औलो रोगबाट बचौँ

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७२

औलो रोगलाई परास्त गर्न, लगानी गरौ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज विश्व औलो दिवस मनाइँदैछ। विश्व स्वास्थ्य संगठनको निर्णयअनुसार हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्व औलो दिवस मनाइन्छ। विश्वभर जनचेतना फैलाउने एवम् औलो रोग रोकथाम, निदान र उपचार बीच भएको अन्तरलाई न्यूनीकरण गरी सन् २०३० सम्ममा हाल भएका संक्रमण तथा औलो रोगबाट हुने मृत्युलाई ९० प्रतिशत घटाउने लक्ष्यसहित औलो रोग नियन्त्रणका विभिन्न कार्यक्रमहरू विश्वभर गरिएको छ।

सबै जनतालाई निःशुल्क, प्रभावकारी, गुणस्तरीय सेवा पुर्‍याउँदै सन् २०२५ सम्ममा नेपालले औलो रोग मुक्त देश बनाउने लक्ष्यका साथमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। नेपालको स्थिति हेर्ने हो भने ६५ जिल्लाहरूलाई जोखिमयुक्त जिल्ला भनेर छुट्याई औलो रोग नियन्त्रणका विभिन्न कार्यक्रमहरू गरिएको छ। त्यसअन्तर्गत १३ उच्च जोखिम, १८ मध्य जोखिम, ३४ कम जोखिम र बाँकी १० जिल्लाहरू जोखिम रहित छन्। नेपालका तराईका जिल्लाहरूमा बढी प्रभाव देखिएको यो रोगको प्रकोप दिनानुदिन पहाडी तथा अन्य भेगमा समेत बढ्दै गएको छ। जलवायु परिवर्तन तथा तापक्रम बढ्दै गएको हुँदा लामखुट्टेहरू पनि फाट्टफुट्ट जता पनि देखिन थालेका छन् र औलो पनि जताततै देखिन सक्ने सम्भावना छ। नेपाल भारतबीच भएको खुला सीमाना र बीचमा रक्त परीक्षण गर्ने प्रावधान नभएको कारणले गर्दा नेपालबाट काम गर्न गएका नेपालीहरू औलो रोगको सिकार भई नेपाल आउँदा रोग पनि बोकेर आउँछन्। यसबाट घर परिवार तथा समुदायमा पनि लामखुट्टेको टोकाइबाट सर्न सक्ने जोखिम बढी देखिन्छ।

के हो औलो रोग ?

सामान्यतया मलेरिया भनेर चिनिने यो रोग प्लाज्मोडियम नामक परजीवीका विभिन्न जातहरूबाट हुने गर्दछ। प्लाज्मोडियम भाइवेक्स, प्लाज्मोडियम मलेरि, प्लाज्मोडियम ओभेल र प्लाज्मोडियम फाल्सिफारम गरी चार जातका परजीवीहरूबाट यो रोग लाग्ने गर्दछ। साधारणतया नेपालमा प्लाजमोडियम भाइवेक्स र प्लाज्मोडियम फाल्सिफारम गरी दुर्इ जातका परजीवीहरू ऋधिक पाइन्छन्। प्लाज्मोडियम फाल्सिफारम जातको औलोले मानिसको मस्ितष्कमा समेत आक्रमण गर्न सक्ने हुनाले मानिसको ज्यान छिटो लिने गर्दछ। एनोफिलिज जातको पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा मलेरियाका परजीवीहरू सर्ने गर्दछन्। मानिसको शरीरमा प्रवेश गरेपछि कलेजो र राता रक्तकोषहरूमा विकास भई हुर्किएका परजीवीहरू रगतको माध्यमबाट शरीरभरि फैलिएर विभिन्न किसिमका लक्षणहरू देखाउँछन्। बेलामा नै सही निदान र उपचार नभएमा छोटो समयमै ज्यान लिन सक्ने रोग हो यो।

के के हुन् त लक्षणहरू ?

सामान्यतया औलो रोगका परजीवी भएको लामखुट्टेको टोकेको १० देखि १५ दिन भित्रमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, जोर्र्नीहरू दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षणहरू देखा पर्दछन्। निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अ·हरू जस्तै फियो, कलेजो सुनिने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृतिअनुसार विभिन्न लक्षण तथा समस्याहरू देखिन्छन्।

निदान तथा उपचार

शंकास्पद विरामी, तथा लक्षण मिल्दा जुल्दा विरामीहरूको रक्त नमुना संकलन गरी रक्त परीक्षणबाट मात्र मलेरिया भएको नभएको पत्ता लगाउन सकिन्छ। नेपालमा औलो रोगको लक्षणहरूका आधारमा महिला स्वास्थ्य स्वयंसेविका सहित अन्य स्वास्थ्य कार्यकर्ताद्वारा शंकास्पद औलोको रूपमा निदान, आरडिटीद्वारा द्रुत निदान परीक्षण, सूक्ष्म दर्शक यन्त्रद्वारा रगत जाँच गरी प्रमाणित औलो रोग भए नभएको निदान गरिन्छ। औलो रोगको उपचारको लागि नेपालमा विभिन्न थरीका औषधीहरू नेपाल सरकारको तर्फबाट निःशुल्क रूपमा विभिन्न स्वास्थ्य संस्थाहरूमा उपलब्ध छन्। परजीवीको प्रकारअनुसार रोगको उपचार पनि छुट्टाछुट्टै हुने गर्दछ। तसर्थ स्वास्थ्यकर्मीको सल्लाह बमोजिम पूर्ण रूपमा औषधी सेवन गर्नुपर्ने हुन्छ।

रोकथाम

लामखुट्टेको टोकाइबाट मात्र सनसक्ने यो रोगबाट बच्नको लागि सामान्य रूपमा लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्य रोकथाम हो। त्यसको लागि लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु नै सबैभन्दा उत्तम उपाय हो। पानी जम्ने स्थानहरू पुरिदिने, बासस्थान नष्ट गर्ने, लामखुट्टेको लार्भा नाश गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा सधैँ झुल प्रयोग गर्ने आदि सावधानी अपनाउनु पर्दछ। शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउनु पर्छ। लामखुट्टे धपाउन उपयोगी स्प्रे, लिक्विड, म्याट आदि पनि प्रयोग गर्न सकिन्छ। जोखिम युक्त ठाउँहरूको भ्रमणमा जानुअगाडि रोकथामका उपाय तथा औषधीहरू प्रयोग गर्ने गरेमा औलो रोग हुनबाट जोगिन सकिन्छ।

घर घर, समुदायहरूमा जनचेतना फैलाउनु, औलो रोगका लक्षणहरू, बच्ने उपायहरूको बारेमा चेतना फैलाउने, शंकास्पद विरामीले तुरुन्त परीक्षण गर्ने तथा विरामीहरूले तुरुन्त उपचार गर्ने आदि गरेमा औलो रोगबाट बच्न तथा अरूलाई बचाउन सकिन्छ।

समुदाय स्तरमा जनचेतना फैलाउन तथा समुदाय स्तरमा नै रोकथामका उपायहरू अपनाउन मद्दत गर्ने यस्ता खालका दिवसहरूले निकै ठूलो भूमिका निर्वाह गरेका हुन्छन्। तसथ हामी सबैले जानेका बुझेका कुराहरू एक आपसमा साटसाट गरेर नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले औलो रोग नियन्त्रण गरी देश तथा संसारलाई औलोरोग मुक्त बनाउन लागेको अभियानमा हाम्रो तर्फबाट पनि सक्दो सहयोग गर्न आवश्यक छ। रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हो।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width