फेल भएर निराश नहुनु। हामी तपाइँलाई खुशी बाँड्ने छौं किन कि मौका परीक्षाले तपाइँलाई सफल बनाउने छ। क्रीऋ मा ९९% ल्याएर मात्र जीवन सफल हुँदैन। जीवन सफल बनाउन व्यवहारिक हुनुपर्दछ। किनकि हाम्रा लोकप्रिय कलाकार हरिवंश दाइ धेरैपटक क्रीऋ फेल हुनुभयो तर आज उहाँ स्वदेश र विदेशमा पनि सफल र सक्षम व्यक्ति भनेर चर्चित हुनुहुन्छ।
क्रीऋ मा ९९% ल्याउनेलाई असफलता भन्ने के हो ? थाहा हुँदैन तर तपाइँ जो फेल हुनुभयो, असफलताको महसुस गर्ने मौका मिल्यो तर पास हुनेलाई यो मौका मिल्दैन। दुःख, सुख, सफल, असफलभित्र दौडिएको जीवन वास्तविक जीवन हो।
आज विश्वका चर्चित व्यक्तिहरूको जीवन पढ्नुस् उनीहरू दुखै दुःख पीडा, छटपटी र असफलताबाट माथि आएका छन्। अङ्ग्रेजी साहित्यमा चर्चित विद्वान भनेर चिनिने शेक्सपियर जसले कक्षा चारमा स्कुलको फ्रि तिर्न नसकेर निकालिएको विद्यार्थी हुन्। यसै गरी कम्प्युटरको महारथी भनेर विश्वमा चिनिने विलगेट्स हजारौं ठाउँमा जागिर नपाएर भौतारिएका व्यक्ति हुन् तर आज उनी संसारका लाखौं मानिसलाई जागिर दिएका छन्। विश्व चर्चित फुटबल खेलाडी पेले जो क्तचभभत द्ययथ थिए। जसको बस्ने ठेगाना थिएन, लगाउने राम्रा कपडा थिएनन्। उनी बेलुकी कहाँ सुत्थे, के खान पाउँथे। कुनै चिजको ठेगाना थिएन तर उनै व्यक्ति विश्व चर्चित ‘ययतदबिि खेलाडी बनेर चिनिए। हामीसँग यस्ता प्रेरणाका हजारौं कथा छन्। त्यसकारण तपाइँलाई हामी सफल हुनेले ९९% प्रतिशत ल्याए तपाइँ असफल हुनेले सय प्रतिशत ल्याएर विजय बन्नुस्। हामी तपाइँको साथमा छौं।
क्रीऋ फेल भएका कुनै पनि विद्यार्थीले आफ्नो समस्या भए समाधानको लागि र अब आउने मौका परीक्षामा सफल विद्यार्थी बन्नका लागि तपाइँलाई हामी सल्लाह सुझाव दिने छौं।
तपाइँको केही प्रतिक्रिया भए कृपया मोबाइल नम्बर ९८५१०-६६८०७ मा एसएमएस गर्नुहोला।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०