कहिलेकाहीँ कानुन तोड्दा पनि आनन्द आउने रहेछ !

आदर्श समाज सम्वाददाता
असार १९, २०७०

कुनै एक जना अमेरिकी विद्वानले कहीँ भनेका थिए रे : ‘कानुन भनेको माकुराको जालो हो, बलियाहरू त्यसलाई च्यातेर अगाडि बढ्छन्, कमजोर साना किराहरू मात्र त्यसमा फास्ने गर्दछन्। हुन त कहिलेसम्म हो कुन्नि तर आज मलाई आफू बलियो भएको बोध भएको छ र पश्चाताप लाग्नु सट्टा बरु आनन्दानुभूति महसुस गरेको छु।

कुनै पनि निकायले कानुन परिवर्तन गर्दा सरोकारवाला जनतालाई जानकारी दिनपर्छ कि पर्दैन कुन्नि त्यो त थाहा हुन सकेन तर पोउमनपालाई भने त्यसको आवश्यकता नपर्ने रहेछ। जनतासँग प्रत्यक्ष सरोकार राख्ने मापदण्डका बारेमा परिवर्तन भएको कानुन वर्षौपछि घर निर्माणका सर्न्दर्भमा पोउमनपा कार्यालय पुग्दा मात्र जानकारी भएको अवस्थाले आफू बाँचेको युग र व्यवस्थाप्रति शड्ढा लाग्न थालेको छ। हुन त बल भएपछि संविधानका धाराहरू पानीका धारा जस्ता जहिलेसुकै आफू अनुकूल परिवर्तन गर्न पाउने देशको नागरिकका हैसियतले यी हरफ लेखिरहँदा पाठकलाई बिनाव्यङ्ग्य हाँसो उपहार दिएको पनि देखिन सक्छ तर खुकुरीको पिर अचानालाई मात्र थाहा हुन्छ भने जस्तै आफूलाई समस्या परेपछि मात्र त्यसको भित्री चोट महसुस भएको छ।

मोटामोटीमा कथा यस्तो छ र रहेछ (छ यस कारणले कि त्यो आफ्नो भोगाइ हो, रहेछ यस कारणले कि एक त कथामा कल्पनाको पनि आवश्यकता हुने र अर्का प्रामाणिकता उपलब्ध नहुने तर काम भने पक्का भएका सर्न्दर्भहरूको प्रस्तुतिका लागि):

पोखरा-५ पस्र्याङ, धारापानी मार्गमा २०५७ मा बाटाको मध्यबाट १५ फिट मापदण्डको नियमलाई पालना गरी निर्माण गरिएको हाम्रो एक तले घरमा तला थप्नका लागि नक्सा बनाउन जाँदा थाहा भयो≤ दुर्इ वर्षअघि नै यस मार्गमा मापदण्ड विस्तार गरी १५ फिट बाट २० फिट बनाइएको रहेछ। खासै आर्श्चर्य लागेन किनभने घर २० फिट भित्र पनि पर्दैन भन्ने विश्वास भएकाले र पोउमनपाका जिम्मेवार इन्जिनियरले नक्सा हेरी निर्माण थाले हुन्छ, मापदण्ड पुग्छ भनेकाले पनि। आम व्यावहारिक मनोविज्ञान अनुसार पनि र उपल्लो तला भएकाले पनि काम एक दुर्इ दिन अगाडि नै सुरु भइसकेको थियो र त्यस अभिव्यक्तिले पछि अझ तीव्र पनि भयो। तर उनै इन्जिनियर फिल्ड भिजिटमा आउँदा भने तीनवटा पिल्लर मापदण्ड पुगेका देखिए तर एउटा भने मार्गको मध्य भागबाट १८.३ फिट मात्र भयो। यही नै कारण बन्यो र हामीले पोउमनपाबाट नक्सा पाएनौँ।

समस्याको वैधानिक समाधान खोज्ने प्रचुर प्रयास भयो। विभिन्न तर्कहरू प्रस्तुत गरिए। तर्क प्रस्तुत गर्ने आधार पनि थियो। किनभने तल्लो तला पहिल्यै बनिसकेको थियो र माथिल्लो तला रोक्नुमा कुनै तार्किक आधार थिएन, केवल दुःख दिने नियत मात्रै। तर कानुनी निर्णय भने इन्जिनियर साहेबहरूले महिनौँपछि पारदर्शी रूपमा देखाइदिनुभयो। त्यसपछि दुर्इ कुराको खोजी गरियो। एउटा, के यसरी नै अरू घर पनि रोकिएका छन् ? खोज्दै जाँदा उक्त मार्गमै २० फिट त छाडौँ १५ फिट भित्रै पनि भर्खरै तला थपेको पाइयो र अझै घर मालिकले नक्सा घरमै आएको बताए, केवल केही पैसा मात्र पोउमनपामा पुर्‍याइएको रहेछ। त्यो पनि पोउमनपामा कर्मचारीका रूपमा कार्यरत दलालमापmत। हामीले त्यसो गर्ने साहस जुटाएनौ भन्नुपर्‍यो।

दोस्रो खोजी थियो, सरोकारवाला उपभोक्तालाई जानकारी नै नगराई १५ फिट बाट २० फिट कसरी, कसले र किन लागु गर्‍यो ? ‘कसरी त बोर्ड बैठकबाटै रहेछ तर ‘किनुको उत्तर भने यस्तो पाइयो :

मापदण्ड निर्धारण गर्ने सम्बन्धित निकायका उच्च पदस्थ एक जना ‘प्रभावशाली व्यक्तिको केही रोपनी जग्गा उक्त मार्गमा रहेको र उक्त जग्गाको मूल्य वृद्धिका लागि बल मिच्याइँपूर्वक निर्णय गराएको ठ्याक्कै थाहा भएन किनभने यस्ता कुराको ठोस प्रमाण हुँदैन तर सुनियो र फेरि हावादारी गफ पनि लागेन। खोजीबाट पत्ता लागेका दुर्इ वटै कुरामा आफ्नो जोर नपुग्ने देखिएपछि बोल्ड डिसिजन गरियो र घर निर्माण थालियो। घर लगभग सम्पन्न हुँदै छ।

कथा यहीँ टुङ्गन्िछ तर कुरा टु·दिैन। पोउमनपाले घर निर्माणका सम्बन्धमा अहिले थुप्रै नयाँ आधार निर्माण गरेको रहेछ, रहरलाग्दा आधारहरू। तर भन्न मन लाग्छ : ‘भूकम्प आएर मरेछौँ भने हामी नै मछौर्ँ, तँ पोउमनपालाई के मतलव – अभिव्यक्ति आक्रोशात्मक लाग्छ तर पोउमनपाका यस्ता हावादारी निर्णयमाथि भनिनपर्ने कुरा नै यिनै हुन्। नगर विस्तारको कुनै वैज्ञानिक योजनाविना अस्तव्यस्त ‘प्लटिङ् लाई मान्यता दिने पोउमनपाले जनताको अत्यावश्यक घर निर्माणमा भने अन्तर्राष्ट्रिय मापदण्ड खोज्ने झ्झ्झ् असफल नगरपालिका बनिसकेको पोउमनपासँग अलिकति पनि सरम छ भने पहिला अस्तव्यस्त नगर विस्तारलाई रोकेर सुविधायुक्त र वैज्ञानिक नगर योजना ल्याओस् अनि मात्र यस्ता निर्णयको अर्थ होला अन्यथा ‘भाङ्ग्राको टोपीलाई गुँयलीको फूल झै हुनेछ।

कुरा अझै बाँकी रहेछ। नियम तोडेर घर निर्माण गर्दा र यी हरफ लेखिरहँदा आज मलाई पश्चाताप होइन आनन्द लागिरहेको छ। पोउमनपालाई खुल्ला रूपमा उसको मापदण्ड तोडेको जानकारी यसरी गराउन पाउँदा अरू थुपै्र हामी जस्तै समस्यामा परेका जनताका आवाज पनि सुन्न पाइने छन् भन्ने अपेक्षा पनि गरिएको छ। नपाय पनि सन्त कविरलाई सम्झदै यसरी छुट्टनि मन लाग्छ :

कविर खडा बाजार मे सब कि मागे खैर

ना काहु से दोस्ती ना काहु से बैर।  जय होस्।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width