कम्युनिष्टको विगत र वामपन्थीको वर्तमान

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७१

कार्ल मार्क्सले भनेका थिए- ‘कम्युनिष्टको उद्देश्य शोषण रहित समाज र समतामुलक समाज स्थापना गर्नु हो। मार्क्सको भनाई अनुसार व्यक्तिको विकास समूहको विकासको पूर्वर्शर्त हो।

मार्क्सको भनाईमा समानता र स्वतन्त्रतामध्ये एउटा छान्नु पर्दछ भने स्वतन्त्रतालाई प्राथमिकता दिनपर्दछ। उनले ‘कम्युनिष्ट घोषणापत्रु मा सर्वहारा अधिनायकवादको उल्लेख गरेतापनि उनी अधिनायकवादका पक्षधर थिएनन्। लेनिनवादलाई मार्क्सवादको परिपूरकको रुपमा मानिन्छ, लेनिनको प्रस्थावना अधिनायकतामूलक छ। रुसमा सत्तासीन हुना साथ लेनिनले आन्तरिक र वाहृय जगतमा शान्तिको घोषणा गरेका थिए। तिनले शान्ति र स्वतन्त्रतालाई शान्तिपूर्वक बाँच्न पाउने राज्यको कल्पना गरेका थिए होलान्, तर सन् १९२३ मा लेनिनमाथि गोली हानियो, त्यसपछि  उनी अचेत अवस्थामा रहे। सो अवस्थामा स्टालिन सत्तारुढ भए र कम्युनिष्टका नाउँमा चरम अधिनायकवादी सत्ता सञ्चालन गर्न थाले। आफ्नै पार्टीका २७ जना केन्द्रीय नेताहरु मध्ये गृहमन्त्री वेरिमा समेत १७ जना मारिएका थिए। स्टालिनकी छोरी स्बेतलाना बाबुको अत्याचार सहन नसकेर भागेर अमेरिका गएकी थिईन। स्टालिनको  अधिनायकवादी आचरणका कारणले विश्वमा कम्युनिष्टहरुले पराजयको अवस्था भोग्नु परेको हो।

चीनको राजनीतिक परिवर्तनका संवाहक माओत्से तुङ्ग हुन। उनको अधिनायकवादी सोच, व्यवहार र कार्यान्वयनको कारणले चीनमा ठूलो जनसंहार भयो। चिनियाँ सांस्कृतिक क्रान्तिको दशक त हत्या र हिंसाको दशक नै हो भनी मान्नुपर्ने हुन्छ। माओवादी कम्युन प्रणालीको कारणले आर्थिक विपन्नता भोगी रहेको चीनलाई विश्वको दोश्रो महाशक्ति बनाउने श्रेय देङ्ग सियाओ पिङ्गलाई जान्छ। स्वतन्त्र आर्थिक नीति अपनाएर द्रूततर आर्थिक विकास नगरेको भए चीन अहिलेको अवस्थामा पुग्ने थिएन। कम्युचियामा खिउ सिम्फान र पोलपोटद्वारा चलाईएको हत्या, हिंसाबाट आतंकित पारिएका लाखौ मानिसको हत्या गरिएको अवस्थामा उनीहरुको राजनीतिक रुपमा पतन भएको हो र यो कम्युनिष्ट आन्दोलनको दुर्र्दिन हो। पेरुमा दुर्इ तिहाई भूभाग कब्जा गरी सत्ताको शिखरमा पुग्न लागेको अवस्थामा कम्युनिष्टहरुको पराजय हुनु, अन्तर्राष्ट्रिय जगतमा उग्रवादी कम्युनिष्टको हार हँदै जानु, त्यस्तै रक्तपात विना नै चीन, क्युवा, उत्तर कोरिया, भियतनामवाहेक अन्य दर्जनौं कम्युनिष्ट सत्ता भएका मुलुकहरुबाट सत्तापतन हुनु संयोग मात्र होर्इन। विगतमा कम्युनिष्ट सत्ताधारीहरुबाट चलाईएको दमन, भ्रष्टाचार, अत्याचार र अधिनायकतन्त्र हो भनी मान्नपर्दछ। विश्व महाशक्तिको रुपमा स्थापित भइसकेको रुसबाट शान्तिपूर्ण जन बिरोधका कारणले मात्र ७० वर्षसम्म सञ्चालित कम्युनिष्ट सत्ता पतन हुनु विस्मयजनक कुरा हो।

स्टालिनका प्रबल समर्थक क्रुस्चेले उनको देहावसानपछि सत्तामा पुगेका क्रुस्चेभले स्टालिनको ठूलो विरोध गरे। तपाईले स्तालिनको जीवनकालमा किन विरोध गर्नु भएन भनी प्रश्न गर्दा ‘चलिरहेको गाडीबाट को उत्रन सक्तछ, त्यसबेला मैले विरोध गरेको भए अहिले तपाईहरुसँग भेटनै सक्तिनथु भनी जवाफ दिएका थिए। कम्युनिष्ट सत्ता पतन नहँदै चेकोस्लाभाकियामा संसदका अध्यक्ष दुब्चेक र रुसका तत्कालिन प्रधानमन्त्री क्रुस्चेभले ‘अब सर्वहारा अधिनायकवाद टिक्दैन सम्पूर्ण जनताको सत्ता चाहिन्छु भनी उद्घोष गरेका थिए।

स्पेनका र्कालिलोले ‘कम्युनिष्टले अधिनायकवाद छाडेर प्रजातान्त्रिक बाटो अपनाउन पर्ने र आफनै देशको बातावरण अनुसार मार्क्सवादलाई अपनाइनपर्दछु भनि विचार व्यक्त गरेका थिए। चेकोस्लाभाकियाको सरकारले दुब्जेकलाई सत्ताच्युत गरायो। त्यस्तै, रुसमा राष्ट्रपति बे्रज्नेभ पक्षले क्रुस्चेभलाई कैयौं चार्ज लगाएर सत्ताच्यूत गराई सजायसमेत गरिएको थियो। कम्युनिष्ट नेताहरु भित्र पलाएको प्रजातान्त्रिक अवधारणालाई उग्रवादी चिन्तनद्वारा परास्त गराईयो। त्यस्तै रुसमा गोर्भाचोभ सत्तामा आएपछि जनताको परिवर्तनको चाहनालाई बुझेर ग्लासनोस्त (प्रजातन्त्र) पेरोस्त्रोइका औद्योगिकरण (आर्थिक स्वतन्त्रता) नीति लागु गर्न थालेपछि रुसी जनताले शान्ति, स्वतन्त्रताको अवस्थाको अनुभूति गरेका थिए। गोर्भाचोभ छुटृीमा गएको अवस्थामा उग्रपन्थी कम्युनिष्ट नेता गेन्नाडी एभाएभ आदि नेताद्वारा गोर्भाचोभलाई सत्ताच्यूत गर्ने प्रयास गरेका थिए। सो अवस्थामा रुसी राज्यका राष्ट्रपति दक्षिणपन्थी नेता र एल्तसिनले आर्मीको ट्याङ्करमाथि चढेर कम्युनिष्ट सभासद् र कैयौं कम्युनिष्ट पार्टीका नेताहरुलाई गोली हान्न आदेश दिएका र कैयौं कम्युनिष्ट नेता र सभासद्हरुको हत्या भएको थियो। सोभियत रुसको विखण्डन गराईएको थियो। नेपालसमेतले विश्वका कम्युनिष्टहरुले संसोधनवादी भनी क्रुस्चेभ, दुभ्चेक र कारिल्लोको कडा आलोचना गरेका थिए। उनीहरु परिवर्तनको वाहक रहेछन् भन्ने कुरा कम्युनिष्टहरुको दिमागमा परेको थिएन। कम्युनिष्टहरुले जहिले पनि ब्रि्रे भत्केपछि मात्र सोच्ने गर्दछन्। विश्व कम्युनिष्ट आन्दोलन पतन हुनु कम्युनिष्ट पार्टीका नेताहरुको कुचिन्तनको परिणति हो भनि मान्नपर्दछ।

नेपालको सर्न्दर्भमा १९९० को दशकको पूर्वाद्धमा विश्व कम्युनिष्ट आनदोलन तल खस्किरहेको अवस्थामा २०४८ को निर्वाचनमा ने.क.पा.एमाले समेतका वामपन्थी पार्टीरुले २०५ संसदीय सीट मध्ये करिब ९० सीट जितेका थिए। एमाले २०५१ को निर्वाचनमा पहिलो पार्टीबन्यो र एमालेको जीतको मुख्य कारण मदन भण्डारीद्वारा प्रतिपादित जनताको वहुदलीय जनवादको कार्यक्रम हो। एमालेले परम्परागत एक दलीय अधिनायकवादी व्यवस्था परित्याग गरि लोकतान्त्रिक, वहुलवादी, न्यायिक सवोर्च्चता, प्रतिस्पर्धात्मक खुला अर्थतन्त्रको नीति अवलम्वन गरेको कारणले उच्चता हासिल गरेको थियो। संविधान सभाको प्रथम निर्वाचनमा माओवादीको ज्यादती र दबाबका कारणले एमाले केही खस्किएता पनि दोश्रो निर्वाचनमा पहिलो पार्टीको बराबर जस्तै मत प्राप्त गरेर दोश्रो पार्टीबनेको छ। अब एमालेले दक्षिणपन्थ र उग्रवामपन्थको कडा प्रतिरोध गर्नुपर्दछ । लोकतान्त्रिक वामपर्न्र्थी आर्थिक स्वतन्त्रताको बाटो समाई अघि बढेमा एमालेले नेपालको राजनीतिमा उच्चता हासिल गर्न सक्तछ।

आजको विश्वमा सशस्त्र व्रि्रोहद्वारा सत्ताकब्जा हुन सक्तैन भन्ने जान्दा-जान्दै माओवादीले आन्तरिक स्वार्थ परिपूर्ति गर्ने उद्देश्यका साथ १० वर्षे जनयुद्ध सञ्चालन गरे। सो जनयुद्धमा १७ हजार मानिस मारिए, तीन हजार वेपत्ता भए, खरबौं सम्पत्ति बिनास भयो। माओवादीले एमालेलाई दक्षिणपन्थतिर र वैद्य समूहलाई उग्रवामपन्थ तिर धकेली डीलैमा पुर्‍याई नेपाली वामपन्थको मूलधार बन्न चाहन्छ। तर एमाओवादी पार्टीअझै पनि उग्रवामपन्थी, एकाधिकारवादी, सर्वसत्तावादी विचारबाट मुक्त हुन सकेको छैन। यस्तो पार्टीले लोकतान्त्रिक वामपन्थको नेतृत्व गर्न सक्तैन। जडसुत्रवादी, सैद्धान्तिक विचलन र अहंकार दम्भका कारणले दोश्रो निर्वाचनमा एमाओवादी खुम्चिन पुगेको हो।

विगतमा मार्क्सवादको मानवीय पक्षलाई वेवास्ता गर्दा भयंकर तानाशाह जन्म भइ कम्युनिष्ट आन्दोलनको गति पछाडि धकेलिएको हो। मार्क्सवादको मानवीय पक्षलाई पूर्णत अंगीकार गरेर व्यवहारमा उतार्नुपर्दथ्यो। नेपालका ठूला, साना सवै बामपन्थीहरुले सैद्धान्तिक संकटलाई ठीकसँग बुझेर वहुलवाद, आर्थिक स्वतन्त्रताको नीति अवलम्वन गरेर, राजनैतिक, आर्थिक सामाजिक सुधारको कार्यक्रम अघि बढाएको भए सबै बामपन्थी एकिकृत हुन सक्ने र वाम आन्दोलन अग्रगामी रुपमा अघि बढ्ने थियो। एमालेले जबजलाई समेत परिस्थिति अनुसार सुधार गर्दै लोकतान्त्रिक वामपन्थी मनोविज्ञान बोक्ने जनाधार जोगाउँदै उग्रवामपन्थी र दक्षिणपन्थी शक्तिको जगमा प्रहार गर्दै अघि बढ्नपर्दछ। मार्क्सवाद र पूँजीवाद मिश्रति नयाँ शक्तिको आवश्यकता छ भनी लेखहरु प्रकाशित गर्ने डा. बाबुराम भटृराई र राम कार्कीहरुको साच्चिकै उग्रवादी चिन्तनबाट मोहभंग भएको हो भने विना हिचकिचाहट एमालेमा समाहित हुनपर्दछ। परिवर्तित विश्व परिस्थितिमा सशस्त्र व्रि्रोहबाट सत्ताकब्जा गर्न सक्ने स्थिति शुन्य प्रायः रहेको अवस्थामा वैद्य समूहद्वारा ‘संविधान निर्माणमा अवरोध खडा गर्दै सशस्त्र व्रि्रोहमा जान्छौ भन्नु स्वप्न संसारमा डुबुल्की मार्नु मात्र हो। उग्रवामपन्थको दिन गुज्रिइसकेको हुँदा त्यो शक्ति अघि बढ्न सक्ने सम्भावनै हँदैन। लोकतान्त्रिक, व्यवहारिक, वहुलवादी, अन्तर्राष्ट्रिय, राष्ट्रिय परिस्थिति अनुसार सशक्त रुपमा अघि बढ्न सक्ने वामपन्थी शक्ति एमाले नै आजको आवश्यकता हो।

(लेखक वरिष्ठ अधिवक्ता हुन।)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width