परीक्षा जुनसुकै कक्षा वा श्रेणीको किन नहोस् विद्यार्थीका लागि वास्तवमा एउटा चुनैती नै हुन्छ। विद्यार्थीको लागि चुनौती हुने धेरै प्रकारका परीक्षाहरुमध्ये सर्वाधिक चुनौतीको परीक्षा मानिन्छ एसएलसीलाई। यो सर्वाधिक महत्त्वपूर्ण हुँदाहुँदै पनि अन्य परीक्षाको तुलनामा कतिपय अवस्थामा यसको स्वरुप विल्कुलै फरक छ। फरक हुनुका कयाँै कारणहरु मध्ये एउटा कारण यो परीक्षाको सफल उत्तीर्ण पश्चात् विद्याथीहरुले जीवनको आआफ्नो सुनौला बाटो तय गर्छन्। अझै भनौं कि उनीहरुले हिजोको जीवनको धारलाई विल्कुलै परिवर्तन र केन्द्रिकृत गर्छन्।
केही समय पहिले त एसएलसीलाई “आइरन गेट” भनेर निकै हाइलाइट गरिन्थ्यो भने कतै यसलाई “फलामको चिउरा चपाए समान” त कतै आआफ्नो “ऐतिहासिक विरासतलाई वर्तमान अस्तित्वको छविसँग” तुलना गरेर हेरीन्थ्यो। कतिपय अवस्थामा आ-आफ्नो “नाक र शान” बचाउनको लागि जसरी भएपनि पास गराउने सिलसिलामा पहुँच हुनेवालाहरुले एक जिल्लाको आआफ्ना छोरा छोरीहरुलाई अर्को जिल्ला वा अञ्चलसमेत परिवर्तन गरी परीक्षा दिलाउने गर्दथे। कतिपयले नेपालमाभन्दा छिमेकी मुलुकबाट एसएलसीको परीक्षा पास गर्न सजिलो हुने भन्ने आधारमा बच्चाहरुलाई उतैतिर लैजाने गर्दथे। कतिपयले आ-आफ्नो विगतको ऐतिहासिक छविमा आँच आउन नदिनको लागि निजीस्तरबाट सञ्चालन गरिएका स्कुलहरुमा पढ्न पठाउँथे। ज-जसले जेजे गरेपनि आखिरी त्यसको लक्ष्य वा उद्देश्य भनेको आआफ्ना बाबुनानीहरुले जसरी भएपनि यो “फलामे साँघु” पार गरुन् भन्ने नै थियो। र अहिले पनि छँदैछ।
विगतका दिनहरुमाभन्दा वर्तमानमा पढाइको स्तर, सुविधा र तरिकामा कतै न कतै फरक अवश्य छ। विगतमा पास हुनेवालाले कतै आफ्नो अस्तित्वको सुरक्षाको लागि केही गर्न एवम् देखाउन सक्थ्यो भने अहिले त्यो अवस्था असाध्यै कम देखिएको छ। विगत घेरै वर्षअगाडिदेखि खासगरी जनजातिहरु भर्तीको लागि एउटा निश्चित कक्षा उत्तीर्ण गर्नुपर्छ भन्ने थियो भने अहिले त्यसको ठीक विपरित विदेश जाने कुराले व्यापकता पाएको छ। बालबालिकाको कलिला मनस्थितिमा हामीले दिनुपर्ने वास्तविक शिक्षा हुन नसकेर विदेशीको सेवाको लागि समर्पण रहने वातावरणको सिर्जना पक्कैपनि हामीले नै गरेका छौँ। त्यसको जिम्मेवारी अभिभावकहरु हुन् कि सरकार ? निक्योर्ल अवश्य गर्नै पर्छ। विदेशीको लागि हामीले दिएको शिक्षा उपयुक्त हुने तर आआफ्नो देशको हावापानीमा बसेर विविध धन्धाहरु गर्नको लागि अनुपयुक्त हुने नै हो भने हामी समयमै त्यसको स्वरुप परिवर्तनको लागि चतुरो हुनै पर्छ।
सरकारले पछिल्लो पटक एसएलसीको लागि ल्याएको नयाँ रौनक भनेको २०७२ सालदेखि पास फेलको वर्तमान अवस्थालाई अन्त्य गरी ग्रेडीङ सिस्टम लागू गर्नु हो। यसको वास्तविक अर्थ भनेको विद्यार्थीलाई एसएलसीको परीक्षामा फेल भन्ने शब्दले ज्यानसमेत लिएको परिप्रेक्ष्यमा त्यस प्रकारको अवस्था आउन नदिई केही हदसम्म त्यस्तो असोभनीय क्रियाकलापलमा रोक लगाउनु हो। हुन त हामी वि.सं. १९९० देखि एसएलसीको नतिजा पास र फेलमा बानी परेका मानिसहरुलाई यस्तो खबर सुन्दा विजोक लाग्न सक्छ। तर हामी सार्क मलुकहरुमा पाँचौ नम्बरमा पर्यौँ भन्दा त हामी अन्यभन्दा कति पछि रहेछौँ सर्म लाग्छ। समयको सर्न्दर्भ सँगै आउने कतिपय कुराहरुमा हामीले सहजै सम्झौता पनि गर्न सक्नुपर्छ र वास्तवमा त्यो उचित पनि हो। सरकारले पछिल्लो पटक चालेको कदमको सर्वत्र स्वागत भएता पनि यसको व्यवस्थापनमा पनि कहीँ चुनौती भने अवश्य छ। जसलाई समयमै सच्याउनु वा प्रष्ट पार्नु आवश्यक छ।
विश्व समक्ष हाम्रो एसएलसीको इतिहास त्यति लामो नभएता पनि यसलाई छोटो भन्न भने कदापि मिल्दैन। तर यति लामो इतिहास बोकेको यो परिपाटीको सुधारमा भने झनै जटिल र चुनौतिपूर्ण बन्दै जानुले हाम्रो अवस्था दिन प्रतिदिन हास्यास्पद बन्दै गैरहेकोले अभिभावकहरुलाई चिन्ता लाग्नु अस्वाभाविक होइन। प्रत्येक वर्ष परीक्षाहरुमा अनैतिक हरकतहरु भैरहनु, विद्यार्थीको पास प्रतिशत झनै खस्कनु, विज्ञान, गणित र अङ्ग्रेजी तमाम विद्यार्थीका लागि हाउगुजी बन्नुले हामी तमाम नेपालीहरुकै नाक काटिएको छ मात्र होइन कि सरकार र कतिपय अभिभावकहरुको ठूलो लगानीले सर्मनाक हार समेत बेहोर्नु परेको छ। हाम्रा तमाम योजनाहरुले फेल खाइरहेका छन् भने प्रत्येक वर्ष एसएलसीको फलामे चिउराले हजारौँलाई अपच बनाएको छ। कतिको घरबार ब्रि्रेको छ भने कतिपयले अकालमा आफ्नो जीवन लीलालाई छोट्याएका छन्। त्यस्तै धेरैले मानसिक सन्तुलन गुमाएका छन् भने कतिको वाचाबन्धनहरु तोडिएका छन्। त्यतिमात्र होइन दुर्गम जिल्लाका परीक्षार्थीहरुले फाराम भर्ने र पैसाजम्मा गर्ने अन्तिम समय समेत थाहा नपाउँदा एसएलसी परीक्षा दिनबाट बञ्चित हुनु परेको खवरसमेत सुन्नुपर्दा कसको मनमा चस्को नपस्ला –
तितो सत्य यो हो कि हिजो आज अधिकांश विद्यार्थीहरुको किताबसँगको वास्तविक नाता तोडिएको छ भने आफूलाई शिक्षा दिने गुरुहरुसँगको सामिप्यमा तुषारापात भएको छ। त्यतिमात्र होइन बिहान १० बजेदेखि ४ बजेसम्म विद्यालय बस्नु पर्ने नियम उनीहरुको लागि काउछाको माला सावित भएको छ। प्रशासनको आँखा र श्ािक्षकहरुसँग कसरी पर रहने भन्ने आशयले उद्त भएका हाम्रा अहिलेका पिढीहरुलाई पढेर जान्नु भन्दा नपढिकनै बढी जानिन्छ भन्ने अचम्मको रोग लागेको छ।
विद्यार्थीले पढून् वा नपढून् परीक्षा हो त्यो त ठीक समयमै आइहाल्छ। यो नेपालको संविधान होइन जो कहिले आउँछ थाहा हुँदैन। हिजोबाट सञ्चालन भैरहेको परीक्षामा ५ लाख ७२ हजार २ सय ७ जना परीक्षार्थीहरुले परीक्षा दिँदै छन्। कतिपय परीक्षार्थीहरु डरले, लाजले, दहकसले र अपरिचित सेण्टरका कारणले हतास मनस्थितिमा देखिन्छन्। कतिपय विद्यार्थी परीक्षाको हलसम्म पनि पुग्न नसक्ने खालका छन्। जे होस्, त्यस प्रकारको वातावरण परीक्षा परिसरमा नभएता पनि यदाकदा परीक्षार्थीले सोच्न बाध्य हुन्छन् जसबाट पार पाउनको लागि शिक्षकहरुले उनीहरुलाई राम्ररी कन्भिन्स गर्नुपर्छ भने त्यसको सजिलो निराकरणको पाटो भनेको परीक्षा शुरु हुनुभन्दा २, ३ दिन अगाडिदेखि नै सम्बन्धित केन्द्र देखाउनु वा त्यहाँको वातावरणसँग परिचय गराउनु हो।
परीक्षार्थीले हतास मनस्थिति लिएर परीक्षा हलमा पुग्यो भने अवश्य उसको परीक्षा राम्रो हुन सक्दैन। त्यसैले त्यसको निराकरणको लागि आफै सक्रिय हुनु अत्यावश्यक छ। त्यसको लागि सर्वप्रथम परीक्षार्थी परीक्षा हलामा २० मिनेट पहिल्यै पुग्नुपर्छ। आफूले अतिरिक्त कलमको व्यवस्था गरेर गइयो भने मन ढुक्क हुन्छ। बिहान नुहाइधुवाइपछि एक गिलास मनतातो वा चिसो पानी पिइयो भने त्यसले विगतका दिनहरुमा आफूले मिहनेत गरेर पढेका कुराहरु सम्झन सहयोग गर्छ। त्यतिमात्र होइन परीक्षाको बेलामा पानी मागेर वा पर्खेर बस्दा समय नष्ट हुन सक्छ त्यसैले पानीको व्यवस्था आफै गरेर गइयो भने धेरै राम्रो हुन्छ। प्रवेश-पत्रबिना परीक्षाहलमा प्रवेश नपाइने हुनाले यो बेलुका देखिनै आआफ्नो सर्टको खल्ती वा व्यागमा राख्नुपर्छ। परीक्षाको अवधिभर बढी नबोल्ने, नरिसाउने, सकारात्मक कुराहरुमात्र सोच्ने, उत्तर पुस्तिकामा सफा तरिकाले नियमपूर्वक उत्तर दिने हो भने धेरैजसो कमजोरीहरु स्वतः समाप्त हुन जान्छन् र परीक्षाको नतिजा राम्रो हुन्छ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
यसरी रित्तियो बक्राङ
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
मंसिर २२, २०८०पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०