हिजोआज धेरैजसो हाम्रा दाँत पहेलिने समस्या देखिएको छ। व्यक्तिगत सरसफाइ वा दन्त स्वास्थ्यमा उचित हेरचाह नपुग्नु नै यस समस्याको मुख्य कारण हो। यस्तो समस्या कसरी दाँतमा देखिन्छ ? यो कुरा बुझ्नका लागि सर्वप्रथम हाम्रो मुखमा रहेका दाँतको वनावटको बारेमा बुझ्नु जरुरी हुन्छ।
दाँत एक प्रकारको कडा र चम्किलो हड्डीले बनेको हुन्छ। दाँतहरू भिन्नाभिन्नै स्वरुप र ढाँचामा मुखमा लाइनबद्ध रुपमा रहेका हुन्छन्। एउटै सतहमा तल र माथि मिलेर रहेका दाँतले फरक-फरक बनावट अनि फरक-फरक काम गर्ने गर्छन्। अघिल्ला दाँतले खाना समात्ने या च्याप्ने काम गर्छन् भने पछाडिपट्टि रहने दाँतले खाना फुटाउने/टुक्रयाउने र मसिनो पार्ने काम गर्छन्। सिङ्गाो एउटा दाँतको बनावटलाई हेर्ने हो भने दाँतलाई दुर्इ भागमा विभाजन गरिदिएको पाइनछ दन्त विज्ञानले। दाँतको गिजाभित्र रहेको भागलाई जरा र गिजाबाहिर रहेको भागलाई दाँतको खोल भनी दन्त विज्ञानले प्रस्टाएको छ। दाँतको जराको भित्री भागमा भने रगत ओसारपसार गर्ने नली हुन्छ। उक्त नलीलाई हामी नसा पनि भन्ने गछौँ। गिजाभित्र रहेको जराको भाग पूरा रुपमा सिमेन्टम् नामको हड्डीले बनेको हुन्छ। गिजाभन्दा माथि देखिने दाँतको भागको बनावट भने डेन्टायिन र इनामेलले बनेको हुन्छ। डेन्टायिनको भाग पहेलो हुने हुँदा बाहिरी इनामेलको सेतो भाग खिँइदै गइ भित्री भाग तथा दाँत पहेलो देखिन जान्छ।
हामीले विभिन्न कुरा खाँदा, पिउदा होस् या अन्य कुनै चोटपटकबाट हाम्रो दाँतको बाहिरी भाग जुन इनामेलले बनेको हुन्छ, त्यो तह नै घोटिएर, च्यातिएर, टुक्रिएर गुम्न जान्छ भने पनि हाम्रा चम्किला सेता दाँत पहेलिन जान्छन्। कुनै बेला दाँत टोकिएर अथवा विना कारण दाँतको नशा च्यापिएर दाँत मर्न पनि सक्छ। त्यो समयमा पनि दाँत पहेलो देखिँदै जान्छ। यस्तो दाँतमा भने केही भाग निलो दाग देखिँदै जान्छ। तर यो अवस्थामा सबै दाँतमा एकनासको लक्षण भने नदेखिन पनि सक्छ।
दाँत पहेलिनुको अन्य मुख्य कारण भनेको दाँतको हेरविचार अर्थात् मुख स्वास्थ्यप्रति संवेदनशील हो। पानपराग, खैनी, सुर्ती, तमाखु, चुरोटजन्य वस्तुको बढ्दो प्रयोग र विभिन्न रसायनयुक्त पेयपदार्थको प्रयोग दाँत पहेलो बनाउने मुख्य कारण मान्न सकिन्छ। मोतिजस्ता चम्किला दाँतको चमकलाई सजिलैसँग गुलिया, अमिला खानेकुराले लुटिरहेका हुन्छन्। अखाद्य रोग प्रयोग भएका खानेकुराले पनि दाँतको बाहिरी भागमा असर गर्छ र दाँत पहेलो बनाउँन सक्छ।
दाँत पहेलिनुमा अन्य रोगले पनि सहयोग गर्ने गर्छन्। ग्याष्ट्रिक, अल्सर जस्ता रोगका कारण मुखमा अमिलो पानी आउने र उक्त पानीले हाम्रो दाँतको बाहिरी भागमा रहेको इनामेललाई खियाएर पनि दाँत पहेलो देखिने गर्छ। यसैगरी, शरीरको हड्डीहरूमा हुनुपर्ने भिटामिनको घटीबढीले पनि यो समस्या देखिन्छ। दाँतको बनावटमा फाइदा नै गर्ने फोलोराइड तत्व बढी हुँदा पनि दाँत ब्रि्रने, फुट्ने, टुक्रिने हुन्छ। यो रोगलाई दन्त विज्ञानले फोलोरोसिस नामकरण गरेको छ। यस्तो रोगका लक्षणमध्ये दाँत फुलेजस्तो -सेतो दाग) देखिनु, विस्तारै बढ्दै गई दाँतको बाहिरी भागलाई अर्थात् इनामेलको भागलाई चोइटाइदिन्छ र दाँत पहेलो हुन जान्छ। यस्तो रोग बेलैमा उपचार गराउँदा फाइदाजनक हुन्छ। रोग बढ्दै जाँदा सुन्दरतालाई नै असर पर्न जान्छ। पेशा, कामकाजले पनि दाँतको रंगमा फरक पार्दछ। दाँतले च्यापेर वा दाँतको मद्दतले काम गर्दा पनि दाँत खिइने, टुक्रिने हुन्छ। कडा रुपमा ब्रस गर्दा, नाङ्गो अर्थात् पेस्ट विना नै दाँत ब्रसले घोट्दा दाँत पहेलिन्छ। धेरै लामो समयसम्म आवश्यकताभन्दा बढी दाँत ब्रस गर्दा, रगेट्दा दाँत पहेलिन्छ। दाँतलाई चम्किलो र स्वस्थ राख्न कसलाई पो मन हुँदैन र तापनि जानेर या नजानेर हामी मुस्कानलाई निचोरिरहेका हुन्छौं। कारण दाँतकै समस्याले। पहलोपना, कालो दाग, टुक्रेका दाँत हाम्रो सुन्दरताका अवरोधक हुन्।
दाँतलाई पहेलिनबाट बचाउन हामी नियमित दाँत एवम् मुखको सरसफाइमा लाग्नु जरुरी हुन्छ। दाँत, मुखको स्वास्थ्यले दाँतको वनावट एवम् हाम्रो सुन्दरतालाई नै दिगो राख्न मद्दत पुर्याउँछ। बिहान-बेलुकी सधैं खाना खाइसकेपछि ब्रस गर्ने, ब्रस गर्दा धेरै कडा ब्रस नगर्ने, जाँड, रक्सी, सुर्तीजन्य पदार्थको सेवन नगर्ने, चकलेट, मिठाइ, गुलिया एवम् अमिला खानेकुरा खाँदा ख्याल गर्ने, खाए पनि खानेबित्तिकै सफा पानीले मुख कुल्ला गर्नाले दाँत पहेलिनबाट बचाउन सकिन्छ। यसका साथै दाँत, मुखको स्वास्थ्यलाई पनि अन्य शारीरिक स्वास्थ्यसरह चेकजाँच गराउनु नितान्त आवश्यक छ। हरेक छ महिनामा दन्त स्वास्थ्य, अस्पताल वा क्लिनिक परामर्श केन्द्रमा गई आफ्नो दाँत, मुख स्वास्थ्यको बारेमा जानकारी लिनु आवश्यक छ। यसले दाँतको सुन्दरता कायम राखी भविष्यमा हुनसक्ने रोगबाट पनि जोगाउँछ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०