कामधेनु गोपीठ, देवकुम्भ, प्राचिन शंखप्रभ घुमारीघाट परिचय

आदर्श समाज सम्वाददाता
जेठ २, २०७१

नवलपरासी र तनहूँको सिमानामा अवस्थित भारतीपुर गाविसको वडा नं. ७ स्थित घुमारीघाट ९ञ्ल्द्दठण्छज्ञु भ्डद्धण्ण्ठु भभिख। कृष्णागण्डकीले नेपालको मध्यविन्दुमा निर्माण गरेको आकर्षक घाट हो। स्थानीय जनमान्यतामा कृष्णागण्डकी बगेर देवघाटमा अन्य गण्डकीहरु संग मिल्नजाने क्रममा मार्गमा कामधेनु गाईले बाच्छीलाई दुध खुवाउँदै गरेकोले दाहिना परिक्रमा गर्दा घुमाउरो आकार लिन पुगेको विश्वास गरिएको छ। तनहुँ राम्जाकोटको उम्से डाँडाबाट हेर्दा कुम्भ -भगवती लक्ष्मीको घडा) आकार देखिने यो घाट कृष्णा गण्डकीले बनाएका घाटहरु मध्यको अत्यन्त सुन्दर घाट हो।

करिव ५०० रोपनी क्षेत्रफलको यो कुम्भ आकारको भूखण्डको घाँटीको फैलावट पानी देखि पानीसम्म करिव ४० मिटर भएता पनि आवत जावत गर्न मिल्ने भूखण्ड केवल ५ मिटरको मात्र छ। कुम्भको मुखमा मूर्ति रहित कामधेनु मन्दिर छ जहाँ मूर्तिको रुपमा चट्टानमा देखिने गाई र बाच्छीको खुरको डोवमा पूजा गरिन्छ। दिपावलीको लक्ष्मीपूजाको दिनमा विशेष पूजा गरिने यो मन्दिरको आकार सानो भएता पनि जनविश्वास गहिरो छ, टाढाटाढा सम्म फैलिएको छ।

स्थानीय नारायण लामिछानेका अनुसार यो भूखण्डमा पहिलापहिला मध्य रातमा शंखको आवाज सुनिन्थ्यो तर हाल सुनिन छाडेको छ। गण्डकीले दाहिना परिक्रमा गरेको तथा शंखको आवाज सुनिने गरेकोले स्थानीय वासीन्दाले यो भूखण्डलाई दाहिना शंख पनि भन्ने गरेका छन्।

व्रहृमवैवर्तपुराण तथा वराहपुराणमा उल्लेख गरिएको शालङ्कायन ऋषिले घोर तपस्या गरेपछि चारैदिशामा भगवान्को दर्शन पाउनुभएको कथासंग मेलखाने यो भूखण्डलाई प्राचीन शंखप्रभको रुपमा लिन सकिन्छ। शाल्रि्रामयुक्त बगरले बनेको यो भूखण्डमा पाईने हरेक बाद्यचट्टानमा शाल्रि्रामको दर्शन गर्न पाईन्छ भने कृष्णाकोतिरमा यत्रतत्र छरिएका विभिन्न आकारका शाल्रि्रामहरु पाईन्छ। प्रसस्त शाल्रि्रामहरुको बास भएको यस भूखण्डको बीचमा हिरण्यगर्भ शाल्रि्राम विराजमान भएको विश्वासका साथ यस घाटलाई देवकुम्भको उपनामले पनि चिन्न सकिन्छ।

बोटे, माझी, मगर तथा दलितहरुको बाहुल्यता भएको यो भूखण्डमा एक घर मात्र ब्राहृमणको छ। सिचाई तथा खानेपानीको समस्या भएको यो भूखण्ड बाढीको दृष्ठिले उच्च जोखिमको क्षेत्र हो। शीला चट्टानहरुले बनेको यो भूखण्डमा माटो कम भएको हुँदा, कृषि उत्पादनको दृष्टिले सुख्खा खेतीको निमित्तसमेत कमजोर मानिन्छ।

तीर्थ सम्भावना यातायात संजालको पहुँच हुनु पहिला नवलपरासीको दुर्गम बस्थिको रुपमा पहिचान पाएको यो भूखण्ड नेपालको मध्यविन्दुमा हुनाको साथै हाल आएर तनहुँको खैरेनिटार, नवलपरासीको गैडाकोट तथा दलदले, पाल्पाको रामपुर तथा स्याङ्गजाको साँखर केलादीबाट ग्रामिण सडक संजालले जोडिएको हुँदा सुगमक्षेत्रमा रुपान्तरण भएको छ। देउचुली तीनकन्या माई, कोटथर छत्तिसामाई, डाडाझेरी जलदेवीमाई, दराईगाँउ अकलामाई जस्ता प्राकृतिक मन्दिरहरुले घेरिएको यो भूखण्ड साक्षात लक्ष्मीको प्राकृतिक कुम्भ भएकोले महत्त्वपूर्ण तीर्थ गन्तव्यको रुपमा रुपान्तरण हुने प्रवल सम्भावना भएकोले हालै गठन भएको कृष्णागण्डकी क्षेत्र विकास समितिले यस भूखण्डलाई केन्द्रस्थ तीर्थको रुपमा विकास गर्न लागेको छ। आन्तरिक पर्यटक तथा भारतीय पर्यटकको आकर्षण बन्ने संभावना रहेको यो भूखण्ड श्रीलक्ष्मीको उपासकहरुको निमित्त केन्द्रतीर्थ हुने अनुमान गरिएको छ।

कलियुगले पाँचहजार वर्ष पार गरेपछि विश्वका सम्पूर्ण तीर्थहरु कृष्णागण्डकीमा समाहित हुन्छन्। कृष्णागण्डकीको ३३० किमि नेपालखण्ड मध्ये अत्यन्त सुन्दर यो प्राकृतिक कुम्भमन्दिरलाई उम्सेको डाँडाबाट हेर्दा स्र्वर्गको टुक्राजस्तो देखिएता पनि त्यहि गएर अवलोकन गर्दा अव्यवस्थित मानववस्थिको कारणले गर्दा नरक जस्तो लाग्छ। देवताको भूमीमा मानवचाप बढ्दा हिराको टुक्रा, काँचको टुक्रामा परिणत भएको छ। यस भूखण्डले दक्षिण तनहुँ तथा उत्तर नवलपरासीको भविष्य उज्वल बनाउने क्षमता हुँदा पनि समुचित उपयोग नगरिएकोले यो क्षेत्र दुर्गम हुन पुगेको छ।

आगामी कार्यक्रम

पतितपावन, सदानीर, महानदी श्रीकृष्णा गण्डकीको पावन प्राकट्यदिवशको अवसरमा, श्रीकृष्णागण्डकी, सर्वेश्वर श्रीकृष्णको अर्चावतार श्रीशाल्रि्राम तथा समस्त शाल्रि्रामक्षेत्रको सर्वपक्षिय उन्नयनको दृष्ठिले विश्वकै अतिपावन स्वयं हिरण्यगर्भस्वरूप कामधेनु गोपीठ, प्राचीन शंखप्रभ, देवकुम्भस्थल घुमारीघाटमा श्री गङ्गादशहराको पावन अवसरमा यही २०७१ साल जेष्ठ १५ गतेदेखि २५ गतेसम्म श्रीमद्देवीभागवत अनुष्ठानात्मक महायज्ञ एवं श्रीकृष्णागण्डकी पूजन दशहरा महोत्सव २०७१ को आयोजना गरिएको छ। नवगठित कृष्णागण्डकी क्षेत्र विकास समितिको प्रथम कार्यक्रम अनुष्ठानात्मक महायज्ञको आयोजना कोष जगेर्ना तथा कथा प्रवचनको उद्देश्यले गरिएको छैन। श्रीराधा सर्वेश्वरीको द्रवावतार श्रीकृष्णागण्डकीले शालीग्रामगिरिका अर्चावतार शाल्रि्रामहरु बगाएर थुपार्दै बनाउनु भएको प्राकृतिक कुम्भमा यज्ञ आयोजना गर्न धन भन्दा मनको आवश्यकता महसुस गरिएकोले यो महायज्ञलाई प्रचारात्मक स्वरुप दिने प्रयास गरिएकोछ। कामधेनु गौमाताले आश्रय लिनुभएको पवित्रस्थलको संरक्षणमा समेत स्थानीय जनता तथा स्थानीय निकायको ध्यान नपुगेकोले कुम्भको मुख फुटेर गण्डकीले सिधा मार्ग लिन सक्ने संभावनालाई दृष्टिगत गर्दै, उक्त पवित्रभूमीको संरक्षणमा सवैको ध्यानाकृष्ट गर्न यो यज्ञको आयोजना गरिएको छ। स्थानीय बासिन्दाले पहिचान गर्न नसकेको वा पहिचान भएरपनि भुलिएको पवित्रस्थललाई जनजनको मनमनमा स्थापित गरेर अध्यात्मिक पर्यटन प्रवर्तन् गर्दै, नदी प्रस्रवण तथा मौसम व्यवस्थापनमा नेपाली मौलिक उदाहरण प्रस्तुत गर्ने उद्देश्यको यो महायज्ञले स्वयं गण्डकीमाताको शक्ति वृद्धिको निमित्त आयोजक समितिको सामर्थता बढाउने विश्वास गरिएको छ। गण्डकीमाताको शक्ति रर्र् इच्छा विना मानव प्रयासले मात्र केहि हुन सक्दैन। माताको इच्छा भएमा मानव अहंकारले छुन पनि सक्दैन। त्यसैले यस महायज्ञलाई धनको अहंकार प्रदर्शन गर्ने थलोको रुपमा प्रस्तुत गरिने छैन। कामधेनु माताको मन्दिरको दक्षिणमा फाटेको धर्ती तथा पश्चिम डिलमा खसेको पहिरोले घुमारीघाटको अनिष्टको संकेत गरेको छ, त्यसैले यथासमय मै सम्वन्धित सबैको ध्यान यस भूखण्डको संरक्षण तथा सर्म्वर्धनमा लाग्नु नितान्त आवस्यक महसुस गरिएको छ। गण्डकीमाता स्वयंले बनाउनु भएको प्राकृतिक कुम्भको संरक्षण गर्न तम्तयार नहुनेले दक्षिणा कारखानाको रुपमा स्थापना गरिएका मानव निर्मित शक्तिपीठहरुमा जति नै योगदान गरेपनि फलदायी हुन सक्दैन। त्यसैले एक मुठी चरु तथा दुर्इ सुता बत्ति भएपनि माताको प्राकृतिक मन्दिरमा वाँहाको जन्मदिवशमा समपण गर्ने अवसर प्रदान गर्न यो कार्यक्रमको आयोजना गरिएको छ। हामी सम्पूर्ण धर्मभिरुहरु संग यज्ञमा सहभागी भएर घुमारीघाट संरक्षणको शुभकामना प्रदान गरिदिनु हुन अनुरोध गर्दछौ।

कसरी जाने –

वर्षायामको ग्रामीण सडकबाट घुमारीघाट जानको निमित्त सहज हुदैन भने माताको प्राकट्य दिवश हिँउदमा मनाउन खोज्दैमा हुँदैन। गण्डकी दशहराको अवसरमा माताको आराधना गर्नुपर्ने भएकोले मध्य जेठ कुर्नुपर्ने हाम्रो बाध्यता हो। उक्तस्थानमा जानको निमित्त चारवटा मार्ग छन्। नवलपरासीको गैडाकोटबाट कोटथर बुलिङ्गटार हुँदै घुमारीघाट, नवलपरासी कै दलदले, पोखरी, अर्खला हुदै घुमारीघाट, पाल्पाको रामपुरदेखि रकुवा, दराईगाँउ हुदै घुमारीघाट र तनहुँको खैरेनीटार, भिमाद, देउराली, मानपुर हुदै पीपलटार पुगेर घुमारीघाट जाने मार्गहरुमा हिँउदमा यातायात सेवा उपलव्ध हुन्छ भने वर्षायाममा दलदले तथा भिमादको बाटोको संभावना मात्र रहेको हुन्छ। खैरेनीटार तथा दलदलेको बाटो घुमारीघाट पुग्न मोटर तथा मोटरसाईकललाई करिव साढेएक घण्टा लाग्छ तर सार्वजनिक यातायातले भने करिव दुर्इघण्टा लगाउछन्। आफ्नो सवारी साधन नहुनेले एकै दिनमा आवत जावत गर्न सक्दैनन्, त्यसैले न्यूनतम एक रात विताउने गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ। उक्त स्थानमा होटल लज आदिको व्यवस्था छैन। महायज्ञ आयोजक समितिले गरेको व्यवस्थामा गुजारा गर्नूपर्ने भएकोले रात विताउने भक्तजनले पातलो ओडनेको व्यवस्था गरेर जान उपयुक्त हुन्छ। समितिले महायज्ञ अवधिभरको निमित्त होमस्टेको व्यवस्था गर्न समेत प्रयासरत रहेको छ।

के लाने –

यज्ञको निमित्त आआफ्नो गक्ष अनुसार जौ, तिल, घिउ, धुप तथा बत्ति र आफ्नो आवस्यकताको सामानहरु। यो महायज्ञ कोष जगेर्ना गर्ने उद्देश्यको होइन। सीमित सुरक्षा व्यवस्थामा कार्यक्रम संचालन हुने भएकोले श्रद्धालु भक्तजनहरुलाई आफ्नो न्यूनतम आवश्यकता पुराहुने रकम मात्र साथमा राख्नु हुनाको साथै गरगहनाको प्रदर्शन गर्ने उद्देश्य नराखीदिनु हुन अनुरोध छ।

विशेष अनुरोध

महायज्ञको अन्तिम दिन जेठ २४ गते साँझ गरिने राजआरति तथा जेठ २५ गतेको दशहरा स्नान महायज्ञको प्रमुख दिन हुने भएको र यसवर्षको राजआरतिलाई अर्को वर्षको निमित्त प्रचार सामाग्री वनाउने लक्ष रहेकोले सक्नुहुन्छ सवै दिन, नसके जेठ २४ गतेको राजआरतिमा सहभागी हुन विशेष अनुरोध छ। विश्व वातावरण दिवशको अवसर समेत परेकोले यो कार्यक्रमको प्रतिवेदन तथा दृष्यहरु व्रि्रदो वातावरण प्रति चिन्तनशिल विश्व समुदायको निमित्त नौलो स्वादको हुन सक्छ। नेपाली मौलिक परम्परामा नदी प्रस्रवण व्यवस्थापनको उदाहरणले नेपालीको इज्जत बढ्छ। धर्मलाई अन्धविश्वासको उपमा दिएर आफुलाई विज्ञ सावित गर्न खोज्ने आधुनिक पर्यावरण विज्ञहरुको ध्यान नेपाली धर्म, संस्कृति तथा परम्परा भित्र लुकाईएको पर्यावरण व्यवस्थापनमा खिच्नको निमित्त यस पटकको विश्व वातावरण दिवश घुमारीघाटमा गएर मनाईदिनु हुन समेत सवैसँग अनुरोध छ।

(लेखक श्रीकृष्णगण्डकी पूजन दशहरा महोत्सव समितिका पोखरा सर्म्पक संयोजक हुन्।सं.)

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width