कसरी बन्ने त सफल उद्घोषक

Avatar आदर्श समाज सम्वाददाता
भाद्र २६, २०७०

विविध सभा, समारोह वा सांस्कृतिक कार्यक्रम प्रथमतः बोल्ने वा कार्यक्रमको बारेमा क्रमबद्धरुपमा दर्शक वा श्रोतालाई जानकारी गराउने व्यक्तिलाई उद्घोषक भनिन्छ। उद्घोषक पाँच अक्षर मिलेर बनेको छ। जसमा ‘उ’ भनेको उत्कृष्ट आवाज भएको ‘द’ भनेको केही दक्षता हासिल गरेको, ‘घो’ बाट घोषणा गर्ने व्यक्ति ‘ष’ बाट सटिक जवाफ दिने व्यक्ति र ‘क’ भनेको कर्ण्र्ााप्रय आवाजको धनी या काल्पनिक शक्ति भएको भन्ने बुझिन्छ। सफल उद्घोषक बन्ने इच्छा राखेरमात्र हुँदैन, जसका लागि उचित र सही शिक्षाको आवश्यकता छ।

सम्पूर्ण पाठकवृन्दहरु जो विविध कार्यक्रममा ढुक्क भएर बोल्न चाहना राख्ने व्यक्तिहरुका लागि सहयोग पुर्‍याउने उद्देश्यले यस सम्बन्धी आÇना केही अनुभव तथा धारणाहरु यस लेखमार्फत् प्रस्तुत गर्ने प्रयास गरेको छु। आशा छ यसलाई पढेर केही आÇनो बोल्ने कलामा विकास गर्नुहुनेछ।

सर्वप्रथम त एक कुशल उद्घोषक बन्नका लागि छधज्ञज को ज्ञान हुनु नितान्त आवश्यक छ। छधज्ञज भनेको नेपालीमा छ ‘क’ भन्ने बुझिन्छ।

आउनुहोस् चर्चा गरौं छ ‘क’ भनेको के हो भन्ने सम्बन्धमा जसरी छध भनेको ध्जबत – ध्जभचभ – ध्जभल – ध्जय- ध्जथ – र ज्यध – भन्ने अर्थ लाग्छ। नेपालीमा छ ‘क’ भन्नाले कार्यक्रमको के हो ? कार्यक्रम कहाँ हुँदैछ ? कार्यक्रम कहिले हुँदैछ ?  कार्यक्रमको आयोजक तथा प्रायोजक को हो ? कार्यक्रम कसरी हुँदैछ भन्ने कुराको ज्ञान एक कुशल कार्यक्रम उद्घोषकमा हुनुपर्छ। कार्यक्रमको सुरुवातमा नै यी ६ वटा प्रश्नको उत्तरको आधारमा कार्यक्रम सञ्चालन गर्नुपर्दछ। छधज्ञज को आधारमा कार्यक्रम चलाउँदा प्रस्तुत गरिने सानो उदाहरण ‘नमस्कार, आज मिति २०७०/०५/०१ शनिबारका दिन। यस जनचेतना आमा-समूहको आयोजनामा हुन गइरहेको ग्रामीण भेगमा बस्ने एकल तथा असहाय महिलाको जीवनस्तर उकास्ने उद्देश्यले आयोजना गरिएको १५ दिने सिलाई बुनाई तालिमको समुद्घाटन समारोहमा पाल्नुभएका सम्पूर्ण महानुभावहरुमा म कार्यक्रम सञ्चालक ‘ को तर्फबाट न्यानो न्यानो अभिवादन’।)

माथि उल्लेखित उदाहरणमा ६ वटा ‘क’ को उत्तर आएको छ। त्यसैगरी कार्यक्रममा अतिथि ग्रहणदेखि लिएर समापन विधिवत्रुपमा गरिन्छ तर अनौपचारिक कार्यक्रममा आशन ग्रहण केही पनि हुँदैन। जहाँ उद्घोषकले सिधैं कार्यक्रम सञ्चालन गर्ने चलन छ।

सम्पूर्ण उद्घोषकलाई समस्या पर्ने भनेको आशन ग्रहणको बेलामा हुन सक्छ। आउनुहोस्, आसन ग्रहण कसरी गराउने भन्ने तरिका सिकौं।

सर्वप्रथम त सभापतिको आसन ग्रहण गराउनुपर्छ। सम्झनुहोस्, त्यस कार्यक्रमको सभापति त्यही कार्यक्रम सञ्चालन गर्ने संस्थाकै हुनुपर्छ। कहिल्यै पनि बाहिरबाट बोलाइएका पाहुनालाई सभापति बनाउनु हुँदैन। दोस्रोमा प्रमुख अतिथिको आसन ग्रहण गराउनुपर्छ तर कुनै कार्यक्रममा त विशिष् अतिथि पनि बोलाउने चलन हुनसक्छ, त्यस्तो अवस्थामा फेरि प्रमखु अतिथि भन्दा अगाडि विशिष्ट अतिथिलाई आसनग्रहणका लागि अनुरोध गर्नुपर्छ तेस्रोमा क्रमशः अतिथिहरुको संख्या हेरेर आसनग्रहण गराउनुपर्दछ। अन्त्यमा कार्यक्रम संयोजकलाई आसन ग्रहण गर्न लगाउनुपर्छ। कार्यक्रम संयोजक पनि त्यही संस्थामा आवद्ध व्यक्ति हुनुपर्छ।

आसनग्रहणपछि आसन गरिसकेका सबै अतिथि वर्गलगायत मञ्चको अगाडि बसेकाहरुलाई ब्याच वितरण गर्नुपर्छ। ब्याच वितरण गर्दा वितरकहरु महिला हुनु राम्रो मानिन्छ। ब्याच वितरण भइरहेको बेलामा उद्घोषकले आÇनो कार्यक्रमको भूमिका बाँध्न पाइन्छ। ब्याच वितरण सकिएपछाडि स्वागत गीत/राष्ट्रिय गीत/ वा प्रार्थना प्रस्तुत गर्नुपर्छ, आफूसँग जे उपलब्ध छ। त्यही प्रस्तुत गर्नुहोस्। त्यसपछि कार्यक्रमबारे जानकारी र स्वागत मन्तव्य राखिदिनका लागि मञ्चमा आशन ग्रहण गरिरहनुभएका कार्यक्रम संयोजकलाई बोलाउनुपर्छ। त्यसपश्चात कार्यक्रमको विधिवत् रुपमा कार्यक्रमको उद्घाटन गरिदिनुहुन प्रमुख अतिथिलाई अनुरोध गर्नु पर्दछ। कार्यक्रमको उद्घाटन गर्ने तरिकाहरु फरक/फरक हुन सक्दछन्। कतै माइक्रोफोन अन गरेर गरिन्छ। कतै पानसमा दीप प्रज्वलन गरेर गरिन्छ भने कतै-कतै रिबन काटेर गरिन्छ। कार्यक्रममा उद्घाटन मन्तव्य राखिदिनुहुन प्रमुख अतिथिलाई अनुरोध गर्नुपर्दछ। बीच-बीचमा विविध प्रस्तुतिहरु भएमा राख्न पनि सकिन्छ। अन्त्यमा कार्यक्रमको विधिवत्रुपमा समापन भएको जानकारी दिनका लागि कार्यक्रमका सभापतिलाई अनुरोध गर्दै कार्यक्रम सञ्चालक बिदा हुनुपर्दछ।

उद्घोषक बन्नका लागि सर्वप्रथम त बोल्ने बानीको विकास भएको हुनुपर्दछ। उद्घोषक जहिले पनि निडर, साहसी र आत्मविश्वासी हुनुपर्छ। बोल्दा लजाउने व्यक्ति कदापि उद्घोषक बन्न सक्दैन। उद्घोषकले दर्शक र कार्यक्रमबीच पुलको काम गर्ने भएकोले उद्घोषक अति नै प्रभावकारी हुनुपर्दछ। कार्यक्रम राम्रो हुने या नहुने र भइरहेका दर्शकलाई बसुँ/वसुँ बनाउने उद्घोषककै आवाजले हो।

उद्घोषकको आवाज सदा उत्कृष्ट हुनुपर्दछ। उद्घोषकले अतिथिहरुलाई आसन ग्रहण गराउँदा पहिला पद र नाम स्पष्टसँग उच्चारण गर्नुपर्दछ। उद्घोषकले कहिल्यै पनि पद र संस्थाको नाम उच्चारण गर्दा संक्षिप्त रुप प्रयोग गर्नुहुँदैन।

अब चर्चा गरौं, एक कुशल उद्घोषकमा हुुनुपर्ने गुणहरुबारे

-छधज्ञज को पूर्णज्ञान

-यान्त्रिक उपकरणबारे सामान्य जानकारी।

-मृदुभाषी

-शब्दको भण्डार

-साहित्यसम्बन्धी ज्ञान

-भाषिक शुद्धता

-स्पष्टबोली

-शब्दको शुद्ध र सही उच्चारण

-आत्मविश्वासी

-साहसिक निडरता

-मिलनसार

-बौद्धिक व्यक्तित्व

प्रायश्चित भावनासँगै विनम्र बोली

उद्घोषकले गर्न नहुने कुराहरु

-माइक्रोफोन टेष्ट गर्ने बेलामा फु”फु”फु” गर्नुहुँदैन। बरु माइक्रोफोन टेष्ट गर्दा हेलो ”हेलो” हेलो १,२,३ भन्नु राम्रो हुन्छ।

-माइक्रोफोन अगाडि हेलचेक्राई गर्नुहुँदैन।

-गोजीमा हात राख्नु हुँदैन। शरीर हल्लाउनुहुँदैन, खुट्टा हल्लाउने नगरौं।

-नाक, कोट्याउने, कान कोट्याउने तथा कपाल कनाउने जस्ता काम पनि गर्नुहुँदैन।

-नङ टोक्ने, पेन टिक-टिक पार्ने, पैसा बजाउने काम गर्नुहुँदैन

-ध्यान अन्यत्रतिर लैजाउनु हुँदैन

-समयप्रति वे-वास्ता गर्नु हुँदैन

-राष्ट्रभाषाको अनादर गर्नु हुँदैन

-अनावश्यक वैदेशिक भाषाको प्रयोग गर्नुहुँदैन

-वक्तालाई आक्षेप लगाउनु हुँदैन

-व्यक्तिगत तर्फबाट कुनै पनि वक्तालाई उतारचढाव गर्नुहुँदैन

-ठाडो र अशिष्ट भाषा प्रयोग गर्नुहुँदैन

-शब्द दोहोर्‍याउनु हुँदैन

-कुनै पनि थेगो प्रयोग गर्नुहुँदैन

-जाँड, रक्सी, चुरोट, बिंडी, अमिलो, पिरो, चिल्लो, प्याजजस्ता चिज सेवन गरी कार्यक्रम सञ्चालन गर्नुहुँदैन।

अन्त्यमा, कार्यक्रममा विविध मनोरञ्जनात्मक कार्यक्रमहरु पनि राख्नुपर्दछ। दर्शकले मन्तव्यमात्र पनि मन पराउँदैनन्। कार्यक्रम उद्घोषक केटा भएमा ख् आकारमा उभिनु पर्छ। महिला उद्घोषक भए ी आकारमा उभिनु पर्दछ। उद्घोषकले आÇनो ड्रेसअपमा पनि विशेष ध्यान दिनुपर्दछ। सर्ट र पाइन्ट आइरन गरेको र टाइसुट हुनु पनि आवश्यक छ। माइक्रोफोन समाउँदा तारलाई अलिकति बटारेर मुखबाट माइक्रोको दुरी ६ औला हुनुपर्दछ। उद्घोषक भइसकेपछाडि मासको अगाडि बोल्न डराउँनुहुँदैन।

भनिन्छ नि,ब ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चाम पनि बिक्दैन’ त्यसैले मन दह्रो पारेर कार्यक्रम चलाउने प्रयास गर्नुस् सफल उद्घोषक अवश्य बन्नुहुनेछ।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

संस्कृत भाषाबाट बनेको बागलुङ

प्राथमिकतामा नपरेका शिक्षा शाखाहरु

प्राज्ञिक युवालाई स्वदेशमै रोजगार सिर्जना गरौं

नयाँ वर्षका नयाँ संकल्प

प्रमुख समाचार

दीगो विकासमा पानीको महत्व

थप प्रमुख समाचार