कस्तो विडम्बना ?

आदर्श समाज सम्वाददाता
माघ ७, २०७०

धेरै जनाको भावना मिलेर एउटा विचार आउँछ। त्यो विचार नै पछि कानून बन्दछ, संस्कार बन्दछ र संहिता बन्दछ। भावना विशाल हुन्छ, व्याख्या गर्न नसकिने हुन्छ तर भावनालाई काबूमा राख्नु नै समझदारी मानिन्छ, भावना हाम्रो जीवनमा धेरै महत्वपूर्ण विषय हो। जीवनको प्रत्येक पाइलोमा भावना सँगै हुन्छ। हाम्रो स्वर, शब्द, कुराकानी, व्यवहार आदि हर कुरामा भावना मिसिएकै हुन्छ। भावना भाव वाचक संज्ञा हो, यो रंगीन हुँदैन।

सर्वप्रथम सन् ५३९ मा साइरस द ग्रेटले बेविलोन जितेपछि दास मुक्त गरे। यो उनको भावनाको उच्च दृष्टान्त र मानव अधिकारको पहिलो कदम हो। वेविलोनबाट भारत, ग्रीस तथा रोममा प्राकृतिक कानूनको अवधारणा विस्तारै फैलियो, मेग्नाकार्टाा१२१५ बिल अफ राइट्स १६२८ अमेरिकी संविधान १७८७ द फ्रेन्च घोषणा -मानव तथा नागरिक घोषणा) १७८९ र अमेरिकी बिल अफ् राइट्स १७९१ ले मानव अधिकारको फैलावटमा ठूलो भूमिका निभाएको हो। संयुक्त राष्ट्र संघले अहोरात्र मानव अधिकारको पहरेदारी गर्दागर्दै अझै पनि यही धरतीमा पत्याउनै नसकिने खालका चलन चल्ती तथा नियम कनूनहरू विद्यमान छन्। केही प्रतिनिधि घटनाहरू यहाँ उल्लेख गरिएका छन्ः

क) मध्य अमेरिकाको अल साल्वाडोर भन्ने देशमा गर्भ पतनको दुनियामा सबैभन्दा कठोर कानून छ। कुनै कारणले स्वतः गर्भपात भए पनि महिलामाथि गर्भपतनको आरोप लाग्छ, जेल सजायँ हुन्छ। सन् २०१२ को अक्टोवर महिनामा एक १९ वर्षीय ग्लेंडा जियोमारा क्रुज नामक केटी रक्तस्राव भएर अस्पताल पुगिन् । सरकारी अस्पतालले बच्चा मरेको घोषणा गर्‍यो। उनलाई भ्रुण हत्याको आरोप लाग्यो र अदालतले १० वर्षको जेल सजाय सुनायो। अलसाल्वाडोरको अलावा, निकारागुवा, होण्डुरस, चिली, डोमिनिकन रिपब्लिक जस्ता देशहरूमा बलात्कारको कारण गर्भवती, जीवनको खतरा तथा विकृत भ्रूणको अवस्थामा पनि गर्भपतन गर्न नपाउने कानून छ। सन् २००० देखि २०११ सँगको आँकडा अनुसार २०० भन्दा बढी महिला माथि गर्भपतनको आरोप लागेको छ। ४९ जनालाई त दोषी ठहर्‍याएको छ। सन् २०१२ र १३ मा मात्रै ७ महिला दोषी सावित भएका छन्। यस प्रकारको घटना प्रायः गरिब इलाकामा घट्ने गरेका छन्। गर्भ जोगाउने दायित्व गर्भवती महिलाको हो भन्ने धारणा राख्दछन् त्यहाँका जनता। यस्तो कडा कानूनको असर स्वरूप महिला समूहमा आत्महत्याको दर बढ्दो छ। कुनै कुनैलाई ३० वर्षसम्मको जेल सजायँ समेत सुनाएको रेर्कर्ड छ। गर्भवती महिलाले गर्भस्त शिशुलाई बचाउनुपर्छ भन्ने मान्यताले ग्रसित अलसाल्वडोरमा गर्भपतन भएमा १२ देखि ३५ वर्ष जेल सजायँ हुने कानून अद्यावधि विद्यमान छ।

ख) उत्तर अफ्रिकी राज्य मिश्रमा सरकार विरोधी आन्दोलन दबाउन तहरिर चोकमा जम्मा भएका महिलालाई दुःख दिने गरिन्छ। महिला माथि यौन हिंसा गरेर वदनाम गराइन्छ। त्यही डरले महिलाको उपस्थिति कम हुने गर्छ। यो त्यस देशको बदरंग रूप हो।

ग) जनवरी २०१४ – अफगानिस्तान

अफगानिस्तानको हेलमंद प्रान्तमा सोजमई नाम गरेकी एक ८ वर्षीय बालिकालाई एक पुलिस चौकीमा आत्मघाती विस्फोट गराउन उनकै परिवारले बाध्य गराएका थिए। उनले यस्तो काम नगर्न जिकिर गरिन् तर उनकै दाजुको हातको पिर्टाई खाइन्। विचरालाई सुसाइट जकेट -बारुदले भरिएको जकेट) लगाई दिइयो र निर्देशित ठाउँमा पुगेपछि बटम दबाउन सिकाइएको थियो। यो जकेट विस्फोट भएपछि लगाउनेलाई केही हुँदैन, अरू सखाब हुन्छन् भनेर फकाएता पनि उनलाई आफू समेत नरहने कुरा थाहा थियो। केवल बाध्यताले गर्दा भनेको मानिरहेकी थिइन्। सोजमईको दाजु तालिवानका एक कमाण्डर हुन्। दाजुको आदेश हार्न नसकी जे जे भने त्यही-त्यही गरिन् तर विस्फोट हुन नपाउँदै उनी पुलिसको फन्दामा परिन्। सरकारले उनको बाध्यता महसुस गर्‍यो। विचरा सोजमई अब फकेर आफ्नो घर जान चाहन्नन्। उनले अफगानी राष्ट्रपति कारजाईसँग आफू बस्ने नयाँघरको लागि निवेदन हालेकी छन्। उनी आफ्नो घरको सबै धन्दा गर्थिन् तर स्कूल जाने अनुमति थिएन।

घ) अनर किलि·

पाकिस्तानको उत्तर पश्चिममा रहेको अर्को खटक भन्ने शहरमा पारिवारिक सम्मानको लागि जघन्य हत्या भएको छ। त्यस इलाकामा परम्परागत विवाह बाहेक कुनै महिला पुरुषको सम्बन्ध ती महिलाको परिवारको इज्जतको कुरा हुन्छ। एक मेडिकल टेक्नोलोजीका छात्र मोहमद युनूस २२ र रुखसाना-१८ बीच प्रेम बस्यो। उनीहरू भागेर अन्यत्रै गएर बसे। २०१३ को एक रात माइती पक्षका केही मान्छे आएर युनूसलाई सुतिरहेको अवस्थामा हत्या गरे अनि रुखसाना उपर जाइलागे। हाल उनी अपा· भएकी छन्। उनलाई हिँडडुल गर्न वाकरको सहायता चाहिन्छ। उनी सामाजिक कानूनी लर्डाई लडिरहेकी छन्। यस प्रकारको घटनामा न साक्षी पाइन्छ न सरकारी नजर पुगेको हुन्छ।

ङ) इरानको राजधानी तेहरानमा २०० प्रहरी महिलाको फेशन चेक गर्न तैनाथ छन्। महिलाले हिजाव ठीक तरिकाले लगाएका छन् कि छैनन्, पैतला देखिएको छ कि छैन हेर्दछन्। कुनै महिलाले तोकिएको सीमा उल्लघंन गरे भने ५५ अमेरिकी डलरसम्म जरिवाना हुन सक्छ।

च) अफगानिस्तान

यस देशको पश्चिमी भागमा रहेको हेरात शहरमा प्रत्येक दिन जसो आगोमा जलेर आत्मदाह गरेको महिला केस आउने गर्दछ। यहाँ ९ वर्ष देखि ४० वर्षसम्मका महिलालाई यातना र जबर्जस्ती विवाह गरिदिने कारणबाट महिलाहरू आत्मदाह गर्ने गर्दछन्। यो क्षेत्र तालिवानी क्षेत्र हो। हाल तालिवानको प्रभाव कम भएता पनि मानसिकता बदलिएको छैन। यहाँका महिलाको चेहरा पर्दामा र आवाज गलामा अड्किन्छ। महिला आरक्षण सिटमा उम्मेदवार पाउन कठिन हुन्छ।

छ) सोमलिया

२२ नोभेम्बर २०१३ मा बि.बि.सी. हिन्दी समाचारले भने अनुसार उत्तरी अफ्रिकी देश सोमालियाको राजधानी मोगादिशुमा एक पत्रकार महिलालाई २ जना सहकर्मीबाट बलात्कार भएको समाचार रिपोर्ट गरेको अभियोगमा ती महिलालाई हिरासतमा लिइएको छ। कुरा के भने ज-जस्ले बलात्कार गरे उनैको मानहानी गरेको दोष लाग्यो। यो कस्तो विडम्बना, कस्तो कानून। केही दिन पहिले यस्तै एक केसमा पीडितसँग अन्तर्वार्ता लिएको विषयलाई लिएर पत्रकारलाई समेत हिरासतमा लिइएको थियो।

ज) आयरलैण्ड

एक १४ वर्षकी स्कूले बालिका बलात्कारपछि गर्भवती बनिन्, गर्भपतन गर्ने अनुमति पाइनन्, अनि आत्महत्या गरिन्। आइरिश कोर्टले भ्रुण र आमाको जिउने अधिकार समान छ त्यसकारण गर्भपतन गर्ने अधिकार दिनुपर्छ भन्यो तर कानूनमा कुनै परिवर्तन आएन। हालसाल भने यस क्याथोलिक देश रिपब्लिक अफ आयरलैण्डमा विशेष परिस्थितिमा गर्भपात गर्न पाउने कानून व्यवहारमा आएको छ। ३१ वर्षीय एक भारतीय डेन्टिसले गर्भपात गर्न नपाएपछि मृत्यु भयो र त्यसको व्यापक विरोध भएपश्चात् सन् २०१३ को जुलाईमा यो कानून पास भएको हो। ती भारतीय महिलाको सन् २०१२ को अक्टोबर महिनामा सेप्टिसिमिया ९क्भउतष्अझष्ब० भएर मृत्यु भएको थियो। महिलाको नाम सविता हलप्पानवर हो।

प्रोटेक्शन अफ लाइफ डिउरिङ प्रेग्नेन्सी एक्ट अनुसार डाक्टरले गर्भवती महिलाको गर्भावस्थाको कारणले ज्यान पनि लिन सक्छ भन्ने प्रमाणित गरेपछि यो कानून लागू हुन्छ। आफ्नो कर्तव्य भन्दा बढी धार्मिक पद्धति मनाइयो त्यहाँ, क्याथोलिक देश हुनाको कारणले ।

स्मरणबाट नहटेका कुराः

–      कानूनमा केही सुधार भयो तर सविताको ज्यान गयो।

–      सविता क्याथोलिक थिइनन्, दूर्भाग्य के भने आयरलैण्ड क्याथोलिक मुलुक हो, धर्म निरपेक्ष होइन।

–      तपाई र मैले दिन सक्ने कुरा संवेदना मात्र हो।

–      अरूलाई सम्मान गर्नु नै मानव अधिकारको एक हिस्सा हो भन्ने सोच राख्नु नै एक हो “मानव अधिकार”।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width