ट्रले पनि यस्ता सत्पुरुषको अन्तरआत्मा बुझी उनीहरूको नेपालआमा प्रतिको प्रगाढ मायालाई पूरा हुन दिई, उहाँहरूको नेपालप्रतिको साँचो प्रेमलाई बुझि राष्ट्रिय विभुतिको रूपमा घोषणा गरी सम्मानपूर्वक व्यवहार गर्नु जरुरी हुन्छ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
यसरी रित्तियो बक्राङ
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
मंसिर २२, २०८०पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०