कक्षा आठको नेपाली प्रश्नपत्रमा भाषिक सम्पादन

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७०

१. विषय उपोद्घातः योग्यता, विशेषता, सामर्थ्य, गुण, क्षमता आदिको स्तर निर्णय गर्नका निम्ति ठिकसित पारख गर्ने काम वा कुनै वस्तुको गुण, दोष आदिको अनुभव गर्नका लागि तर्क, प्रमाण आदिबाट यथार्थ तत्त्वको निरूपण गर्ने कामलाई परीक्षण अर्थात् परीक्षा भनिन्छ। परीक्षामा प्रयोग गर्ने प्रश्नपत्रमा भाषिक सम्पादन अपरिहार्य हुन्छ। भर्खरै सकिएको कास्कीको कक्षा आठको जिल्ला स्तरीय परीक्षामा प्रयुक्त प्रश्नपत्रमध्ये नेपाली विषयको प्रश्नपत्रमा भाषिक सम्पादनको अभाव रहेको पाइन्छ। यसबाट त्रुटिसहितको प्रश्नपत्रले मूल्याङ्कनमा विश्वसनीयता  र बैधता स्थापना गर्न नसक्ने देखिन्छ।

२. विषय विश्लेषणः नेपालको सर्न्दर्भमा कक्षा आठ र एस.एल.सी.को परीक्षालाई स्तरीकृत परीक्षा मानिन्छ। योजना, ढाँचाको तयारी, प्रयोग, विश्लेषण, अन्तिम स्वरूपको निर्माण, परीक्षा सञ्चालन, परीक्षण आदि स्तरीकृत परीक्षाका प्रक्रियाहरू हुन्। यी धेरै प्रक्रियामध्ये परीक्षणका प्रश्नहरू मिलाउने र सम्पादन गर्ने काम पनि स्तरीकृत परीक्षणको महत्त्वपूर्ण कार्य हो। हालै सकिएको कक्षा आठको परीक्षामा प्रयुक्त नेपाली विषयको प्रश्नपत्रमाथि भएको भाषिक सम्पादनले स्तरीकृत परीक्षणका विशेषतामाथि नै प्रश्न उठाएको छ।

व्याकरण र भाषिक शुद्धता भाषा विषयभित्र मेरुदण्डका रूपमा रहेको हुन्छ। भाषाकै प्रश्न पूर्ण शुद्ध नहुँदा अन्य विषयका प्रश्नमा भाषिक शुद्धता छ भन्ने कुरा कसरी विश्वास गर्ने हो। २०७० सालको कक्षा आठको नेपाली विषयको प्रश्नपत्रमा सामान्य र गम्भीर दुवै प्रकृतिका त्रृटिहरू देखिएका छन्। जिल्ला शिक्षा कार्यालय कास्कीले फागुन तेइस गते लिएको नेपाली भाषा विषयको प्रश्नपत्रमा रहेका केही त्रृटि एवं भाषिक अशुद्धिलाई निम्नानुसार देखाउन सकिन्छ :

प्रश्न नं.  भएको   हुनुपर्ने

१.     संक्षिप्त, उज्वल, के का    सङ्क्षिप्त, उज्ज्वल, केका

३.     अनच्छेद, उनीहरु, होइन्, हुन्, बस्दा, ढिडो, आफ्नो, के मा    अनुच्छेद, उनीहरू, होइन, हुन, बस्दा, ढिँडो, आफ्नो, केमा

७.     ले ख्नुहोस्, बीचमा, ठूलो, त्यही,    लेख्नुहोस्, बिचमा, ठुलो, त्यहीँ

१०.    फूलहरु  फुलहरू

११.    गर, हुँ, र       ग, हु, ।

१२.    हरिद्धारा, पढ्छस  हरिद्वारा, पढ्छस्

प्रश्नपत्र निर्माण गर्दा विशिष्टीकरण तालिकालाई ध्यान दिइएको भए पनि भाषिक सम्पादनलाई त्यति महत्त्व दिइएको छैन। यी माथिका केही प्रस्तुत गर्न मिल्ने प्रतिनिधि त्रुटिहरू हुन्। यीबाहेक अन्य प्रश्नैपिच्छे धेरै त्रुटिहरू रहेका पाइन्छन्।  बहुवचन बुझाउने कोटिकार रूप ‘हरू’ सधैँ दीर्घ लेखिन्छ तर प्रश्नपत्र तथा उत्तर पुस्ितका परीक्षण कुञ्जिका कुनैमा पनि दीर्घ लेखिएको छैन।

प्रश्न नं. ३ को अनुच्छेदमा प्रयुक्त प्रथम वाक्यमा ‘होइन्’ क्रियापद दिइएको छ। यसमा हुनुपर्ने ‘होइन’ हो। त्यस्तै सोही अनुच्छेदमा ‘हुन्’, बस्दा आदि शब्दको पनि प्रयोग गरिएको छ। ‘हुन्’ मा ‘न’ हलन्त हुन नहुने देखिन्छ भने ‘बस्दा’ मा दन्त्य ‘स’ को आधा रूप ‘ स् ’ हुँदाहुँदै पनि ‘स’ पुरा लेखेर हल् गरिएको छ। शीर्षकलाई वाक्यभित्र समावेश गर्दा एकोहोरो उद्धरण चिह्नको प्रयोग गरिन्छ तर यहाँ प्रश्न नं. ७ को अथवामा सोधिएको प्रश्न संवादमा शीर्षकलाई चिनाउन दोहोरो उद्धरण चिह्नको प्रयोग गरिएको छ। अन्यथा कुनैमा पनि वाक्यभित्र शीर्षकलाई छुट्याउन उद्धरण चिह्नको प्रयोग गरिएको छैन।

प्रश्न नं. १०. मा पदवर्ग सम्बन्धी प्रश्न रहेको छ। यसमा नाम, सर्वनाम, विशेषण, क्रिया र अव्यय छुट्याउन दिइएको छ। रेखाङ्कित शब्दको पदवर्ग सम्बन्धी निर्देशन दिइएको उक्त प्रश्नमा रेखाङ्कन गाढा र स्पष्ट देखिने हुनुपथ्यो त्यो पाइँदैन। साथै ‘फूलहरु’ भन्ने शब्दको रेखाङ्कनमा ‘हरु’ लाई मात्र रेखाङ्कन गरिएको छ। वर्णयवन्यासगत त्रुटि पनि रेको ‘हरू’ कोटिकार बहुवचनको रूप मात्र हो तर पद वा शब्द होइन। त्यस्तै वर्तमान वर्णयवन्यासको नियमले ‘फुल’ शब्दमा ‘फ’ लाई ह्रस्व उकार लेखिन्छ तर प्रश्नमा दीर्घ नै लेखिएको छ।

प्रश्न नं. ११. का प्रश्नहरूमा सबैका खाली ठाउँका पछाडि पूर्णविराम चिह्नको प्रयोग गरिएको छ तर ‘ख’ को खाली ठाउँपछि ‘र’ दिइएको छ, चिह्न प्रयोग छैन। त्यस्तै ‘ग’ मा कोष्ठकभित्र दिइएको सङ्केतमा ‘ग’ धातुमा हलन्त हुनुपर्नेमा अजन्त नै दिइएको छ। यसरी व्यञ्जनमा अन्त्य हुने धातुको अन्त्यमा अजन्त लेखिँदैन। साथै ‘घ’ मा कोष्ठकभित्र धातु ‘हुँ’ लेखी सङ्केत गरिएको छ। ‘हु’ धातुमा चन्द्रबिन्दुको प्रयोग हुँदैन। प्रश्न नं. १२ को ‘ङ’ मा कर्तामा लगाइएको ‘द्वारा’ मा ‘द्धारा लेखिएको छ। यसमा ‘द् र व’ को मिश्रण हो, ‘ध्’ र व’ को होइन।

माथि दिइएका केही उदाहरण मात्र हुन्। ह्रस्वदीर्घ, पदयोग र पद वियोग, अजन्त र हलन्त, लेख्य चिह्न आदि विभन्न भाषिक सम्पादनका क्षेत्रहरूमा असङ्ख्य त्रुटिहरू उक्त प्रश्नपत्रमा रहेका छन्। यदाकदा ‘पुरा, उद्धरण आदिजस्ता शब्दहरूको विन्यासमा नेपाल सरकारले २०६९ मा निर्णय गरेको वर्णयविन्यासलाई अवलम्बन गर्न खोजिए पनि सबैमा एकै रूपका पालना गरिएको छैन। प्रश्नपत्र र उत्तर कुञ्जिका दुबैमा आन्तरिक वा प्राज्ञिक आधारभन्दा वाह्य आधार भने ठिकै देखिन्छ।

३. निष्कर्ष तथा सुझावः त्रुटि सानो र ठुलो, सामान्य र गम्भीर जुनसुकै भए पनि आखिर त्रुटि नै हो। त्रुटिले परीक्षणमा हुने विश्वसनीयता र बैधतालाई घटाइदिन्छ। भाषा विषयमा मात्र होइन सबै विषयमा भाषिक सम्पादन र शुद्धता अनिवार्य हुनुपर्छ। जिल्ला शिक्षा कार्यालय कास्कीबाट लिइने कक्षा आठको परीक्षालाई स्तरीकृत परीक्षाका रूपमा पनि लिइन्छ। यस्ता परीक्षाका प्रश्नपत्रमा देखिने त्रुटिको शिकार पछिल्ला वर्षहरूमा कक्षा आठका विद्यार्थीहरू हुँदै आएका छन्। भाषा विषयमा नै देखिने यस्ताखाले त्रुटिले गर्दा जिल्ला शिक्षा कार्यालयले अरू विषयका प्रश्नहरूमा भाषिक शुद्धता कायम गराउँछ भन्ने कुरा कसरी विश्वास गर्न सकिन्छ। यस्ता कमजोरीले एकातिर स्तरीकृत परीक्षा हो भन्ने कुरामा शङ्का उठ्दछ भने अर्कातिर कलिला बालबालिका जो जिल्ला स्तरीय परीक्षा भनी संवेदनशील भई तयारी गरेका छन् तिनीहरू प्रत्यक्ष मारमा परेका छन्। म पनि एक भाषा विषयको शिक्षक भएकाले अबदेखि स्तरीय परीक्षामा यस्ता त्रुटिहरू नदेखियून् भन्ने आशा राख्दछु। यदि जिल्ला शिक्षा कार्यालयमा विषय विशेषज्ञ एवं भाषा विशेषज्ञहरू छैनन् भने यथाशक्य व्यवस्था गरियोस् र यस्ता त्रुटिहरू नदोहोरियून् भन्ने

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width