एसएलसी नतिजापछिको कलेज भर्ना र सकस

आदर्श समाज सम्वाददाता
असार १७, २०७२

महाभूकम्पबाट अति प्रभावित जिल्लामध्ये भक्तपुर भए पनि परीक्षा नियन्त्रण कार्यालयलाई खासै असर गरेन परीक्षाफल प्रकाशित गर्न। अघिल्लो वर्ष भन्दा एक हप्ता मात्र ढिला भए पनि एसएलसीको नतिजा प्रकाशन गर्‍यो परीक्षा नियन्त्रण कार्यालयले। कुल ४ लाख ५ हजार ३ सय ३८ सामेल परीक्षार्थीमध्ये १ लाख ९२ हजार २ सय ३७ जना मात्र उत्तीर्ण भए। अघिल्लो वर्ष ४३ दशमलव ९१ प्रतिशत उत्तीर्ण भएका र यस वर्ष ४७ दशमलव ४३ प्रतिशत उत्तीर्ण हुँदा परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले भने तीन वर्ष यता नतिजा उकालो लागेको छ। विद्यार्थी उत्तीर्ण सङ्ख्या बढाउन यसपाली ५ नं ग्रेस दिएको थियो। यसपाली १८ हजार २ सय ६० विद्यार्थी ग्रेस दिएर उत्तीर्ण भए। कुल परीक्षार्थी  सङ्ख्याको ४  दशमलव ५१ प्रतिशत हुन आउँछ। यो हेर्दा यो वर्ष पनि खासै राम्रो नतिजा आएको हैन। सरकारी प्रतिबद्धता ७३ प्रतिशत पास गर्ने भए पनि आखिर ४७ दशमलव ४३ प्रतिशतमै चित्त बुझाउनुपर्‍यो। सामुदायिक विद्यालयको नतिजा उक्लन सकेन ग्राउन्ड लेभलमै छ। थोरै भए पनि प्राइभेट स्कुलको नतिजालो राहत मिलेको हो। सरकारले कुल बजेटको लगभग ८० प्रतिशत रकम शिक्षामा खर्च गर्छ। तर सरकारी कर्मचारीहरूको हेल चक्र्याईंले शिक्षामा सुधार हुन सकेको छैन। सरकारको साना कक्षामा भर्ना अभियान राम्रो देखिन्छ।  तर तिनै विद्यार्थीलाई नियमित टिकाउन सकेको भए लगभग १६ लाख विद्यार्थीले ७० सालमा एसएलसी दिनुपर्ने हो। तर ४ लाख ५ हजार ३ सय ३८ ले मात्र एसएलसी दिए। यसको परिणाम जम्मा २५ प्रतिशतले मात्र एसएलसी दिए। ०६१ सालमा एक कक्षामा भर्ना हुनेको र अहिले एसएलसी पास गर्नेको रेसियो निकाल्दा जम्मा १२ प्रतिशतले मात्र पास गरे। यो नतिजा देशको लागि घातक हो। कालो तस्विर हो शिक्षामा। शिक्षित हुन पाउनु जनताको  नैसर्गिक अधिकार हो। तर यसप्रति सरकारले चासो दिएको देखिँदैन। कुल बजेटको ८० प्रतिशत शिक्षामा खर्च गरे पनि उपलब्धि देखिएन। रकम शिक्षामा नै खर्च भयो कि शिक्षाको नाममा अन्तै, खोजीको विषय छ। एसएलसीको निराशाजनक उपलब्धिको समाचार सँगसँगै आउन थाले अनुत्तीर्ण हुने विद्यार्थीहरूको आत्महत्या र आफै हत्याको प्रयास। यस वर्ष पनि ५ जनालो आत्महत्या गरे। जसमध्ये ४ जना छात्रा र एक जना छात्र छन्। ती सबै सरकारी स्कुलका विद्यार्थी हुन्। यो मानसिकता जन्माउने पहिलो स्कुल र शिक्षकहरू हुन्, दोस्रो हामी अभिभावक हौं भने तेस्रो स्वयं विद्यार्थी पनि हो। शिक्षकहरूले एसएलसीलाई फलामे गेट भनेर विद्यार्थीको मनोविज्ञानमा छाप पार्नुहँुदैन। कक्षा १ देखि १० सम्मको परीक्षाको नतिजालाई  ठूलो बनाइँदैन जति ठूलो एसएलसीलाई बनाइन्छ। एसएलसीको नतिजा नै विद्यार्थी जीवनको अन्तिम नतिजा हुँदै होइन। यो एउटा प्रवेश द्वारको परीक्षा हो भित्र पस्नको लागि। भित्र पसिसकेपछि क्रमशः आउने परीक्षाका द्वारहरूमा राम्रो परिणाम आउँदै गयो भने खुसी हुने हो। राम्रो परिणामको लागि राम्रो अध्यन र कडा मेहनतको आवश्यकता पर्दछ।

प्रसंग जोडौं प्लस टुको। असार ५ गतेबाटै रास्ट्रियस्तरका  क वर्गदेखि स्थानीय स्तरबाट प्रकाशित ग वर्गसम्मका पत्रिकामा खाली नगरिकन एसएलसी उत्तीर्णलाई बधाई सँगसँगै प्लस टुमा नयाँ भर्नाको लागि विज्ञापन गर्‍यो तामझामका साथ। अघिल्लो वर्षमा जस्तो ठूला ठूला बिल्डिङहरूको फोटो राखेर विज्ञापन गरेको भने कमै देखिए। तर राख्नेहरूले हरियो स्टिकर समेतको विज्ञापन गरे भूकम्पबाट सुरक्षित भनेर। सरकारले ठूलाठूला बिल्डिङ भएका स्कुल कलेज वा अपार्टमेन्टहरूमा हरियो स्टिकर र रातो स्टिकर टाँसेको भूकम्पीय दृष्टि कोणबाट तत्काल बस्न योग्य छ कि छैन भनेर हो। कुनै पनि मानव निर्मित वस्तु या चिज प्राकृतिक प्रकोपबाट सुरक्षित हुनै सक्दैन। आधारविहीन श्रेणी विभाजन गरेर आफूले आफैलाई  मपाइँ गर्दै विद्यार्थी तान्ने होड गर्दैछन् प्लस टु पढाउने कलेज र सञ्चालकहरू। उच्च माध्यमिक शिक्षा परिषद्ले यो अनुचित कार्य भनेको छ। उत्कृष्टता को आधारको ? पल्स टुको नतिजा ? विद्यालयको भौतिक संरचना या शिक्षक कर्मचारी ? बिनाआधारका विज्ञापनले विद्यार्थी र अभिभावक अलमलमा परेका छन्। १० महिना बन्द भएका वेभसाइटहरू २ महिनाबाट फूलबुट्टा भरेर एक्टिभ गरेका छन्। विज्ञापन यस्तो पनि हुन सक्छ। आ-आफ्ना कलेजका साइन्सल्याबहरू देखायो। एउटा सिसाको भाँडाबाट अको सिसाको भाँडामा तरल र ठोस वस्तु मिसाइरहेको राम्रो फोटो साइन्स ल्याबको। कम्प्युटर कक्षा देखायो २०/२५ जना विद्यार्थी अट्ने कोठामा ४० को हाराहारीमा लहरै फोटोसपबाट तानेका एलसीडी स्िक्रनहरू। वास्तवमा साइन्स ल्याबको माइक्रोस्कोपको हेन्डलमा खिया लागेको र लेन्स मैलो भएको छ। स्केलेटन पुरानै छ। टेस्ट ट्युव चर्केको छ। अत्याधुनिक साइन्स ल्याव भनिन्छ विज्ञापनमा। कम्प्युटर कोठामा १९९६ भर्सनका पुरानै कम्प्युटरमा २००८ को भर्सन अपलोड गरेकोले खुल्न समय लाग्ने हुन्छ। टिभीजत्रा स्क्रीनहरू छन्। दिवा तथा रात्रि होस्टेलको व्यवस्थामा अत्याधुनिक किचन छ, जहाँको धुँवा चिम्नीद्वारा माथि आकाशतिर फालेको देखिन्छ विज्ञापनमा। वास्तवमा किचनको एडजस्ट पंखा ब्रि्रेको धेरै भयो रे बनाउन सञ्चालक समितिको बैठक बस्नुपर्छ। किचनमा साङ्ले किराको हुल छन्। अरु बेला औषधि राख्न नपाइने शनिबार हाम्रो पनि विद्या। काम गर्ने कर्मचारीको भनाइ। मेसका टेबुल कुर्चीहरू सफाचट मिलेका छन्, प्रत्येक टेबुलमा म्याट रखिएको छ। यो विज्ञापन हो। वास्तवमा टेबलमा पानीको भरि जग राख्दा ब्यालेन्स नमिलेर हल्लिँदा कचौराको दाल पोखिन सक्छ कलेज युनिर्फममा। तपाइँ अभिभावकको हैसियतले कुनै दिन सोध्नुभयो किन टेबुल कुर्ची प्लाष्टिकका विज्ञापनमा त अर्कै छ। काठको राख्दा महँगो अनि केटाहरूले पानी पोखेर हैरान। कम बदमास हुन्छन्। प्लाइउडको शत्रु नै पानी रहेछ, त्यही भएर सबै प्लाष्टिकका छन् हजुर। चित्त बुझ्दो उत्तर। अझ अरु आकर्षक त कलेज परिसर गेटबाहिर नै रंगीन हार्ड पेपरका बुकलेटहरू। बुकमा थप नयाँ कुराहरूसहित प्रिन्सिपलको कलेजप्रति उद्देश्य समेतको भनाइ राम्रो लाग्यो। सञ्चालक समितिका सदस्य र शिक्षकहरूको नाम र पढाउने विषयको उल्लेख गरेको हुँदा धेरै कुरा अभिभावकले यसबाट पनि बुझ्न सक्छन्। पत्रपत्रिकाको विज्ञापन हेरेका विद्यार्थी र अभिभावकका अँाखामा यो चिल्लो पेपरको रंगीन विज्ञापन आँखाबाट हट्नै सक्दैन। अपरिपक्व मानसिकता बोकेका हाम्रा नानीबाबुहरू कहिले यिनै विज्ञापन हेरेर, कतिबेला साथीभाइको कतिबेला शिक्षकको त कतिबेला अभिभावकको भनाइलाई पछ्याउँदै एकपछि अको गर्दै सहरका सबैजसो कलेजका ढोकामा बिहान ६ बजेदेखि नै लाइन लाग्छन्। सरकारल तोकेको प्रवेश शुल्क  रु. १०० र र्फमको रु. २५ गरि जम्मा रु. १२५ शुल्क तिरेर परीक्षा दिन पाइन्छ। विद्यार्थी भर्ना सङ्ख्या भन्दा झन्डै ५ देखि १० गुना बढी र्फम कलेजले बेच्छ। परीक्षा हुने समयभन्दा दुर्इ घन्टाअघिसम्म पनि र्फम बेचेर परीक्षा लियो। रात बितेर नतिजा निकाल्यो र भोलिपल्ट बिहान ७ बजे टाँस्यो भित्तामा, ढोकामा र पर्खालमा पनि। उत्तीर्ण भएकाहरू अको कलेज जाने बुझ्ने समय पनि नराखी १० बजेभित्रमा भर्ना भइसक्नुपर्ने सूचना टाँस गर्छ। लाटो अभिभावक कता जाओस्। अर्काथरि १० वर्षसम्मको मेहनतले पास गरेको एसएलसी परीक्षा आज ३ घन्टे परीक्षामा फेल भयो। कसरी जाँचियो पेपर – विद्यार्थीको रोजाइमा पढ्न पाउने कलेजमा त नाम निस्केन अब के गर्ने। अभिभावक आफ्ना नानीबाबु लिएर अको कलेज जान्छ। र्फम किन्छ भर्न लगाउँछ, परीक्षा दिन्छ, फेल हुन्छ। कहाँ लाने नानीबाबु अन्यौलमा पर्छ अभिभावक।

कक्षा कोठाले एउटा समाजको प्रतिनिधित्व गर्छ। कलेजले भर्ना पनि जातीय विविधता कायम गरेर लिँदा हुन्छ होला। अभिभावकको पेसागत र वर्गीय विविधता हेरेर केही प्रतिशत सिमान्तकृत वर्गबाट पनि भर्ना लिएमा विद्यार्थीले आफ्नो कक्षा कोठाबाटै जातीय, लै·कि वर्गीय विविधताबारे थाहा पाएपछि समाजमा मेलमिलाप राम्रो हुन्छ। एसएलसीमा राम्रो अंक ल्याउनेले प्लस टुमा बिगारेको पनि छ र एसएलसीमा थोरै अंक ल्याउनेले पनि प्लस टुमा राम्रो अंक ल्याएको उदाहरणहरू प्रशस्त छन्। हाम्रो देसमा प्लस टुका विद्यार्थीमा अको डरलाग्दो समस्या बिहान कलेज गयो दिनभर फुर्सद, के गर्ने दिनभर ? कसरी व्यस्त रहने ?  कलेजले सीएएस  ‘क्रियटिभिटी, एक्सन र र्सर्भिस’ मा विद्यार्थीलाई परिचालन हुन सिकाउनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…
  • रेमिटेन्स

    झलककुमार खाती असाेज २२, २०८०
    नेपालमा वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत नै रेमिट्यान्स हो । विदेशमा आर्जन गरेको रकम त्यहाँको मुद्रा नेपालमा पठाउनुलाई नै ‘रेमिट्यान्स’…
  • सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो

    शिवप्रसाद गौतम असाेज ११, २०८०
    पोखरा वडा नं. ९ र ११ को बीच भएर सेती गण्डकी बग्छ । सोही नदीको नदीजन्य पदार्थहरू ढुंगा, गिटी, बालुवा…

hero news full width