छाडेर काम सारा
एक काम रोजिरहेछु
यो देशमा म यौटा
मानिस खोजिरहेछु
शिशिर योगीको यो कर्णप्रय आवाज नसुन्ने सायद कमै नेपाली होलान्। यी हरफहरू वर्तमान नेपालका लागी ज्यादै कर्णप्रय लाग्दछन् र मर्मस्पर्शी समेत छन्। देशलाई यो संगिन घडिबाट मुक्त गराएर एउटा समृद्ध मुलुक र दुरदर्शी तथा सक्षम नेतृत्व खोजिरहेको कुरा यी पंक्तिहरूले ब्यक्त गरको छ। के नेपाल सधै यस्तै अवस्थामा रहिरहने त होइन ? के नेपालको आफ्नो इतिहास छैन त ? आज नेपाल यस्तो संकटमा फसेको छ की त्यसबाट मुक्ति पाउन पनि हम्मे हम्मे परिरहेको अवस्था छ।
हाम्रा पूर्खाले बडो साहसले जोडेको यस धर्ति आज छिन्न भिन्न हुने संघारमा छ र राष्ट्रिय अस्मितामाथि केहीले संघियताको नाममा धावा बोलिरहेका छन्। के नेपालको हालत सधै यस्तै अवस्थामा रहिरहला त ? आम मानिसमा यो र यस्ता अनगिन्ती कुराहरू खेल्न थालेका छन्। अहिले ठूला मिडियाहरूमा यो कुरा जोडतोडका साथ बहस हुदैछ र यसले राम्रौ चर्चा पनि पाएको छ। नेपालको इतिहासलाई फर्केर हेर्दा यो एउटा यस्तो देश हो जहाँ कुनैपनि शक्तिले आफ्नो सांम्राज्य खडा गर्न सकेनन्। बरु नेपाल एउटा इतिहासमा यस्तो देश बन्यो जुन देश न कसैको अधिनमा बस्नु पर्यो न कुनै संम्राज्यबादी शक्तिहरूसंग घुडा टेक्न बाध्य हुनुपर्यो। उसले आफ्नो सार्वभौमसत्ता र अखण्डतामा कुनैपनि आँच पुग्न नदिएर विश्वसामु आफ्नो शक्तिशाली उपस्थिती जनायो। सायद एसियामा कसैको पनि उपनिवेश नभएको दुर्इ देश मध्ये नेपाल र थाइल्याण्ड हो। त्यसैले पनि नेपालको गर्विलो इतिहास विश्वसामु उपस्थित छ।
आज स्वणिर्म इतिहास बोकेको हामी नेपाली आफ्नै संकटबाट मुक्त हुन सकिरहेका छौनौ। मुलुक हरेक कुरामा अस्त ब्यस्त छ। राज्यको उपस्थिति नगन्य मात्रामा देखिन्छ। सायद राज्य पो छैनकी – देश जर्बरजस्त चलिरहेको छ। हाम्रा राजनेता बडो फूर्तिसाथ देश चलाउछु भन्छन् र उनीहरूले चलाएको यो देशको अवस्था सधै उहि हालतमा छ। देश कसरी चलेको छ भन्ने कुरा सायद उनीहरूलाई पनि जानकारी छैन या जानीजानी बुझ पचाएका हुन। यो कुरा उनीहरूलाई नै थाहा होला तर देश आफै चलेको छ भन्ने कुरामा सायद सचेत नेपालीमा दुइमत छैन होला।
देशमा बेरोजगारी संख्या दिनप्रतिदिन वृद्धि हुदै गईरहेको छ। राज्य रोजगारी दिन सक्दैन र उ आफ्ना युवालाई कौडीको मोलमा विदेशमा बेच्न विवश छ। यता आफ्नो घर चुहिएको अवस्था छ, खेतबारीहरू बाँझै छन्। उता ४१ ड्रि्रीको तापक्रममा हाम्रा दाजुभाई काम गर्न बाध्य छन्। परिवारको हालत दिनप्रतिदिन खराब हुँदै गएको देखिन्छ। परिवार भत्कदै गएको अवस्था छ। यसवारेमा कसैको ध्यान गएको देखिदैन। हरेक दिन १८ सय युवाहरू कामका लागी विदेसिन्छन्। हामी यस्तो राज्यमा छौँ जहाँको सरकार रेमिट्यान्सबाट सिंगो मुलुकको अर्थतन्त्र धानिरहेछ र यहि बसेर हामी असल समाज र सम्मुनत मुलुकको कल्पना गरिरहेका छौं। मुलुकको अर्थतन्त्रसंगै खोक्रिदै गएको छ समाजको आर्दश र नैतिकता। कहाँ कहाँ समाल्ने र कहाँ कहाँ सच्याउँदै हिड्ने –
देश ब्वाँसाहरूले चलाएका छन्। उनीहरूमा न कुनै ज्ञान छ त न कुनै भिजन छ। गुण्डाहरूको चंगुलमा देशलाई फसाएर उनीहरू आफुलाई योग्य सावित गर्न खोज्दैछन् र राज्य हत्यारा र गुण्डाहरूलाई संसद भवन छिराएर उनीहरको कर्तुतलाई लालमोहर लगाउन उद्धत देखिन्छ। देश कसरी चलेको छ भन्ने कुरा दिनको घाम जस्तै र्छल· छ र ऊ अझ गर्वसाथ भन्छ ( ” हामी नेपाललाई विश्वको नमुना देश बनाउछौं।”
देश सिस्टममा काँहि पनि चलेको देखिदैन। स्थायी सरकार मानिने कर्मचारीतन्त्र बेकुफको बनिरहेको छ। उनीहरूको मनपरि सहन जनता बाध्य हुनुपरेको अवस्था छ। सरकारी निकाय दिन काट्ने थलो बनेको अबस्था छ। सरकारी कर्मचारी घरायसी कुरा गरेर कार्यलय समय ब्यतित गर्छन। जनताले उनीहरूबाट एकछिनमा हुने कामलाई दुर्इ चार दिन लगाउन बाध्य छन्। जनताको आवाज कसैले पनि सुन्दैन र सरकारी कर्मचारी झन् सुन्न चाहदैन पनि। यस्तो अवस्थामा जनताले के अपेक्षा गर्ने ?
सन् १९५० ताका नेपालको हाराहारीमा रहेका विश्वका कयौ मुलुक विकसित भैसकेका छन्। हामी भने आधारभूत आवश्यकता पुरा गर्न पनि अझै असमर्थ रहेका छौं। विश्व त्रि्र गतिमा अगाडी बढिरहेको छ तर नेपाल भने जहाँको त्यही छ। यसो हुनुको प्रमुख कारण हाम्रो असक्षमता नै हो। नेपालको प्रजातन्त्र कागलाई बेल पाकेको जस्तो भएको छ। वास्तविक प्रजातन्त्र चाहिएको जनतालाई प्रजातन्त्र आएकै छैन। मुठ्ठीभरका व्यक्तिलाई आएको प्रजातन्त्रले गरिब, किसान, मजदुर, भरिया, दलित, महिला कसैको पनि प्रतिनिधित्व गर्न नसक्ने कुरा विगतका सरकार तथा राज्य संयन्त्रबाट स्पष्ट भएको कुरा हो।
आज शान्ति प्रिय नेपालीलाई केहि कुरामा खुशी दिन नसक्ने अवस्थामा यो राज्य पुगेको छ। जताततै महङ्गी बढी रहेको छ। १० देखि १२ घण्टा लोडसेडिङ हुन्छ। इन्धनको हाहाकार सधैं उस्तै हो। कामको ज्यालाले आफ्नो पेट पाल्न पनि धौ धौ हुने अवस्था छ। अभाबले गर्दा हरेक परिवारमा कलह मात्र भैइरहेको अवस्था छ। जताततै असन्तोष मात्र देखिन्छ। राज्य आफ्नो दायित्वबाट विमुख देखिन्छ। यस्तो अवस्थामा निराश हुनु स्वभाविक पनि देखिन्छ।
हाम्रा नेताहरू च्ुानाव लड्न भारतीय पैसा प्रयोग गर्छन, सरकार ढाल्न भारतीय पैसा प्रयोग गर्छन र सत्तामा पुगेपछि नदिनाला र सार्वभौमिकता सुम्पेर साँवा व्याज तिर्छन्। त्यसैले तिनीहरूबाट नेपालको विकास हुन्छ भन्नु बेकार हुन्छ र हामी अझै सजग हुन जरुरी छ। नेपाल बनाउने कुरा गरेको पनि धेरै वर्ष भयो। २००७, २०१७, २०३६, २०४६, २०६२/६३ लगाएतका आन्दोलन तथा राजनितिक परिवर्तनमा नयाँ नेपाल बनाउने कुरा नभएका होइनन्। भइरहेको कुरा हो र यसको लागी जनताले हाम्रा राजनितिक दललाई पटक पटक साथ दिएकै हुन। जनताले वि. सं. २००७ सालमा मुक्तिसेनामा लागेर राणाहरूलाई हटाउनको लागी नेपाली काँग्रेसलाई साथ दिए र नेपालमा प्रजातन्त्र आयो। दलिय खिचातानीले यो प्रजातन्त्रले हुर्कनै पाएन र तत्कालिन राजा महेन्द्रले देशको माटो सुहाउंदो ब्यबस्थाको नाममा प्रजातन्त्रको घाटी निमोठ्न पुगे र नेपालमा निर्दलिय पञ्चायती व्यवस्थाको विजारोपण भएको हामीसंग इतिहास छ। यो व्यवस्थालाई परिवर्तन गर्नका लागी पनि थुप्रै नेपालीले ज्यानको आहुती दिएका थिए।
२०३६ सालताका विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेको बेला काठमाण्डौंमा बस्ने त्यति बेलाका विद्यार्थीहरू आफ्ना साथीहरूसंग आपसमा यसरी कुराकानी गर्थे(“प्रजातन्त्र ल्याउनु परेन – समाजवाद वैकुण्ठे समाजवाद। अनि ममचा साहु र हामीमा केहि फरक रहने छैन।” यी र यस्तै आर्दश बोकाएर नेपालीलाई आन्दोलनमा होमाउथे हाम्रा नेताहरू। यो संवाद युवा लेखक व्रजेशको यायावर कृतिबाट साभार गरिएको हो। त्यस्तै गरेर २०४६ सालमा पनि जनताले ब्यबस्था परिवर्तनको लागी आन्दोलनमा सहभागिता जनाएकै हुन र नेताहरूले यी र यस्तै सपना देखाएर आफू कुर्चीमा पुग्न कुनै कसर बाँकी नराखेको यथार्थ हाम्रा सामु छँदैछ। त्यसपछि त नेपाली राजनितिमा अनेक खाले ताण्डव नित्यहरू देखा परे। २०५१ सालबाट शुरु भएको माओवादी जनयुद्धलाई पनि जनताले सघाएकै हुन। त्यसले नेपाली समाजको संरचनामा परिवर्तन ल्याएको कुरामा दुर्इ मत छैन तर यि पार्टीका नेताहरू राजधानी छिरेपछि चरम स्खलित भए र जनताले उनीहरूबाट जुन आशा गरेका थिए बर्तमान अवस्थामा त्यो पनि मारिसकेका छन्। त्यस्तै गरि २०६२/६३ को जनआन्दोलनमा पनि नेपाली जनताले हाम्रा नेताहरूलाई साथ दिएकै हुन। आन्दोलनले व्यवस्था त परिवर्तन गर्यो तर पात्र र प्रवृती उहि भएपछि जनताले खोजेको वास्तविक परिवर्तन नहुँदोरहेछ।
”पात्र फेरेर के भो कहानी उहि भएपछि” भनेजस्तो जति पनि व्यवस्था परिवर्तन भए तर ती व्यवस्थाका ड्राइभरहरू उहि भएपछि कसरी जनताले नयाँ अनुभूती गर्न पाउँछन् त ? नेपाल बनाउन खासै केहि गर्नु पर्ने देखिदैन। त्यसको लागी हामीमा इच्छाशक्ति चाहिन्छ। राज्यका महत्वपूर्ण अंगहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बिच समन्वय हुनु जरुरी छ। जसले सरकारका जायज काममा हस्तक्षेप नगरोस् र निर्बाध रूपमा सरकारले काम गर्न पाओस्।
साँच्चै नेपाललाई विकास गर्ने हो भने यसको लागी राज्यले राजनितिबाट टाढा राखी एउटा अधिकार सम्पन्न विज्ञ सहितको विकास आयोग गठन गरि उनीहरूलाई निवार्ध रूपले काम गर्ने वातावरण सिर्जना गर्न तत्पर हुनुपर्दछ। जसले तारे होटलहरूमा योजना बनाउने र कार्यान्वयन नगर्ने योजना आयोगलाई प्रतिस्थापन गरोस्। सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अझ अधिकार सम्पन्न बनाई यसको कार्यक्षेत्रमा विस्तार गरि भ्रष्ट्रचारीहरूलाई छानी छानी जेल हालोस्। जुन काममा अदालतबाट अवरोध हुनुहुदैन। जसले गर्दा कर्मचारी संयन्त्रमा त्रास पैदा हुन्छ र उनीहरू जिम्मेवार पनि बन्न पुग्छन्। जसले देशलाई भ्रष्ट्रचारबाट मुक्त बनाउन सहयोग पुग्दछ र देश दुब्लाउदै जाने र कर्मचारीहरू मोटाउँदै जाने व्यवस्थाको अन्त हुन पुग्दछ। त्यस्तै करको दायरालाई पनि फराकिलो बनाउन जरुरी छ। अबौं रकम राजश्व चुहावट भएको अवस्था छ जस्तो घरभाडा सम्बन्धमा एउटा स्पष्ट कानुन हुने हो भने अबौं राजश्व उठ्न सक्छ। यस्ता अनगिन्ती ठाँउहरू छन् जहाँ राज्यको आँखा पुगेको छैन। त्यसैगरि प्रहरी प्रशासनलाई राजनितिको लाचार छाँयाबाट मुक्त गराउनु जरुरी छ। जसले गर्दा उनीहरूले निबार्ध रूपमा काम गर्न पाउन्।
नेपाल एक कृषि प्रधान मुलुक हो। यस देशका अधिकांश जनता कृषि पेशामा आबद्ध छन्। तर नेपालको कृषिबाट जनतालाई खान पनि पुग्दैन र विदेशबाट खाद्यन्न आयात गर्नूपर्दछ नेपालको कृषि प्रणाली गुजरा किसिमको छ। जसले गर्दा जनताको जीवनस्तर सधै जस्ताको जस्तै छ। कृषि प्रधान देश भएर नेपालमा एउटा पनि कृषि विश्वविद्यालय नहुनु दुःखद कुरा हो। यसले गर्दा जनता कृषि सम्बन्धी ज्ञानबाट बञ्चित हुन पुगेका छन्। नेपाललाई साँच्चै समृद्ध मुलुक बनाउने हो भने एउटा कुषि विश्वविद्यालयको आवश्यकता देखिन्छ। प्रत्येक जिल्लामा एउटा कमसेकम स्नातक सम्मको कृषि क्याम्पस हुनुपर्दछ। जसमा प्रत्येक जिल्लाका किसानका छोराछोरी न्यूनतम शुल्कमा अध्ययन गर्न पाउन र उनीहरूले सिकेका सिप र ज्ञान नेपाली माटोमा उपयोग गर्न सकियोस्।
त्यस्तै गरि हाम्रो विद्यालयको पाठ्यक्रम पनि समय सान्दर्भिक नभएको कुरा बेला बेलामा उठ्ने नगरेको होइन तर यो कुरा उठ्दै सेलाउदै गरेको छ। तसर्थ विद्यालयको पाठ्क्रमलाई समय सान्दर्भिक बनाई विद्यार्थीहरूलाई अध्ययनपछि स्वरोजगार बनाउने शिक्षा यसमा समावेश गराउनु पर्दछ। जसले गर्दा बेरोजगारीहरूको संख्यालाई न्यूनीकरण गर्न सकियोस्।
नेपाल प्रकृतीले प्रचुर संभावना बोकेको देश हो। यहाँ समुन्द्री सतहबाट ६१ मिटर उचाईदेखि ८८४८ मिटर सम्म भौगोलिक विषमता छ। नेपालमा झण्डै ६ हजार नदिनालाहरू रहेका छन्। सेता हिमालहरू, नागबेली परेका नदिहरू, हरिया पहाडहरू, झरनाहरू, विभिन्न जातजातिका संस्कृतिहरू हामीसंग छ। हामी संस्कृतिमा संसारमै धनि छौ। यस्तो मुलुक ‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिड’ भएको छ। जसद्धारा पर्यटकहरूलाई आर्कषित पारि विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। यसबारेमा पनि राज्यले विशेष पहल गर्नू जरुरी देखिन्छ र त्यसको लागी उचित वातावरण बनाउनु पर्दछ। यहाँको पानीबाट ८३ हजार मेगावाट जलविधुत निकाल्न सकिने कुरा हामीले अध्ययन गर्दै आएको कुरा हो। तसर्थ सरकारले मुलुकमा रहेका जलविधुत आयोजनाहरू जनतालाई बिक्रि गरि त्यसबाट प्राप्त रकमबाट अन्य आयोजना बनाउनेतिर आफ्नो ध्यान दिन जरुरी देखिन्छ। जसबाट विदेशी ऋण लिइरहनु पनि पर्दैन र स्वदेशी पुँजीको सदुपयोग पनि हुन जान्छ। यसको लागी राज्यले उचित वातावरण मात्र बनाउनु पर्दछ। जनतासंग अथाह पैसा त्यतिकै बसिरहेको छ। उनीहरू लगानी गर्ने ठाँउ हेरेर बसिरहेका छन्। राज्य उनीहरूको पुँजी लगानी गर्ने वातावरण बनाउन सक्दैन। तसर्थ सरकार जमानी बसिदिएर व्यक्तिको सम्पति सार्वजनिक स्थानमा लगानी गर्न उचित वातावरण बनाउन लाग्नु पर्दछ। अनि मनोज गजुरेलको दश वर्ष पछिको नेपाल हुन कति बेर लाग्छ र ∕ कि कसो ?
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०