एस.एल.सी. दिने भाइबहिनीहरूलाई केही सुझाव

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७०

भाइबहिनी हो ∕ २०७० सालको एस.एल.सी. परीक्षामा करिब ५ लाख ६६ हजार परीक्षार्थी सहभागी हुँदैछन्। आगामी चैत्र ६ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने यो परीक्षामा देशभर १ हजार ८ सय ३६ वटा परीक्षाकेन्द्र कायम गरिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ। प्रकाशित कार्यतालिका अनुसार चैत ७ गते शुक्रबार नेपाली विषयको परीक्षा हुनेछ। त्यसै गरी एस.एल.सी. परीक्षालाई मध्यनजर राखी शिक्षा मन्त्रालयले लोडसेडिङ्को समयलाई घटाएर परीक्षार्थीहरूको अध्ययनलाई सघाउ पुर्‍याउने पहल  भइरहेको कुरा पनि समाचारमा उल्लेख गरिएको छ।

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्रको गोपनीयता भङ्ग गरेमा , परीक्षा केन्द्रमा सम्बन्धित पदाधिकारीको स्वीकृतिबिना प्रवेश गरेमा , अरूको तर्फबाट परीक्षा दिएमा रु एक लाखसम्म जरिवाना वा ६ महिनासम्म कैद हुनसक्ने व्यवस्था गरेको व्यहोरा जानकारी गराएको छ।

नेपालको शैक्षिक क्षेत्रमा उच्च शिक्षाको प्रवेशद्वारको लागि १० कक्षा पूरा गरेपछि सञ्चालन हुने एसएलसी परीक्षा फलामे ढोकाको रूपमा चिनिदै आएको छ। बेलायत भ्रमणमा जाँदा अङ्ग्रेजी भाषा नबुझेर शर्मित भएका जङ्गबहादुर राणा देशमा फर्किएपछि वि.सं. १९१० मा खुलाएका दरवार हाइस्कूलमा पढ्ने विद्यार्थीहरूले शुरुमा एसएलसी परीक्षा दिन कलकत्ता जानुपथ्यो भने विस्तारै भारतको पटना हुँदै वि.सं. १९९० मा नेपालमै एसएलसी वोर्ड गठन गरी काठमाडौमै एसएलसी परीक्षा केन्द्र कायम गरिएको थियो।

यस लेखको मुख्य उद्देश्य एसएलसीका परीक्षार्थीलाई शुभकामना प्रदान गर्नुको साथै परीक्षासम्बन्धी महत्त्वपर्ण सुझाव सम्प्रेषण गर्ने भएकाले त्यसैतर्फ भाइबहिनीहरूको ध्यानाकर्षण गर्न चाहन्छु।

भाइबहिनीहरू ∕ नेपालको शैक्षिक परिप्रेक्ष्यमा वाषिर्क परीक्षाको महत्व र भूमिका कति हुन्छ तिमीहरूले अवगत गरिसकेका छौं। वास्तवमा परीक्षा भन्ने कुरा भगवान्को आशीर्वाद र भाग्यमा भर पर्ने कुरा बिलकुलै होइन। परीक्षामा सफलता प्राप्त गर्न आत्मविश्वास, जाँगर र लगनशीलताको साथै प्राविधिक सीपको भूमिका महत्वपर्ण हुन्छ। नोट, किताब र गाइड आदि मात्र बीसौं घण्टा पढेर परीक्षामा राम्रो सफलता प्राप्त गर्न सक्छु भन्नु गलत बाटो हो। प्रभावकारी र दीर्घकालीन सिकाइको लागि डेढ/दुर्इ घण्टा पढेपछि करिब ५०/६० मिनेट विश्राम गर्नुपर्दछ। त्यसपछि पढेका कुरा बुँदागत रुपले सम्झने, साथसाथै खेल्ने, गीत गाउने साथीभाइसँग गफ गर्ने अथवा प्रकृतिका रमाइला दृश्य अवलोकन गर्ने आदि गर्नुपर्दछ।

पाठको तयारी गर्दा विषयको प्रकृति हेरेर सो अनुसार तयारी गर्नुपर्छ जस्तैः भाषा, गणित जस्ता विषय पढेर भन्दा लेखेर अभ्यास गर्नु बढी प्रभावकारी हुन्छ। हुन त वर्षभरि पढेको पाठलाई राम्रोसँग तयारी गरी परीक्षा दिने हो भने वर्षभरि नै सन्तुलन हुने गरी पढेर अर्थपर्ण र दीर्घकालीन सिकाइ गर्नुपर्छ। तर धेरै जसो विद्यार्थी लामो समय त्यत्तिकै खेर फाल्छन् र परीक्षाको साता आइपुगेपछि रातमा पनि दुर्इ/तीन घण्टा मात्र सुतेर परीक्षा आउनासाथ रातभर, दिनभर लगातार घोटिएर पढ्ने गर्दछन्। यस्तो पढाइ वास्तवमा अति हानिकारक हुन्छ।

वास्तवमा मानव मस्तिष्कको सिकाइको पनि सीमा हुन्छ। एकैपटक मस्तिष्क धेरै विषयवस्तु दीर्घकालीन रूपमा ग्रहण गर्न असमर्थ हुने हुन्छ। एउटा व्यावहारिक र चलाख विद्यार्थीले त वर्षभरिकै पाठको तयारी सन्तुलित किसिमले गर्दै जानुपर्छ र पाठका महत्त्वपर्ण फुट नोटहरु पनि लिखित रूपमा तयारी गर्दै जानुपर्छ र ती बुँदालाई स्मरण गर्दै जानुपर्छ र परीक्षाको समयमा ती बुँदालाई स्मरण हुने गरी पढेर परीक्षा लेख्न गएमा त्यो सिकाइले उत्तम नतिजाफल ल्याउन सफल बनाउँछ।

परीक्षाको तयारी गर्न पाठ्यक्रम र पाठ्यपुस्तकले तोकिएको विषयवस्तुको घेराभित्र रहेर तयारी गर्नुपर्छ। बोर्ड परीक्षा सुरु हुने सप्ताह आएपछि परीक्षार्थीहरू बेलकी १० बजे नै सुत्नु अति बुद्धिमानी हुनेछ। किनभने थाकेको मन र दिमागलाई काम गर्न लगाउनु भनेको भोको र थाकेको गोरुलाई जोताउन हलीले पिट्नु जस्तै हो। बेलुकी १० बजे सुत्ने विद्यार्थीले छ घण्टाको सुताइ पर्ण हुने हुँदा बिहान ४ बजे नै उठेर जाँच दिन जानु अघि आफूले तयार गरेको सबै फुट नोट आदि बुँदालाई स्मरण हुने गरी दोहोर्‍याएर पढी गएमा त्यो सिकाइले परीक्षामा ठूलो सहयोग पुर्‍याउने हुन्छ। खास गरी परीक्षा दिन जाँदा धेरै खाना नखाई हल्का खाना खाने, गह्रौ, बढी कसिएका र बाक्ला भद्दा कपडा नलगाई खुला, पातला र हल्का खालका कपडा लगाउने र परीक्षामा घडी  आफ्नो साथमा हुनु अत्यन्त उपयोगी हुने हुन्छ। परीक्षाको समयमा एकोहोरो घोटिएर लगातार पढिरहनुभन्दा पढेको कुरालाई सम्झँदै मोखिक, लिखित, प्रयोगात्मक जुन किसिमको भए पनि सरल र सहज किसिमले प्रस्तुत गर्न सक्नु नै परीक्षामा सफलता प्राप्त गर्न सक्नु हो। यसैमा पढाइको सार्थकता पर्ण भएको ठहरिन्छ।

परीक्षाको समयमा परीक्षा हलमा पुगेपछि निम्न कुरालाई ध्यान पुर्‍याई परीक्षा लेखन कार्य पूरा गर्नुपर्छ किनभने एउटा विद्यार्थीको जीवनमा सबभन्दा महत्वपर्ण कुरा नै परीक्षाको समय सवोर्त्तम किसिमले सदुपयोग गर्न सक्नु हो।

१. बाह्य परीक्षामा परीक्षकहरुले थोरै समयमै उत्तरपुस्तिका परीक्षा गर्नुपर्ने हुँदा परीक्षामा सुन्दर गोलाकार अक्षर बनाई केरमेट नगरी सफासँग उत्तर लेख्नुपर्छ। कतै काटनुपर्‍यो भने हल्का धर्सो काट्ने गर।

२.परीक्षामा प्रश्नको निर्देशन राम्रोसँग पढेर मात्र लेख्न सुरु गर। छानेर लेख्न दिइएको प्रश्नमा कुन प्रश्नको उत्तर लेख्ने, पहिल्यै सोचेर मात्र उत्तर लेख्न सुरु गर्नुपर्छ। पहिला केही नसोची लेख्न थाल्ने र पछि एक पेज, आधा पेज लेखेपछि काटेर अर्को प्रश्न गर्नु बुद्धिमानी ठहंरिँदैन। यसले समयको बर्बाद र मानसिक तनाव मात्र बढाउँछ।

३. जानेको प्रश्न पहिले गर्नुपर्छ र गरेका प्रश्नमा रेजा चिन्ह -ü) दिदै जानुपर्छ। नेपाली, अग्रेजी जस्ता भाषा विषयको परीक्षामा पहिला व्याकरणको प्रश्न भ्याएर मात्र अरू प्रश्नको उत्तर लेख्नु बढी बुद्धिमानी हुनेछ।

४. परीक्षाको समयमा तिमीले उत्तम कलमको छनौट गर्नुपर्छ साथै आफूलाई चाहिने ज्यामिती बक्स, क्यालकुलेटर आदि आफैले साथमा लिएर जानुपर्छ। साथै प्रवेशपत्र पनि जतनसाथ ज्यामिती बक्स आदिमै सुरक्षितसाथ राख्ने गर्नुपर्छ।

५. परीक्षाको समयमा प्रवेशपत्र तथा उत्तरपुस्तिकाको प्रथम पेजमा दिएका निर्देशन राम्रोसँग पढ्नुपर्छ र उत्तरपुस्तिकाको प्रथम पेजमा भर्नुपर्ने सबै निर्देशन केरमेट नगरी सफासँग भर्ने गर्नुपर्दछ र तेस्रो पेजबाट मात्र उत्तर लेख्न सुरु गर्नुपर्दछ।

६.उत्तर पुस्तिकामा घटीमा डेढ इञ्चको मार्जिन राख्नु अनिवार्य हुन्छ तर मार्जिन स्केलले तानिरहनु आवश्यक छैन, भाँचिदिए पनि हुन्छ।

७.गर्नु भनेको सबै प्रश्न भ्याउने गरी परीक्षा लेख्नुपर्दछ। कुनै प्रश्नको उत्तर राम्रो नआए पनि केही लेख्ने प्रयास गर। ज्यादै छिटो परीक्षा सक्नु राम्रो कुरा होइन। दिएको समयभन्दा ५-१० मिनेट पहिला उत्तर भ्याएर एकपटक सरसर्ती दोहोर्‍याएर मात्र उत्तर पुस्तिका बुझाउनु बढी राम्रो हुनेछ।

८.गणित, भूगोल, विज्ञानजस्तो चित्र आदि बनाउनुपर्ने विषयमा सिसाकलम प्रयोग गर्नुपर्दछ। थप कपीमा सिम्बल नम्बर राम्रोसँग लेखेर राम्रोसँग स्टिचिङ गरी बुझाउनुपर्छ।

९.कुनै कारणवश कुनै दिनको परीक्षा विग्रियो भने त्यसलाई सम्झिएर टाउको दुखाइराख्नु हुँदैन। त्यो भूतकाल भइसक्ने हुँदा त्यसलाई बिर्सिएर भोलिपल्टको परीक्षाको लागि राम्रो तयारी गर्नु बढी बुद्धिमानी हुनेछ।

१०.  अन्तत आत्तिएको मानसिकताले जीवनमा कुनै काममा पनि सफलता प्राप्त गर्न सकिदैन। तर्सथ परीक्षा हलमा जाँदा ढुक्क र आनन्दकासाथ स्थिर मन गरेर प्रवेश गर्नुपर्छ। आफूले पढेको कुराको प्रस्तुत गर्ने सुअवसर प्राप्त भएको अनुभूति गर्दै धैर्यताका साथ परीक्षामा लेख्नुपर्छ। जसले नडराई आनन्दसाथ परीक्षा लेख्छ, त्यस्ता व्यक्तिले राम्रो सफलता प्राप्त गर्दछ।

अन्तत अंग्रेजीमा भन्नु पर्दा तलको ३ विधि अपनाई पढ्नु पर्छ :

१)Systematic studyसमय, स्वास्थ्य सबैलाई ख्याल गरी बैज्ञानिक किसिमले पढ्ने।

२) Systematic studyकुन पाठ कसरी, कहिले पढ्ने तालिका बनाई व्यवस्थित किसिमले पढ्ने।

३Meaningful studyजुन पाठ जति पढिन्छ बुझेर पढ्ने र अर्थपर्ण सिकाइ गर्ने। माथिको विधि अपनाई Meaningful mind र skillful hand प्रयोग गरी परीक्षा देऊ, सफलता अवश्य मिल्नेछ।

यसका साथै रेडियो अन्नपर्ण पोखरा ९३.४ ले गाउँ र सामूदायिक विद्यालय तर्फका विद्यार्थीहरूलाई लक्ष गरी सञ्चालन गरेको एसएलसी विषयको रेडियो शिक्षणबाट थुप्रै विद्यार्थीहरू लाभान्वित भए भन्ने हामीलाई आशा र विश्वास छ। अब २०७१ सालमा कक्षा १० मा पढ्ने विद्यार्थीहरू पनि हरेक दिन बेलुका ७ बजे प्रशारण हुने रेडियो अन्नपर्णको  रेडियो शिक्षण सुनेमा अवश्य लाभान्वित हुन सक्नेछौं।

त्यसै गरी हामी विद्यार्थी देवी सरस्वतीका साधक भई शुद्ध मन र पवित्र आत्माकासाथ अध्ययन गरी परीक्षामा सहभागी बनेमा आत्मविश्वास बढी परीक्षा झन् राम्रो हुनेछ। सबै परीक्षार्थी भाइबहिनीलाई परीक्षामा सफलताको शुभकामना ∕

(लेखक गण्डकी आवासीय उच्च मा.वि. पोखरामा सहायक प्राचार्य हुन् सं.)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width