कक्षा व्यवस्थापन

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७१

कक्षा व्यवस्थापन भन्नासाथ धेरैजसोले विद्यार्थीलाई अनुशासनमा राख्ने काम भनेर बुझछन्। समान्यतः यो बुझाइ पनि गलत होइन। यद्यपि यस आलेखमा उठाउन खोजिएको विषयवस्तु त्यसमा मात्र सीमित छैन। कक्षा व्यवस्थापन शिक्षण सिकाइमा प्रभावकारिता ल्याउने एक प्रमुख विषय हो। कहिलेकाहीँ हामी शिक्षकहरू यति धेरै मिहिनेत गरेर विद्यार्थीसामु विषय वस्तुलाई पस्कने प्रयास गर्छौ कि लाग्छ अब त विद्यार्थीले बुझनै केही बाँकी रहेन। तर फेरि यसो एक दुर्इ जनालाई प्रश्न फाल्यो, उत्तर आउँदैन। अनि आफ्नो सारा मिहिनेत बालुवामा पानी सरी भएकोमा निरास बन्छौँ। यसको सबै दोष विद्यार्थीलाई दिन्छौँ। तर त्यसको वास्तविकता अन्त कतै लुकेको हुन्छ भन्ने कुराको हेक्कै हुँदैन हामीलाई। जब शिक्षक र विद्यार्थीबीच एउटा तादात्म्य सम्बन्धको स्थापना हुन्छ अनि मात्र शिक्षकले पढाएको विद्यार्थीलेे राम्रोसँग बुझन सक्छ। त्यो तादात्म्य भनेको रेडियो स्टेशन वा फ्रिक्वेन्सी मिलाए जस्तै हो। जस्तै, एफएम ब्याण्डको ९२.३ मेगाहर्जमा कुनै रेडियो स्टेसन टिप्छ र राम्रो सुनिन्छ भने ९२.२ वा ९२.४ मेगाहर्जमा स्पष्ट आउँदैन। त्यस्तै गरी विद्यार्थी र शिक्षकबीचको समन्वय मिलेन भने शिक्षकले जतिसुकै मिहिनेत गरेर पढाए पनि त्यो व्यथै हुन्छ। शिक्षक र विद्यार्थीबीच यही तादात्म्य सम्बन्ध स्थापित गर्ने कला नै कक्षा व्यवस्थापन हो।

कक्षा व्यवस्थापनमा कक्षा कोठाको भौतिक र मनोवैज्ञानिक पक्षले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। कक्षा शिक्षणमा एक शिक्षकले बुझनै पर्ने कुरा हो, विद्यार्थीको सहज र वैज्ञानिक बसाइ व्यवस्थापन। हामी प्रायः विद्यार्थीहरू आफ्नो कक्षामा शान्त भएर आफूले पढाएको सुनून्, बुझून् र परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण होऊन् भन्ने चाहना राख्छौँ। एक क्षण मात्र शान्त भएर सोची हेरौँ न, हामीले चाहेको कुरा प्राप्त गर्न कति गाह्रो रहेछ भनेर थाहा भइहाल्छ। बिहान १० बजेदेखिको पट्यारलाग्दो, असहज र अवैज्ञानिक बसाइ अनि मास्टरको लगातारको ट्यार ट्यार आवाज कति दिक्दार लाग्दो हुन्छ होला तिनलाई – त्यसैले कक्षा कोठालाई वैज्ञानिक र रुचिकर बनाउनु पहिलो काम हो। कक्षा कोठामा प्रशस्त प्रकाश उपलब्ध हुनुपर्छ। त्यसैगरी कक्षा कोठाका झयालहरू ठूला र ताजा हावा प्रशस्तै आउने हुनु अति जरुरी छ। विद्यालय भवनको वरिपरि खुल्ला वातावरण भयो भने विद्यार्थीलाई सहज अनुभूति हुन्छ। नत्र वरिपरिको चहलपहल, हल्ला तथा अनावश्यक दृश्यहरूको कारणले शिक्षक, विषयवस्तु र विद्यार्थीबीचको समन्वयमा बाधा आउन सक्छ। अनि त्यो क्रमभ·ताले सिकाइलाई असर पार्छ। कक्षा कोठा सरदर ४० जनासम्म विद्यार्थीहरू सहज तरिकाले अर्टाई आवतजावत गर्न सजिलो, खुल्ला र पर्याप्त उचाइ भएको हुनुपर्छ।

कक्षा कोठाभित्रको वातावरण शिक्षणसिकाइ मैत्री बनाउने जिम्मा भने धेरै हदसम्म शिक्षकको नै हुन्छ। यसमा विद्यालय प्रशासनको सहयोग भने निःसन्देह वाञ्छनीय छ। कक्षा कोठामा प्रयोग हुने बोर्ड कता राख्ने – कसरी कक्षा कोठालाई आनन्दमय र मनमोहक बनाउने – यी साधारण तथ्यले पनि कक्षा व्यवस्थापनमा विशाल माने राख्छन्। चलायमान डेक्सबेञ्च भएको कक्षा कोठा हो भने विद्यार्थीहरूको बसाइ व्यवस्थापन विषयवस्तु र त्यसको अध्यापन विधि अनुकूल हुने गरी परिवर्तन गर्न सकिन्छ। सानो उदाहरण लिऔँ: विषयवस्तुलाई छलफल विधिद्वारा शिक्षण गर्ने उद्देश्य राखिएको कक्षा हो भने उक्त दिन सबै विद्यार्थी शिक्षकतिर फर्केर बस्ने हाम्रो परम्परागत शैलीको बसाइ उचित हुँदैन। यो शैलीको बसाइमा विद्यार्थीले छलफल गर्ने अवसर कम पाउँछन् जसको सिधा असर शिक्षण सिकाइमा पर्न जान्छ। त्यसैले सबभन्दा पहिले विद्यार्थीहरूलाई समूहमा बस्ने व्यवस्था मिलाउनुपर्दछ। कक्षा शिक्षकले विद्यार्थीका डेक्सबेञ्चको अवस्था कस्तो छ ख्याल राख्नुपर्छ। असजिलो बसाइले सिकाइमा मात्रै नभएर विद्यार्थीको स्वास्थ्यमा समेत असर पार्छ। आजभोलि अधिकांश विद्यालयहरूमा सेतो पाटी प्रयोग गर्ने चलन छ। सनमाइका प्रयोग भएको यस्तो सेतो पाटी टल्किन्छन् र त्यसको कारणले विद्यार्थीको आँखालाई असर पार्न सक्छ। त्यसैले कुन स्थानमा राख्दा र कति प्रकाश यसमा पार्दा सबैलाई सहज हुन्छ भनी विचार पुर्‍याउनुपर्छ। कक्षामा फरक क्षमता भएका विद्यार्थीहरूको बसाइ व्यवस्थापन अको महत्वपूर्ण काम हो। विशेष ग्राहृयतासहित उनीहरूको बसाइलाई सहज बनाउनुपर्छ।

कक्षा कोठा स्वच्छ, सुन्दर र मनमोहक हुनु अति जरुरी छ। त्यहाँ एउटा बुक र्‍याक हुनु राम्रो हो। यस्तो र्‍याक व्यवस्थापन विद्याथीहरूकै जिम्मामा दिई उनीहरूकै प्रत्यक्ष लगानीमा आवश्यक पुस्तकहरूको व्यवस्था गर्न सकिन्छ। कक्षा कोठा शृङ्गार गर्दा चुस्त र उपयोगी तरिका अपनाउनुपर्छ। आवश्यक मात्रामा चार्ट र चित्रहरू भित्तामा झुण्ड््याउँदा सिकाइलाई सहयोग पुग्छ। प्रत्येक कक्षामा (त्रैमासिक/अर्धवाषिर्क) भित्तेपत्रिका राख्न सकेमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा सहयोग त गर्छ नै, कतिपय जल्दाबल्दा समाचार र ज्ञानगुनका कुराहरू विद्यार्थीहरू आफैले संकलन गरेर प्रकाशन गर्न सक्छन्। त्यसैगरी हरेक कक्षामा प्रदर्शनी बोर्डको व्यवस्था गर्नुपर्छ जसमा विद्यार्थीहरूले बनाएका, गरेका कार्यहरू टाँस्न वा प्रदर्शन गर्न सकियोस्। कक्षाशिक्षकले कक्षा कोठा शृङ्गार गर्दा भद्दा र अनावश्यक झिलिमिली देखिने खालको भने बनाउनु हुँदैन। त्यसो भएमा विद्यार्थीहरूको ध्यान शिक्षणसिकाइबाट अन्तै मोडिन सक्छ।

हाम्रो कक्षा कोठाहरू विषय केन्द्रित छैनन्। जे भए पनि कक्षा कोठामा शिक्षणसिकाइको लागि आवश्यक पर्ने शैक्षिक सामग्रीहरू अधिकाधिक उपलब्ध हुनुपर्छ। शिक्षकहरूको मन मस्तिष्कमा साधनस्रोत भन्नेबित्तिकै आर्थिक स्रोतको कुरा आउँछ। तर एक कुशल, दक्ष र तालिम प्राप्त शिक्षकले आफ्ना वरिपरि उपलब्ध स्रोतहरूबाटै त्यस्ता सामाग्रीहरू निःशुल्क जोहो गर्न सक्छ। त्यति मात्रै होइन, हाम्रा विद्यार्थीहरू नै हामीलाई चाहिने शैक्षिक सामाग्रीका भण्डार र स्रोतहरू हुन्। बाँकी विद्यालय प्रशासनले जुटाइदिनु पर्छ।

२१ औं शताब्दीको दोस्रो दशकको यो अवधिसम्म आइपुग्दा विश्व अति नै साँघुरो भइसकेको छ। यदि शिक्षक अलिकति पनि जागरुक र पेशाप्रति इमान्दार छ भने सामग्रीको जोहो गर्न गाह्रो छैन। इन्टरनेट र विभिन्न सामाजिक सञ्जालमा मानिसको सहज पहुँचले गर्दा आफूलाई आवश्यक हरेक प्रश्नका उत्तरहरू त्यहाँ पाउन सकिन्छ। यतिसम्म कि विश्वका कुनै कुनामा एक शिक्षकले प्रयोग गरेको शैक्षिक सामाग्री सिधै डाउनलोड गरेर अको कुनै कुनामा रहेको शिक्षकले आफ्नो कक्षामा प्रयोग गर्न सक्छ। इन्टर्‍याक्टिभ सिडीहरू, नेसनल जोग्राफी, एनिमल प्लानेट, डिस्कभरी च्यानल लगायतका भिडिओहरू पनि बजारमा उपलब्ध छन्। कतिपय त यु ट्युबबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ। नेपालकै सर्न्दर्भमा अहिले “शिक्षकले गर्न सक्छ” भन्ने अभियानको वेव पेज उपयोगी सामग्रीले भरिएको छ। यसमा लगअन गरे त्यहाँ नेपालकै विभिन्न विद्यालयहरूका शिक्षकहरूले अभ्यास गरेका शैक्षिक सुधारका सफल प्रयोगहरू र हाम्रा शिक्षाविद्हरूका सुझावहरू पाइन्छन्। गुगलमा गएर टाइप गर्दा संसारका विभिन्न ठाउँहरूमा प्रयोग भएका शैक्षिक सामग्रीहरू प्रशस्तै पाइन्छन्। तसर्थ शिक्षकले चाहने हो भने आजको विश्वमा शैक्षिक सामग्री छैन भन्ने चिन्ता लिनुपर्दैन।

कक्षा व्यवस्थापनमा अको महत्वपूर्ण पक्ष शिक्षकको स्वभाव पनि हो। शिक्षा दिने शिक्षकले पहिलो बुझनुपर्ने कुरा हो, कक्षा कोठाको तनाव। निरन्तर एउटै पोजिसनमा लामो समयसम्म शिक्षकको प्रवचन सुन्दै समय बिताउन विद्यार्थीलाई गाह्रै हुन्छ। त्यतिले मात्रै नपुगेर पढाइमा ध्यान नदिएको, कक्षामा हल्ला गरेको, गृहकार्य नगरेको वा राम्रोसँग नगरेको, अक्षर नराम्रो भएको आदि इत्यादि आरोपमा शिक्षकहरूबाट टिप्पणी पाइरहँदा विद्यार्थीको मन मस्तिष्क सिकाइमैत्री होला त – हामी प्रायः शिक्षकहरू आफ्नो विगतलाई चटक्कै भुलेर विद्यार्थी सामु बडो आडम्बरपूर्वक आफू आदर्श विद्यार्थी भएको र त्यस्तै बन्नुपर्छ भन्ने आशयको उपदेश दिन्छौँ। कतिपय बेलामा हामी आफ्नो घरको तनाव, विद्यालय प्रशासनसँगको तनाव आदिलाई बोकेर कक्षा कोठा छिरेका हुन्छौँ र हाम्रो अध्यापनमा त्यसको झलक देखा पर्छ। हामीहरू कक्षा कोठामा छिर्नुअघि मन शान्त बनाएर, सेवा र सर्मपणको भाव राखी कक्षामा जान सकेमा अवश्य सकारात्मक परिवर्तन हात लाग्नेछ। हो, यो कठिन छ। आफूलाई मास्टरबाट गुरुमा रुपान्तरण गर्न पक्कै समय लाग्छ।

शिक्षणसिकाइलाई प्रभावकारी बनाउन कक्षा व्यवस्थापनले अति महत्वपूर्ण भूमिका खेलेको हुन्छ भन्नेमा द्विविधा छैन। तर यसका निम्ति सबै सरोकारवालाहरूले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ। सिकाइ उपलब्धि घट्नुमा केवल शिक्षक र विद्यार्थी मात्रै दोषी नहुन पनि सक्छन्।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width