ऐतिहासिक पृष्ठभूमिमा निष्पक्ष मा.वि.

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७१

कास्की जिल्लाको रिभान­-६ हुम्दीस्थित निष्पक्ष माध्यमिक विद्यालयको विधिवत् स्थापना वि.सं. २०१८ साल पौष ९ गते भएको हो। सुरुमा बाँसको सुप्लामा हाडे उन्यूको कलमले तथा खरी ढुङ्गा पाएमा काठको पाटीमा कालो अङ्गार पिनेर कालोपाटीलाई मस्याएर खरी ढुङ्गाले लेखिन्थ्यो। त्यस बेला पहिलो कक्षामा पढ्ने विद्यार्थी रिभान-६ हुम्दीका चन्द्रकान्त लामिछाने, डण्डीप्रसाद, मनहरी, टेकन गिरी, ओम गिरी, बवर सिंह क्षेत्री र वडा नं. ७ का धर्मराज लामिछाने, हरिप्रसाद पौडेल, मित्रलाल लामिछाने, नन्दलाल, सोवाखर, उमनाथ गिरीहरू थिए। दोश्रो वर्ष शैक्षिक सत्र २०१९/०२० मा टिकाराम लामिछाने, पूर्ण गिरी, गोपाल गिरी, नर्सि· गिरी, जयलाल, लिलु, खुशिमान गुरु·, रेमबहादुर, भीमबहादुर गुरु· आदि विद्यार्थीहरूबाट कक्षा सञ्चालित हुने गरेको थियो। यसरी विद्यार्थी संख्या १२/१५ जनाको आधारमा विद्यालय स्थापना गरिएको थियो। पर्ढाई हुने ठाउँ खासै उपलब्ध नहुँदा परालको टौवा मुनी बसी पढाइ सुरु गरिएको थियो। पढाउने गुरु हेम्जा निवासी झ्यापालाल त्रिपाठीको पहल र स्थानीय जनताको पहलमा विद्यालय भवन बनाउने प्रयास भयो। तत्कालीन संस्थापक अध्यक्ष प्रमानन्द लामिछाने र सदस्यहरू – गणनाथ लामिछाने, दण्डप्रसाद, मनिराम, टेक बहादुर गुरु·, बलबहादुर, हर्कराम, हरिलाल ढु·ाना, नन्दलाल लामिछाने, कुलानन्द लामिछाने आदिको सक्रिय पहलमा पाँचकोठे  निष्पक्ष प्राइमरि स्कूलको अनुराधा नक्षत्र को दोश्रो पाउ अनुसार नाम राखी विधिवत् रूपमा विद्यालय सञ्चालन गरिएको थियो।

सुरुवातमा जि.शि.का. कास्कीबाट तत्कालीन प्र.अ. भलाम निवासी नैन बहादुर थापा क्षेत्रीलाई दरबन्दीमा पठाइएको थियो। यस विद्यालयलाई सार्जन शिक्षक  जसबहादुर गुरु·को सक्रियतामा वृटिस कल्याणकारी कोषबाट वि.सं. २०२९ सालमा रु.१०००/- एक हजार सहयोग प्राप्त भई विद्यालयलाई विभिन्न समयमा संघ, संस्थाहरूले सहयोग पुर्‍याउँदै आएका छन्। यस विद्यालय २०३९/०४० सालमा कक्षा १ देखि ५ सम्म सञ्चालन भयो। वि.सं. २०४८/२०४४ सालमा प्राथमिक शिक्षा परियोजना द्वारा ६ कोठे भवन निर्माण गरियो। त्यस भवन २०४४ साल चैत्र ५ गते हावाहुरीले विद्यालयको टिनको छानो उडाएकोले पठन पाठनको काममा अवरोध पुर्‍यायो। २०४९ सालमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना  इलाका कार्यालय ल्वा·को स्थापनासँगै वि.सं. २०४९/२०५० सालमा ६ कोठे भवन निर्माण गर्‍यो। सो भवनको निर्माण गर्दा स्थानीय सहभागिता र ब्ऋब्ए को आर्थिक सहयोगमा सम्पन्न भएको थियो। सो भवन निर्माण गर्दा वि.सं. २०५०/०३/१० मा युनिसेफ पोखरा कार्यालयका कार्यालय प्रमुख रघुवीर जोशी, एक्याप निर्देशक डा.चन्द्र बहादुर गुरु·, गा.वि.स. अध्यक्ष  टीकाराम लामिछानेबाट संयुक्त रूपमा उद्घाटन भएको थियो।

वि.सं. २०५० साल मार्ग महिनामा थप १ वटा कक्षाकोठा समेत ९ब्ऋब्ए० को आर्थिक सहयोग र विद्यालयबाट सम्पन्न भयो। यसै गरी वि.सं. २०५२ साल माघ २ गते देखि नि.मा.वि. तहको कक्षा ६ सुरुवात गरियो। २०५३ सालमा नि.मा.वि. २ कोठे भवन निर्माण कार्य गरि २०५४ मा सम्पन्न भयो। सो भवन निर्माणमा सहयोग गर्ने संस्था अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय ल्वाङ् नै थियो। उक्त भवन निर्माण गर्न आर्थिक सहयोग ९ब्ऋब्ए० बाट नै असी हजार रुपैयाँ उपलब्ध गराइएको थियो। त्यस पछि वि.सं. ०६१/०६२ सालमा विद्यालयको आन्तरिक स्रोत र गा.वि.स. रिभानको रु.४००००/- को अनुदानमा थप १ कोठा निर्माण गरियो। वि.सं. २०६३ साल वैशाख महिना देखि कक्षा ८ सञ्चालन गरियो। जि.शि.का. कास्कीबाट अनुमति प्राप्त नभएको कारणबाट त्यस वर्षको कक्षा आठको जिल्ला स्तरीय परीक्षा छिमेकी विद्यालय बराह मा.वि. भिँडाबारी धितालसँग समावेश गरियो।

यस विद्यालयमा मा.वि. तहको पठन पाठन हुनुपर्छ भन्ने स्थानीय जनताहरूको माग सँगसँगै विद्यालय भवन बनाउने संस्था खोज्ने क्रममा पूर्व व्यवस्थापन समितिका अध्यक्ष  धर्मराज लामिछानेको र सराङ्कोट-५ बस्ने नेपाल सेकोरेस अफ वेल्जीयमका अध्यक्ष रामप्रसाद तिमिल्सिनासँग भेट हुन पुग्यो। उहाँले २०६३ साल चैत्रमा विद्यालय भवन बनाउने बचन वद्धता गर्नुभयो। त्यसपछि वि.सं. २०६४ साल वैशाख १५ र १६ गतेका दिन वि.व्य.स. अध्यक्ष  टिकाराम लामिछाने,  धर्मराज लामिछाने, नर बहादुर गुरु· शिक्षा प्रेमी डि.दि. आन्द्रेमोचामसँग भेट गरी हाल ९च्ऋऋ० पक्कि भवन निर्माणको लागि प्रस्ताव गरी सो कार्य अघि बढायौं। यसपछि नेपाल सेकोरेस अफ् वेल्जीयमका अध्यक्ष रामप्रसाद तिमिल्सिना र सचिव विन्दुराज तिमिल्सिनासँग निरन्तर भेटघाट भइरह्यो। २०६५/०६/२७ गतेका दिन सो संस्थाका अध्यक्ष राम प्रसाद तिमिल्सिनाबाट शिल्यान्यास गरी मिति २०६६/०७/०६ गते नव निर्मित १४ कोठे भवन ९च्ऋऋ० पक्कि भवन नेपाल सेकोरेस अफ वेल्जीयम संस्थाबाट एक करोड आठ लाख ९३ हजार रूपैँयाको लागतमा सम्पन्न भयो। भवन, तार, जाली, वार, महिला पुरुष शौचालयको र गेट निर्माण भई भव्य समारोह बीच डि.डी. आन्द्रे मोचामबाट समुद्घाटन भयो। यस विद्यालयलाई मा.वि. अनुमतिको सँग सँगै वि.सं. २०६६ वैशाख देखि कक्षा ९ सञ्चालन गरी २०६७ साल मा कक्षा १० र समेतमा प्रथम वर्ष ५२ प्रतिशत विद्यार्थी उत्तीण्ा भए।

विद्यालयलाई विभिन्न संघ संस्थाबाट प्राप्त सहयोगको विवरण यस प्रकार रहेको छ –

प्राथमिक शिक्षा परियोजनाबाट २०४४ मा रु.४५०००/-

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाबाट २०४९ मा रु. १,१०,०००/-

स्थानीय जनताको सहभागितामा छ कोठे टिनको छाना भएको भवन निर्माण गर्दा एक लाख सहित दुवै जम्मा बराबर रु.२,१००००/- २०५३/०५४ को निर्माण भवनको लागि रु.८००००/- नगद सहयोग ९ऋब्ल्० को सहयोग कम्युनिटी एक्सन नेपाल संस्थाले ५ कोठे पक्की शौचालय २०५८ मा ब्ऋब्ए बाट अक्षयकोष रु. ५००००/- रोम टू रीड गरेर सरकारी संस्थाबाट पुस्तकालयको व्यवस्था भएको छ। २०६१ श्रावण २ गते देखि समिति गठन भै सञ्चालन भैरहेको छ। सुरुमा ८०० वटा पुस्तक तथा दराज र्याक समेत बच्चा टेबुल समेत उपलब्ध गराएको छ। यसै पुस्तकालयलाई मर्दि खोला नेपाल शैक्षिक प्रतिष्ठानले ७ वर्ष पहिलेदेखि नै वाषिर्क रूपले १० हजार रुपैयाँ बराबरका पुस्तक उपलब्ध गराउँदै आएको छ। २०५२ साल देखि नै गा.वि.स. रिभानको अनुदान नि.मा.वि. लाई रु.४०/५० हजार उपलब्ध गराउँदै आएको छ। भवन निर्माणको क्रममा २०६६ सालमा रु. २ लाख बराबरको फर्निचरको लागि रकम उपलब्ध गराएको छ। २०६७ मा रु. १,६५,००० र ०६८ मा पनि रु.६५ हजार रकम गा.वि.स.बाट प्राप्त भएको छ।

शिक्षा मन्त्रालयद्वारा २०६८ मा विद्यलयमा फर्निचरको लागि पाँच लाख रुपैयाँ प्राप्त भएको थियो।

गण्डकी हाइड्रोपावर प्रा.लि.ले यो संस्थाले विद्यालयलाई २०६३ माघ देखि लागु हुने गरी वाषिर्क रु. १ लाख बराबर सहयोग दिने सम्झौता भएको छ। सो कम्पनीले विद्यालय भवन निर्माण क्रममा ७ दिन डोजर लगाई निर्माण स्थल सम्याउने क्रममा ठूलो सहयोग गरेको छ।

मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले मिति २०५४ साल देखि गरिब तथा जेहेन्दार छात्रवृत्तिको व्यवस्था र सुरुमा रु.४००००/- हजार बराबरका पुस्तकहरू उपलब्ध गराउँदै आएको छ। सो प्रतिष्ठानबाट नौ वटा मेच खरिद, कक्षा कोठामा बिजुली समेत जडान गरेको छ। गतवर्ष २०६७ मा रु.१००००/- रकम मर्मत गर्न प्राप्त भएको थियो।

स्थानीय स्तरको छात्रवृत्ति व्यवस्था : रिभान गा.वि.स.-८ वा शिक्षाप्रेमी तथा समाजसेवी गोपाल गिरीबाट रु. ५०००/- प्राप्त ब्याजबाट अंग्रेजीमा उच्चतम अंक ल्याउने १/१ जना विद्यार्थीलाई सोको ब्याजबाट व्यवस्था गरिएको छ।

जन जागृती अक्षयकोष :- रिभान ६ जना जागृती युवा क्लबबाट रु.३०००/- गरिब जेहेन्दार विद्यार्थीलाई छात्रा वृत्तिको रूपमा २०६६ देखि अक्षय कोषको रूपमा रहेको छ।

वेपत्ता ऋषिराम छात्रवृत्ति : रिभान ७ समाज सेवा  देवीलाल लामिछानेले आफन्त जेठा छोरा ऋषिराम लामिछानेको नाउँमा २०६६ साल देखि अक्षयकोष को रूपमा रु.५००५ को ब्याजबाट सर्वप्रथम हुने विद्यार्थीलाई छात्रवृत्ति दिने गरिन्छ।

त्रिलोचन स्मृति छात्रवृत्ति : स्व. त्रिलोचन लामिछानेका जेष्ठ सुपुत्र सोमनाथ लामिछानेबाट क्ीऋ मा नेपाली विषयमा सवोर्त्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी लाई छात्रा वृत्ति स्वरूप रु.१०००/- दिदै आउनु भएको छ।

चौतारो निर्माण : यस विद्यालयको हातामा लाहाचोक-६, निवासी शिक्षक डिल्लीराम अधिकारीबाट निजी सहयोगमा २०६० सालमा गोलो चौतारो निर्माण भएको छ। लाफेन एसोसियसन फ्रेन्सले विद्यालयलाई शिक्षाको सहयोग गर्दै आएको छ।

जग्गादान : कास्की रिभान वडा नं. ४ निवासी स्व. दामे क्षेत्रीकी धर्मपत्नीबाट विद्यालयको ९२० कित्ता नं. सँग जोडिएको जग्गा बाट करिब १ आ.१ पै.१ दाम जग्गा उपलब्ध गराउनु भएको छ। यसैगरी च्ऋऋ विद्यालय भवन निर्माणका लागि रिभान छ का स्व. इश्वरीप्रसाद लामिछानेको नाउँमा रहेको कित्ताबाट २ आना जग्गा उपलब्ध गराउनु भएको छ।

सरस्वतीको मन्दिर निर्माण : यस विद्यालयमा रिभान गा.वि.स. वडा नं. ७ निवासी समाजसेवी, शिक्षा प्रेमी अभिभावक तथा यस विद्यालयका व्यवस्थापन समितिका भू.पू. अध्यक्ष  धर्मराज लामिछानेको आर्थिक सहयोगमा रु.३५०००/- नगद खर्च गरि विद्यालयको हातामा २०६१/११/०२ गतेका दिन सरस्वती मन्दिर निर्माण कार्य सम्पन्न भएको छ। साथै निजबाट आगामी वर्षहरूमा विद्यालयमा सवोर्त्कृष्ट अंक प्राप्त गर्ने १ जना विद्यार्थीलाई रु.५००/- को छात्रवृत्ति प्रदान गरिन्छ। साथै उहाँबाट यस विद्यालयलाई संरक्षक कोषको लागी रु.१,००,१११/- एक लाख एक सय एघार प्रदान भएको छ। विद्यालयको ५२ औं वाषिर्कोत्सवको अवसरमा सबैलाई धन्यवाद व्यक्त गर्दछु।

(लेखक – निष्पक्ष मा.वि. विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हुन्। सं.)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width